बुटवलमा ४४ लाख लागतमा अर्गानिक कृषि बजार स्थापना

Wednesday, August 14th, 2019 |

साउन २९ रुपन्देही

बुटवलमा आर्थिक समृद्धिका लागि ग्रामिण कृषि उद्यमशिलता कम्पनी प्रा.लिले ४४ लाख लागतमा अर्गानिक कृषि बजार स्थापना गरेको छ ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं ५ र कृषि विकास बैंक लिमिटेडको आर्थिक सहयोगमा स्थापना भएको कृषि बजारको बुधबार प्रदेश ५ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले उद्घाटन गर्नुभयो ।
कार्यक्रममा बोल्दै कृषि मन्त्री पौडेलले अर्गानिक उत्पादनमा विशेष जोड दिनु आवश्यक रहेको भन्दै यसबाट नै स्वाथ्य जिवनको सुरुवात हुने बताउनु भयो ।

कृषि बजारमा विभिन्न ६० वटा कृषि समुहले उत्पादन गरेका कृषिजन्य बस्तु राखिएको छ । लेआउटमा किसानले उत्पादन गरेका विभिन्न अर्गानिक उत्पादनलाई विशेष जोड दिई राखिएको छ ।
आर्थिक समृद्धिका लागि ग्रामिण कृषि उद्यमशिलता कम्पनी प्रालिका अध्यक्ष बाम देव क्षेत्री (घिमिरेले) किसानहरुको उत्पादनलाई पुलको काम कृषि बजारले गर्ने जानकारी दिनुभयो ।
किसानलाई कसरी बलियो बनाउने भन्ने विषयमा उद्यमशिलताले विशेष जोड दिने क्षेत्रिको भनाई छ । किसानलाई अर्गानिक खेती गर्ने तरिकाबारे जानकारी दिने र सोही अनुसारको कृषिजन्य उत्पादनहरु, उत्पादन गर्न लागाई ति बस्तुको बजारीकरण गर्न विशेष भूमिका बजारले खेल्ने क्षेत्रीले जानकारी दिए ।
स्रोत ः कृषि पत्र

VIEWS: 49