चरनमा लगेका महुरीको हेरचाह गर्न नपाउँदा मह उत्पादन ७० प्रतिशतले घट्यो
दाङ २४ जेठ
कोरोना संक्रमणको माहामारीको कारण देशमा भएको बन्दाबन्दीले जिल्ला बाहिर चरनमा लगिएको महुरी गोलाको हेरचाह गर्न नपाउँदा यसवर्ष जिल्लामा ७० प्रतिशतले मह उत्पादन घट्ने भएको छ ।
जिल्लामा अहिले करिव ७० प्रतिशत मह उत्पादनमा कमी भएको माहुरी पालन महासंघ दाङका अध्यक्ष विष्णु श्रेष्ठले बताए । घोराहीका माहुरी पालक कृषक दिनेश वलीले यो सिजनमा एक पटक पनि मह काड्न पाएनन् । अघिल्लो वर्षमा यो सिजनमा २ पटकसम्म मह संकलन गरेपनि यस सिजनमा एक पटक पनि मह काड्न नपाएको उनि बताउँछन् । । वली भन्छन् “अघिल्लो वर्ष फागुनदेखि वैशाखसम्ममा २ पटक मह काडेको थिएँ ।” लकडाउनको कारण माहुरी राखेको स्थानसम्म जान नपाएकाले यस वर्ष मह उत्पादन घटेको उनको भनाइ छ । समयमा निरीक्षण गर्ने नपाउँदा माहुरीले जम्मा गरेको मह समेत खाइसक्ने गरेको वली बताउँछन् ।
फागुनदेखि वैशाखसम्ममा करिव ३ सय टन मह उत्पादन हुने गरेको महासंघ अध्यक्ष श्रेष्ठको भनाइ छ । तर यस वर्ष १ सय टन पनि मह उत्पादन हुन नसकेको उनी बताउँछन् । यसको कारण कृषकहरु समयमा माहुरीको निरीक्षण गर्ने जान नपाउनु समयमा मह काडन जान नपाउनु नै भएको उनि बताउँछन् । “यस समयमा माहुरी वृद्धि ५० प्रतिशतले घटेको पनि उनले जानकारी दिए ।
यो समय माहुरीको गोलाको वृद्धि हुने समय भएकाले विशेष हेरचाह गर्नु पर्ने भए पनि हेरचाह समेत गर्ने नपाएको उनी बताउँछन् । अर्का माहुरी पालक कृषक रामहरि शर्माले लकडाउनले माहुरी पालक कृषकहरुलाई धेरै क्षत्ति पु¥याएको बताए । लकडाउनले कृषकले माहुरीको हेरचाह गर्ने, मह काड्न नपाएको उनको भनाइ छ ।
राम्ररी हेरचाह नहुँदा माहुरीले जम्मा गरेको मह समेत खाइ सकेको उनले बताए । माहुरीको गोला वृद्धिका लागि रानी उत्पादन गर्न समेत समस्या भएको उनको भनाइ छ । रानी उत्पादन गर्न नसक्दा गोला पनि वृद्धि गर्ने नसकिएको कृषकहरुको गुनासो छ । जिल्लाभित्र भन्दा पनि जिल्ला बाहिर माहुरी चरणमा लगेकाहरुको यस प्रकारको समस्या बढी रहेको उनीहरुको भनाइ छ । लकडाउनका लागि बाहिरी जिल्लामा जानका लागि पास समेत नपाउँदा जान नसकेको उनीहरु बताउँछन् ।
जिल्लामा अहिले १५ हजार माहुरीको गोला रहेको माहुरी पालन महासंघ दाङले जनाएको छ । जिल्लामा वार्षिक ६ सय टन भन्दा बढी मह उत्पादन हुने गरेको उनको भनाइ छ । जिल्लाका करिव १ हजार माहुरी पालन कृषकहरु रहेको बताइएको छ । स्रात ः कारोबार दैनिक