पिटमस के हो र यो केका लागि प्रयोग गरिन्छ ?
कृष्ण न्यौपाने
काठमाडौ पुस ३०
हाल नेपाली किसानले ट्रेमा बिरुवा उत्पादन गर्न प्रयोग गर्न थालेको खैरो भुवा जस्तो वस्तु पिटमस भनेको के हो र यसको उपयोगिता के हो भन्ने कतिपयलाइ थाहा नहुन सक्छ ।
यो बिरुवा उत्पादन गर्न, बिउ उमार्न र हुर्काउन प्रयोग गरिने एक प्रकारको मिडिया हो । ब्यवसायीक खेती गर्दा बिरुवा उमार्न र हुर्काउन प्रयोग गरिने सबैभन्दा भरपर्दाे र सहज वस्तु हो पिटमस । यसको प्रयोगले किसानले ढुक्क भई स्वस्थ्य बिरुवा उत्पादन गर्न सक्दछन् । तर पानी र तापक्रमको ब्यवस्थापनमा भने किसानले ध्यान पुर्याउनुपर्ने हुन्छ ।
भनिन्छ, बिरुवा नै राम्रो भएन भने फल पनि राम्रो हुँदैन । कृषि उत्पादनको महत्वपुर्ण पाटो बिरुवा उत्पादनमा ब्यवसायीक किसानले जोखिम मोल्न चाहँदैनन् । आधुनिक कृषिमा महत्वपुर्ण बनेको ग्रोईङ मिडियाको सबैभन्दा भरपर्दाे र उचित बिकल्प हो पिटमस । यसलाई माटो खुकुलो बनाउने कामका लागि पनि उत्तिकै प्रभाबकारी रुपमा प्रयोग गर्न सकिन्छ । त्यस्तै अत्याधुनिक माटो रहित खेती प्रबिधिमा पनि यसको प्रयोग गरिन्छ ।
यो संक्षिप्त आलेखमा पिटमस वारे केहि जानकारी दिने कोसिस गरिएकोे छ ।
पिटमस भनेको के हो ?
पिट मस एकप्रकारकोे स्पेगनम लेउ र प्राङ्गारिक पदार्थहरुबाट बनेको गाढा खैरो भुवा जस्तो वस्तु हो । जुन पानीको दलदलमा सुकेर बनेको हुन्छ । यो बिषेसगरि जाडो महिनामा हिउँ पर्ने र गर्मि मौसममा पग्लेर पानी जम्मा हुने दलदल भएको ठाउँमा पाईन्छ । पिटमस बन्न हजारौ बर्ष लाग्ने गर्दछ । यसको उत्पादन प्राकृतिक रुपमा युरोप र उत्तर अमेरिकि राष्ट्रहरुमा हुने गर्दछ ।
यो पुर्ण रुपमा कुहिएको हुँदैन किनभने यसलाई कुहिन हजारौ बर्ष लाग्छ । यो एकदमै एन एरोबिक हुन्छ । हावाको उपस्थितिबिना कुहिने भएकाले यसको बिकासक्रम पनि एकदमै धिमा हुन्छ । हरेक बर्ष जम्मा एक मिलिमिटर भन्दा कमको गहिराईमा मात्रै पिटमस बन्दछ । हरेक बर्ष पानीको ड्रेन खनेर पिटमसको तह निकालिन्छ । यसलाई सुख्खा बनाई आवस्यकता अनुसार खाद्यतत्व मिसायर तयार गरि बिरुवा उत्पादन तथा गार्डेनकालागि प्रयोग गरिन्छ । यसको प्रयोग कृषि क्षेत्रमा ग्रोइङ मिडियाको रुपमा गरिन्छ । अन्य देसहरुमा पनि स्वस्थ्य बिरुवा उत्पादन गर्न पिटमस किसानकालागि वरदान नै साबित भएको छ । यसलाई माटो सुधार गर्न र माटो खुकुलो गर्न पनि प्रयोग गरिन्छ । बिभिन्न आकारका टुक्रामा बिभक्त गरि खाद्यतत्व मिश्रण पश्चात कृषि उत्पादनका बिभिन्न प्रयोजनकालागि यसको प्रयोग गरिन्छ । यसलाई प्रयोग गर्दा माटोमा वा अन्य मिडियामा जस्तो बिरुवालाई असर गर्दैन । तयारी पिटमसमा अम्लियपना र क्षारियपनाको सन्तुलन मिलाईएको हुन्छ । बिरुवा अवस्थालाई आवस्यक पर्ने खाद्यतत्वको सन्तुलनलाई पनि बिशेस ध्यान दिईएको हुन्छ । त्यस्तै चिसोपनाको मात्रा कायम गरि यसको तयारी प्याकिङ गरिएको हुन्छ । बिरुवा उत्पादन कोकोपिटमा भन्दा पिटमसमा कम जोखिमयुक्त हुने भएकाले यसको प्रयोग नेपालमा पनि सुरु भएको छ । ब्यवसायीक कृषि गर्ने किसानले यसको प्रयोग गर्न सुरु गरेको देखिएको छ । नेपालमा आधिकारीक रुपमा कर्मा ईन्टरप्राईजेज प्रा.लि ले पिटमस आयातको सूरुवात गरेको हो । नेपाली किसानको उत्पादन क्षमता बढाउने उद्देष्यले नेपाली किसानको माग अनुरुप परिक्षण गरि सफल भएपछि मात्रै जर्मनको क्लासम्यान डेलमान भन्ने कम्पनी बाट उत्पादीत पिटमस बजारमा ल्याइएको कम्पनिले बताएको छ । पिटमस उत्पादन तथा बिक्रि बितरणकालागि जर्मनको क्लासम्यान डेलमान भन्ने कम्पनी बिश्वमा चर्चित र भरपर्दाे नाम हो ।
पिटमस प्रयोगका फाईदाहरु
१. यसको प्रयोग गर्दा बिरुवाले शन्तुलित रुपमा खाद्यतत्व प्राप्त गर्दछ ।
२. हल्का हुने भएकाले बिरुवामा खाना बनाउने जराको बृद्धि बिकास गराउँछ ।
३. बिउ र माटोबाट सर्ने रोगहरु सर्ने समस्या हुँदैन ।
४.अम्लियपना, क्षारियपना, इसि आदीलाई सन्तुलित बनाईएकाले बिरुवामा अन्य असरहरु पर्दैनन् ।
५.पुर्ण रुपमा उपचार गरिएकाले अन्य मिडियामा जस्तो रोगको समस्या कम हुन्छ ।
६ .बिरुवा समान रुपले बढ्छ । स्वस्थ्य, बलियो र हरियो बिरुवा उत्पान हुन्छ । बिरुवाको रोगसंग लड्ने क्षमता बढ्दछ ।
७. समयको सदुपयोग हुन्छ ।
८. प्रयोग गर्न सजिलो छ ।
९. पुष्प खेती तथा तरकारी खेतीकालागि उत्कृष्ट ग्रोईङ मिडिया भएकाले उपयोगि छ ।
बिरुवा उत्पादनमा भरपर्दाे ः किसान
काठमाडौंको दहचोकमा पाँच बर्ष देखि ब्यवसायीक टमाटर खेती गरिरहेका किसान रामकृष्ण चौलागाईले बिरुवा उत्पादन गर्न पिटमसको प्रयोग गरेको तिन बर्ष भयो । उनि भन्छन , स्वस्थ्य बिरुवा उत्पादन गर्न पिटमस ज्यादै उपयोगि र भरपर्दाे छ । पिटमसमा बिरुवा उत्पादन गर्दा सन्तुलित खाद्यतत्व प्राप्त हुने भएकाले बिरुवा राम्रो हुने र किसानलाई थप खाद्यतत्व ब्यावस्थापन गर्ने झन्झट नहुने अनुभब चौलागाँइको छ । समग्र उत्पादनमा बिरुवाको भुमिका महत्वपुर्ण हुने भएकाले पिटमसको प्रयोग सुरु गरेको चौलागाइले बताए ।
काठमाडौंकै बुढानिलकण्ठका किसान प्रेम तामाङ पनि बिगत तिन बर्ष देखि पिटमस प्रयोगबाट लाभान्वित भएको बताउँछन् । अन्य मिडियामा उत्पादन गर्दा खाद्यतत्व व्यावस्थापन र चिस्यान राख्न समस्या हुने भएकाले पिटमस प्रयोग गर्दा ढुक्क हुने भएकाले यसको प्रयोग बढेको तामाङको दावी छ । तर पानी ब्यवस्थापन र तापक्रममा भने ध्यानदिनुपर्ने सुझाब दिन्छन् उनि ।
चितवनमा ब्यवसायीक खेती गरिरहेका अगुवा किसान कृष्ण न्यौपानेले बिरुवा उत्पादनमा पिटमसको प्रयोग गर्न थालेदेखि आँफु बिरुवा उत्पादनमा सफल भएको बताए । बिरुवा अवस्थालाई आवस्यक सम्पुर्ण खाद्यतत्व यसमा हुने भएकाले बिरुवा समान रुपमा बढ्ने, जराको बृद्धि बिकास राम्रो भई खाना बनाउने जराको उल्लेख्य बिकास हुने, खाद्यतत्वको कमिले हुने समस्या कम हुने र रोग पनि कम लाग्ने भएकाले किसानलाई पिटमस प्रयोग फाईदाजनक भएको अनुभब न्यौपानेको छ ।