आँप उत्पादनमा थाइल्याण्डको बेमौसमी प्रविधि

Wednesday, February 20th, 2019 |

चितवन
फाल्गुन ८
नेपालमा उत्पादित आँपले नेपाली बजारको १० प्रतिशत मात्रै पूरा हुन्छ । बाँकी छिमेकी मुलुक भारतको उत्पादनले परिपूर्ति गरेको छ। उत्पादन बढाउन नसक्दा नेपाली उपभोक्ता भारतीय उत्पादनको भरमा छन्। प्रविधिको अभावले आँप उत्पादन बढाउन नसकिएको विज्ञहरू बताउँछन्। परम्परागत विधिले नेपालमा आँप उत्पादन बढाउन सकिएको छैन।

नेपालमा दुई वर्षमा एकपटक मात्रै आँप उत्पादन लिने गरिएको छ। वर्षमा एकपटक मुस्किलले उत्पादन हुने आँपको माग पूरा गराउन बाह्य मुलुकबाट आयात गरिँदै आएको छ। एक वर्षमा उत्पादन लिइएको बोटबाट अर्को वर्ष उत्पादन लिन नसकिने समस्या छ। यस्तै समस्या झेलेको थाइल्यान्डमा अहिले एकै वर्षमा दुईपटक उत्पादन हुन्छ। थाइल्यान्डको बेमौसमी आँपखेती प्रविधि नेपालमा पनि भिœयाउन लागिएको हो। थाइल्यान्डका विज्ञहरू नेपालमा बेमौसमी आँप खेती गर्न सकिने भन्दै यसको प्रयोग गर्न खोजेका छन्।

VIEWS: 51