बाह्रै महिना सिताके च्याउखेती गर्न चाहानुहुन्छ ? यो रिर्पोट पढ्नुहोस
अशोक शाहि (सिताके च्याउ जानकार )
के हो सिताके च्याउ
जापानी भाषामा कटुसको मुढामा फल्ने च्याउलाई सिताके भनिन्छ । सिई. कटुसको रुख,ं ताके. च्याउ अर्थात कटुसको मुढाको च्याउ दुईवटा शब्दहरु मिलेर सिई ं ताके एउटा वाक्य बन्दछ सिताके। तर जापानी भाषामा “ताके” मात्र भनेर च्याउ भनि बुझ्दैनन यसलाई “ किनोको ” प्क्ष्ल्इप्इ भनेपछि मात्र च्याउ भन्नेकुराको अर्थ लाग्दछ। नेपालमा यसलाई सिताके भनेर उच्चारण गरिन्छ भने वास्तवमा यसको सहि उच्चारण सिईताके हो । यस च्याउलाई मृग को जस्तो रंग र बुट्टेदार भएकोले यसलाई नेपालमा मिर्गेच्याउ पनि भन्ने गरिएको छ ।
करिब ४०० वर्षदेखि सिताके (मृग)े च्याउ एउटा प्रसिद्ध परिकारको रूपमा एशिया महादेशमा रहँदै आएको छ । पहिले यस च्याउलाई औषधीको रूपमा प्रयोग गरिएको तथ्यहरु भेटिन्छ । तर अहिले यो च्याउ अन्य विभिन्न फाईदाहरुको कारणले दिन प्रतिदिन मानिसहरुको मन जिति भान्छा भान्छामा पुग्न सफल भईरहेको छ । यसमा हाम्रो शरीरलाई चाहिने पौष्टिक तत्वहरु प्रशस्त मात्रामा हुनुको साथै क्यान्सर जस्ता डरलाग्दा रोगहरुसँग लड्नसक्ने शक्ति हुनु र स्वादमा पनि निकै मिठो हुनुको कारण पनि यसको माग बिश्व भरि नै दिनौं बढ्दै गइरहेको छ । कृषि क्षेत्रमा हाल यसको मागहरु बढ्दै गइरहेको अवस्थामा , यो व्यवसाय हाल एशियाको जापान, चिन, मात्र सिमित नभई संसारका बिभिन्न देशहरुमा दिनौं बढ्दै गएको छ । साथै नेपाल लगायत दक्षिण एशियाली देशहरू भारत, श्रीलंका, बंगलादेश, र भुटानमा समेत यसको प्रभाव दैनिक बढ्दै गइरहेको देखिन्छ ।
सिताके च्याउका फाईदाहरु
ड्ड क्यान्सर (अर्बुद्ध) रोगसंग लड्ने शक्ति प्राप्त हुने,
ड्ड मुटुको स्वास्थता बढाउने,
ड्ड शारिरीक शक्ति तथा स्मरण शक्ति बढाउने र ख्ष्तबmष्ल म् को श्रोत
ड्ड सिताके च्याउ मा अण्डा, माछा, मासुमा भन्दा अधिक प्रोटिन पाउनुका साथै हरियोसाग सब्जीमा पाइने vitamins हरु प्रशस्त मात्रामा पाइन्छ
ड्ड शारिरीक वृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै प्रशस्त मात्रामा एन्टि अक्सिडेन्ट रहेको हुन्छ
सिताके च्याउको लागि नेपालको भौगोलिक वातावरण
नेपाली भूमी विभिन्न जातका च्याउहरु खेती गर्न उपयुक्त छ । तर यो च्याउ उच्च तापमान भएको क्षेत्रहरूमा उच्चस्तररिय प्रविधिविना उत्पादन गर्न भने सकिदैन । दिन,प्रतिदिन नेपाली युवा कृषि उद्यमीहरु सिताके च्याउ खेतीमा रुचि राख्ने किसानहरुको संख्या बढ्दै गएको देखिन्छ । तर, यस सम्बन्धि विज्ञहरु र प्रविधि को कमीको कारण यो व्यवसायमा समस्या आईरहेको छ ।
यो च्याउको खेती गर्नाले किसानहरूलाई लाभ हुनुका साथै, कृषि क्षेत्रको आय बृदिृमा देशलाई मद्दत गर्न सक्छ। सानो नै व्यवसाय भएता पनि यसले हाम्रो देशमा थोरै भएपनि बेरोजगारी कम गर्न सक्छ
देशभित्र हाल यो च्याउको माग बढ्दै गइरहेको छ र नेपाली युवा उद्यमीहरू पनि यो च्याउ खेती गर्न धेरै आकर्षित भएको पाइन्छ । तथापि प्रविधिको कमीको कारण, कृषि उद्यमकर्ताहरू यो खेती गर्ने पूर्ण प्रविधि बारे भने अलि कम्जोर रहेको पाइन्छ ।
नेपाली युवाहरु प्रविधिको प्रयोग गरि यो च्याउको खेती गरेर बिदेसिनु पर्ने बाध्यतालाई नेपालमै रोजगारीको सिर्जना गरि राम्रो आयआर्जनमा परिणत गर्न सक्छन् । आफ्नै घर परिवार संगै बसी, खुशी जीवन बिताउन सकिन्छ , यस कामका लागि सहयोगीको रुपमा नेपालमा नै पहिलो पटक एभरेष्ट किनोको प्रा.ली आएको छ । जसले गर्दा वैदेशिक रोजगारमा नेपाली युवाहरु बिदेसिनु पर्ने बाध्यतालाई हटाउन सकिन्छ ।
यो व्यवसाय हाल नेपालमा मात्र सिमित नभई , दक्षिण एशियाली देशहरू भारत, श्रीलंका, बंगलादेश, र भुटानमा जस्ता देशहरुमा दिनानु दिन बढ्दै गइरहेको देखिन्छ । त्यसैले नेपाली युवा किसानहरुले पनि यसको खेती गरि फाइदा लिन सकिने प्रवल संभावना छ ।
नेपालको भूमि, विभिन्न च्याउ खेतीको लागि उपयुक्त भएता पनि, सिताके च्याउको उत्पादन प्राय जाडो महिना हुदै आएको छ , त्यसैले हाल सम्म नेपालमा यो च्याउ जम्मा ४ महिना मात्र उत्पादन गर्न सकिन्छ । तर एभरेष्ट किनोको प्रा.लीका सञ्चालक अशोक शाहीका अनुसार यदि उच्च स्तरको जापानी प्रविधि अपनाइ बातानुकुलित ग्रिनहाउस भित्र सिताके च्याउको खेती गर्ने हो भने यो च्याउ बर्ष भरिनै उत्पादन गर्न सकिन्छ ।
प्राकृतिक रुपमा हुदैआएको सिताके च्याउको खेती
नेपालमा हाल सिताके च्याउ खेतीको तालिम वा परामर्श एक देखि तीन दिनको सञ्चालन हुदै आएको छ । यसरी कम समयमा सिकाइने च्याउ खेती सम्बन्धि तालिम प्रविधिमा आधारित नभई साधारण मौसमी वातावरणमा फलाइन सकिने विधि हो । यसरी मौसम अनुकुल सिताके च्याउनको उत्पादन लिने विधिलाई प्राकृतिक सिताके च्याउ खेती भनिन्छ । यस विधि अनुसार च्याउ खेती गर्न चाहाने नयाँ युवा उद्यमीहरुले सिताके च्याउ खेती सम्बन्धी ज्ञान हासिल गर्न चाहेमा, जाडोयाम लाग्नेबित्तिकै अर्थात कार्तिक देखि फागुन महिना सम्म उपयुक्त हुन्छ । तर नेपालमा यो च्याउ खेतीको प्रविधि सम्बन्धी ज्ञान सिकाइने धेरै संस्था तथा व्यक्ति भएपनि यस प्रकारको तालिममा किसानले आधा ज्ञान मात्र पाउने गरेको पाइन्छ । नेपालभित्रै बाह्रै महिना च्याउ फलाउन सक्ने प्रविधि नभएकै कारणले गर्दा यहाँ सिकाइने च्याउ उत्पादन प्रणाली प्राकृतिक सिताके च्याउ खेती हो भन्न सकिन्छ । प्राकृतिक अवस्थामा फलाउनकोलागि जापानमा ःयचष् क्बलनथय कम्पनिको बीउ ूःयचष् ल्ष्पग ःबचगू भन्ने जातको प्रयोग गरिन्छ। यस बिउको प्रयोग म्चथ कजष्ष्तबपभ बनाउनको लागि प्रसिद्ध छ भने यसबाट सिताके च्याउ फल्नलाई १८ देखि २४ महिना लाग्दछ र यसलाई नेपालमा ःयचष् कम्पनिको अनुमति बिना भित्राइएको देखिन्छ ।
ःयचष् क्बलनथय कम्पनिले नबुझ्ने गरि ः द्दढण् नाम दिई नेपालमा चलनचल्तीमा ल्याइएको यो बिउ, व्यवसायिक च्याउखेतीका लागि नभई घरेलू तथा प्राकृतिक खेतीको लागि मात्र यो कम्पनिले प्रयोग गदै आएको छ । यस विषयमा सिताके च्याउ खेती गर्ने किसानहरुलाई जानकारी नभएकाले पनि हाल नेपालमा हुदै आएको सिताके च्याउखेती उद्योग पूर्ण रुपमा सफल हुन नसक्नुको मुख्य कारण बन्न गएको छ । त्यस्तै ल्य द्यचबलम का बिउहरु ऋज्क्ष्ल्ब् तथा अरु देशहरु बाट पनि प्रशस्त मात्रामा सिताके च्याउको बिउहरु नेपालमा भित्रिएका छन् यी बीउहरु प्राय नेपालको जाडोयाम सुरु हुनेबित्तिकै तापक्रम ज्ञद्ध℃ ( ज्ञड℃ हुने मौसम इअतयदभच देखि ँभदचगबचथ ३( ४ महिना मात्र सिताके च्याउको उत्पादन हुने गर्दछ ।
टनेल अथवा जंगलभित्र गरिने प्राकृतिक सिताके च्याउ खेती
सिताके च्याउ फलाउनको लागि समुन्द्रि सतहभन्दा १२ सय मिटर ९४००० फिट अग्लो ठाउँमा यसको खेती उपयुक्त देखिन्छ भने नेपालको भौगोलिक वातावरण यो च्याउ खेतीकोलागी अतिनै उपयुक्त देखिन्छ । यसरी प्राकृतिक तरिकाले खेती गर्दा उत्पादनमा स्थिरता कायम गर्न गाह्रो हुन्छ जसले गर्दा बजारको माग भएको बेला उत्पादनमा वृद्धि र माग नभएको बेला उत्पादनलाई घटाउन नसकिने हुन्छ । यसको मुल कारण भन्नु नै प्रकृतिले दिएको मौसममा भर पर्नुे हो ।
व्यवसायिक सिताके च्याउको खेती
१५ वर्ष जापानमा सिताके च्याउ सम्बन्धि जनकारी लिइ नेपालमा एभरेष्ट किनोको प्रा .लि. नामको कम्पनि सञ्चालन गर्दै आएका सञ्चालक अशोक शाहिका अनुसार, व्यवसायिक सिताके च्याउको खेती भन्नाले बजारको मागअनुसार वर्षभरि व्यवस्थित तरिकाले च्याउ उत्पादन गर्ने भन्ने बुझिन्छ ।
व्यवसायिक सिताके च्याउखेती दुई प्रकारको हुन्छन १। काठको मुढामा बिउ रोपेर गरिने प्रविधि २। काठको धुलोलाई ब्लक बनाई बिउ रोपी गरिने प्रविधि।
काठको मुढामा बिउ रोपेर गरिने प्रविधि र काठको धुलोलाई ब्लक बनाई गरिने प्रविधि
काठको मुढामा बिउ रोपेर गर्ने प्रविधि, यो लागतको हिसाबले सस्तो र काम गर्ने सैली पनि सजिलो नै हुन्छ र यो बिउ रोपेको ४ देखि ६ महिना भित्र च्याउ फाल्न सुरु हुन्छ भने यसको जीवन अवधि ३ देखि ५ वर्ष सम्म यसबाट फल पाप्त गर्न सकिन्छ। काठको धुलोलाई ब्लक बनाई च्याउ खेति गर्दा बिउ रोपेको ३ महिना भित्रनै च्याउ फल्न सुरु हुन्छ। एकचोटी च्याउ फलिसकेपछि काठको धुलो बाट बनेको ब्लक काम नलाग्ने हुन्छ र पुन फेरी ब्लक बनाउनुपर्ने हुन्छ। यो खेती गर्नुलाई धरै प्रकारका स्वचालित मेसिनहरुको जरुरी पर्दछ जुन लागतको हिसाबले सुरुमा निकै लगानी गर्नु पर्ने हुन्छ। यी दुवै तरिका बाट खेती गर्नलाई भने वातावरण अनुकुलित ग्रिनहाउस भित्र गरिनु आवश्यक हुन्छ ।
वातावरण अनुकुलित ग्रिनहाउस
यो प्रक्रिया अपनाएमा नेपालको जुनसुकै ठाउँमा पनि यसको खेती गर्न सकिन्छ। नेपालको तराईक्षेत्रमा भूभाग समथर भएको हुन्छ, जसले गर्दा यो वातावरण अनुकुलित ग्रिनहाउस स्थापित गर्न पहाडी भेग भन्दा तराई क्षेत्र नै बढी उपयुक्त देखिन्छ। यसरी ग्रिनहाउस भित्र खेती गर्नुको मुख्य कारण कृषकले बजारको माग हेरि उत्पादन गर्न सकिने हुन्छ ।
उदाहरणको लागि बजारमा च्याउको माग बदेको बेला उत्पादनमा वृद्धि र माग नभएको वेला उत्पादनलाई नियन्त्रण गर्नुको साथै चाहिएको खण्दमा उत्पादनलाई बन्द पनि गर्न सकिने हुन्छ । यसरी व्यवस्थित ढङ्गबाट उत्पादनलाई नियन्त्रण, गुणस्तरमा वृद्धि र साथै नोकसानी हुनु बाट पनि जोगाउन सक्नेभएकै कारणले गर्दा वातावरण अनुकुलित ग्रिनहाउस भित्र खेती गर्ने प्रविधि बिदेशहरूमा प्रसिद्ध र लोकप्रिय छन् ।
काठको मुढामा व्यवसायिक सिताके च्याउ खेती गर्नलाई कम्तिमा तिन वर्षसम्म यसको खेती गरिनु आवश्यक हुन्छ । उदाहरणको लागि गतवर्ष १ हजार मुढामा खेती गरिएको छ भने यो वर्ष र आगामी वर्ष एक एक हजार मुढा थपी तिन वर्ष अवधिमा जम्मा गरि ३ हजार मुढा पुग्दछन । यसरी चौथौं वर्ष लागेपछि, सुरुमा गरिएको १ हजार मुढालाई नष्ट गरिँदै जानुपर्ने हुन्छ, जसले गर्दा च्याउ खेती कर्मी संग सधैं जम्मा गरि ३ हजार मुढाहरु मात्र हुने गर्दछ । यसरी सिताके च्याउ खेती गरिनाले उत्पादनमा स्थिरता कायम हुन्छ।
क्रमबद्धरुपमा प्रक्रिया मिलाई प्रत्येक वर्ष मुढाहरुको संख्या बढाउदै जानु।
यसरी व्यवसायिक सिताके च्याउ खेती गर्नुकोलागि सर्वप्रथम वर्ष भरि फल्ने बिउ रोज्नु जरुरी हुन्छ। सिताके च्याउको बिउहरु धेरै प्रकारका हुन्छन। जस्तै भ् द्दण्ट, भ् घज्ञद्द, भ् ज्ञण्घ, भ् टघण्, थ् टण्द्द आदि यी बिउहरु वर्ष
जापानी कोलाबोरेसन सिताके च्याउका बिउहरु
भरिनै फाल्न सक्ने बिउहरुमा पर्दछन। र यसका साथै प्राविधिक ज्ञान वृक्षा ९ रुखहरुको जात० ढुसी, तापमान, सापेक्षित आद्रता, समुद्र र जमीन माथिको ऊचाइ ९बतिष्तगमभ०, उत्पादित च्याउको गुणस्तर, उत्पादित च्याउको बजारीकरण, र उच्च प्रविधि ग्रीनहाउसहरुको विषयमा ज्ञान हुनु अत्ति नै जरुरी हुन्छ ।
यस च्याउको खेती गर्नुकोलागि जापानमा गरिएको अनुसन्धानले गेडा फल्ने कडा रुखहरु र रुखको उमेर २०वर्ष भएको उपयुक्त देखिन्छ। नेपालको भौगोलिक सन्दर्भमा बीउ रोप्ने समयको अगाडी रुखलाई काट्दा पात सहित रुखका हांगाबिंगाहरू सहित मुडा भित्रको आद्रता टण्५ हुने गरि औसतमा घाम लागेर गर्मी हुने ठाउँ भएमा ज्ञछ दिन, घाम नलाग्ने शितल ठाउँ भएमा घण् दिन सम्म सुताएर राख्नुपर्ने हुन्छ। त्यसपछि रुखलाई काटी घ फुट्को मुढाहरु बनाई घाम नलाग्ने ठाउँमा चाङ लगाएर छोपेर राख्नु पर्दछ।
नेपालमा गरिएको अनुसन्धान बाट सिताके च्याउ फल्न सक्ने रुखहरु निम्न प्रकार छन् स्
नेपालमा पाइने कटुसको रुख
कटुस, सौर, पैंयु, लाखुरे, बाँझ, खस्त्रो, खरी, मघुवा, ओखर जातका कडा रुखहरुमा पर्दछ भने उत्तीस जातको रुख हाम्रो अनुसन्धान बाट नरम र हलुका भई यसको भित्रि बनावट कडा रुखहरुको तुलनामा उदाहरणको लागि पाउरोटीमा जस्तै ठाउँ ठाउँमा खोक्रो भएको जातको रुखमा पर्दछ जसले गर्दा मुढा भित्र बिउ सार्नलाई कडा रुखहरुको तुलनामा दोब्बर समय लाग्नुको साथै मुढा नरम र हलुका भएकै कारण उत्पादनमा पनि ह्रास हुने गर्दछ।
उच्च प्रविधि ग्रीनहाउस भित्र यसको खेती गर्नाले ढुसी, तापमान, सापेक्षित आद्रताहरुलाई नियन्त्रण गर्न धेरै नै सहज हुन्छ । समुद्र र जमीन माथिको ऊचाइ ९बतिष्तगमभ० को कुरालाई ध्यानमा राखी स्थापित ग्रीनहाउसहरुको ठाउँ हेरी तापमानलाई नियन्त्रण गर्नमा सहज हुनुको साथै उत्पादित च्याउको गुणस्तर, उत्पादित च्याउको बजारीकरण गर्न पनि धेरै सहज हुने गर्दछ ।
एभरेष्ट किनोको प्रा। लि। यस्तै व्यवसायिक सिताके च्याउ खेती गर्ने अत्याधुनिक नयॉं प्रविध संग हामी तपाईहरुको सेवामा नवीनतम कम्प्यूटरीकृत स्वचालित मेसिनद्वारा सिताके च्याउको बिउ रोपाई, च्याउको बिउ रोपाईकोलागि जापानी हाते ज्यावल, मुढामा प्वाल खोप्नकोलागि बनेको विशेष ड्रिलिंग मेसिन, विशेष ड्रिलिंग बिट, थर्ममीटर, सापेक्षित आद्र्रता बढाउने मेसिन र औजारहरु, अटो र म्यानुअल सिचाई पाईप तथा उपकरण, स्वच्छ पैकिंग मेसिन र समाग्रीहरु, ग्रीनहाउस, बर्ष भरि उत्पादन गर्न सकिने जापानी कोलाबोरेसन च्याउका बिउहरु, बजारिकरण गर्नमा अन्तराष्ट्रिय स्तरका नयॉं नयॉं प्रविधि जोदिएका सोचहरू, सरसल्लाह लिएर हामी तपाईहरू समक्ष नेपालमा आएका छौं । बाकी तपाईंहरूको काम गर्ने लगन र हिम्मतको जरुरी छ। हाम्रो नारा “ ल्यतजष्लन ष्क ष्mउयककष्दभि ष्ल तजभ धयचमि तजबत धभ अबललयत मय, थभक धभ अबल मय। द्यगत तयनभतजभच’’
कम्प्यूटरीकृत स्वचालित मेसिन तथा सिताके च्याउको बिउ रोपाईमा प्रयोग हुने जापानी हाते ज्यावलहरु
व्यवसायिक सिताके च्याउ खेती गर्ने सीप सिक्नुकोलागि विदेशमा वर्षौ लाग्ने हुन्छ । मैले जापानमा सिताके च्याउको विषयमा धेरै वर्ष अध्ययन गरी सकेसम्म नेपाली युवा कृषि उद्यमीहरुले बुझ्ने गरि सिताके च्याउको खेती गर्ने सरल भाषामा उद्धृत गर्ने कोशिश गरेको छु। धेरै बर्ष जापानमा बसिएको ले मेरो नेपाली भाषामा अवश्यपनि त्रुटी हुन सक्छ, कृपा गरी कहीं भाषामा त्रुटीहरु देखिएमा अयmmभलत दयह मा लेखी मद्दत गर्न हुन अनुरोध गर्दछु।नेपालमा सिताके च्याउको व्यवसाय गर्न चाहने सवै नेपाली युवा कृषि उद्यमीहरुले भ्रममा नपरोस् भन्नको लागि स्मरण रहोस् नेपालमा दिइने तालिम १ ( ३ दिनभित्र तालिम दिई सिकाइने व्यवसायिक सिताके च्याउको खेती नभई प्राकृतिक सिताके च्याउको खेती भएको कुरा पनि यसै लेख द्वारा जानकारी गर्द छु। तर हाम्रो कम्पनीबाट दिइने ३ दिनको तालिममा व्यवसायिक सिताके च्याउ खेती गर्ने विषयमा परिचय पनि दिइने व्यवस्था मिलाइएको छ। सिताके च्याउ खेतीमा बिज्ञ बन्नकोलागि विभिन्न प्रकारका प्रशिक्षणहरुको आवश्यकता पर्दछ।
व्यवसायिक सिताके च्याउ खेतीको विषयमा अनुभव बटुल्नको लागि विज्ञद्वारा सल्लाह(परामर्श लिई साथै आफैंले काम थालनी गरेर अनुभव बटुल्नको लागि केही नभएपनि एकवर्ष समयअवधिको आवश्यकता पर्दछ। हामी त चाहन्छौं हामीसँग भएको ज्ञानका कुराहरु तपाईंहरुलाई सकेसम्म छोटो अवधिमा दिन चाहन्छौं। तर सबै मान्छे एकनास हुँदैनन् कोही नोटबुकमा लेखेर त कोहि सुनेको कुरा महसुस गरेर सिक्ने हुन्छन्। यी सबै कुराहरु सिक्न चाहने मान्छेहरुमा भर पर्दछ।
सिताके च्याउ खेतीको तालिम लिन चाहने हरु को लागी
सिताके च्याउ खेती सम्बन्धी ज्ञान हासिल गर्न चाहेमा, जाडोयाम लाग्नेबित्तिकै अर्थात् कार्तिक देखि फागुन महिना सम्म उपयुक्त हुन्छ।
दिन,प्रतिदिन नेपाली युवा कृषि उद्यमीहरु सिताके च्याउ खेतीमा रुचि राख्नेहरुको संख्या बढ्दै गएको देखिन्छ । तर, प्रौद्योगविज्ञहरु र प्रविधि कमीको कारणले यो व्यवसायमा हामीसँग सम्पर्क गरी यसको प्रविधि सिक्न चाहने नवयुवाहरू बढ्दै गएको अवस्थाले, हामीले क्रमबद्धरुपमा तालिम दिने व्यवस्था मिलाउनु पर्नेहुन्छ, त्यसकारण समयमै अग्रिम फारम भरेर पनि आफनो सिट सुरक्षित राखी र तालिमको लागि आधारभूत पाठ्यक्रमबाट सुरु गर्न सकिने व्यवस्था मिलाइएको छ