तेस्रो कृषि सम्बन्धी अन्तराष्ट्रिय प्रर्दशनी चितवनमा हुदै

Tuesday, January 8th, 2019 |

पौष २४ काठमाडौँ
कृषि क्षेत्रमा विकास भएका विभिन्न प्रविधिहरुको विषयमा किसानलाई जानकारी गराउने उद्देश्यले मिडिया स्पेस सोलुसन्स प्रा.लिले विगतका वर्षहरु झैं यस वर्षपनि बृहत अन्तराष्ट्रिय कृषि प्रर्दशनी चितवनमा सञ्चालन गर्न लागेको छ ।
यस कम्पनिले पहिलो र दोस्रो प्रर्दशनी काठमाडौको भृकुटी मण्डपमा सञ्चालन गरेको थियो भने यस पटक आउदो माघ ११, १२ र १३ गते सम्म हुनलागेको प्रर्दशनी चितवनको भरतपुरमा गर्न लागेको हो । कृषि क्षेत्रको हबको रुपमा विकास हुदै आएको चितवन जिल्ला नेपालको पूर्व देखी पश्चिम सम्ममा मानिसहरुलाई आवत जावत गर्न विच बाटोमा पर्ने र सहज हुने भएकाले यस पटकको प्रर्दशनी उपत्यका बाहिर गइ सञ्चालन गर्न लागिएको आयोजनक मिडिया स्पेसले जानकारि दिएको छ ।
प्रर्दशनीमा नेपाल, भारत, चीन लगायतका बिभिन्न १८ देशका कृषि सम्बन्धी कम्पनीहरुका १५० भन्दा बढी स्टलहरु रहने मिडिया स्पेस सोलुसन्स प्रा.लि का प्रबन्ध निर्देशक श्रीजलले जानकारी दिए ।
प्रर्दशनीमा कृषिका विभिन्न विधाहरु जस्तै, कुखुरापालन, माछापालन, बाख्रापालन, गाई भैंसीपालन, डेरी लगायत कृषिका नविनतम औजार, उपकरण, केराखेती ,थोपा सिचाई, र बिषादी रहित कृषिको बारेमा तालिम एवं गोष्ठी समेत संचालन हुने प्रबन्ध निर्देशक भट्टराईको भनाई छ ।
उनका अनुसार देश भरीबाट लगभग एक लाख भन्दा बढी उद्यमी अनुसन्धानकर्ता,विद्यार्थी, संघ संस्थाका प्रतिनिधि लगायत आम कृषकहरुको सहभागिता रहने अनुमान कम्पनिको छ ।
निःशुल्क प्रवेशको व्यवस्था गरिएको उक्त प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दतपु¥याउने साना साना औजार, मेसिन देखी ,डेरी मेशिनरी तथा पशुपंक्षीपालन उद्योगमा प्रयोग हुने ठूला उपकरणहरुको प्रदर्शनी तथा डेमो पनि गरिने अयोजनकले जानकारी दिए ।
प्रर्दशनीले कृषक र उत्पादक कम्पनी बिचको दुरी कम गर्न महत्वपूर्ण भुमिका खेल्ने प्रबन्ध निर्देशक भट्टराईको भनाइ छ ।
प्रर्दशनीलाई सफल बनाउनका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना , अखिल
नेपाल किसान महासंघ, राष्ट्रिय कृषक समुह महासंघ, नेपाल कृषि सहकारी केन्द्रिय संघ लि., नेपाल
पोल्ट्री महासंघ, चितवन उद्योग संघ लगायतका विभिन्न संघ संस्थाहरुले सहयोगीको भुमीका निभाएका छन् ।

VIEWS: 41