ब्रेकिन्ग न्युज

सुरु भयो काभ्रेका किसानहरुलाई मकैको विउ वितरण

६ चैत, काभ्रेपलाञ्चोक । जिल्ला कृषि विकास कार्यालयले काभ्रेका किसानलाई मकै विउ वितरण गर्न सुरु गरेको छ । । जिल्लाभरीका लागि २० टन मकैको विउ उपलब्ध गराउने कार्यालयका बाली विकास अधिकृत थर्क जिसीले बताए ।यस वर्ष मकै रोप्ने मौसम सुरु भइसकेको छ

उनका अनुसार जिल्लाका पाँचखाल, डाँडापारि, मङ्गलटार, दोलालघाट र भकुन्डेमा मकैको बीउ वितरण गर्ने काम सुरु भइसकेको छ । कार्यालयले उचाई अनुसारको मकैको विउ उपलब्ध गराउदै आएको छ। कार्यालयमा हाल देउती, अरुण, गणेश, रामपुर कम्पोजिट र गणेश जातका मकैका बीउ उपलब्ध छन् ।

भूमिडाँडाको इन्द्रावती कृषि सहकारी, बेलाको आत्मनिर्भर कृषि सहकारी, काशिखण्डको जोरसल्ला कृषि सहकारी लगायतबाट मकैको बीउ सङ्कलन गरेको हो ।कृषि कार्यालयले आगामी जेठको पहिलो हप्तासम्म मकैको बीउ वितरण गर्ने छ । अनलाईन खवर