कृषि सामाग्री ढुवानीमा समस्या भयो तलको नम्बरमा सम्पर्क गर्नुहोस्

काठमाडौ ३ बैशाख
बागमती प्रदेश सरकारको भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयले कृषि सामाग्री ढुवानीमा कुनै समस्या भए सो को समाधानका लागि कल सेन्टरको व्यवस्था गरेको छ ।
नोबल कोरोना भाइरस संक्रमणको कारणबाट उत्पन्न भएको असहज अवस्थामा कृषि,पशुपन्छी,मत्स्य,व्यावसायी,कृषक र उपभोक्तालाई पर्न गएको असुविधा लाई मध्यनजर गदै मन्त्रालयमा बसेको बैशाख २ गतेको बैठकले यस प्रकारको व्यवस्था गरेको हो । कृषि सामाग्री ढुवानीलाई सहज बनाउन एग्री ट्रान्र्सपोट कल सेन्टर (ए.टि.सी.सी) को सेवा मार्फत मन्त्रालयको फोन नं ०५७– २५९४५ वा मोबाइल नम्बर ९८४५१२५०९०(रचना देव) र ९८४५६१२९२१(डा.आभाष कोइराला) सँग विहान ६ बजे देखि बेलुका ६ बजे सम्म सम्पर्क गरी सेवा लिन सकिने मन्त्रालयले जनाएको छ ।
जुन सेवा अन्तर्गत कृषि सम्बन्धी तरकारी,फलफूल,बीउ,मल,किटनाशक विषादी,पशुन्छीको औषधी,अण्डा, दुध, पशुपन्छी दाना, पराल आदीको आन्तरिक जिल्ला वा एक जिल्लाबाट अर्को जिल्लामा वा अन्तर प्रदेश ढुवानी गर्दा कुनै समस्या आएमा समन्वय वा समाधान गर्न मन्त्रालय लागि पर्ने मन्त्रालयका सचिव डा. योगेन्द्र कुमार कार्कीले जानकारी दिए ।