गानार्डोमा देखी यार्सागुम्बाको व्यवसायिक उत्पादन गर्दै विक्रम पुन

Monday, December 31st, 2018 |

काठमाडौँ पुस १६
नेपाली माटोमा जन्मे हुर्केर यहाँको सुख दुख सबैको भोग गरिसेकेको आम नेपाली युवाहरु स्वदेश छाडि विदेशि भूमिमा रमाउन थालेको आजभोलि नेपाली समाजमा केहि नमुना व्यक्तिहरु मात्र छन्, जो विदेशको सुख सुविधा सबैलाई छाडेर नेपालमा नै केहि काम गर्ने अभिलाषा सहित क्रियाशिल हुन्छन् । यस्तै एक नमुनाको रुपमा रहेको व्यक्ति हुन् विक्रम बहादुर पुन ।
बुवा नरेन्द्र बहादुर पुन र आमा मनिसारा पुनको एक मात्र छोराको रुपमा सिंगापुरमा जन्मे हुर्केका पुन विगत १० वर्ष देखि नेपाली भूमिमा त्यो पनि कृषि क्षेत्रमा सक्रिय उद्यमिको रुपमा काम गर्दै आएका छन् । बुवा सिंगापुर पुलिसमा मेजर भएकाले उनको जन्म सँगै जिवनको पुरा २८ वर्ष त्यस देशमा वित्यो उनले आफ्नो औपचारिक अध्ययन भने केमिकल इन्जिनियरिङमा गरे र यस सँगै उनलाई नयाँ विषय पढ्ने रहरले अमेरिका गई उद्यमशिलता (इण्टरपेनरसिप) विषयको अध्ययन समेत पुरा गरे ।
सो पढाई पुरा गरि आजभन्दा १० वर्ष अघि २०६५ साल तिर उनि पहिलो पटक नेपालमा नै केहि गर्ने योजना सहित स्वदेश फर्किए । यस क्रममा काठमाडौँको बालुवाटारमा एउटा घर भाडामा लिई उनले पहिलो पटक काठको धुलोमा सिताके च्याउ उत्पादन गर्ने काम गरे जुन काममा उनि सफल पनि भएका थिए, तर नियमित रुपमा विद्युत आपूर्तिको समस्याले गर्दा उनको सो काम विचमा नै रोकियो र ६० लाख रुपैँया घाटा समेत लाग्यो तर पनि पुनले कृषि क्षेत्रमा केहि नयाँ गर्ने उनको अठोटलाई निरन्तर रुपमा लिइरहे र केहि वर्ष ललितपुरको खोकनामा व्यावसायिक रुपमा गाई भैसीपालन सहित तरकारी खेती समेत गरे, यो कामलाई पनि उनको पारिवारिक समस्याको कारण निरन्तरता दिन सकेनन् ।
पुनलाई च्याउमा नयाँ काम गर्ने जागँर मरेको थिएन त्यसैले ६ वर्ष अघि काठमाडौँको सामाखुसीमा एउटा घर भाडामा लिई सिताके,गानार्डोमा,सहित संभवत् विश्वमा नै पहिलो पटक वातावरण अनुकुल अवस्थामा वहुमुल्य यार्सागुम्वा च्याउको समेत उत्पादन सुरु गरेका छन । तरकारी खान मिल्ने र औषधीको रुपमा प्रयोग हुने दुवै किसिमको यार्सागुम्बा आफुले उत्पादन गरेको पुनको भनाई छ । उनको यो निरन्तर मेहनत र लगनमा कति पय अवस्थामा पारिवारीक कारणले समस्या आयो तर पुनले आफ्नो हौसलालाई कति पनि कम हुन दिएनन् ।
आजभोली उनले गानार्डोमा (रातो च्याउ)लाई सुकाइर टि ब्याग बनाई विक्री गर्दै आएका छन् । उनको यो मेहनत र लगन देखेर जो कोहि पनि अचम्ममा पर्न सक्छ । पुनका अनुसार यार्सागुम्बा आदा किरा र आदा च्याउ भएकाले सो किरा बाहेकको च्याउ मात्र निकाल्न उनि सफल भएका हुन् । यस कार्यका लागि उनले सात वर्ष त अनुसन्धान मानै विताए । यि सबै कामका लागि हाल सम्म पाचँ करोड भन्दा धेरै लगानी भईसकेको पुनको भनाई छ । आजभोलि उनि खर्च कटाएर मासिक पाचँलाख भने कमाउने गरेले दावी गर्छन् ।
कृषि क्षेत्रमा काम गर्न चाहने युवाको लागि उनी एक उदाहरणीय व्यक्ति हुन् । विदशमै जन्मे हुर्केर जिवनको तिन दशकनै विदेशमा विताएको व्यक्तिले नेपाललाई नै माया गरी यहाँ आएर कृषि क्षेत्रमा नौलो प्रयोग सहित काम गर्नु सामान्य कुरा होइन तर उनको यो काममा हाल सम्म सरकारी स्तरबाट खासै चासो वा सहयोग भने आएको छैन । उनको फे्रस मसरुम प्रा.लि र अल्टरनेट मसरुम प्रा.लि नामको दुई कम्पनि छन् । यि दुबै कम्पनीलाई फरक हिसाबले सञ्चालन गर्ने पुनको योजना छ । यदि कोहि यस क्षेत्रमा लगानी गर्न इच्छुक भए उनीहरुको लगानीको सुरक्षा सहित नाफाको पुर्ण प्रत्याभुति आफुले दिने पुनको भनाई छ । पुनले आफ्नो केमिकल सम्बन्धी अध्ययन र उद्यमसिला सम्बन्धी अध्ययन दुवैलाई मर्ज गरेर नयाँ किसिमले कृषि क्षेत्रमा त्यो पनि उच्च मुल्य युक्त च्याउहरुको उत्पादनमा आफुलाई सकृय गराउर्दै आएका छन् । उनको यो मेहनत लगन र काम बाट हाल दैनिक रुपमा विदेशमा जार्दै गरेको युवाहरुले धेरै पाठ सिक्न सक्छन् ।
गानार्डोमा च्याउका फाईदा
–अत्याधिक मात्रामा एन्टी अक्सिडेन्ट भएको
–रक्तचापलाई नियन्त्रणमा राख्ने
–रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्ने
–मुटुका लागि अति उपयोगी
–कोलस्टोरलाई सन्तुलनमा राख्ने
–पाचनप्रणालीलाई नियमित राख्ने
–मृर्गौला,कलेजोकालागी धेरै लाभदायी
–प्रजनन् प्रणालीका लागि लाभदायी
–मस्तिष्कलाई र्फुिर्तलो बनाउने
–तनाबलाई नियन्त्रण गर्ने
–क्यानसर प्रतिरोध

VIEWS: 59