नेपाली टमाटरलाई प्राथमिकता नदिएको भन्दै किसानले फाले भारतिय टमाटर

Tuesday, January 8th, 2019 |

चितवन पौष २४

किसान चौतारी नेपालको नेतृत्वमा भरतपुर तरकारी मन्डीमा भारतवाट आयत गरि व्यापारिले ल्याएको १ सय केड्र टमाटर फालिएको छ । व्यपारिहरुलाई पटक पटक नेपाली टमाटर नै प्राथमितामा राख्न आग्रह गरेपनि सो आग्रहलाई वेवास्था गदै भारतिय टमाटर ल्याएपछि विरोध स्वरुप व्यापारिले ल्याएको टमाटर फालिएको किसान चौतारी नेपाल चितवनका कृष्ण न्यौपानेले जानकारि दिए ।
उनका अनुसार १ सय जनाको संख्यामा भरतपुरको तरकारी बजारमा जम्मा भएका किसानको समूहले व्यापारिले ल्याएको टमाटर जफत गरि फालिएको हो । यस अघि बजार व्यवस्थापन समितीले व्यापारिलाई नेपाली टमाटरलाई नै पहिलो प्राथमिकतामा राख्न भनेपनि यसलाई वेवास्था गर्दै व्यापारिले भारतिय टमाटर आयात गरेपछि यो समस्या आएको हो ।
किसान र व्यापारि विचको यो किचलोमा प्रशासनले भने खासै चासो नदेखाएको किसान चौतारी नेपालका सल्लाहकार कृष्ण न्यौपानेले बताए । किसान चौतारी नेपाल चितवन शाखाले भाद्र ५ गते पहिलो पटक किसान चौतारीको नाममा अनुरोध गरी सबै व्यपारि र संचालक सँग नेपाली टमाटरलाई बजारमा पहिलो प्राथमितामा राख्न लिखीत पत्र दिएको थियो । त्यसको केहि समय पछि चितवनबाट उत्पादन उने टमाटर सहित अन्य तरकारीको तथ्यांक सहित जिल्ला ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संघ मार्फत दोस्रो पटक अनुरोध गरयो , र १० दिन सम्म भारतिय टमाटर आयात नगर्ने मौखिन सम्झौता भएपनि २ दिन नवित्दै टमाटर आयात गरेपछि किसान यस प्रकारको विरोधमा उत्रिएका हुन् ।

VIEWS: 52