जथावाभि विषादीको प्रयोग गरे १ लाख ५० हजार जरिवाना

Thursday, January 3rd, 2019 |

काठमाडौ्
पौष १९
कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले जथावाभि विषादी प्रयोग गरेको पाइएमा १ लाख ५० हजार सम्मको जरिवाना गरिने बताएका छन् । विहिवार प्रतिनिधिसभाको बैठकमा जीवनाशक विषादी व्यवस्थापन विद्येयक २०७५ प्रस्तुुत गर्दै मन्त्रि खनालले यस्तो जानकारी दिएका हुन् । अवैध रुपमा प्रयोग गरिने विषादीको प्रयोग र चोर बाटोबाट विषादी ल्याउने कार्यलाई रोक्न यो नियम आवश्यक भएको उनले जानकारी दिए ।

सो विद्येयकमा अनाधिकृत रुपमा विषादी प्रयोग गर्नेलाई रु ५० हजारदेखि एकलाख ५० हजारसम्म जरिवाना गर्न सकिने विधेयकमा व्यवस्था भएको पनि मन्त्रि खनालले बताए ।

VIEWS: 5