अहिले सम्मकै बढी धान उत्पादन

Friday, December 28th, 2018 |

गत वर्ष ५१ लाख ५२ हजार टन धान उत्पादन भएको थियो । गत वर्षको तुलनामा झण्डै ९ प्रतिशतले उत्पादन बढेको छ । यो वर्ष १४ लाख ९१ हजार हेक्टर क्षेत्रफलमा धानखेती भएको थियो । यो वर्ष औसतमा प्रतिहेक्टरमा ३।७६ टन धान उत्पादन भएको थियो । गत वर्ष प्रतिहेक्टर उत्पादनमा ३।५१ टन थियो ।

काठमाडौं आर्थिक वर्ष २०७५र७६ मा अहिलेसम्मकै धेरै धान उत्पादन भएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको तथ्यांकअनुसार यस वर्ष ५६ लाख १० हजार मेट्रिक टन धान उत्पादन भएको छ ।

सबैभन्दा बढी धान उत्पादन प्रदेश २ मा भएको छ । अन्नभण्डार भनेर चिनिने तराईका जिल्ला रहेको प्रदेश २ मा १४ लाख ९५ हजार टन धान उत्पादन भएको छ । यस्तै प्रदेश १ मा १२ लाख ३८ हजार टन र प्रदेश ५ मा ११ लाख ८९ हजार टन धान उत्पादन भएको मन्त्रालयले जनाएको छ ।

कृषिबालीमध्ये कुल गार्हस्थ उत्पादनमा धानको सबैभन्दा ठूलो योगदान छ । धानले कृषि क्षेत्रको कुल गार्हस्थ उत्पादनमा २३ प्रतिशत र कुल गार्हस्थ उत्पादनमा झण्डै ६ प्रतिशतको हाराहारीमा योगदान पु¥याउँछ ।
श्रोत अन्नपूर्ण पोष्ट

VIEWS: 47