नेपालमै उत्पादन हुने ओपि बिउको पनि ८० प्रतिशत आयात

Tuesday, February 12th, 2019 |


काठमाडौं २९, माघ
समग्र आयात गरिने बिउ मध्य ८४ प्रतिशत ओपि (ओपन पोलिनेटेड) बिउ आयात गरिएको देखिएको छ । जम्मा १२ प्रतिशत बिउ मात्रै हाइब्रिड बिउ आयात भएको तथ्याङ्क नेपाल सरकार कृषि मन्त्रालय अन्तर्गतको बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्रका प्रमुख मदन थापाले जानकारी गराए । मंगलवार राजधानीको धोबिघाट स्थित सिदार्थ कटेजमा आयोजित नेपाल बिउ ब्यवसायी संघ ३ नंबर प्रदेश कार्य समितिको दोश्रो वार्षिक साधारण सभालाई सम्बोधन गर्दै थाापाले सो कुरा बताएका हुन् । संघिय सम्रचना र स्थानिय निकाय बनिसक्दा पनि नयाँ नीति नियम बन्दै गरेकाले तरकारीको बिउ दर्ता तथा बिउ बिक्रेताका कारण बजारमा आएका समस्या वारे ठोस काम गर्न नसकिएको स्विकादैै दर्ता नगरिएका बिउ आयात तथा बिक्रि बितरण गर्ने कार्यलाई नियन्त्रण गर्न लागिएको थापाले दावी गरे । फल लागेपछि त्यसैको फललाई बिउ बनाउन सकिने भएकाले ओपि बिउ आयात गर्न नपर्ने हुँदा हुँदै पनि अधिकांस आयात गरिएको प्रति असन्तुष्टि जनाउँदै केन्द्रका प्रमुख थापाले स्वदेसमै ओपि बिउको उत्पादनमा लाग्न बिउ ब्यवसायीलाई आग्रह गरे । बिउ दर्ता सम्वन्धि नयाँ र सहज ऐन ल्याउन लागिएकाले ढुक्क भएर गुणस्तरिय र बिस्वाशिलो बिउको उत्पादन, बिक्रि र बितरणमा लाग्न समेत उनले आग्रह गरे ।
संघका अध्यक्ष लक्ष्मिकान्त ढकालले आफ्नो धारणा राख्दै उत्पादन , बितरण र प्रशोधनमा क्रियासिल हुने ब्यवसायी भएकाले गलत काम नगर्न ब्यवसायीहरुलाई सुझाए । हामी ईमान्दार नबन्दा किसानको मेहनत र सपना पुरै सखाप हुने भएकाले यसतर्फ गंभिर बनेर मात्रै बिउ ब्यवसायमा लाग्नुपर्छ भन्ने सुझाउँदै ढकालले सरकारलाई पनि ब्यवसायीलाई मनबल गिराउने गरि काम नगर्न आग्रह गरे । बीउ ब्यवसायी संघ नेपालले ब्यवसायीलाई प्राबिधिक बनाउने कार्यक्रम ल्याइने र पेशाालाई मर्यादित बनाउने काम संघले गरिरहेको पनि उनले जानकारी दिए । त्यसैले कोहि ब्यवसायी संगठित हुन छुटेको भए पनि आफ्नो हक हित सुरक्षित गर्न र पेशालाई मर्यादित बनाउन पहल गर्न पनि उनको बीउ ब्यवसायीलाई आग्रह छ ।
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष मित्रराज दवाडीले बिउ जिवित चिज भएको र किसानलाई पनि जिवितै चिज बेच्नुपर्ने भएकाले ब्यवसायीहरुलाई गंभिर र ईमान्दारिताका साथ ब्यवसाय गर्न आग्रह गरे । बिउ बिजन दर्ता गर्ने कार्यको नीति बनिरहेकाले हाल डेट लकको स्थितिमा रहे पनि नयाँ आउने नीतिले ब्यवसायीलाई सहज बनाउने आासा उनले ब्यक्त गरे । ब्यवसायीहरुले कारोबार गरिरहेका र किसानले रुचाएका जातहरु पहिचान गरि सम्पुर्ण बिउहरुलाई सुचिकृत गरिनुपर्ने धारणा राख्दै दवाडीले बजारमा ८० प्रतिशत भन्दा बढि दर्ता नभएका बिउको कारोवार भईरहेको जानकारी पनि गराए । साथै बिदेशी बिउ मात्रै बेचेर कसैले ब्यवसाय बन्ने सोच राखेको छ भने सफल नहुने ठोकुवा दवाडिले गरे ।
संघका महासचिब वसन्त चन्द्र मरहट्टाका अनुसार नेपाल बीउ ब्यवसायी संघले ४० जिल्लामा समन्वय समिति गठन गरिसकेको छ भने ७ वटै प्रान्तमा कार्यसमिति बनाई सकेको छ । संघमा हाल सम्म २७ सय बीउ ब्यवसायी सदस्य छन् । निकट भबिष्यमै ७७ जिल्लामा संघलाई बिस्तार गरि पेशालाई मर्यादित एवं बिष्वसनिय बनाउने कार्यक्रमहरु ल्याइने महासचिब मरहट्टाले बताए । काभे कृषि ज्ञान केन्द्रका प्रमुख कृष्ण भक्त अधिकारीले ज्ञान केन्द्रमा ठुला कार्यक्रम मात्रै आएकाले साधारण किसानलाई फाईदा पुग्ने गरि स्थानिय बिउमा अनुदानको ब्यवस्था तत्काल गर्न सरकार समक्ष माग गरे । उनले स्वदेसि बिउ बचाउने खालको गंभिर कार्यक्रम ल्याउन पनि सुझाए । अधिवेशनलाई सम्बोधन गर्र्दै संघका पुर्व अध्यक्ष तथा ब्यवसायी दुर्गा दहालले किसानलाई उत्पादनमा सहयोग नगरी बिउको आयात प्रतिस्थापनमा जति कुरा गरे पनि पुरा नहुने ठोकुवा गरे । बिना प्याकेट र लेवलिङको बिउ बेच्नेलाई तुरुन्तै कारवाहि गर्न पनि दहालले आग्रह गरे । बंगलादेश बिउ निर्यात हुने गरे पनि संबन्धित निकाय गंभिर नबनेकाले हाल निर्यात सुन्य भएको पनि उनले बताए । सित्तैमा अनुदान दिँदा पहुँचवालाले यो स्थिति सिर्जना भएको उनको तर्क छ ।
संघका ३ नं प्रदेशका अध्यक्ष मणिदेव भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभाको सञ्चालन महासचिव राम गोपाल खत्रीले गरेका थिए भने कार्यक्रममा ३ नं प्रदेशबाट प्रतिनिधित्व गर्ने ७७ जना बीउ ब्यवसायीको प्रतिधित्व रहेको थियो ।

VIEWS: 219