आरती एग्री टेकको प्राङगारिक मलले राम्रो बजार बनाउँदै

Friday, August 23rd, 2019 |

भाद्र ६ काठमाडौँ
थाइल्याण्डको Ionique Co. Ltd     बाट उत्पादित जैविक मल बजारमा ल्याएको आरती एग्रीटेकले छोटो समयमा नै राम्रो बजार बनाएको छ । बालीनाली र बोट बिरुवाको लागि आवश्यक पर्ने सम्पूर्ण पोषक तत्वहरुका साथै प्राङ्गारिक पदार्थ एवं माटोको लागि फाईदाजनक जीवाणुहरु युक्त उच्च गुणस्तरीय यो मलले राम्रो बजार बनाएको हो । यो मल प्रयोग गर्दा बोट विरुवा चाँडै बढ्ने, स्वस्थ हुने , राम्रो एवं स्वाद युक्त फल दिने मात्र नभई माटोको भौतिक, रसायनिक एवं जैविक गुणहरुमा सुधार ल्याई दिगो रुपमा उर्वराशक्ति हुने कृषि अनुसन्धान परिषद नार्क बाट सफल परिक्षण गरि प्रमाणित भएको कम्पनिका बजार तथा विक्री निर्देशक आशिष मैनालीले जानकारि दिए ।
Ionique Co. Ltd     , थाइल्याण्डले उत्पादन गरेको Double Eagle ब्राण्डका मलहरु पूर्ण रुपमा जैविक आधार भएका प्राङ्गारिक मल रहेको पनि मैनालीले जानकारि दिए । उक्त कंपनीले उत्पादन गरेको उच्च गुणस्तरीय यी मलहरुमा बोट विरुवालाई हुर्कन बढ्न अति आवश्यक मुख्य एवं शुक्ष्म पोषक तत्वहरु, प्राङ्गारिक पदार्थ, फाईदाजनक शुक्ष्म जीवाणुहरुका साथै अन्य हार्मोन तथा ईन्जाइमहरु सन्तुलित मात्रामा पाईन्छ । कम्पनिले आयात गरेको मलमा कृषि अनुसन्धान परिषद नार्कको बालि विज्ञान शाखाले समेत सफल परिक्षण गरि प्राप्त भएका खाद्यतत्वहरु निम्न छन् ।
ब्ल्याक वन्डर डबल इगल –दानादार)
तत्वहरु मात्रा(५)
नाइट्रोजन २.०६
फोसफरस २.२१
पोटास १.५२
क्याल्सीयम ७.४००
म्याग्नेसियम ४.०९०
सल्फर १.८००
आइरन १.९३०
कपर ०.००३
म्यान्गानिज ०.०५०
जिंक ०.००७५
बोरोन ०.००३५
मोलिब्डेनम ०.००१
सोडियम ०.१७०
क्लोरिन १.१६०
प्राङ्गारिक पदार्थ १०.६०
हयुमिक एसिड ०.५२०

यस बाहेक यी मलहरुमा हार्मोन, ईन्जाइम, प्राङ्गारिक कण (हयुमस), शुक्ष्म जिवाणुहरु (ल्याक्टो ब्यासिलस् र ब्यासिलस् सब्टीलिस) समेत समावेश गरिएको छ ।

यसका विशेषता तथा फाइदाहरुः
– यो मल नेपाल सरकारले तोकेको प्राङ्गारिक मलको मापडण्ड अनुसार नेपालको जमीन तथा हावापानीलाई अनुकुल हुने गरि उत्पादन गरि आयात गरिएको हो ।
– यसले माटोको उर्वरा शक्तिलाई पुन जिवित गरि माटोमा पोषक तत्व उत्पादन गराउँछ ।
– थाइल्याण्डको उच्चस्तरीय कृषि परिक्षण अनुसार यो जैविक मल प्रयोग गर्दा रसायनिक मलको तुलनामा क्रमशः अधिकतम ६० ५ सम्म बढी उत्पादन क्षमता भएको पाइएको छ ।
– यसले माटोको रक्षा गरी बोट विरुवामा रोग संग प्रतिकार गर्न सक्ने क्षमता वृद्धि गर्दछ ।
– यो मल प्रयोग गरेपछि अन्य मलहरुजस्तो बर्षेनी मात्रा बढाउनु नपर्ने, बरु प्रयोग गर्दै जाँदा पछि मलको मात्रामा केहि कम गरे पनि उत्पादनमा फरक नपर्ने ।
– विश्वका बिकसित राष्ट्रहरुमा सफलतापुर्वक प्रयोग भैसकेको।
– अन्य मलहरुमा जस्तो विभिन्न मलको मिसावट र विषादिको प्रयोग गर्नु नपर्ने ।
– यस मलको प्रयोगबाट उत्पादित बालीहरु स्वास्थ्यको लागि लाभदायक हुने ।यो जैविक मल,तरकारीखेती, धान, गहुँ, मकै, तोरी, उखु, चिया, कफि, माछापालन लगायत नेपालका विभिन्न भागमा उत्पादन हुने फल तथा फुलहरुका लागि पनि उपयोगी हुने भएकोले आम कृषक वर्गले यो मल प्रयोग गरि माटोको राम्रो सुधार गर्न सक्दछन् ।

थप जनकारीका लागि
आरती एग्रीटेक प्रा.ली
चावहिल, ७ कुमारी विल्डिङ मित्रपार्क , काठमाडौँ
सम्पर्क ः ९८५११३४३३३,०१–४४८२८७५
इमेल ः [email protected]

VIEWS: 33