चौथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी चितवनमा हुर्दै

Thursday, November 14th, 2019 |

काठमाडौँ कार्तिक २८
कृषि क्षेत्रमा विकास भएका विभिन्न प्रविधिहरुको विषयमा किसानलाई जानकारी गराउने उद्देश्यले नेपाल कृषि मेशिनरी व्यवसायी संघले विगतका वर्षहरु झैँ यस वर्षपनि राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी चितवनमा संचालन गर्न लागेको छ । यो प्रर्दशनी मा नेपाली कृषि यन्त्रहरुपनि प्राथमिकताका साथ प्रदर्शनीमा राखिने भएको छ ।यस संघले पहिलो चितवनको नारायणी, दोस्रो बाकेको कोहलपुर र तेस्रो सुनसरी धरानमा सम्पन्न भएको प्रर्दशनी यस पटक आउदो मंसिर ६,७,८ र ९ गते चितवनको भरतपुरमा गर्न लागेको हो ।
प्रर्दशनी को तयारी अन्तिम चरणमा पुगेको पनि संयोजक कटुवालले जानकारी दिए ।
उनका अनुसार ९० प्रतिशत स्टल पनि बुकिङ भइसकेको बताउछन् । “कृषिको रुपान्तरण, कृषिमा यान्त्रीकरण” भन्ने मूल नारा राखिएको यस प्रदर्शनीमा २० भन्दा धेरै मुुलुकका सहभागिता हुने छ भने नि ः शुल्क प्रवेशको व्यवस्था गरिएको उक्त प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दतपु¥याउने साना साना औजार देखी ठूला कृषि औजारहरु, डेरी मेशिनरी तथा पशुंपंक्षीपालन उद्योगमा प्रयोग हुने ठूला उपकरणहरुको समेत प्रर्दशन गरीने सघंको दावी छ ।

यो प्रर्दशनी सफल बनाउन कृषि पुर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र भूमी व्यबस्था , कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं ३ सहित नेपाल कृषि मेशिनरी व्यवसायिक संघको संयुक्त आयोजनामा सञ्चालन हुन लागेको हो । प्रर्दशनीमा देश भरका विभिन्न स्थानबाट किसानहरुलाई भ्रमण गराउने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले मुख्य भूमिका खेल्दैछ ।

VIEWS: 41