ब्रेकिन्ग न्युज

ग्रामिण अर्थतन्त्रको आधार बन्दै व्यवसायिक बाख्रापालन

 

कृषक कभर स्टोरी
नेपालको सन्दर्भमा बाख्रापालन ग्रामिण तथा दुर्गम क्षेत्रको अर्थोपार्जनको एक प्रमुख आधार हो । कृषि क्षेत्रमा संलग्न किसानहरु मध्ये ५१ प्रतिशत घरपरिवार बाख्रापालन क्षेत्रमा आवद्ध रहेको सरकारी तथ्यांक छ । नेपालको हिमाल देखी तराई सम्म पालन गर्न सकिने र बजारको संभावना पनि राम्रो भएकाले पछिल्लो समय बाख्रापालन ग्रामिण क्षेत्रको अर्थोपार्जन गर्ने माध्यम मात्र नभई व्यवसायिक रुपमा पालन गर्न थालिएको छ । जिवनशैलीमा आएको परिवर्तन, बढ्दो शहरिकरण,पोषण सम्बन्धि चेतनाको कारण बाख्राको मासुको माग बढ्दै गएको छ । हाल बाख्रापालनबाट नेपालमा ५९.०४ मेट्रिकटन मासु उत्पादन भएको अवस्था छ, यति हुँदा हुदै पनि नेपाली उपभोगक्ताको माग अनुसार अझै ११ प्रतिशत खसीको मासु अपुग भएको तथ्यांक छ ।
नेपालको पहाडि तथा मध्ये पहाडि क्षेत्रमा बाख्रापलनको अत्याधिक संभावना रहेकाले यस क्षेत्रमा आय आर्जन तथा रोजगारी सिर्जना, गरिबी न्यूनिकरण तथा खाद्य सुरक्षाका हिसाबले व्यवसायिक बाख्रापालन राम्रो क्षेत्र हो । पछिल्लो केहि वर्ष यता सरकारी कार्यक्रमहरु पनि व्यवसायिक बाख्रापालनमा केन्द्रित हुनथालेकाले यस क्षेत्रले व्यवसायिक रुप लिन थालेको छ । केहि वर्ष अघि सम्म घरपरिवारको साधारण आवश्यकता पुरा गर्नका लागि बाख्रापालन गर्ने किसानहरु आजभोलि व्यवसायिक रुपमा आम्दानी लिने किसीमले प्रविधिमा आधारित भई व्यवस्थित बाख्रपालन गर्न थालेका छन् ।

 

व्यवसायिक बाख्रापालनका लागि सरकारी प्रयास

आ.वा ०७२।७३ देखी केन्द्रिय भेडाबाख्रा प्रवद्र्धन कार्यलयले बाख्रापालनलाई व्यवसायिक रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले व्यवसायिक बाख्रा प्रवद्र्धन राष्ट्रिय अभियान कार्यक्रम सञ्चालनमा ल्याएको छ । सो कार्यक्रम ५ वर्ष सम्म आ.वा २०७६।७७ सम्म सञ्चालन गर्ने योजना सहित पशुपक्षिं विकास मन्त्रालयले कार्यक्रम अगाडि सारेको हो । यस कार्यक्रम अन्तर्गत सामुदायिक बाख्रा स्रोत केन्द्र स्थापना तथा व्यवस्थापन, व्यवसायिक बाख्रा फार्म सुदृढिकरण तथा बाख्राको जातिय सुधार, बाख्रा नश्लसुधार तथा कृत्रिम गर्भाधान, बाख्रा बजारिकरण प्रवद्र्धन व्यवस्थापन जस्ता कार्यक्रमहरु सञ्चालनमा ल्याइएको छ ।

यस कार्यक्रम अन्र्तगत पहिलो चरणमा सामुदायिक बाख्रा स्रोत केन्द्र स्थापना तथा व्यवस्थापन कार्यक्रम धनकुटा,उदयपुर,सिन्धुपाल्चोक,सर्लाहि,धादिङ,स्याङजा,अर्घाखाँची,गुल्मी,बाँके र डडेल्धुरामा सञ्चालनमा आएको छ । त्यसैगरी व्यावसायिक बाख्रा फार्म सुदृढिकरण तथा बाख्राको जातिय सुधार कार्यक्रम ओखलढुङगा,महोत्तरी,पर्वत, नुवाकोट,गोरखा, तनहँु, कास्की, चितवन, डोटी र जाजरकोट जिल्लामा सञ्चालनमा आएको छ ।
व्यवसायिक बाख्रापालनको विस्तारका लागि यस्ता कार्यक्रमहरु सञ्चालनमा आएको भएपनि यस क्षेत्रलाई व्यवस्थित गर्नका लागि घाँसमा आधारित भई उच्च प्रविधिको प्रयोग गर्ने प्रणालिमा भने सरकारी प्रयास केहि फितलो देखिन्छ । राष्ट्रिय पशु आहारा तथा चरन कार्यक्रम बाट घाँसको बिउ वितरण गर्ने जस्ता केहि सामान्य कार्यक्रम भएपनि व्यवसयिक रुपमा घाँस उत्पादन बृद्धिका लागि भने ठोस कार्यक्रम नहुनाले बाख्रापालनको व्यवसायिक विस्तारमा केहि समस्या देखिएको छ ।

बाख्रापालनको मुख्य प्राविधिक समस्या हाडनाता भित्र गर्भाधान
बाख्रापालन व्यवसायमा देखीएको मुख्य समस्याको रुपमा हाड नाता भित्रको गर्भाधानलाई लिने गरिएको छ । जसको कारण बाख्रामा विभिन्न किसीमका रोगहरु लाग्ने, राम्रो उत्पादन दिन नसक्ने जस्ता विकृतिहरु देखा परेका छन् । परम्परागत रुपमा हाम्रो गाउँघरमा गरिदै आएको बाखं्रापालनमा एउटै आमाबाट जम्मेका सन्तान बीच गर्भाधान गराउने प्रचलन व्यापक रुपमा रहेकाले यस क्षेत्रले राम्रो गति लिन नसकेको केन्द्रिय भेडाबाख्रा प्रवद्र्धन कार्यक्रमका प्रमुख हुमानाथ अर्यालको अनुभव छ ।
उनका अनुसार जब एउटै आमाले जन्माएको बोकाबाट तिनका सन्तानहरुमा गर्भाधान गराइन्छ र त्यसबाट बाख्राको गुणस्तरमा कमी आउने, बच्चाहरु कम्जोर जन्मने र मृत्युदर धेरै हुने तथा रोगहरुले पनि धेरै आक्रमण गर्ने जस्ता समस्याहरु एकसाथ देखा पर्दछन् । यो समस्या नेपालका सबै किसानहरुले भोग्दै आएको प्रमुख समस्या हो । अर्यालका अनुसार त्यस सँगै नेपालको स्थानिय खरि जातको बाख्राले एक पटकमा २ वटा पाठा पाउने क्षमता राख्दछ र यसले वर्षको २ पटक सम्म बोका खोज्ने गर्दछ, फलस्वरुप किसानहरुले वर्षको २ पटक नै गर्भाधान गराउँछन् । जसको कारण माउले राम्रो स्याहार र आहार पाउन सक्दैन र बच्चाहरु कजोर गुणस्तरका जन्मने गर्दछन् ।
मकवानपुरका रोमनाथ बजगाइँले पनि खरि जातको बाख्रा वर्षको २ पटक व्याउने र २ वटा पाठापाउने गरेकाले १ वर्षमा २ पटक नै गर्भाधान गराउँदै आएको बताउँछन् । यसबाट पहिला जन्मेका पाठा पाठीले पछि जन्मेका पाठा पाठीलाई राम्रो सँग दुध खान नदिने गरेका समस्या हुने गरेको उनको अनुभव छ । तर बीज्ञहरुका अनुसार बाख्रापालनबाट राम्रो आम्दानी लिनका लागि २ वर्षमा ३ पटक मात्र गर्भाधान गराउनु पर्दछ ।
सरकारी बाख्रा स्रोत केन्द्र
१ बाख्रा विकास फार्म चितलाङ, मकवानपुर सम्पर्क ः ०५७–६२०४५६ स्रोत बाख्रा ः सानन्
२ बाख्रा विकास फार्म बुढितोला कैलाली सम्पर्क ः ०९१–६२१३४२ स्रोत बाख्रा ः खरी
३ बाख्रा अनुसन्धान केन्द बन्दिपुर तनहुँ सम्पर्क ः ०६५–६२०१६२ स्राते बाख्रा ः बोयर खरी बारबेरी
व्यावसायिक बाख्रापालन हुने केहि फार्म तथा स्रोत केन्द्रहरु

क्र.स किसान ÷ फार्म ठेगाना संख्या सम्पर्क बाख्राको जात
१ बाग्मती गोट सिड प्रा.ली केवलपुर धादिङ (स्रोत केन्द्र) १ सय वटा ९८५१०६०२०६ बोयर
२ पंचकुले बाख्रा स्रोतकेन्द्र दाङ १ सय वटा ९८०६२५३३६९ जमुनापारी,बारबरी
३ सिर्जना बाख्रा र्फाम खसौली गाविस ७ पाल्पा( स्रोत केन्द्र) १ सय वटा ९७५७०६२२९६ खरी जमुनापारी क्रस
४ जगतपुर एग्रो प्रा.ली जगतपुर,चितवन स्रोत केन्द्र २ सय वटा ९८४९५११६६३ बोयर
५ पंचमुखी बाख्रा स्रोतकेन्द्र नामटार,मकवानपुर ६० वटा ९८४५४५७४८५ खरी र जमुनापारी क्रस
६ लुम्बिनी बाख्रा तथा कृषि फार्म रुपन्देही ९८४७०९१४८०
७ सामुदायिक बाख्रा स्रोत केन्द्र झिरुवास पाल्पा १ सय वटा ९६१७८२६२५३ खरी
८ एकिकृत पशु विकास फार्म कोहल्वी ,बारा (स्रोत केन्द्र) ८० वटा ९८५५०४५०६० जमुनापारी, तराई
९ सामुदायिक बाख्रापालन स्रोत केन्द्र महुलि सप्तरी ९० ९८०३३५०८७३ जमुनापारी
बाख्राको खोर बनाउँदा ध्यान दिनुपर्ने कुराहरु
ड्ड बाख्राको खोरको लागि गाउँ÷ठाउँको वस्तुस्थिति खास गरेर हावापानी , सिरेटो, तातो हावा एवं सूर्यको प्रकाश को अवधिलाई विचार पु¥याउनुका साथै पानी नजम्ने र केहि अग्लो स्थानको छनौट गर्नुपर्छ ।
ड्ड छनौट गरिएको ठाउँमा पछि आवश्यकता अनुसार फार्म विस्तार गर्न प्रयाप्त जमिन भएको, खोर चरन तथा घाँस खेतीको विकास गर्न सकिने ठाउँबाट नजिक हुनुपर्दछ ।
ड्ड खोर निर्माण गर्ने स्थान यातायात र बजारको विकास भएको ठाउँबाट नजिक हुनुपर्दछ ।
ड्ड स्वच्छ पिउने पानी उपलब्ध हुन सक्ने स्थानमा बाख्राको खोर निर्माण गर्नु पर्दछ ।
ड्ड पहाडी भेगमा खोर बनाउँदा दक्षिण वा पूर्व मोहोडा र तराई वा गर्मि ठाउँमा उत्तर वा पश्चिम मोहोडा पारी बनाउनु उपयुक्त हुन्छ ।
ड्ड खोर निर्माणमा सिफारिस गरिएको मापदण्ड अनुसार हुने गरि स्थानीयस्तरमा उपलब्धहुने कम खर्चिलो वस्तुहरुको प्रयोग गर्नु फाईदाजनक हुन्छ ।
ड्ड बाख्राको लागि आवश्यक दाना , घाँस राख्नको लागि छुट्टै कोठाको व्यवस्था गनुपर्छ ।
ड्ड खोर निर्माण गर्दा पाठापाठी , माउ , व्याउने माउ, खसी र प्रजनन् बोकालाई छुट्टाछुट्टै राख्ने व्यवस्था मिलाउनुपर्छ । वयस्क बोकाहरुलाई बाख्राहरुसँगै एकै ठाउँमा राख्दा अनियन्त्रित गर्भाधारण हुने र व्याउने बाख्रा भएमा तुहिने डर हुन्छ ।
ड्ड माउसँग दूध नछुटेका पाठापाठीहरुको खोर÷कोठा र माउ बस्ने कोठा एक आपसमा देखिने हुनुपर्दछ ।
ड्ड माउबाट छुटाईसकेका , हुर्केको र वयस्क हुन लागेका पाठापाठीलाई छुट्टाछुट्टै कोठामा राख्ने व्यवस्था गरि खोर बनाउनुपर्दछ ।
ड्ड बाख्राले साधारणतया भुँईमा खसेको घाँस वा दाना टिपेर खान नरुचाउने भएकोले घाँस राख्ने ¥याक (भकारो) बनाउनु पर्दछ ।
ड्ड बाख्रालाई दानापानी खुवाउन उर्पुक्त हिडडुलको लागि खोरको अतिरिक्त खुला ठाउँ (प्याडक) को व्यवस्था गनुपर्दछ ।
ड्ड प्याडकमा दाना र पानी खुवाउनको लागि छुट्टाछट्टै डुँड बनाउनु पर्दछ ।
ड्ड बिरामी बाख्रा र अन्यत्रबाट किनेर ल्याइएका बाख्राबाट सक्रामक रोगहरु फैलिने संभावना भएकाले त्येस्ता बाख्रालाई अलग्गै खोरको व्यवस्था गनुपर्दछ । रोगी बाखाको खोर स्वस्थ बाख्राको खोर भन्दा टाढा बनाउनु पर्दछ ।
ड्ड प्याडकको चारैतिर डाले घाँस लगाउनु उपयुक्त हुन्छ ।
ड्ड विशेष गरि मध्य पहाडी क्षेत्रमा जंगली जनावरको डरले गर्दा टाँडको तल्लो भागमा पर्खाल लगाउने गरेको पाइएको छ । यसले गर्दा बक्र्यौला हटाउन , सरसफनइ गर्न असजिलो हुनुका साथै यसबाट निस्कने ग्याँस जन्य विषाक्त पदार्थले बाख्राको स्वास्थ्यलाई असर पार्ने भएकोले पर्खाल लगाउनु उपयुक्त हुँदैन ।
नेपालमा पालिएका बाख्राका जातहरु

१) स्थानीय जातका बाख्राहरु
तराई बाख्रा
ड्ड यो जातको बाख्राहरुमा भारतीय जातको बाख्रा जमुनमपारीका गुणहरु जस्तै ः माथि उठेको नाक, झुण्डिएको लामो कान रहने भएकोले यसलाई जामुनपारिको खच्चड पनि भनिन्छ ।
ड्ड यो जातका बाख्राहरु गर्मी ठाउँमा नै पाईने भएकाले चिसो तथा जाडो ठाउँमा कमै पाईन्छ । यसको तौल करिव १८ देखि ३५ किलो सम्म हुन्छ । यो १५ महिनाको उमेरमा पहिलो पटक व्याउने गर्दछ । यो बाख्रा दुध र मासु दुवैका लागि उपयुक्त मानिन्छ ।

खरी ÷ औंले बाख्रा
ड्ड मध्यपहाडि प्रदेशमा पाइने बाख्राको जातलाई खरी बाख्राको नामले चिनिन्छ । खरी बाख्राहरु विभिन्न ७ रंगका हुनेभए पनि खैरो र कालो रंगहरु धेरै पाईन्छन ्
ड्ड सामान्यतया यस बाख्राको तौल १४ देखि २५ किलोग्रामसम्म हुन्छ भने बोकाको तौल २५ देखि ३५ किलोग्रामसम्म हुन्छ । यो बाख्रा १६ महिनाको उमेरमा पहिलो पटक व्याउँछ । साधारणतया यो २ वर्षमा ३ चोटी व्याउने र प्रति बेतमा २ वा २ भन्दा बढी पाठापाठी हुर्काउन सक्ने क्षमता भएकोले नेपालका अधिकांश क्षेत्रमा यो बाख्रा लोकप्रिय छ
ड्ड हावापानी र रोग प्रतिरोधात्मक क्षमता र औसत वृद्धिदर आदिको दृष्टिकोणबाट नेपालको पहाडी र मध्ये पहाडी क्षेत्रको लागि खरी बाख्रा उपयोगी मानिएको छ ।

सिन्हाल
ड्ड उच्च पहाडी क्षेत्रमा पाईने यो जातको बाख्रा बरुपाल वा भ्याङ्गलुङ जातको भेडाको बथानमा चर्न रुचाउने हुन्छ । सिन्हाल जातको बाख्रा अन्य नेपाली बाख्राहरु मध्ये सबैभन्दा ठूलो शरीर भएको बाख्रा हो ।
ड्ड यो जातको बाख्राहरुको छोटो टाउको, सीधा नाक, चिसो सहन सक्ने क्षमता भएको र यसबाट केही मात्रामा पश्मिना समेत उत्पादन गर्न सकिन्छ । वयस्क सिन्हाल जातको बाख्राको शारिरीक तौल ३० देखि ३५ किलोग्राम सम्म हुन्छ ।
ड्ड यो बाख्रा करीब २ वर्षको उमेरमा पहिलो पटक व्याउने र सामान्यतया वर्षमा एक पटक व्याउने र एक पटकमा एउटै पाठा वा पाठी मात्र पाउने गर्दछ ।
च्याङ्ग्रा
ड्ड हिमालय पर्वत श्रृखंलाको पछाडिपट्टि सुख्खा , बढी हावा लाग्ने र चिसो र अर्धभूमिजस्तो ठाउँमा पाईने बाख्रालाई च्याङ्ग्रा भनिन्छ ।
ड्ड च्याङ्ग्राले यस क्षेत्रमा पाइने ताल्ला भन्ने झारमा पलाएको पात, फुल, जरा र घाँसहरु खाने गर्दछ । खासगरि पश्मिना र नरम खालका न्यानो भुवा उत्पादनको लागि च्याङ्ग्रा प्रसिद्ध छ ।
ड्ड एक वयस्क च्याङ्ग्राको तौल २५ देखि ३० किलोग्रामसम्म हुन्छ । तीब्बती तथा कस्मिरी च्याङ्ग्रा ठूलो खालको हुँन्छ भने नेपालको उत्तरी भागमा पाइने च्याङ्ग्रा सानो खालको हुन्छ ।
ड्ड यीनीहरु साधारणतया दुई वर्षको उमेरमा पहिलो पटक व्याउने, वर्षमा एक पटक व्याउने र अधिकांशले एक पटकमा एउटा मात्र पाठापाठी पाउने गर्दछन् । एक वयस्क च्याङ्ग्राबाट वर्षमा ५० देखि २०० ग्राम सम्म पश्मिना उत्पादन हुने गर्दछ । उसको आफ्नो शारिरीक तौलको ३० प्रतिशत बराबर वजनको भारी बोक्न सक्ने क्षमता हुन्छ ।

व्यावसायिक उत्पादन खरी जमुनापारी बाख्राको स्रोत केन्द्र

२०६७ सालबाट मकवानपुर जिल्लाको नामटारमा पचमुखि बाख्रापालन स्रोतकेन्द्रको नामबाट व्यावसायिक रुपमा बाखा्रपालन सूरु गरेका ज्ञान बहादुर पाख्रिनले यो व्यवसाय सूरु गर्दा नै २० लाख भन्दा धेरै लगानी गरे ।
२० वटा खरी र जमुनापारी क्रस गरिएको बोका बाट व्यवसाय सुरु गरेका उनले आधुनिक खोर निर्माण तथा नया प्रविधिको पय्रोग गरि बाखा्रपालन गर्दैआएका छन् ।
सुरुको बर्ष खासै आम्दानी लिन नसकेपनि उनले यो व्यवसायबाट हार खाएनन । बाखा्रको सख्या बढ्र्दै गएपछि पाख्रनिले यो व्यवसायबाट राम्रो आम्दानी लिन थाले । खरि जमुनापारी क्रस बाखा्र फर्ममा राम्रो सँग उत्पादन हुनथालेपछि हाल उनको फार्मलाइ नेपाल सरकारले पनि खरी जमुनापारी क्रस जातको बाखा्रको स्रोत केन्द्रको रुपमा तोकेको
। उनले बाख्रालाई विषशेगरि घाँसमा आधारीत भइ पालन गर्नका लागि डाले घाँस , स्थानिय अम्रिसो घाँस लगायतका घाँसहरु लगाएका छन । पाख्रीन आफु व्यवसायिक रुपमा बाख्रापालन गर्ने मात्र नभइ अन्य किसानलाइ तालिम तथा आधुनिक खोर निमार्ण को सामगी्रहरु बिक्री वितरण गर्दछन् । उनको फार्ममा ४ जाना कामदारले रोजगारी पाएका छन् । उनको फार्म ९३ बाखा्र रहेको छन।
यो व्यवसायबाट खर्च कटाइ वार्षिक ५ लाख भन्दा धेरै आम्दानि लिदै आएको पनि पाख्रिन बताउँछन् । बाख्रपालनबाट आफु धेरै सन्तुष्ट भएको र खरी र जमूनापारी क्रस को माग देशव्यापि रुपमा राम्रो रहेको उनको भनाइ छ

नेपालमा पालिने विदेशी जातका बाख्राहरु
जमुनापारी
ड्ड जमुनापारी भारतमा पाइने सबैभन्दा ठूलो तथा आकर्षक जातको बाख्रा हो । साधारणतया यो बाख्रा सेतो रगंको र कहिंकहिं गाढा रंगको चिन्ह भएको हुन्छ ।
ड्ड यस बाख्राको प्रमुख विशेषताहरु ठूलो जीउ , लामो खुट्टा, नाकको बीच भाग उठेको (सुगाानाके) , झुण्डिएको लामा कानहरु, छोटा र थेप्चा सिगंहरु हुन् । यस जातको बाख्री र बोका दुवैमा दाडी हुने गर्दछ । यसको औसत जन्म तौल ४ के. जी सम्म हुन्छ । २० देखी २५ महिनाको उमेरमा पहिलो पटक व्याउने गर्दछ ।
ड्ड वर्षमा एक पटक व्याउने र प्राय एकल पाठापाठी पाउने गर्दछ । मुख्यतया यो बाख्रा फल्गुण चैत्रमा व्याउने गर्दछ । यसले प्रति वेत १८८ दिन दूध दिन्छ र प्रति वेत औसत दूध उत्पादन १५० देखि २०० ली सम्म हुन्छ भने वयस्क बोकाको तौल ५० देखी ६० के जी र बाख्रीको तौल ३० देखी ४० के जी हुने गर्दछ ।
बारबरी
ड्ड यो जातको बाख्राको उत्पत्ति पुर्वी अफ्रीकाको बारबरा भन्ने शहरमा भएको हो । भारतको उत्तर प्रदेशमा यो बाख्रा प्रशस्त पाईन्छ ।
ड्ड यो बाख्रा बधुवा प्रणालीमा पाल्न सकिन्छ । चरन क्षेत्र नभएका र शहरी वा शहरको वरिपरीको क्षेत्रमा बाख्रापालन गर्नको लागि यो जातको बाख्रा पाल्ने गरिन्छ ।
ड्ड सानो तथा खदिलो शरीर , छोटा तथा ठाडा कान, सेतो रंगको शरीरमा साना हल्का राता र खैरा धब्बाहरु भएको यो बाख्रा झट्ट हेर्दा मृग जस्ता देखिन्छन् । यसको औसत जन्म तौल २ के जी हुन्छ । यो १५ देखि १६ महिनामा पहिलो पटक व्याउँछ ।
ड्ड १४ महिनामा २ चोटी व्याउने यस बाख्राले प्राय जुम्ल्याहा, पाठापाठी पाउने गर्दछ । यो बाख्रा दुध र मासु दुवैका लागी प्रख्यात छ । यसले प्रति वेत ६० देखि ७० लि. दूध उत्पादन गर्न सक्छ । वयस्क बाख्रीको जिउँदो तौल २० देखि २५ के जी र बोकाको तौल २५ देखी ४० के जी सम्म हुन्छ ।
सानन्
ड्ड स्वीजरल्यान्डको दक्षिण क्याण्टन बर्नमा पर्ने सानन् उपत्यकामा उत्पत्ति भएको यस बाख्रा दूध उत्पादनको लागि विश्व प्रसिद्ध छ । यो बाख्रा मध्ये सबैभन्दा ठूलो जातको बाख्रा हो ।
ड्ड यो बाख्रा घाम सहन नसक्ने भएकोले चिसो हावापानीमा पाल्न उपयुक्त हुन्छ । सेतो वा क्रिम रंग , छोटा मसिना रौँ , सीधा वा अलि थेप्चिएको अनुहार , ठाडा तथा अगाडीतिर तेर्सिएका कान हुनु यसका जातिय विशेषता हुन् । साधारणतया यो जातको बाख्राको सिँग हुदैन । यसको स्वभाव शान्त प्रकृतिको हुन्छ । वार्षिकरुपमा व्याउने यस बाख्राले प्राय एकल पाठापाठी पाउने गर्दछ ।
ड्ड यस बाख्राले प्रतिवेत १५० देखि १८० दिनसम्म दूध दिने गर्दछ । सो अवधिमा औसत ३.५५ प्रतिशत चिल्लो पदार्थ भएको ६०० देखि ७०० लिटर दूध उत्पादन गर्दछ । होलिस्टिन बाख्राको रुपमा चिनिने यस बाख्राले प्रतिवेत ३०५ दिनमा ३०२८ के जी दूध उत्पादन गरेको विश्व रेकर्ड छ । यो जातको बोकाको शारीरीक तौल ९१ किलोग्राम र बाख्रीको ६८ किलाग्राम हुन्छ ।
विटल
 यस जातको बाख्रा भारतको पञ्जाब र हरियानामा पाइन्छ । झट्ट हेर्दा यस बाख्राको बनावट जमुनापारीसँग मिलदोजुल्दो देखिन्छ । जमुनापारी भन्दा अलि सानो देखिने यो बाख्रा मुख्यतया कालो रंगको हुन्छ । यो बाख्रा उत्पादन विभिन्न हावापानीमा घुलमिल हुन सक्ने र बधुवा प्रणालीमा पाल्न सकिने जमुनापनरी भन्दा राम्रो हुन्छ ।
 चौडा मझौला शरीर , उठेको नाम पछाडि र बाहिरतिर फर्किएका सिंग , लामो, चौडा र लत्रिएका पात जस्ता कान , छोटो तथा पातलो पुच्छर उसका शारीरीक विशेषताहरु हुन् । बोकामा दाडी हुन्छ तर बाख्रीमा हुँदैन । यसको जन्मतौल ३ के जी हुन्छ । २० देखि २२ महिनाको उमेरमा पहिलो पटक व्याउँछ । वार्षिक रुपमा व्याउने यस बाख्राले ५० प्रतिशत जुम्ल्याहा पाठापाठी पाउँछ ।
 यो दूध र मासूको लागी पालिने जात हो । साथै यसको छालाको गुणस्तर पाि राम्रो हुन्छ । प्रति वेत १५० के ली दूध उत्पादन हुन्छ । वयस्क बोकाको जिउँदो तौल ६० देखि ७० के जी र बाख्रीको ४६ के जी हुन्छ ।
बोयर
 यो जातको बाख्रा सन् १९०० को दशकमा दक्षिण अफ्रिकामा विकास भएको हो । हाल क्यानडा, अष्ट्रेलिया, केन्या, चीन , इजरायल, न्युजिल्यान्ड लगायतका देशहरुमा सफलतापुर्वक यस बाख्राको व्यवसाय भइरहेको छ ।
 विगत केही वर्षदेखि नेपालमा पनि अगुवा कृषकहरुले यो बाख्रापालन सुरु गरेका छन् । नेपालको विभिन्न भौगोलिक क्षेत्रमा यो बाख्रापाल्न आवश्यक प्राविधिक विकासका लागि कृषि अनुसन्धान केन्द्र वन्दिपुरमा २०६५ सालदेखि विस्तृत अध्ययनको थालनी गरेको छ ।
 सबै प्रकारका हावापानीम घुलमिल हुनसक्ने, स्थानीय बाख्राहरुमा भन्दा बढी रोग प्रतिरोधात्मक क्षमता यस जातका बाख्राहरुमा रहेको छ । लोकल बाख्रामा यसको क्रस गर्दा पनि धेरै राम्रो उत्पादन पाइएको छ । यो जातिमा झण्डै १०० प्रतिशत जुम्लयाहा पाउने क्षमता छ र यो २ वर्षमा ३ चोटी व्याउने गर्दछ ।
 यस बाख्रामा तुलनात्मक रुपमा छिटो परिपक्वता आउँछ । यसका पाठापाठीको वृद्धिदर १५० देखि ३०० ग्राम प्रति दिन पाइएको छ । यस बाख्राले १२० दिनसम्म ७ देखि ९ प्रतिशत फ्याट र १७ देखि १९ प्रतिशत क्ल्ँ भएको प्रति दिन २ लि को दरले दुध उत्पादन गर्छ ।
 यसका पाठापाठी ६ देखि ९ महिनामा बेच्न योग्य हुन्छन् । उक्त उमेरमा ३५ देखि ४० के जी पुग्ने र मासुको गुणस्तर राम्रो हुन्छ ।
बोयर जातको बाख्राको स्रोत केन्द्रको रुपमा जगतपुर एग्रो
२०७१ सालबाट चितवन जिल्लामा जगतपुर एग्रो प्रा.लिको नामबाट व्यवसायिक रुपमा बाख्रापालन शुरु गरेका योगेन्द्र खड्काले यो व्यवसाय शुरु गर्दा नै ४५ लाख भन्दा धेरै लगानी गरे ।
उनले शुरुवातमा नै १३ वटा बोयर जातको बाख्राबाट यो व्यवसाय शुरु गरेका हुन् । आधुनिक खोर निर्माण तथा नयाँ प्रविधिको प्रयोग गरि बाख्रपालन शुरु गर्दा शुरुको बर्ष उनले खासै आम्दानी लिन सकेनन्, तर बाख्राको संख्या बढ्दै गएपछि उनले यो व्यवसायबाट राम्रो आम्दनी लिन थाले । बोयर जातको उन्नत नश्लको बाख्रा फार्ममा उत्पादन भएपछि हाल खड्काको फार्मलाई नेपाल सरकारले पनि बोयर जातको बाख्राको स्रोत केन्द्रको रुपमा तोकेको छ ।
उनले बाख्रापालनलाई विशेषगरी घाँसमा आधारितभई पालन गर्नका लागि ४ विगाह जमिनमा बहुबर्षिय तथा हिउँदे घाँसहरु लगाएका छन् । खड्का आफु व्यवसायिक रुपमा बाख्रापालन गर्ने मात्र नभई अन्य किसानलाई तालिम तथा आधुनिक खोर निर्माण समाग्रीहरु पनि बिक्रि बितरण गर्छन् ।
उनको फार्ममा ३ जनाले कामदारले रोजगारी पाएका छन् । खड्काका अनुसार उनले यो व्यवसायबाट खर्च कटाई २५ लाख भन्दा धेरै आम्दानी लिदै आएका छन् । व्यवसायबाट आफू धेरै सन्तुष्ट भएको खड्का बताउँछन् । बोयर जातको बाख्राको माग देशव्यापि रुपमा नै धेरै माग भएकाले तथा यो बाख्रा छिटो उत्पादन लिनका लागि विश्वमा नै नाम चलेको जात रहेकाले उनि यो व्यवसायबाट धेरै आशावादी देखिन्छन् , हाल खड्काको फार्म मा २०० बाखा्र रहेको उनले जानकारी दिए
उनको फार्ममा उन्नत जातको १२ वटा बोयर बाख्राको बोका रहेका छन् । सो बोकालाई व्याड बोकाको रुपमा उपयोग गरि एक बोका बाट ३० वटा सम्म माउमा क्रस गराउदै आएको खड्काले जानकारि दिए ।

उन्नत जातको राम्रो नश्ल उत्पादनका लागि बोयरको माउबाट २ वर्षमा ३ पटक मात्र उत्पादन लिने गरिएको पनि उनले बताए ।
बाख्राामा लाग्ने प्रमुख रोगहरु
पि. पि. आर.
यो विषाणुको कारणबाट लाग्ने धेरै खतरनाक रोग हो । यसलाई भेडा बाख्राको हैजा पनि भनिन्छ । यो धेरै जसो कडा अवस्थामा देखा देखा पर्दछ । तर कहिलेकाँही हल्का प्रकारको पनि हुन सक्छ । यो रोग लागेमा निम्न लक्षणहरु देखा पर्दछ ।
 रोगको अवस्था कडा भएमा अकस्मात १०४ देखि १०६ डिग्रि फरेनहाईटसम्म ज्वरो आउने ।
 जिग्रिंङ्ग पर्ने, थुतुनो सुख्खा हुने , आँखा रातो हुने, खाना नखाने जस्ता लक्षण शुरुमा देखिन्छ
 नाकबाट जानी आउने , पीप बगाउने , नाकभित्र घाउ हुने
 मुखभित्र रातो भई ओठ जिब्रो र मुखभित्र जताततै खटिरा निस्कने
 कालो छेर्ने, जलवियोजन हुने
 शरीरको तापक्रम घट्दै गइर रोग लागेको ५ देखि १० दिनमा जनावर मर्ने गर्दछ ।
 रोगले भेटेको ३÷४ दिन पछि निमोनिया हुने , खोकी लाग्ने लक्षण देखिन्छ ।
 व्याउने पशु तुहिन थाल्छन्
 रोगले भेटेपछि वयस्क भन्दा पाठापाठीको मृत्युदर बढी हुन्छ ।
छेरौटी
विषादी विभिन्न रोगका किटाणु र आन्तरिक परजीवीको कारणबाट छेरौटी लागेको पाइएको छ । छेर्न थालेपछि पशु दुब्लाउँदै जाने , उत्पादन घट्ने , कमजोर हुने, जस्तोसुकै खाना पनि पचाउन नसक्ने समस्या देखा पर्दछ ।
पेट फुल्ने वा ढाडिने
लक्षणहरु
 देब्रे पेट फुल्ने र भकुण्डो जस्तो हुने
 तिक्ष्ण र गम्भिर प्रकारको रोगमा पुरै पेट फुल्ने, मुखबाट ¥याल निकाल्ने
 सास फेर्न अप्ठेरो हुने र मुख खोलेर सास फेर्ने
 पेट दुखेको अनुभव गर्ने र कराउने, दिशाा पिसाब बन्द हुने
 पशु लडेर सास फेर्न नसकी मर्ने
न्यूमोनिया
निमोनिया बाख्राहरुमा लाग्ने प्रमुख रोगहरु मध्येको रोग हो । प्रतिकुल चिसो मौसममा पाठापाठीमा यो रोग देखिन्छ । यो रोग विभिन्न कारणले गर्दा हुनसक्छ जस्तै ः विषाणु , जिवाणु , ढुसी, फोक्सोको जुका ।
लक्षणहरु
 शुरुमा चाँडो चाँडो श्वास फेर्ने र पछि श्वास प्रश्वासमा अवरोध आउने
 खोकी लाग्ने, ज्वरो आउने र नाकबाट सिँगान बग्ने
 खाना मन नगर्ने
 घाँटी घ्यारघ्यार बज्ने
छ मासे रोग
यो रोग जिवाणुको कारणबाट लाग्छ । व्यवसायिक रुपमा सघन व्यवस्थापनमा पालिएका बाख्राहरुमा यो रोग चरनमा पालिएका बाख्राहरुमाभन्दा बढी सर्दछ ।सजिलै पच्ने कार्वोहाईड्रेट र अन्य आहारले बाख्राको आन्द्राको गतीलाई कम गरी जिवाणुले उत्पन्न गरेको विषको मात्रा बढी हुँदा यो रोगको असर देखापर्छ । कमसल आहारबाट एक्कासी राम्रो आहारमा जाँदा र अत्यधिक आन्तरिक परजिवीको चापले पनि यो रोगले आक्रमण गर्दछ । सामान्यतया यो रोगको असरले छेरौटी , जलविनियोजनको कारण आन्द्रा सुन्निने गर्दछ । मिर्गौला कमलो भई काम गर्न छोड्छ ।

थुनेलो
विभिन्न किसिमका जिवाणुको कारणबाट थुनेलो रोग लाग्ने गर्दछ ।
कल्चौडो सुन्नी थुनबाट रगत वा पिप आउने, दूध सुक्ने र उपचार नपाएमा थुन बन्द हुने जस्ता लक्षण यो रोगमा देखिन्छ ।
कारक र रोगको अवस्था अनुसार थुनेलो भिन्न भिन्न प्रकारको हुन्छ र लक्षण यो रोगमा देखिन्छ ।
सि. सि. पि. पि.
शुक्ष्म किटाणुको कारणबाट बाख्रामा लाग्ने यस रोगलाई खतरनाक नै मानिन्छ र यसमा मृत्युदर ६० – १०० प्रतिशतसम्म भएको पाइएइको छ । धेरै बाख्रामा एकैठाउँमा जम्मा गर्ने र राख्ने या सानो ठाउँमा क्षमता भन्दा धेरै जनावरहरु राख्नाले यो रोग देखापर्न सक्दछ ।
लक्षणहरु
 बाख्रा कमजोर देखिने
 खना मन नगर्ने
 जोरो आउने
 खोक्ने
 हिडाँउदा तुरुन्त थाक्ने र सास फेर्न समस्या हुने
 मुटु , जोर्नी र गीदीमा असर पर्ने
सेनाबाट अवकाश पछि, बाख्रापालन बाट पहिचान बनाएका ः भण्डारी

तनँहु जिल्लाको भानु नगरपालिका वडा न ६ घर भएका मानबहादुर भण्डारीलाई सेनाको जागिरबाट पेन्सन पाएपछि त्यसै बस्न मन लागेन, २०६१ सालमा २० हजारको लगानिबाट बाख्रापालन शुरु गरेका उनको फार्ममा हाल १४० वटा बाख्रा छन् ।
पहिला देशको सेवामा खटिएका भण्डारी अहिले कृषि पेशमा लाग्दा अझ धेरै सन्तुष्ट भएको बताउँछन् । । उनको फार्ममा हाल ४० वटा बोयर, खरी र बराबरी १ सय गरी १४० वटा बख्रा रहेका छन् ।
भण्डारीले आफ्नो फार्ममा २ जना कामदारलाई रोजगारी दिएका छन । उनले बाख्रापालन गरेको देखेर त्यस क्षेत्रका अन्य किसानहरु पनि यो पेशा तर्फ आकर्षित भई आफूसँग सल्लाह लिन आउने गरेको भण्डारीले जानकारी दिए ।
फार्ममा सल्लाह लिन आउने युवा तथा नयाँ व्यवसायिहरुलाई उनि आफूले जाने जतिको सबै कुराहरु सिकाउँछन् । उनको विचारमा कृषि क्षेत्रमा आफू मात्र लाग्ने होइन अरुलाई पनि लाग्न प्रेरणा दिनुपर्छ ।
उनले बाख्रापालनलाई व्यवस्थित बनाउन घाँसमा आधारित भई पालन गर्दै आएका छन् । विभिन्न किसीमका डाले घाँस, भुँई घाँस मौसम अनुसारका घाँस लगाइ बाख्राको लागि आवश्यक दानाको मात्रा पु¥याउने गरेको उनले जानकारि दिए । भण्डारीका अनुसार उनले बार्षिक रुपमा ७ लाख रुपैँया खर्च कटाई आम्दानी लिदै आएका छन् । भण्डारीको फार्म जिल्लामा नै नमुना बाखा्र पालन फार्मको रुपमा चिनिएको छ ।
उनले गरेको व्यवसायबाट फाइदा भएको देखी त्यस क्षेत्रका धेरै युवाहरु यो व्यवसाय तर्फ आकर्षित भएको पाइन्छ ।

खोरेत
खोरेत विषाणुजन्य सरुवा रोग हो । गाईभैसी बंगुरलाई जस्तो असर यसले बाख्रामा पु¥याउदैन तर बाख्रामा रोगको असरले तुहिने , खान नसक्ने र हिड्डुलमा कठिनाई हुने हुँदा सतर्कता भने लिनुपर्छ ।
लक्षणहरु
 ज्वोरो आउने १०४ – १०५ फ ।
 ¥याल काढ्ने ।
 खान मन नगर्ने ।
 मुख च्याप च्याप गर्ने
 खुरको बिच भागमा रातो भएर घाउ देखिने र खुट्टा खोच्याउने ।
 जिब्रो सुन्निने र पानी फोका देखिने आदि ।

जमुनापारी र बारबरी बाख्र्राको स्रोतकेनद्र पचँकुले

दाङ जिल्लामा २०७१ सालबाट पचकुले बाख्रा सोत केन्द्रको नामबाट व्यवसायिक रुपमा बाख्रापालन सुरु गरेका कुल बहादुर घर्तिले यो व्यवसाय सुरु गर्दा ७५ हजार लगानी गरेका हुन् ।

सुरुवातमा उनले जमुनापारी र बारबरी जातको क्रस बाख्रा ७ वटा २४ हजार किनेर व्यवसाय शुरु गरेका घर्तिको फार्ममा हाल ४० वटा बाख्रा रहेका छन् । आधुनिक खोर र्निमाण गरी तथा नयाँ प्रविधि सहित बाख्रापालन गर्दै आएका उनले पहिलो वर्ष त्यति उत्साहित रुपमा आम्दानी लिन नसकेकोको अनुभव सुनाउँछन् ।

निरन्तर मेहनत नयाँ प्रविधि सहित घाँसमा आधारित भई बाख्रापालन गर्न थालेपछि उनले यस व्यवसायमा सफलता पाउन थाले । जमुनापारी, बारबरी र अजमेरी जातको उन्तत क्रस बाख्रा फर्ममा उत्पादन हुनथालेपछि यो बाख्रा खोज्ने मानिसको संख्या बढ्दै गयो । त्यसैले घर्तिको फार्मलाइ नेपालसरकारले जमुनापारी ,बारबरी र अजमेरी जातको क्रस बाख्रा स्रोत केन्द्रको रुपमा पहिचान गरेको छ ।

घर्तिले बाख्रापालन बाट पाएको सफलताबाट धेरै किसान यो व्यवसाय तर्फ आकर्षित भई आफुसँग सल्लाह लिन आउने गरेको उनि बताउँछन् । त्यसैले उनले बाख्रापालन क्षेत्रमा लाग्न चाहाने अन्य किसानलाई यसको प्रविधि तथा आधुनिक खोर निमार्णका सामागी्र समेत बिक्रि वितरण गदै आएको जानकारी दिए ।

फार्ममा घरपरिवारका सबैले सदस्य मिलेरका काम गर्दछन ,उनका अनुसार वार्षिक रुपमा यो व्यवसायबाट ३ लाख भन्दा धेरै आम्दानी लिदै आएका छन् । थोरै लगानीबाट शुरु गरेको व्यवसायबाट धेरै आम्दानि प्राप्त गरेपछि आफू निकै सन्तुष्ट भएको उनि बताउँछन् । उनी बेलनको लागी जिल्ला पशु कार्यलयले पनि प्रत्येक बषर््ा बोका दिनी गरेको जानकारी दिए
जमुनापारी वारवारी कस्र , अजमेरी क्रस देश व्यापीभरी नै भयको छ
बाख्राको विफर
बाख्रा लगायत अन्य जनावरमा आउने विफर विषाणुको कारणबाट हुन्छ । विफर पशुको लागि घातक पनि हुनसक्छ । यो रोग सरुवा भएता पनि पशुमा सर्ने गति विस्तारै हुन्छ ।
लक्षणहरु
 शुरुमा ज्वोरो आउने
 आँखा सुन्निने, चिप्रा लाग्ने
 नाकमा बाक्लो सिँगान जम्ने र नाक बन्द हुने
 श्वास नलीमा असर पर्ने र फोक्सो
 शरीरका अन्य भागमा समेत प्रभाव समेत प्रभाव देखिने
बाख्रामा तुहिने रोग
बाख्राको गर्भको बच्चामा खाना पु¥याउने सालनाल वा अम्रोमा विषाणु जिवाणु वा ढुसीको बारणबाट हुने केही रोगको कारण बाख्रालाई तुहाउने गर्दछन् । यसको कारणबाट बु्रसेलोसिस, साल्मोनेलोसिस, भिब्रीचोसिस ईन्जुटीक एबोर्सन आदी समस्याहरु देखा पर्दछन् ।
यो रोग सरुवा रोग हो
कारणहरु
विष तथा औषधिहरु जस्तै सि.टी.सी, फिनोथायोजिन, कर्टिकोइस्टेराईहरुको कारण
व्याउने अवस्थाको चोटपटक
खनिज तत्वको कमी जस्तै ः तामा, आयोडिन, महामारी रोगहरु पि.पि.आर, खोरेत आदी
लक्षणहरु
पाठापाठी मरेको अवस्थामा पाउने अथवा समय नपुगी पाउने , साल नाल नझर्नेै सालमा विभिन्न विकृतीहरु देखा पर्ने
बथानमा रोगको संक्रमण भएमा प्राय सबै उमेर र बेतका बाख्रीहरुमा यो समस्या देखीन्छ
बोयर बाख्राको लागि प्रसिद्ध बन्दै बागमति गोट सिड

२०६० सालमा धादिङ जिल्लामा बागमति गोट सिड प्रा ली को नामबाट व्यवसायिक रुपमा बाखा्रपालन सरु गरेका नबराज आचार्यले यो व्यवसाय सुरु गर्दा १५ लाख भन्दा धेरै लगानि गरे उनले सुरुवातनै १७० वटा बोयर जातको बाख्रा राखी व्यवसायको सुरुवात गरेका हुन् ।
आधुनिक खोर निमार्ण तथा नया प्रविधिको प्रयोग गरि बाखा्रपालन सुरुवात गर्दा सुरुको वर्षहरुमा उनले खासै आम्दानि लिन सकेनन् तर तर बाखाको सख्या बढ्र्दै गएपछि उनले यो व्यवसाय बाट राम्रो आम्दानि लिन थालेको उनको भनाइ छ । बोयर जातको उन्नत बाख्रा फार्ममा उत्पादन भएपछि आचार्यको फार्म लाइ नेपालसरकारले पनि बोयर जातको बाखा्रको स्रोत केन्द्ररुपमा तोकेको छ ।
उनले बाख्रा पालनलाई विशेषगरि घाँसमा आधारित भइ पालन गर्नका लागि भूँई घाँस , डाले घास , मौसम अनुसारका घाँसहरु लगाएको बताउँछन् ।
निरन्तर मेहनत तथा नया प्रविधि सहित यस व्यवसायमा नबराजले राम्रो सफलता पाएका छन् । उनको फार्ममा हाल माउ बाख्राको संख्या १२० रहेको छ । नबराजको फार्मका ७ जना मानिसले रोजगारी पनि पाएका छन् । बाखा्रपालन व्यवसायबाट धेरै नै सन्तष्टि भएको उनको भनाइ छ । बोयर जातको बाखा्रको माग देश व्यापी रुपमा नै रहेको छ ।

रोकथाम तथा उपचार
ड्ड पि.पि.आर रोगको उपचार गर्न सकिदैन, त्यसैले रोकथामका लागि प्रत्येक २÷ २ वर्षको अवधिमा खोप लगाउनुपर्दछ
ड्ड छेरौटी रोग लागेको बाख्राको लागि नेब्लोन, पर्गोकेयर जस्ता औषधि खुवाउने साथै सल्फा औषधिको चक्की खुवाउनु पर्दछ । रोकथामका लागि सरसफाइ, विभिन्न रोग विरुद्धको खोप र समय समयमा परजीवी विरुद्ध औषधि खुवाउने व्यवस्था मिलाउनुपर्दछ ।
ड्ड पेट फुल्ने रोगको उपचारका लागि दाना दिन बन्द गर्ने, एभिल सुई लगाउने, ट्रोकर क्यानुला र मोटो सुईको माध्यमबाट हावा निकाल्ने, भिटामिन बिको सुई लगाउने , अफानिल, ब्लोटोसिल वा टिम्पोलको प्रयोग गर्ने
ड्ड निमोनियाको उपचारका लागि रोगी पशुलाई न्यानो र ओभानो ठाउँमा लगी राख्ने, एभिल सुई लगाउने, क्याफ्लोन पाउडर खुवाउने
ड्ड छ मासे रोगका लागि बाख्राको आहारा अचानक नबदल्ने र धेरै दाना एकै पटक नदिने, ६–६ महिनामा खोप लगाउने
ड्ड थुनेलो रोगका लागि एण्टिबायोटिक सुइ वा मलहम थुनमा लगाउने, बाख्राको खोर भित्र सरसफाईमा विशेष ध्यान दिने
ड्ड सि.सि पि.पी रोगका लागि टाईलोसिन नामक औषधि खुवाउने वा सुई लगाउने, रोगी निरोगी बाख्रा एके स्थानमा नराख्ने र रोकथामका लागि नियमीत खोप लगाउने गर्नुपर्दछ
ड्ड खोरेतको उपचारका लागि मुखको घाउ फिटकीरी पानी वा पोटासले सफा गर्ने, खुट्टामा फिनेल झोलले सफा गरी हिमेक्स मलहम लगाउने, बाख्रालाई बथानबाट अलग्गै राखी उपचार गर्ने
ड्ड बाख्राको फिवरका लागि घाउमा एण्छिबायोटिक मल्हम र आँखामा एण्टिबायोटिक झोल प्रयोग गर्ने साथै रोकथामका लागि पक्स भ्याक्सिन लगाउने
ड्ड बाख्रा तुहिने रोगको उपचारका लागि धेरै कठिन हुन्छ । यो रोग लागेको शंका हुने वित्तिकै बथानबाट छुट्टै राख्ने
ड्ड तुहिएका बाख्राको सालनाल अन्य बाख्रासँग लसपस नगर्ने

प्राविधिक स्रोत ः केन्द्रिय भेडाबाख्रा प्रवद्र्धन कार्यालय हरिहरभवन ललितपुर २०७३