कृषि अनुदानबारे किसान नै अनविज्ञ
जेठ ७ बझाङ बझाङको जयपृथ्वी नगरपालिका ३ रोकायाबाडाका किसान भरत रोकाया खेतमा धानको विउ छर्न व्यस्थ छन् । आइएल सम्म पढेका रोकाया जिल्ला कै नमुना किसान हुन् । दुर्गममा बसेर व्यवसायिक खेती गर्दै आएका उनी प्रदेश सरकार द्धारा किसानका लागि वितरित अनुदान पाउन बाट बन्चित भए । ‘सरकारले कृषि औजार, सिचाँई, मल, विउ लगाएतमा अनुदान दिन्छ भनेको त सुनेको हु’उनी भन्छन् । त्यसका लागि कहिले निवेदन माग्छ र कहाँ गएर निवेदन दिन पर्छ भन्ने जानकारी नै भएन । आफ्नो पहुच भए सम्मको सञ्चार माध्यम सुन्ने हेर्ने र पढ्ने भएपनि त्यसबारे थाहा नपाउनु आफ्नो दुर्भाग्य र राज्यको लापरबाही भएको उनी ठान्छन् ।
समय मिलाएर सदरमुकाम चैनपुर पनि जान्छु स्थानीय एफएम र टेलिभिजन पनि सुन्ने र हेर्ने गर्छु । पाएजति पत्रिका पढ्ने गरेकै छु दुःखी हुर्दै उनी सुनाउछन् प्रदेश सरकारको अनुदान बाट बन्चीत भएर पिडित बनेको छु । केही वर्ष अघि सम्म गोरी जोतेर खेती लगाउने गरेका उनले २ वर्ष यता हाते ट्याक्टरको सहयोग लिर्दै आएका छन् । सरकारले किसान समुहलाई सहयोग गर्छ भन्ने सुनेर नाननदेव कृषक समुह गठन ग¥यौँ, उनले भने जानकारी नहुदा समुहबाट अनुदानका लागि आवेदन दिनै पाएनौ ।
जयपृथ्वी ११ सुइलका जोइगिरी धामी पनि प्रदेश सरकारमा अनुदानका लागी आवेदन दिनु पर्छ भनेर पनि कसैले जानकारी नदिएको वताउछन् । गाउँमा मौसमी आलु धेरै उत्पादन हुन्छ अनुदान पाए कोल्डस्टोर बनाउन सोच थियो उनी भन्छन् । वडा नगरपालिकामा निवेदन दिएँ सुनुवाई भएन प्रदेश सरकार सम्म पहुच नै पुगेन ।
निर्वाचनका बेला मीठामीठा आश्वासन दिने नेताहरुले किसानलाई अनुदान उपलब्ध गराउनु त टाढाको कुरा जानकारी समेत नदिने गरेको स्थानिएको गुनासो छ । चुनावका भोट माग्न १० पटक नेता कार्यकर्ता अहिले हाम्रो कुरै सुन्दैनन् उनी भन्छन् । राज्यले दिने सुविधा बोर अब हामीलाई कस्ले जानकारी गराउने ?
सरकारले किसानलाई के दिन्छ भन्ने पनि अहिले सम्म थाहा नपाएको उनी बताउछन् । सधै स्थानीय विउ लगाउने भएकाले उब्जनी राम्रो हुर्दैन मस्टा गाउँपालिकाका १ का राम थापा भन्छन् हामीले त उन्नत विउ समेत पाउन सकेका छैनैँ । सरकारबाट वीउ मात्र अनुदान पाहिएपनि उब्जनि बढेर भोकमरी कम हुने उनको भनाई छ । नेताहरुले आफु निकटकालाई मात्र सबै सेवा सुविधा दिने गरेका छन् उनी भन्छन् । पहुच नभएकालाई कसैले केही दिर्दैन गाउँमा किसानले बनाएको सहकारीले समेत कुनै अनुदान नपाएको उनको भनाई छ । बझाङ जिल्लाका दुई नगरपालिका र दश गाउँपालिकाका प्राय सबै किसान जानकारीकै अभावमा प्रदेश सरकारले दिने अनुदान बाट बञ्चित भएका छन् ।
श्रोत ः नागरिक