मकै सुपरजोन कार्यक्रम लागू भएपछि दाङमा मकै खेती तुलनात्मक रुपले वृद्धि: किसानहरु हर्षित
दाङ २९ फागुन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत मकै सुपरजोन कार्यक्रम लागू भएपछि दाङमा मकै खेती तुलनात्मक रुपले वृद्धि भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, सुपरजोन कार्यक्रम अन्तर्गगत दाङ जिल्लालाई मकैको लागि उपयुक्त जिल्लाको रुपमा छनौट गरिएको हो ।
अहिले जिल्लाका ४ वटा स्थानीय तहमा कार्यक्रम लागू भएको छ । गत वर्ष सम्म २ वटा स्थानिय तहमा सीमित कार्यक्रम यो वर्षवाट अन्य दुई गाउँपालिका थप भएका छन् । कार्यक्रम लागू भएपछि जिल्लाका कृषकहरु खेती प्रति उत्साहित भएका छन् । आयोजनाले गुणस्तरीय विउँ र यन्त्रहरुमा ५० प्रतिशत कृषक समुह तथा कृषि सहकारी संस्थाहरुलाई अनुदान उपलब्ध गराउँदै आएको छ ।
सुपरजोन इकाई परियोजनाका वरिष्ठ कृषि विकास अधिकृत आयोजना प्रमुख रेग्मीका अनुसार जिल्लामा केहि वर्ष अगाडि हिउँदको समयमा थोरै मात्र मकै उत्पादन हुने भएपनि अहिले कार्यक्रम लागू भएपछि तुलनात्मक रुपले वृद्धि भएको छ । यो कार्यक्रममा ५९ कृषक समुहहरुले ७ हजार हेक्टर क्षेत्रफलमा मकै उत्पादन गरिरहेका छन् । प्रायः कृषकहरुले मकैको खानाका परिकार भन्दा पनि गहुँ र धानको प्रयोग बढी गर्ने भएकाले मकै पशुपन्छीका दानाका रुपमा मात्र प्रयोग भईरहेको बताए ।
महेश रेग्मीका अनुसार हिउँदे, वसन्ते र वर्षे गरी तीन सिजनमा कृषकहरुले मकै खेती गरिरहेका छन् । वर्षे खेतीमा मकै तुलनात्मक रुपले वृद्धि हुने भएकाले मकै भित्राउने समयमा अत्यधिक पानीका कारण भिज्दा ढुसी आउने समस्याले मकै विग्रने भएकाले कृषकहरुले मकै सुकाउने यन्त्रको माग पनि गरेका छन् ।
नेपालमा मकैको उत्पादन भैरहेको सन्दर्भमा बाहिरी मुलुकबाट पनि ३ लाख मेट्रिक टन बराबरको मकै आयात भईरहेकाले अहिले उत्पादित मकैको बजारको कुनै समस्या नरहेको रेग्मीले वताए । गत वर्षहरुको तथ्याङ्कलाई हेर्दा अबको ५ वर्षमा नेपाललाई मकैमा आत्मा निर्भर बनाउन सकिने समेत उनले बताए । आयोजनाले यान्त्रीकरणमा ५० प्रतिशत अनुदान दिन थालेपछि किसानहरु खुसी भएका छन् । गोरु र राँगाबाट खेत जोती खेती गर्दै आएका किसानहरुलाई यन्त्र आएपछि समयको बचतका साथै सहज भएको छ । ‘यान्त्रीकरणको उपयोगले समयसंगै कामदारमा लाग्ने लागतमा कम भएको छ’, स्थानिय किसान लिला अधिकारीले भनिन्, ‘समय वचत मात्रै नभएर कम लागतमा उत्पादन पनि वृद्धि हुदा गाउँले खुसी भएका छन् ।’ परियोजनाले खेत जोत्ने टेक्टर, बिउँ छर्ने मेशिन, गोडमेल गर्ने मेशिन र मकै छोडाउने मेशिन कृषक समुह र कृषि सहकारीहरुलाई उपलब्ध गराउँदै आएको छ ।
आयोजनाले कृषक समुह तथा कृषि सहकारी मार्फत यन्त्रहरु वितरण गरिरहेको र किसानहरुले न्यून शुल्कमा औजार तथा उपकरणहरु प्रयोग गर्न पाएकाले उत्पादन लागत कम भएको र उत्पादन वढेको जुनकारी कृषक समुहका अध्यक्ष हुकुम वहादुर वस्नेतले वताए । बस्नेतका अनुसार कार्यक्रम सञ्चालनमा आएपछि किसानहरु उत्साहित हुनुका साथै काम गर्न सहज र सरल भएको समेत खुलाए । कार्यक्रम लागु भएपछि आर्थिक वर्ष २०७५र७६ को वर्षे सिजनमा ३।६५ मेट्रिक टन मकै उत्पादन भएको ईकाई कार्यालयले जनाएको छ । त्यसैगरी साना तथा मझौता कृषक आयस्तर वृद्धि आयोजनाको प्रमुख गोकर्ण अर्यालले आयोजनाले सोचभन्दा बढी लक्ष्य हासिल गर्न सफल भएको बताए । अर्यालले परियोजना आएपछि हजारौं कृषकहरु खुसी हुनुका साथै लाभान्वित भएको बताए ।
त्यसैगरी राप्ती उद्यम प्रालिका अध्यक्ष देवागजंग चौधरीले समुदायको लगानी रहेको आधुनिक शितभण्डार उपयोगमा ल्याउन लागेको बताए । त्यसैगरी महिलाहरुको सक्रियतामा स्थापित मोहिनी कृषक समूहका अध्यक्ष उर्मिला चौधरीले कष्टम हायरिंगमा सरकारले दिएको अनुदानले सबै कृषकहरु लाभान्वित बन्न पाएकोमा आफूहरुलाई प्रोत्साहन मिलेको बताईन् । उनका अनुसार यो परियोजना आए लगतै गाउँका महिला किसानहरुले आफुले मात्र खानको लागि गर्दै आएको कृषिलाई विस्तार गरेर हाल व्यवसायीक रुपमा कृषि गर्न थालेको वताउछिन् । परियोजना आइपछि कृषि गर्न निकै सहज भएको र बाली लगाउन मान्छेको भर पर्नु नपरेको उर्मिलाको अनुभव छ ।