दूधको माग बढ्दै, उत्पादन घट्दै

Thursday, September 26th, 2019 |

असोज ९ दार्चुलाको सदरमुकाम खलङ्गामा मागअनुसारको दूध उत्पादन तथा सङ्कलन नहुने र उत्पादित दूधसमेत कम गुणस्तरको हुने गरेको गुनासो बढ्दै गएको छ ।खलङ्गा बजारमा आधा दर्जन डेरी व्यावसायी र केही खुद्रा व्यापारीले दूध तथा दूधजन्य पदार्थको सङ्कलन र बिक्रीवितरण गर्ने गरेका छन् ।

दार्चुला डेरीका सञ्चालक प्रकाश सामन्तले भने, बजार क्षेत्रका साथै महाकाली नगरपालिकाको दत्तु, सकार, बेत, काकँडा, धाप, श्रीबगड, बाँजलगायत गाउँबाट गाई र भैँसीको दूध सङ्कलन हुने गरेको छ । विभिन्न गाउँबाट दूध सङ्कलन गर्दा समेत बढ्दो मागलाई धान्न सकिएको छैन ।

गौमाता गाईपालन तथा डेरी उद्योगका सञ्चालक दलजितसिंह महताले भने, दूध गोठदेखि ओठसम्म सफा हुनुपर्ने हो तर कृषकहरूलाई तालिमको व्यवस्था नहुँदा सरसफाइ र दूधको गुणस्तरमा धेरै समस्या छ । आजको गोरखापत्र दैनिकमा लोकेन्द्रप्रसाद जोशीले यो समाचार लेखेका छन् । दर्पण दैनिक

VIEWS: 48