च्याउ खेती गर्ने किसान, उद्योगीका लागि प्रदेश नं ५ मा अनुदानको कार्यक्रम

Tuesday, April 16th, 2019 |

रुपन्देही
बैशाख ३
रुपन्देही जिल्ला अन्तर्गत, भूमि व्यवस्था तथा सहकारी विकास मन्त्रालय माताहातको कृषि विकास निर्देशनालय, रुपन्देहीले आर्थिक वर्ष २०७५ र ०७६ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार च्याउको बीउ उत्पादन गर्नेलाई अनुदान दिने भएको छ। निर्देशनालयले इच्छुक उद्यमी , कृषक समूह, कृषि सहकारीहरूलाई समयमा नै निवेदन बुझाइ अनुदान लिनका लागि अनुरोध गर्दै सूचना प्रकाशित गरेको छ ।

यस कार्यक्रम बाट अनुदान लिन इच्छुक उद्यमी,कृषक समूह वा कृषि सहकारीहरूले निवेदन दिन पाउँछन् ।

के के कागजात चाहिन्छ ?

निजी फर्म, कम्पनी, कृषक समूह वा सहकारी सम्बन्धित निकायमा दर्ता भएको प्रमाणको फोटोकपी नियमानुसार नविकरण समेत भएको हुनुपर्ने ।

कार्यक्रम संचालनका लागि निजी फर्म, कम्पनी, कृषक समूह वा सहकारीको जिम्मेवार व्यक्ति तोकिएको निर्णयको छाँयाप्रती र जिम्मेवार व्यक्तिको नेपाली नागरिकताको प्रमाणित फोटोकपी ।

अन्य प्रमाणित प्रमाणपत्रहरु ९च्याउ बीउ उत्पादन सम्बन्धि तालिम, शैक्षिक योग्यता० आदिका फोटोकपीहरू र वैदेशिक रोजगारवाट फर्केकाको हकमा पासपोर्टको फोटोकपी ।

परियोजना प्रस्ताव पेश गर्न लागि कृषक समूह तथा सहकारीको निर्णयको र जिम्मेवार व्यक्ति तोकिएको निर्णयको फोटोकपी र जिम्मेवार व्यक्तिको नेपाली नागरिकताको प्रमाणित फोटोकपी ।

प्रस्तावक तर्फको लगानी सुनिश्चितताका लागि स्वलगानीमा गर्ने भए बैँक स्टेटमेन्ट वा बैँक ग्यारेन्टी

कति अनुदान पाइन्छ ?

प्रति प्रस्ताव ७५ प्रतिशत वा अधिकतम रु १५ लाख अनुदान पाइन्छ ।

निवेदन कहाँ बुझाउने ?

निवेदन कृषि विकास निर्देशनालय वा सम्बन्धित ज्ञान केन्द्रहरू नवलपरासी ९ब।सु।प।० कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँची, दाङ, रोल्पा र बाँकेमा बुझाउन सकिन्छ।

निवेदन बुझाउने अन्तिम मिति कहिले हो ?

निवेदन यही मिति २०७६र०१र २० गते भित्र बुझाइसक्नुपर्छ।

कहाँ सम्पर्क गर्ने ?

कृषि विकास निर्देशनालय, रुपन्देही ०७१(४२००१२

VIEWS: 66