राजधानिमा नै सिङगल सुपर फोस्फेटमल डिएपी मल भन्दै चर्को मुल्यमा विक्री

Thursday, April 25th, 2019 |

जिंक तत्व भएको सिंगल सुपर फोस्फेट, जसको अधिकतम खुद्र मुल्य ११ सय ६० हो ,


काठमाडौँ
बैशाख १२,

साल्ट ट्रेड्रिङ कर्पोरेसनले बजारमा ल्याएको सिङगल सुपर फोस्फेट मल विभिन्न स्थानबाट डिएपि मल भन्दै चर्को मुल्यमा विक्री हुदै आएको छ । साल्ट ट्रेड्रिङले अधिकतम खुद्रा मुल्य ११ सय देखी ११ सय ६० राखेको सिङगल सुपर फोस्फेट मल २२ सय देखी २३ रुपैँया सम्ममा विक्री हुदै आएको पाइएको छ ।
काठमाडौको बाइपास, जरकु, धर्मस्थलि, साँखु, सुन्दरीजल, भक्तपुरको, च्यामासि लगायतका क्षेत्रहरुमा एग्रो व्यावसायिहरुले सिङगल सुपर फोस्फेट मललाई डि.ए.पि भन्दै चर्को मुल्यमा विक्री गर्दै आएको पाइएको हो । काठमाडौ कै धर्मस्थलिमा रहेको मनकामना एग्रीकल्चर फार्मकी सञ्चालक राधिका अर्याललाई जरंकु को मल बिउ बिजन पसलले सिङ्गल सुपरफोस्फेट मललाई डि.ए.पी मल हो भन्दा २२ सय रुपैँयामा विक्री गरको कृषक खबरको टिमले प्रत्यक्ष अवलोकनमा पाएको छ । हाम्रो टिमले कृषक राधिकालाई डि.ए.पी भन्दै सिङगल सुपर फोस्फोटलाई चर्को मुल्यमा खरिद गर्नुभएको भनि सजक गराएपछि उनले व्यापारीलाई समाउँदा आफु जस्तै धेरै कृषि पसलले आजभोलि यो मललाई नै डि.ए.पि भन्दै विक्री गर्दै आएको बताए ।

डिएपी मलमा समेत किसान ठगिदै
कृषक राधिकाले आफुलाई डि.ए.पी लेखेको ओरजिनल मल नै चाहिने एस.एस.पि मल प्रयोग नगर्ने भनेपछि उक्त व्यापारीले डि.ए.पी मल चाहिने भए सो मल फिर्ता गर्नु तर प्रति बोरा २६ सय रुपैँया तिनुपर्छ भनेका छन् । जब कि डि.ए.पी मल काठमाडौँमा अधिकत खुद्रा ्र मुल्य २२ सय ९१ रुपैँया रहेको छ । उत्पादन गर्ने किसान बिउ, मल र बजार सम्म ठगिने यो बेथितिको अन्त्य गर्न बजार अनुगमनको कार्यलाई राम्रो बनाइ यस्ता व्यापारीलाई कारबाही गर्नुृपर्ने देखिन्छ ।

किसान पनि सजक हुन आवश्यक
बोरामा एस.एस.पि लेखि अधिकतम खुद्रा मुल्य सम्म लेखिएको अवस्थामा किसानले मलको बोरा , त्यसमा लेखिएको अक्षर, सो मलमा भएको तत्वहरु र मुल्य राम्रो सँग हेरेर खरिद गर्ने बानिको विकास गर्नेुपर्ने देखिन्छ । बोरामा अङग्रेजीको ठुलो अक्षरमा ( D.A.P) लेखिएको र अधिकम खुद्रा मुल्य २२ सय ९१ लेखिएको मल मात्र वास्तवमा डिएपी मल हो । साल्ट ट्रेड्रिङ कर्पोरेशनका उत्पादन तथा बजार व्यवस्थापन प्रमुख व्रजेश कुमार झाका अनुसार कर्पोरेशनले आयात गरेको डि.ए.पी र एस.एस.पि दुबै मलको बोरामा खुद्रा मुल्य सहित कुन मल हो र त्यसमा के के खाद्यतत्व छ सबै लेखिएको हुनाले यि सबै कुरा अध्ययन गरेर मात्र किसानले मल खरिद गर्नुपदछ । यदि कर्पोरेशनको डिलरले एउटा मललाई अर्कै मल भनि बदमासी गरेको पाइएमा सो डिलरलाई कर्पोरेशनले कारबाहि गर्ने पनि झा ले जानकारी दिए । बोरामा अङग्रेजीको ठुलो अक्षरमा ( S.S.P) लेखिएको मल सिङगल सुपर फोस्फेट मल हो यो मल पनि साल्ट ट्रेड्रिङले त्यसमा भएको खाद्यतत्वको आधारमा सुन्तला रङ,पहेलो रङ र निलो रङका बोराहरु गरी छुटुटाएको छ । जसमा सुन्तला रङको बोरा सिङगल सुपर फोस्फेट मात्र रहेको मल हो भने पहेलो रङको बोरामा सिङगल सुपर फोस्फेट सँगै बोरनको मात्रमा धेरै भएको मल हो जसमा अङग्रेजिको ठुलो अक्षर B लेखिएको छ । त्यसैगरी निलो रङको बोरामा सिङगल सुपरफोस्फेट सँगै जिंकको मात्रा पनि भएको मल हो जसमा अङग्रेजिको ठुलो अक्षरमा ZN लेखिएको छ । जसमा सुन्तला रङको बोरामा भएको मलको अधिकम खुद्र मुल्य ११ सय १, पहेलो रङको बोरामा भएको मलको ११ सय ५० र निलो रङको मलको अधिकतम खुद्रा मुल्य ११ सय ६० रहेको छ । कमला भट्टराई,

VIEWS: 55