ब्रेकिन्ग न्युज

संकटमा पर्दैछ.. कृषि तथा पशुपक्षिं बिमा कार्यक्रम ( बिमा प्रक्रिया सहित )

 
कमला भट्टराई (न्यौपाने )

विशेष रिर्पोट
कृषि क्षेत्रलाई दिगो र व्यवसायिक बनाउने तथा किसानको लगानि सुरक्षित गर्ने मुख्य अभिप्रयायले २०७० साल देखी नेपाल सरकारको पहलमा कार्यन्वयनमा आएको कृषि तथा पशुपक्षिं विमा कार्यक्रमको गति धेरै सुस्त भएको चौतर्फी गुनासो आइरहेको छ । २०६९ सालमा कृषि तथा पशुपक्षिं विमा सम्बन्धि कार्यविधि संसदबाट पास भई आएपनि आ.व २०७०। ७१ सालबाट मात्र यो पूर्ण रुपमा कार्यन्वयनमा आएको हो । कार्यन्व्यनमा आएको पहिलो वर्ष देखी नै कृषि विमा प्रति किसानलाई आकर्षित गर्न भनि कृषि विकास मन्त्रालय मार्फत कृषि बिमा गर्दा लाग्ने प्रिमियममा ५० प्रतिशत अनुदान दिने कार्यक्रम पनि सँगै अयो ।

कार्यक्रम लागु भएको पहिलो वर्ष बिमा कार्यन्वय कसरी गर्ने भन्ने सिक्ने र सिकाउने मै समय वित्यो सरकारले प्रिमियम अनुदानकालागि छुट्याएको रकम पूर्ण रुपमा सदुपयोग हुन सकेन । तरपनि किसानलाई विमा प्रति अझ आकर्षित गर्नका लागि किसानले तिनुपर्ने प्रिमियममा ७५ प्रतिशत अनुदान दिने व्यवस्था आ.व ०७१।७२ बाट नै शुरु भयो । कृषि विकास मन्त्रालयले कृषि तथा पशुपक्षिं बिमा कार्यक्रमका लागि बिमा समितीमा सचिवालय रहने गरी १७ वटा निर्जीवन बिमा कम्पनिहरुलाई विभिन्न क्षेत्र तथा कम्पनिको सम्पर्क व्यक्तिहरु तोकेर नै बिमा कार्यक्रम सञ्चालनमा ल्यायो तर बिमा कार्यक्रम प्रति किसानको आकर्षण आशा गरे अनुरुप बढ्न सकेन । पशुपक्षिं बिमा कार्यक्रम केहि हिसाबमा प्रभावकारी देखीएपनि बालि बिमा गर्ने किसानलाई आकर्षित गर्ने, किसीमको बिमा लेखहरु समयमा नबन्दा कृषि बिमाबाट लाभ लिनुपर्ने किसानहरु बञ्चित रहे । पछिल्लो २ आर्थिक वर्षमा कृषि तथा पशुपक्षिं क्षेत्रमा काम गर्ने मन्त्रालयहरु बिमाजन भएपछि बिमाको कार्यन्वयन प्रक्रिया झनै जटिल बन्न थालेको छ ।

गत वर्षको प्रथम चौमासिक र यस वर्षको प्रथम चौमासिकको तुलना गर्दा कृषि बिमा गर्नेको संख्या बढेको छ ।
बाली,माछा,तथा पशुपन्छीमा ५०.२९ प्रतिशतले बिमांकमा वृद्धि भएको छ भने बिमा दाबी भुक्तानी २१.९६ प्रतिशतले वृद्धि भएको बिमा समितीको तथ्यांकमा उल्लेख गरिएको छ ।
बिमा कम्पनीहरुले जारी गरेको बिमा लेख अनुसार कृषकहरु पशु बिमामा उत्साहित छन् भने बाली, फलफुल र तरकारी बिमाप्रति तुलनात्मक रुपमा उत्साह कम देखिएको छ । तर पछिल्लो समय केरा खेती तथा तरकारी खेतीमा बिमा गर्ने किसानको संख्या भने बढ्न थालेको छ ।

समयमा अनुदानको प्रिमियम निकासी नहुँदा बिमा कार्यक्रम अन्योलमा
बिमा समिती नियमनकारी निकायको रुपमा रहेको १७ वटा निर्जीवन बिमा कम्पनिहरु सबै नाफा कमाउने उद्देश्यले खोलिएका कम्पनि हुन् । तर कृषि क्षेत्रमा धेरै जोखिम हुने र क्षतिपूर्ति धेरै दिनुपर्ने हल्लाले धेरै बिमा कम्पनिहरुले स्वस्र्फुत रुपमा कृषि तथा पशुपक्षिं बिमा कार्यक्रम सञ्चालनमा ल्याउन आनाकानि गरेको देखिन्छ । त्यसमा पनि कुल प्रिमियममा २५ प्रतिशत मात्र किसानले र बाँकि ७५ प्रतिशत कृषि विकास मन्त्रालय अन्र्तगत विमा समित मार्फत बिमा कम्पनिहरुले भुक्तानि पाउने व्यवस्था छ, जुन किसानलाई प्रिमियममा दिइएको अनुदान हो, तर सो प्रिमियम रकममा दिएको अनुदान आर्थिक वर्ष समाप्त हुँदा सम्म कम्पनिहरुले प्राप्त गर्न नसक्दा कृषि तथा पशुपक्षिं बिमा कार्यक्रमको कार्यन्वय पक्ष नै संकटमा पुगेको बिमा समितीका निर्देशक श्रीमान कार्कीले जानकारी दिए ।

उनका अनुसार कृषि तथा पशुपक्षिं बिमा कार्यक्रम सरकारको कार्यक्रम भएकाले बिमा समितीले विशेष प्राथमिकताका साथ यो कार्यक्रमलाई अगाडि बढाएको भएपनि कम्पनिहरुले पाउनुपर्ने प्रिमियम अनुदानको रकम समयमा प्राप्त हुन नसक्दा बिमा समिती पनि अन्योलमा परेको छ । उनि भन्छन्, कृषि तथा पशुपक्षिं मन्त्रालय बिभाजन सँगै केहि प्राविधिक समस्या देखिएको भएपनि यस सम्बन्धमा समयमा नै ठोस निर्णय गरि काम गर्न नसक्दा गत आ.बको ९४ लाख भन्दा धेरै पिमियम बापत कम्पनिहरुले पाउनुपर्ने अनुदान रकम अझै बाँकि छ । यस आर्थिक वर्षको त झन पुस मसान्त सम्मको पुरै प्रिमियम रकम कम्पनिले पाएका छैनन् । कार्कीका अनुसार सरकारले किसानका लागि अनुदान स्वरुप प्रिमियममा उपलब्ध गराएको रकम, विमा समिती वा कम्पनिलाई त्यसै उपलब्ध गराएको जस्तो भान पर्ने गरी कामहुनाले यस प्रति निराशा पैदा भएको हो ।
तथ्याङ्क हेर्ने हो भने आ. व. २०७१÷०७२ को तुलनामा आ. व. २०७२÷०७३ मा वीमाङ्क ८८ प्रतिशतले वृद्धि भएको देखिन्छ । तर यो तथ्याङ्कले सम्पर्कमा भएका वीमित किसानको अवस्थालाई मात्र देखाउँछ । यही तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको प्रथम चौमासिकमा कृषि बीमा व्यवसाय २७ प्रतिशतले बृद्धि भएको छ ।

कृषि तथा पशुपक्षिं बिमाको विषयमा थप सूचना तथा जानकारी किसान माझ पु¥याउन बिमा कम्पनि उत्साहित भइ लागेको छ, तर सोहि अनुरुप सरकारी स्तरबाट पनि बिमा कम्पनिहरुप्रति सहयोगि भुमिका देखाउनु पर्ने
एन.बी इन्स्योरेन्स कम्पनिका निमित्त कार्यकारी अधिकृत युगेश भक्त श्रेष्ठ बताउँछन् ।
कृषि तथा पशुपक्षिं बिमा कार्यक्रम किसानको लगानिको जोखिम न्यूनिकरणका लागि सबैभन्दा राम्रो उपाय भएपनि यस प्रति किसान र बिमा कम्पनिहरु दुबैलाई सहि रुपमा आकर्षित गराउन नसक्दा र सरकारी ढिलासुस्तीका कारण बिमा कार्यक्रम नै जोखीममा परेको हो ।

सिद्धार्थ इन्स्योरेन्स कम्पनिका निमत्त महाप्रबन्धक विरेन्द्र बैदवारको अनुसार अहिले नै कृषि बिमा प्रभावकारी भयो वा भएन भन्नु भन्दा पनि यसलाई सहज र सरल कसरी बनाउन सकिन्छ भनेर यस क्षेत्रमा काम गर्ने सबै निकायहरु लाग्नुपर्दछ तथा सरकारले ल्याएको कार्यक्रम प्रभावकारी बनाउन सरकारले विशेष प्राथमिता दिनुपर्दछ ।
बिमा कार्यक्रम राम्रो तर किसान मुखि प्रक्रिया बन्न सकेन

चितवनको चनौलीमा ३ विगाह क्षेत्रफलमा तरकारी खेती गर्दा गत आ.व मा बाली बिमा गराएका किसान खुमा अर्यालले ३ विगाह क्षेत्रफलमा नै लगाएको तरकारीको बिमा गराएका थिए, जसमा उनले करिब ५५ हजार जति प्रिमियम रकम कम्पनिलाई बुझाए, उनको फार्ममा ठिक्क फल टिप्ने अवस्थामा असिना पानिले सबै तरकारीमा क्षति पु¥याएयो, उनले बिमा कम्पनिलाई तुरुन्तै खबर गरे र प्रक्रिया अघि बढ्यो तर सबै प्रक्रिया पुरा हुँदा पनि उनले दाबी गरेको २८ लाखको क्षति पुर्ति दिन कम्पनिले ४ महिना कुराइदियो ।

अर्यालले तरकारी फार्ममा भएको क्षति अनुुसार २८ लाखको दाबी गरेका थिए,तर रकम पाउने समयमा जम्मा १४ लाख रुपैँया मात्र प्राप्त गरे । उनका अनुसार कृषि क्षेत्रमा बिमा कार्यक्रम किसानको लगानि सुरक्षित गर्ने धेरै राम्रो कार्यक्रम भएपनि, नोक्सान पछि बिमा कम्पनिहरुले देखाउने ढिलासुस्ती र प्रक्रियाको चरणले किसानको मनोबल झन गिर्ने अवस्था सिर्जना भएको छ ।
बिमा लेखमा व्यवस्था भए अनुसार किसानले क्षतिको बिबरण बुझाइ सबै प्रक्रिया पुरा गरेको बढीमा ३० दिन भित्र सबै क्षतिपूर्तिको रकम कम्पनिले किसानलाई दिनुपर्ने व्यवस्था छ , तर अर्यालको हकमा सो नियम लागु हुन सकेन ।

कृषि विकास मन्त्रालयले अघि बढाएको कृषि वीमा कार्यक्रम बढाउँदै लगेर बिमा समितिले आ. व. २०७०÷०७१ देखि कृषि तथा पशु वीमा अनिवार्य ग¥यो । गत वर्ष चितवन केरा व्यवसायि संघको अगुवाईमा करिब १५ करोड बराबरको बिमा गरिएकोमा केरा खेतीमा भएको क्षतिको आधारमा २ करोड भन्दा धेरै केरा किसानले क्षतिपूर्ति प्राप्त गरेको चितवन केरा व्यवसायि संघका अध्यक्ष बिष्णुहरु पन्तले जानकारी दिए । उनका अनुसार बिमा कार्यक्रम किसानको लगानिको जोखिम कम गर्न हाल सम्म सरकारले ल्याएको धेरै राम्रो कार्यक्रम भएकाले यसलाई अझ प्रभावकारी बनाउन सबै पक्ष लाग्नुपर्छ ।

बिमकहरु बिमा कार्यक्रम प्रति उदासीन देखिएपछि २०७१ फागुन महिनादेखि बिमा समितिले जिल्ला नै तोकेर बिमा गर्न बाली तथा पशुपंक्षी बिमा गर्ने कम्पनीहरुलाई नेपाल सरकारले विभिन्न कार्यक्षेत्र तोकि सुचना जारी गरेको छ । सो अनुसार निम्न तालिका सर्वजनिक भएको छ ।

सि.नं वीमा कम्पनीको नाम सम्पर्क नम्बर सेवा दिने जिल्लाहरु
१ नेपाल इन्सोरेन्स कम्पनी लि, कमलादी काठमाडौँ ०१ —४२४५५६५
०१ —४२२८६९० दार्चुला,बैतडी,डडेलधुरा, कञ्चनपुर
२ दि ओरियण्टल इन्सोरेन्स,
कम्पनी लि कान्तिपथ काठमाडौँ ०१ —४२५०१३७
०१ —४२२१४४८ धनकुटा,सनसरी,तेह्रथुम, सप्तरी
३ राष्ट्रिय विमा संस्थान, रामशाहपथ काठमाडौँ ०१ —४२६२५२० बझाङ, डोटी, कैलाली
४ नेशनल इन्सोरेन्स कम्पनी लि, त्रिपुरेश्वर काठमाडौँ ०१ —४२५०७१०
०१ —४२६०३६६ रोल्पा,प्युठान,दाङ, अर्घाखाँची,कपिलवस्तु
५ हिमालयन इन्सोरेन्स कम्पनी ली बबरमहल काठमाडौँ ०१ —४२३१७८८
०१ —४२१३०१४ सिन्धुपाल्चोक,काभ्रेपलाञ्चोक,ललितपुर, पर्सा, बारा
६ युनाइटेड इन्सोरेन्स कम्पनी ली, थपाथली काठमाडौँ ०१ —५११११११ हुम्ला, बाजुरा, अछाम
७ प्रिमियर इन्सोरेन्स कम्पनी ली
नक्साल, काठमाडौँ ०१ —४४१३५४३
०१ —४४१०६४८ दोलखा, रामेछाप, सिन्धुली,सर्लाही,रौतहट
८ एभरेष्ट विमा कम्पनी हात्तिसार,काठमाडौँ ०१ —४४४४७१७
०१ —४४४४७१८ कालीकोट,दैलेख,सुर्खेत, बर्दिया
९ नेको इन्सोरेन्स कम्पनी लि, अनामनगर काठमाडाँै ०१ —४७७०१२७
०१ —४७७०११५ ताप्लेजुङ, इलाम,पाँचथर, भmापा, मोरङ
१० सगरमाथा इसोरेन्स कम्पनी ली, नक्साल काठमाडौँ ०१ —४४१२३६७
०१ —४४१३६८६ मुगु, जाजरकोट, जुम्ला
११ एलायन्स इन्सोरेन्स कम्पनी ली तिनकुने काठमाडौँ ०१ —४४९९२२६
०१ —४४९९१६१ मुस्तांग, म्याग्दी, बाग्लुंग,गुल्मी,स्याँग्जा
१२ एन वि इन्सोरेन्स कम्पनी ली, कमलादी, काठमाडौँ ०१ —४२२४३१२
०१ —४२२४२६३ सोलुखुम्बु,ओखल्ढुङ्गा, महोत्तरी, धनुषा
१३ पु्रडेन्सियल इन्सोरेन्स कम्पनी ली पुतलीसडक काठमाडौँ ०१ —४२१२९४०
०१ —४२१२९४१ गोरखा, लमजुँङ्, तनहुँ, नवलपरासी
े१४ शिखर इन्सोरेन्स कम्पनी ली
ज्ञानेश्वर काठमाडौँ ०१ —४२४६१०१
०१ —४२४६१०२ चितवन, मकवानपुर, धादिङ, नुवाकोट, रसुवा
१५ लुम्बिनी इन्सोरेन्स कम्पनी लि ज्ञानेश्वर, काठमाडौँ ०१ —४४११७०७
०१ —४४३३१९९ संखुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सिराहा
१६ राष्ट्रिय जीवन तथा जनरल विमा कम्पनी लि पानीपोखरी काठमाडौँ ०१ —४००६६२५
०१ —४४४२६४६ डोल्पा,रुकुम,सल्यान,वांके
१७ सिदार्थ इन्सोरेन्स कम्पनी लि बबरमल काठमाडौ ०१ —४२५७७६६
०१ —४२५६१९० मनाङ, कास्की, पर्वत, पाल्पा, रुपन्देही

यसले कृषि बिमा कार्यक्रम सञ्चालन गर्न वाध्य बनायो तर वाध्यताले मात्र प्रभावकारी परिणाम निकाल्न सकेन । कृषि बिमा नेपालको सन्दर्भमा आवश्यक छ । तर आवश्यकता पूरा गराउन सरकाररी कागजी रणनीति व्यवहारमा कार्यान्वयन हुन ढिलासुस्ती भएकाले यो कार्यक्रमको कार्यन्वय पक्ष जोखिममा परेको हो ।
सरकारले प्रिमियम निकासीमा ढिला नगरेको तर अर्थबाट थप निकासी नहुदाँ समस्या

कृषि तथा पशुपक्षिं बिमा कार्यक्रम बिमा समिती अन्तर्गतका १७ वटा निर्जीवन बिमा कम्पनिहरु मार्फत २०७० साल देखी पूर्ण रुपमा सञ्चालनमा आएको हो । जसमा कुल विमा शुल्क हिसाब गरी त्यसको ५ प्रतिशत प्रिमियम रकम बिमा कम्पनिहरुलाई भुक्तानि दिनुपर्ने व्यवस्था छ, त्यसमा पनि कुल बिमा शुल्कमा पर्न गएको ७५ प्रतिशत सरकारले र बाँकि २५ प्रतिशित किसानले तिर्नुे व्यवस्था छ । किसानले तिर्ने प्रिमियममा पनि पहिलो आर्थिक वर्षमा प्रिमियम शुल्कमा ५० प्रतिशत अनुदान सरकारले उपलब्ध गराएकोम गत २ आर्थिक वर्ष देखी कृषि तथा पशुपक्षिं विकास मन्त्रालयले बिमा समिती मार्फत ७५ प्रतिशत प्रिमियम शुल्कमा लाग्ने अनुदान उपलब्ध गराउँदै आएको छ । सो प्रिमियम शुल्कमा सरकाले दिने भनेको अनुदान समयमा बिमा कम्पनिहरुले भुक्तानि पाउन नसकेको गुनासो आइरहँदा कृषि मन्त्रालय अन्तर्गत कृषि व्यवसाय प्रवद्र्धन शाखाको बिमा कार्यक्रम हेर्ने अधिकृत शोभा ढकाल भने मन्त्रालयले प्रिमियमा बापत कम्पनिहरुलाई दिनुपर्ने प्रिमियम निकासीमा कुनै ढिलासुस्ती नगरेको बताउँछिन् । उनका अनुसार गत आर्थिक वर्षको मध्येमा कृषि तथा पशुपक्षिं मन्त्रालय बिभाजन भएपछि बिमाको प्रिमियमको हिसाब गर्न तथा भुक्तानि दिन केहि समय ढिला हुन गएपनि यस वर्ष भने त्यस्तो समस्या कृषि विकास मन्त्रालयमा छैन । यस वर्ष बिमा समितीलाई कृषि बिमा कार्यक्रको तथ्यांक राख्नका लागि सफ्टवेयर बनाउ तथा सचिवालयको खर्चका लागि कुल १० लाख रकम बिनियोजन हुने तयारी मन्त्रालयले गरेको छ ।

यता पशुपक्षिं विकास मन्त्रालय अन्तर्गत बिमा कार्यक्रमको अनुदान रकमका लागि यस आ.वमा ४ करोड मात्र बजेट बिनियोजन प्रिमियम बापत बिमा कम्पनिहरुलाई बुझाउनुपर्ने रकम अपुग भएको पशुपक्षिं विकास मन्त्रालयका प्रवक्त श्याम कुमार पौडेलले जानकारी दिए । उनका अनुसार अर्थ मन्त्रालयमा थप रकम निकासीका लागि प्रस्ताव राख्दा अर्थले बिमा कम्पनिहरुले जिल्लागत रुपमा गत २ वर्षमा कहाँ,कति पशुपक्षिं वा कृषिको बिमा ग¥यो सो विषयको स्पष्ट तथ्यांक माग गरेको र सो माग अनुसारको तथ्यांक विमा समितीले उपलब्ध गराउन नसके पछि अर्थ मन्त्रालयमा थप रकम निकासीको फाइल अड्केर बसेको हो ।

यता बिमा समितीको भने कृषि तथा पशुपक्षिंं बिमा कार्यक्रम कान्र्यन्वयनका लागि हाल सम्म सचिवालयको खर्च समेत सरकारले उपलब्ध नगराएको भएपनि कुन– कुन बिमा कम्पनिले के कति मात्रामा बिमा कार्यक्रम सञ्चालन गरेको छ, सो को विवरण मन्त्रालयहरुमा पठाइसकेको तर शुक्ष्म तथ्यांक तयार पार्न सफ्टवेयर तथा थप कर्मचारीको आवश्यकता पर्ने भएकाले सोहि जवाफ मन्त्रालयमा पठाउँदा पनि अर्थ मन्त्रायले फाइल रोकेर राखेको गुनासो छ ।

कस्तो छ बीमा प्रकिया ?

कृषि तथा बाली विमा
बाली बीमा अन्र्तगत तरकारी फलफूल, मत्स्यपालन, मौरीपालन,रेशम खेती, केरा खेती, च्याउ खेती तरकारी खेती, केरा धान खेती, अलैची खेती, माछापालन, र उखु खेती सम्मका बिमा लेखहरु तयार भई कार्यन्वयनमा आएको छ ।
अलैची खेती बिमा
अलैची खेती गरिने जग्गा भाडामा लिइ प्रयोेग गरिएको अवस्थामा जग्गा धनिसँग भएको सम्झौताको प्रतिलिपि बिमा प्रस्ताव फारम साथ पेश गर्नु पर्नेछ ।
अलैची खेती बिमा गर्नको लागि न्यनतम आधा रोपनि जग्गा वा ३०० बोट गाज हुनपर्छ,
अलैचीको बाँझोपन (क्तभचष्ष्तिथ) को कारणबाट अलैची उत्पादन नभएमा यस बीमालेखले सुरक्षण प्रदान गर्ने छैन
अलैची खेतीको बीमा अलैची रोपिएको शुरु वर्ष देखी सोह्र (१६) बर्ष सम्म गर्न सकिनेछ ।
अलैची खेतीको जोखिम वहन गर्दा तथा बीमा दाबी गर्दा प्रति बोट (गाँज) को उत्पादन लागतको आधारमा गरिनेछ
अलैचीको बेर्ना लगाईसकेपछि मात्र बीमा गर्नुपर्ने छ र बढीमा ५००० प्रति हेक्टर बिरुवा (गाँज) का दरले बीमा गर्न सकिनेछ
बीमा अवधि भित्र बीमा गरिएको अलैचीको बोट (गाँज) मरी नयाँ बिरुवा प्रतिस्थापन गरेको अवस्थामा नया बिरुवा गन्तीको आधारमा चालु बीमाशुल्क दर अनुसार बीमाशुल्क भुक्तानी गर्नु पर्नेेछ ।
बिमा अवधि भित्र गरिएको अलैची खेतीमा ७५ प्रतिशत भन्दा बढि क्षति भएमा पुर्ण क्षति अनूसार दावी भक्तनि प्रदान गरिन्छ ।

फलफूल खेती
नेपाल सरकारबाट मान्यता प्राप्त बीउ बिजनका जात प्रयोग गरि खेती गरिएको अवस्थामा मात्र बीमा हुन्छ । तर स्थानिय बीउ बीजन तथा तरकारीको हकमा यो प्रावधान लागू हुदैन ।
रोग तथा किराबाट भएको हानी नोक्सानी÷क्षतिको कारण एकिन गर्न कठिन भएको अवस्थामा बीमकले आवश्यकता अनुसार प्रयोगशाला परिक्षण गराउन सक्ने छ । तर प्रयोगशालाको प्रतिवेदन प्राप्त पश्चात तुरुन्त कारबाही अगाडि बढाउनु पर्नेछ ।
फलफुल खेतीको बीमा गर्दा बीमितले प्रस्ताव फाराम सँग प्राविधिकको प्रमाणपत्र अनिवार्य रुपले संलग्न गर्नुपर्नेछ । नवीकरण गर्नुपर्ने प्रकृतीका फलफुल खेतीको हकमा सो प्रावधान लागु हुने छैन ।
केराखेती
केराको घरी काटेपछि केरामा कुनै पनि प्ररकारको क्षति हानि नोक्सानि भएमा यस विषयमा बिमा कम्पनिले जिम्मेवारी लिदैन ।
केरा खेतीमा विमा अवधि १ वर्षको हुन्छ , भने किसानको लागत अनुसार बिमाको क्षतिपूर्ति गर्ने रकम निर्धारण हुन्छ ।
एक घटना (७२) घण्टाको एक घटना हुने भित्र क्षति भएको कुल खेती गरिएको केरा घरी संख्याकोे ५ प्रतिशत सम्मको क्षति दावी भुक्तानी गरिने छैन ।
केराको हकमा दाबी सम्बन्धी प्रक्रिया
बीमालेखले रक्षावरण गरेको जोखिमहरुका कारणबाट बीमितको केरा खेतीको हानि भएमा सोको १५ दिनभित्र वा सो अवधिभित्र संभव नभएमा सोको कारणसहित संभव हुनासाथ बैङ्क वा सदस्य संस्था मार्पmत देहायका कागजातहरु बीमक समक्ष पेस गर्नु पर्नेछ ः
क) सक्कल बीमालेख (आंशिक क्षति भएको अवस्थामा बीमालेखको छाँया प्रति)
ख) पूर्ण रूपले भरिएको दाबी फाराम
ग) सम्बन्धित प्राविधिकको प्रतिवेदन
घ) सम्बन्धित गा.वि.स वा न.पा.वा वडा वा कम्तिमा नजिकको दुईजना छिमेकी÷संधियारको सर्जमिन मुचुल्का
ङ) क्षति भएको केरा बालीको फोटो
च) प्राविधिकबाट उपचार गराएको कागजात

२) बीमा अवधिभित्र तल तालिकामा उल्लेख भए अनुसार जून समय (महिना) मा दाबी पर्छ सोही समय महिना) अनुसार बास्तविक क्षतिकोे आधारमा दाबी भुक्तानी गरिनेछ ।
अवधि बीमाङ्कको प्रतिशत (१ वर्ष भन्दा बढी अवधिको बालीको हकमा) बीमाङ्कको प्रतिशत (१ वर्ष भित्र तयार हुने बालीको हकमा)
पहिलो ३ महिना सम्म ५२ % ५५ %
४ महिना देखि ६ महिना सम्म ५५ % ६५ %
७ महिना देखि ८ महिना सम्म ६७ % ७५ %
९ महिना देखि १२ महिना सम्म ७० % १०० %
१३ महिना भन्दा माथि १०० % –

३) खेती गरिएको केराको घरीमा कोसा लागि क्षति भएको अवस्थामा बिक्री हुने घरी बजारमा बिक्री गरी बाँकि हुन आउने क्षतीको मात्र दाबी भुक्तानी गरिनेछ ।
आलू खेती
रोग तथा किराबाट भएको हानी नोक्सानी÷क्षतिको कारण एकिन गर्न कठिन भएको अवस्थामा बीमकले आवश्यकता अनुसार प्रयोगशाला परिक्षण गराउन सक्ने छ । तर प्रयोगशालाको प्रतिवेदन प्राप्त पश्चात तुरुन्त कारबाही अगाडि बढाउनु पर्ने छ ।
उखू खेती
उखु कटानी (ज्बचखभकत) गरीसकेपछि उखुमा हुने कुनै पनि प्रकारको क्षति÷हानी–नोक्सानी भएमा यस बीमालेखले
सुरक्षण प्रदान गर्ने छैन ।
उखु लगाए÷रोपेकोको एक महिना भित्र बीमा गर्नुपर्ने छ ।
एक वर्ष भन्दा बढी अवधिको बीमाको लागि बार्षिक बीमाशुल्कको समानुपातिक (उचय चबतब) हिसाबले थप बीमा शुल्क लिई बीमालेख जारी गर्न सकिनेछ । तर यस्तो अवधि पन्ध्र महिना भन्दा बढी हुने छैन

चैते धान खेती बिमा

चैते धान बालीका लागि प्रयोग गरिने बीउको श्रोत नेपाल सरकारबाट स्वीकृत प्राप्त सरकारी, अर्धसरकारी निकाय वा निजी क्षेत्र, कृषक समूह, कृषि सहकारीको हुनुपर्नेछ । साथै, चैते धान बालीको लागि लगाईने जात राष्ट्रिय बीउ बीजन समितिबाट उन्मोचन÷रजिष्ट्रेशन(पंजिकृत)÷दर्ता भई नेपाल सरकारबाट क्षेत्रगत सिफारिस गरिएको जात हुनुपर्नेछ ।

२) चैते धान बाली तोकिएको मापदण्ड अनुसार रोपाई गरेको हुनुपर्दछ ।

३) चैते धान बाली उत्पादन गर्दा झारपातको उचित व्यवस्थापन भएको हुनुपर्ने र जमिनको तयारी समेत उचित किसिमले भएको हुनुपर्ने छ ।
४) चैते धान बाली लगाईएको स्थानमा सिंचाईको सुविधा उपलब्ध भएको हुनुपर्नेछ ।

५) चैते धान बाली उत्पादन न्यूनतम आधा हेक्टर (१÷२) हेक्टर (१० रोपनी वा १५ कठ्ठा) हुनुपर्नेछ । तर चैते धान बाली लगाइएको ब्लक एकै कृषक वा एक भन्दा बढी कृषकको पनि हुन सक्नेछ । एकभन्दा बढी कृषक भएमा सबैको नाम र कित्ता नम्बर प्रस्ताव फारममा उल्लेख हुनुपर्नेछ ।

६) जिल्ला कृषि बिकास कार्यालयले उपलब्ध गराएको बिवरण (कृषकको नाम, ठेगाना, धान लगाइएको क्षेत्रफल, कित्ता नं.) को आधारमा सामूहिक चैते धान बाली बीमालेख जारी गरिनेछ ।

७) चैते धान बालीको बीमा गरिएको बीमालेख सम्बन्धित जिल्ला कृषि बिकास कार्यालयमा हुनेछ ।
तरकारी खेती बिमा

बीमकले चाहेको जुनसुकै समयमा तरकारी खेती परीक्षण गर्न आउने बीमक वा तोकिएको संस्थाका आधिकारिक प्रतिनिधिलाई तरकारी खेतीको धनीले निरीक्षण÷अनुगमन गर्न दिनु पर्नेछ । निरीक्षण÷अनुगमन गर्दा बीमालेखमा उल्लेख भए बमोजिम वा तोकिए बमोजिमको शर्त अनुसार उचित स्याहार सम्भार नगरेको अवस्थामा बीमकले बीमितलाई सात (७) दिनको सूचना दिई बीमालेख रद्द गर्न सक्नेछ । तर सोको प्रमाण राखी कम्पनिले १५ दिन भित्र बीमा समितिमा जानकारी गराउनुपर्ने छ ।
रोग तथा किराबाट भएको हानी नोक्सानी÷क्षतिको कारण एकिन गर्न कठिन भएको अवस्थामा बीमकले आवश्यकता अनुसार प्रयोगशाला परिक्षण गराउन सक्ने छ । तर प्रयोगशालाको प्रतिवेदन प्राप्त पश्चात तुरुन्त कारबाही अगाडि बढाउनु पर्ने,
बीमाशुल्क बीमाङ्क रकमको पाँच (५) प्रतिशत प्रति खेती (बाली) का दरले लाग्नेछ ।

तरकारी खेतीको बीमा प्रस्ताव फारम नमुना
………….. इन्स्योरेन्स कम्पनी लिमिटेड
काठमाडौ, नेपाल
तरकारी खेती बीमा प्रस्ताव फाराम
१) तरकारी खेती धनीकोे नाम ः………………………………………

२) पुरा ठेगाना ः
अञ्चल………………….जिल्ला…………….न.पा.÷गा.वि.स. …………..वडा नं. ……………
टोल ः………………………………………फोन नं ः ………………………………..
३) पेसा ः ………………………………………………….
४) बीमा अवधि ः…………………………………………
५) कृपया बीमाका लागि प्रस्तावित तरकारी खेतीको तल उल्लिखित विवरण तालिकामा भर्नुहोस् ः
तरकारी खेतीको किसिम ः
क्र.सं.
जात क्षेत्रफल वर्तमान लागत मूल्य
(कृषि मन्त्रालय मार्फत उपलब्ध तथ्याङ्क बमोजिम) बीमा अवधि बीमाङ्क रकम
देखि सम्म

६) तरकारी खेती लगाईएको स्थानको पूर्ण विवरण÷ठेगाना ः
अञ्चल……………………..जिल्ला……………………..न.पा.÷गा.वि.स. ……………………
वडा नं. …………..टोल ः…………………………..कित्ता नं. ………………….

७) तरकारी खेती तपाइको एकल स्वामित्व वा साझेदारीमा हो ? साझेदारीमा भए साझेदारकोे विवरण भर्नुहोस् ः
नाम ः …………………………………………,
ठेगाना ः
अञ्चल…………………….जिल्ला…………………….न.पा.÷गा.वि.स. …………………….
वडा नं. ………… टोल ः…………………………फोन नं ः ………………………….

८) उक्त बालीमा किरा वा रोग लागेको छ ? यदि छ भने रोगहरुको स्पष्ट विवरण दिनुहोस् …………………………………………
९) कृषिजन्य सुविधाहरु प्राप्त गर्नु भएको छ ? यदि छ भने त्यो कहाँबाट प्राप्त गर्नुभयो ?
क) सरकारी कृषि सेवा केन्द्र ……………………………………….
ख) निजी कृषि सेवा केन्द्र ……………………………………….
ग) कृषिकेन्द्रबाट तरकारी बाली लगाइएको स्थानको अन्दाजी दूरी …………………………….
घ) सरकारी वा निजी कृषि प्राविधिकद्वारा बीमित बालीहरूलाई गरिने चेकजाँचको विवरण ः
……………………………………………………………………………………………….

१०) विगत १ वर्षमा तपाईको कुनै तरकारी खेतीको हानी–नोक्सानी भएको छ ? छ भने निम्न विवरण भर्नुहोस् ः
वर्ष नोक्सानीको कारण नोक्सान भएको परिमाण
११) यस पूर्व कुनै बीमा कम्पनीमा तरकारी खेतीको बीमा भएको भए सो बीमा कम्पनीको नाम उल्लेख गर्नुहोस् । बीमा भएको भए कति बीमाङ्क बराबरको बीमा भएको हो ? उल्लेख गर्नुहोस्
बीमकको नाम बीमाङ्क रकम प्राप्त दाबी भुक्तानी रकम

१२) कुनै बैङ्क वा वित्त कम्पनी वा सहकारीले उक्त तरकारी खेतीमा लगानी गरेको छ ? छ भने, उक्त बैङ्क वा वित्त कम्पनी वा सहकारीको निम्न विवरण उल्लेख गर्नुहोस् ः
नाम ः……………………………………….
अञ्चल…………………….जिल्ला…………………….न.पा.÷गा.वि.स. ………………… वडा नं. ……………….. टोल ः………………………फोन नं ः ………………………..

लिएको ऋणको रकम ः रु. …………………………(अक्षरमा)……………………………..

म÷हामीले माथि उल्लिखित बाली(हरू)को बीमा …………………. कम्पनी लिमिटेडसंँग कम्पनीको सर्त बन्देज बमोजिम गर्न प्रस्ताव गर्दछौँ । म÷हामी माथि उल्लिखित प्रश्नहरुको उत्तर सत्य भएको, बाली(हरु) लाई यथार्थ ढङ्गले वर्णन गरिएको व्यहोरा प्रत्याभूत गर्दछौँ । मैले÷हामीले बीमासंँग सम्बन्धित कुनै पनि सूचना, विवरण वा तथ्य नलुकाएको र यही प्रस्ताव नै कम्पनी र म÷हामी बीच हुने सम्झौताको आधार हुने कुरा घोषणा गर्दछौं ।
प्रस्तावकको
सही ः
नाम ः
मिति ः
…………….इन्स्योरेन्स कम्पनी लिमिटेड
काठमान्डौ, नेपाल
कृषि प्राविधिकको प्रमाणपत्र

(प्रस्तावक सँगै संलग्न हुनु पर्ने)
१) तरकारी खेती धनीको नाम ः…………………………………………
२) ठेगाना ः
अञ्चल…………………….जिल्ला…………………….न.पा.÷गा.वि.स. ………………… वडा नं. ……………….. टोल ः………………………फोन नं ः ……………………….
३) पेसा ः……………………………………………………..
४) बीमाको लागि प्रस्तावित प्रत्येक तरकारी खेतीहरूको विवरण ः
क्र. सं. जात क्षेत्रफल लागत मूल्य८
१)
२)
३)
५) तरकारी खेती असल अवस्थामा छ ?
……………………………………………………………………………………..
६) तरकारी खेती कहिल्यै कुनै रोग वा किराबाट प्रभावित थियो ? यदि थियो भने विवरण दिनुहोस् ः ………………………………………………
७) तरकारी खेती राम्रोसँंग स्याहार गरिएको जस्तो देखिन्छ ?
……………………………………………………………………………………….
८) तरकारी खेतीको नजिकमा कुनै सरुवा वा सङ्क्रामक रोग फैलिएको थियो ?
……………………………………………………………………………………….
९) उक्त तरकारी खेतीको जोखिमलाई स्वीकार्न नमिल्ने अरु कुनै जानकारी छ ? यदि छ भने त्यसको विवरण दिनुहोस् ।
…………………………………………………………….
१०) तपाईं उक्त तरकारी खेतीको जोखिम स्वीकार गर्न कम्पनीलाई सुझाव दिन चाहनुहुन्छ ?
……………………………………………………………………………………………………

अनुसूचिमा उल्लिखित तरकारी खेतीहरुको मैले ध्यानपूर्वक परीक्षण गरेँ । प्रस्तुत विवरण, मूल्य र उत्तरहरु मेरो जानकारीमा आएसम्म सही छन् भन्ने कुरा प्रमाणित गर्दछु ।

प्राविधिकको
नाम ः
सही ः
ठेगान ः
फोन÷मोबाईल नं.ः
मिति ः

८ नेपाल सरकारद्वारा उपलब्ध गराइएको तथ्याङ्कको आधारमा

पशूपन्क्षी बिमा प्रक्रिया

पशुधन बिमा भन्नाले बीमालेखको पशुधन विवरण तालिकामा नाम र विवरण उल्लेख भएको दुध, मासु, ब्रिडिङ, पशुश्रम,ऊन आदिको लागि पालिने पशु संझनुपर्दछ ।

क्षतिपुर्ति प्राप्त हुने अवस्था
बिमा गरेको पशुधनको मृत्यु भएमा बीमाङ्क रकमको ९० प्रतिशत
पूर्ण स्थायी रुपमा अशक्त भएमा बीमाङ्क रकमको ५० प्रतिशत
पूर्ण स्थायी रुपमा थुनेलो भएमा बीमाङ्क रकमको ३० प्रतिशत दिने व्यवस्था छ ।

बीमायोग्य उमेर ः
क) स्थानीय तथा उन्नत जातको गाई २ बर्ष (अथवा पहिलो वेत भएको) देखि १० वर्षसम्म
ख) भैसी ३ बर्ष (अथवा पहिलो वेत भएको) देखि १२ वर्षसम्म
ग) स्थानीय तथा उन्नत नश्लको बाच्छी–कोरेली वा पाडीको ६ महिनादेखि २ वर्षसम्म
घ) प्रजननको लागि उन्नत नश्लको साँढे वा राँगाको ३ वर्षदेखि ७ वर्षसम्म
ङ) ढुवानी वा जोत्नको लागि गोरु वा राँगा ३ वर्षदेखि १२ वर्षसम्म
च) भेडा, बाख्रा र बंगुर ३ महिनादेखि विक्रीका लागि तयार हुने अवधिसम्म ।
दाबी रहित छुट (ल्य अबिष्m मष्कअयगलत० को निम्नानुसार व्यवस्था गर्ने ः
बीमा नवीकरण भएको प्रथम बर्ष –कुल बीमाशुल्कको ५%
बीमा नवीकरण भएको दोश्रो बर्ष–कुल बीमाशुल्कको ७%
बीमा नवीकरण भएको तेश्रो बर्ष देखि–कुल बीमाशुल्क को १० %
(गत बर्षको बीमालेखलाई आगामी वर्ष निरन्तरता दिएको हुनुपर्ने । बस्तुभाउको संख्या कम भएको कारण
बाट छुट प्राप्त गर्न कुनै असर नपर्ने )

बीमित पशुधनलाई लगाउने सङ्केत पट्टा र सो पट्टा लगाउँदा लाग्ने खर्च रु.२००÷– भन्दा बढी हुने छैन ।
सदस्य संस्था मार्फत बीमा भएमा कुल बीमाशुल्कमा पन्ध्र (१५) प्रतिशत छुट दिइनेछ ।

बीमा गरिएको वस्तुभाउलाई बीमा नगरिएको वस्तु भाउ भन्दा अनिवार्य रुपमा छुट्टा छुट्टै राख्ने ब्यवस्था गर्नुपन

बीमा रकम दावी गर्दा बीमित पशुधनको मृत्यु भएको प्रमाण १५ दिन भित्र जानकारी गराउनुपर्दछ ।

पशुधन बिमाको क्षतिपूर्ति नदिने अवस्था

बीमित पशुधनको शरीरमा लगाई राखिएको सङ्केत पट्टा मृत पशुधनको शरीरमा नभेटिएमा ।
बीमित पशुधनमा राखिएको सङ्केत पट्टा कुनै कारण विशेषले हराएमा सोको जानकारी तत्काल बीमक वा तोकिएको संस्थालाई नगराएमा ।
चरन, स्वास्थ्य उपचार र प्रजनन प्रयोजनको लागि मात्र गोठदेखि पाँच
किलोमिटर भन्दा बढीको दूरीमा दुर्घटना भएमा । उच्च पहाडी तथा हिमाली भेगमा पालिने बस्तुभाउको हकमा सो लागू हुदैन ।
बीमकको सहमति बेगर पशुलाई जून प्रयोजनको लागि पालिएको हो सो बाहेक अन्य प्रयोजनमा गरेमा
पंक्षी बिमा कार्यक्रम

पन्छीधनी वा निजको एकाघरका परिवारका सदस्यको लापरवाहीले वा जानाजान वा मनोरञ्जनको उद्देश्यबाट वा रिसइवीपूर्ण व्यवहारको कारणबाट बीमित पन्छी मरेमा ।
बीमित पन्छीको सम्बन्धमा बीमकले चाहेको समयमा पन्छीधनीले जुनसुकै समयमा पन्छी पालन गरिएको परिसरमा परीक्षण÷अनुगमन गर्न आउने बीमकको कुनै पनि आधिकारिक प्रतिनिधिलाई परीक्षण गर्न दिनु पर्नेछ । निरीक्षण÷अनुगमन गर्दा बीमालेखमा उल्लेख भए बमोजिम वा तोकिए बमोजिमको शर्त अनुसार उचित स्याहार सम्भार नगरेको अवस्थामा बीमिकले बीमित लाई सात (७) दिनको सूचना दिई बीमालेख रद्द गर्न सक्नेछ । तर सोको प्रमाण राखी १५ दिन भित्र बीमा समितिमा जानकारी गराउनुपर्ने छ ।

यदि खरीद गरेर, बिक्री गरेर, मरेर, थप उत्पादन भएर पन्छीको सुरुमा तोकिएको सङ्ख्याको १०% भन्दा बढीको तलमाथि भएको रहेछ भने तत्कालै पन्छी धनीले बीमकलाई खबर गर्नु पर्नेछ ।

बीमित पन्छीे मरेमा सोको दुई (२) दिनभित्र लिखित जानकारी स्वयम् वा बैङ्क÷सदस्य संस्था मार्पmत बीमकलाई जानकारी दिनु पर्नेछ । त्यस्तो जानकारी प्राप्त भएको ४८ घण्टाभित्र बीमकले मृत पन्छीकोे निरिक्षण गर्न सक्ने हुनाले सो अवधिसम्म पन्छी धनीले मृतपन्छी सुरक्षित राख्नु पर्नेछ । बीमकले सो अवधिभित्र मृतपन्छीको सम्बन्धमा आवश्यक प्रक्रिया पुरा गरी सिधै वा बैङ्क वा सदस्य संस्था मार्पmत पन्छी धनीलाई जानकारी दिनेछ ।

यस बीमालेख अन्तर्गत बीमित पन्छी मरेको कारणबाट हुने अन्य वा थप खर्च वा हानी–नोक्सानीको दाबी गर्न पाइने छैन ।
यस बीमालेखको अनुसूचीमा बीमा अवधि समाप्त हुने भनी उल्लिखित भएको मितिमा स्थानीय समय अनुसार रातको बा¥ह (१२) बजे पछि यस बीमालेखको अवधि समाप्त हुनेछ ।

पन्छीको बीमा गर्दा बीमितले प्रस्ताव फारामसँग प्राविधिकको प्रमाणपत्र अनिवार्य रुपले संलग्न गर्नुपर्नेछ । तर नविकरणको हकमा सो प्रावधान लागू हुने छैन

व्यापक संक्रामक रोग (बर्डफ्लु) को कारणबाट बीमित पन्छीे मरेमा ।
बीमित पन्छी हराएमा वा चोरी भएमा ।
व्यवसायिक प्रयोजनका लागि पालिएका पन्छीको हकमा पन्छी गृहको पचास (५०) मिटर भन्दा बढी दूरीमा र घरपालुवाको हकमा एक (१) किलोमिटर भन्दा बढीको दूरीमा भएको दुर्घटनाजन्य कारणबाट मरेमा
व्यावसायिक रुपमा पालन गरिएका पन्छीको सम्बन्धमा कुल समूहको प्रथम घटनामा (७२ घण्टाको एक घटना हुने) ५% अधिक ७५ प्रतिशत । तर घर पालुवा पन्छीको हकमा एउटा (१) पन्छी मरेमा ।
क्षतिपूति प्राप्त नहुने अवस्था
कृषक वा फार्म मालिकको लापरवाहीको कारण वा कुनै रिसिवीको कारण बालीको क्षति वा पशुपंक्षीको मृत्यु भएमा तथा पंक्षीमा लाग्ने बर्डफ्लु जस्तो सक्रांमक रोगका कारणले बीमीत पंक्षीको मृत्यु भएमा वा सरकारी मान्यता प्राप्त कानुनी निकाएको आदेशमा बाली वा पशुपंक्ष िनष्ट गनुपर्ने भएमा भने क्षतिपूर्ति नपाउने व्यवस्था छ ।
युद्घ, अतिक्रमण, विदेशी सैन्य कारवाही (युद्ध घोषणा भएको होस् वा नहोस्), गृहयुद्ध, राजद्रोह, क्रान्ति, सत्ता विप्लव, सैनिक विद्रोहको कारणबाट बीमित बाली वा पशुधनको क्षति भएमा ।
आणविक विकिरण वा आणविक इन्धनको ज्वलन पछि शेष रहेको बेकम्मा पदार्थबाट निस्कने रेडियोधर्मिता (स्वतः जारी रहने अणुको विच्छेदनको ज्वलन समेत) को सक्रियताको संसर्गबाट प्रत्यक्ष वा
अप्रत्यक्ष रूपले हुने कुनै दुर्घटना,
आणविक हातहतियारबाट उठेको वा सोसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न रहेको कारणबाट भएको दुर्घटना ।

बाली, पशु वा पक्षिं धनीले प्रस्ताव फाराममा विवरण दिँदा झुट्टा विवरण दिएमा वा जोखिम मूल्याङकन गर्नका लागि आवश्यक पर्ने वास्तविकता लुकाई झुट्टा कुरा उल्लेख गरेमा बीमक दाबीप्रति उत्तरदायी हुने छैन ।
बीमा गरिएको बाली बंशाणुगत कारणबाट क्षति÷हानी–नोक्सानी भएमा
व्यवसायिक रुपमा पालन गरिएको बीमित पंक्षीको हकमा कुल समुहको ५ प्रतिशतसम्म पंक्षीको मृत्यु भएमा तथा पंक्षी गृहको ५० मिटर भन्दा परको दुरीमा मृत्यु भएमा ।
बाली वा पशुपंक्षी धनिले दिएको मुल विवरण झुट्टा भएको पाइएमा ।
त्यसैगरी बीमित बाली तथा पशुपंक्षीको चोरी भएमा, निर्धारित अवधि भित्र दाबी प्रक्रिया शुरु नगरेमा, संकेत पट्टा हराएमा, चरन, स्वास्थ उपचार प्रजनन् प्रयोजनका लागि गोठ वा फार्म देखि ५ किलोमिटर भन्दा टाढा गई दुर्घटना भएमा ।