बारा र पर्सामा आएको हावाहुरीले ५० करोडको क्षति बिमा ५ लाख मात्र

Tuesday, April 23rd, 2019 |

काठमाडौं, १० बैसाख । १७ चैतमा बारा र पर्सामा आएको हावाहुरीबाट कृषि क्षेत्रमा ५० करोाड रुपैयाँभन्दा बढीको नोक्सान भयो । तर, ५ लाख ३५ हजार रुपैयाँको मात्र कृषि बिमामा दाबी परेको छ। कृषिमा ३ वटा मात्र रहेका छन्। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका उपसचिव गंगा आचार्यका अनुसार बारामा मात्रै ३८ करोड २४ लाख रुपैयाँको कृषि उपजको क्षति पुगेको छ , भने पर्सामा ११ करोड ७९ लाख रुपैयाँको क्षति भएको छ।

जसमध्ये ७५ लाख ८३ हजार रुपैयाँ बराबरको पशुधन नोक्सान भएको छ। प्रतिवेदनअनुसार क्षेत्रफलका आधारमा ४ हजार ५ सय ५२ हेक्टर खेतीयोग्य जमिनमा क्षति पुगेको छ । जसमध्ये १ हजार ४ सय ३५ हेक्टरमा पूर्ण रूपमा क्षति भएको छ भने ३ हजार १ सय १६ हेक्टरमा आंशिक रूपमा क्षति भएको छ । बारामा १ हजार ९६ हेक्टर पूर्ण रूपमा क्षति पुगेको छ । पर्सामा ३३९ हेक्टरमा पूर्ण रूपमा क्षति भएको उल्लेख छ ।

के हो कृषि बिमा ?

कृषिजन्य वस्तुहरू, पशुपक्षी, बाली, माछालगायत विभिन्न प्रकारका बालीहरूको हानिनोक्सानी भएमा त्यसको आर्थिक क्षतिपूर्तिका लागि गरिने बिमालाई कृषि बिमा भनिन्छ । कहिले सुक्खा तथा कहिले अत्यधिक वर्षा, असिना, बाढी, पहिरो, रोगव्याधिजस्ता जोखिमका कारणबाट बालीनालीको क्षति हुने गर्दछ । यही तथ्यलाई ध्यानमा राखेर कृषकलाई सुरक्षित अनुभूति गराउने तथा व्यावसायिक कृषितर्फ उन्मुख गराउने उद्देश्यले १ माघ ०६९ मा ‘बाली तथा पशुपक्षी बिमा निर्दे्शिका– २०६९’ जारी गरी कृषि बिमा सुरु गरिएको हो ।

कृषि बीमाको क्षेत्रमा जति प्रिमियम लाग्ने हो त्यसको अनुपातमा लाग्ने ७५ प्रतिशत प्रिमियम नेपाल सरकारले अनुदान दिने र २५ प्रतिशत किसान आफैँले हाल्नुपर्ने व्यवस्था छ । सरकारले भ्याट छुट गरेका कारण सहज भएको छ । त्यसको मुल्यांकन पनि हुन्छ । सामान्यतयाः किसानले यसवापत त्यसको ५ प्रतिशत प्रिमियम तिर्नुपर्छ । बाली रोपियो अथवा छरियो तर बालीले फल दिएन भने त्यस्तो अवस्थामा क्षतिपूर्ति पाइँदैन । बिउको समस्या हो भने आफैले नै कभर गर्नुपर्ने हुन्छ । सामान्य विषयहरु आफैँले व्यहोर्नुपर्ने हुन्छ । तर रोग ब्यादी, बाढी, पहिरो, चट्याङ, असिना आदीले असर गरेको छ भने त्यस्तोमा बीमाले नै कभर गर्छ ।

सरकार र कृषिको क्षेत्रमा काम गर्ने संस्थाले अनेक ढंगले कृषकलाई सहयोग गर्ने नीति लिएको छ । सोहि अनुरुप कृषि बीमाको अवधारणा आएको हो । कृषकले पालेका पशु तथा बालीको बीमा भएको खण्डमा कृषिको लगानि बढ्ने संभावना पनि रहन्छ । यसप्रकारका सन्देश आम कृषकसमक्ष पुराउनको लागि एकखाले मेकानिजम तयार पार्नुपर्ने देखिन्छ । अहिले किसान अगुवाहरूले बीमाका लागि छुट्याइएको रकममा किसानको पहुँच नहुनु, बीमा गराउँदा प्राविधिक कठिनाइ उत्पन्न हुनु, बीमा कम्पनीको पहुँचभन्दा धेरै टाढा हुनुलगायत कारणले किसानहरु बीमा अभियानमा सरिक हुन नसकेका छैनन् ।
श्रोत हलोखवर

VIEWS: 108