तरकारी अयात गर्दा कोरोना जाँच गर्नुपर्ने सर्बोच्चको फैसला
काठमाडौँ ५ जेठ
भारत तथा अन्य मुलुकबाट तरकारी आयात गर्दा कोरोना संक्रमणको अनिवार्य जाँच गरेर मात्र ल्याउन सकिने सर्बोच्च अदालले फैसला गरेको छ ।
बन्दाबन्दीको को समयमा भारतबाट अनाधिकृत रुपमा फलफूल तथा तरकारी आयात भैरहेको अवस्थामा सर्बोच्च अदालतमा परेको रिटको सुनुवाई गर्दै नेपाली किसान र उपभोक्ताको हितमा फैसला सुनाएको हो ।
कोरोना सक्रमणको त्रासको कारण सरकारले गरेको लकडाउनको अवधिमा पनि ४ अरब भन्दा धेरैको फलफूल तथा तरकारी भारतबाट आयात भएको तथ्यांक बाहिर आएपछि, बैशाख २९ गते सर्बोच्च अदालतमा परेको रिट माथि सुनुवाई गर्दै अदालतले भारतबाट आउने तरकारीमा कोरोना सक्रमणको जाँच गरेर मात्र आयातको अनुमति दिन उत्प्रेषणको आदेश जारी गरेको छ ।
बैशाख २९ गते अधिवक्ता मणिराम उपाध्ययले कोरोनाको जाँच नगरी नेपाली सिमा नाकाहरुबाट अनाधिकृत रुपमा फलफूल तथा तरकारी आयात भइरहेको र यसले नेपाली आम उपभोक्ता लाई कोरोना संक्रमणको त्रास झनै बढाएकाले सो को सुनुवाई होस् भनि रिट निवेदन दर्ता गराएका थिए । यसका साथै नेपाली किसानको उत्पादनले बजार नपाएर ठाउँ ठाउँमा कुहिएका,े फालिएको अवस्थामा नेपाली उत्पादनलाई नै पहिलो प्राथमिकता दिन भनि परेको रिट निवेदनको सुनुवाई गर्दै सर्बोच्च अदालतले यस्तो निर्णय गरेको हो ।
सर्बोच्चको आदेश अनुसार नेपालको संविधान २०७२ ले व्यवस्था गरेको मौलिक हकहरुको धारा १६ को सम्मान पूर्वका बाँच्च पाउने हक धारा ३६ को खाद्य सम्बन्धि हक र धारा ४४ को उपभोक्ताको हक मा व्यवस्था भए अनुसारको अधिकार संरक्षणको प्रत्योजन गर्न र उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३१ ले व्यवस्था गरे बमोजिम भारत लगायत अन्य मुलुकहरुबाट आयात हुने फलफूल तथा तरकारीमा कोरोना संक्रमणको जाँच गरेर मात्र आयत गर्न सकिने भनि आदेश जारी गरेको छ । यो आदेशको परिपालना तुरुन्त गरिनुपर्ने पनि सर्बोच्चले जनाएको छ ।