बैतडीमा कृषि बिमा सम्बन्धि नाटक प्रस्तुत

Sunday, May 26th, 2019 |

बैतडी
बैतडीको गोकुलेश्वर गाउपालिकाको हरिनगरमा भएको रामलिला महोत्सवमा कृषि तथा पशुबिमा सम्बन्धि नाटक प्रस्तुत भएको छ ।
गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजमा अध्ययन गर्ने प्रोगेसीप युथ फर एग्रीकल्चर नामको युवा समूहले ४ गते देखी सञ्चालन हुदै आएको महोत्सवको विचमा सो नाटक मञ्चन गरेका हुन् । जिल्लामा कृषि तथा पशुबिमाको महत्वको सम्बन्धमा किसानहरुलाई थाहा नभएकाले रामलिला महोत्सवको अवसर पारेर उत्त नाटक मञ्चन गरिएको कृषि तथा पशु विज्ञान कलेजमा अध्ययनरत प्रोग्रेसिप युथ समूहका संयोजक प्रकाश सिह धामिले जानकारी दिए ।
नाटक बाली नाली तथा पशुपक्षिको बिमा कसरी गर्न सकिन्छ , यसबाट किसानलाई कस्तो फाइदा हुन्छ ? र बिमा गर्दा ध्यान दिनुपर्ने बिषयहरु समाबेश गरि प्रस्तुत गरिएको थियो ।

VIEWS: 59