ब्रेकिन्ग न्युज

माछा पालन तर्फ आकर्षित मोरङका किसानहरु

३ चैत, पथरी मोरङ। वैदेशिक रोजगारीबाट फर्किनुभएका मोरङको हसन्दह–२ का चारजना युवा मिलेर माछापालन गरेर खाद्य बाली ९धान०को तुलनामा तेब्बरभन्दा बढी आम्दानी लिन थालेका छन् ।

विसं २०७० मा वैदेशिक रोजगारीबाट फर्किनुभएका चारजना युवाले १५ वर्षका लागि जग्गा ९धान लगाउँदै गरेको खेत० भाडामा लिएर माछापालन व्यवसाय सुरु गरिएको हो । ती चारमध्ये एकजना चेतन दाहालले भने, “२०७१ सालमा खर्च कटाएर २५ लाख आम्दानी भयो । गत वर्ष ६० लाख ।” २०७३ सालमा रु ७५ लाख आम्दानीको लक्ष्य रहेको उनको भनाइ छ ।

सो १५ बिघा जमिनमा धान लगाएको प्रत्येक साल १२ लाख आम्दानी हुँदै आएको थियो । खाद्यबालीको तुलनामा तेब्बरभन्दा बढी आम्दानी हुन थालेपछि त्यहाँका किसान माछापालनतर्फ आकर्षित भएका हुन् । उनीहरुको न्यू सगरमाथा नेचुरल फार्मले ४० लाखकोलगानीमा १५ बिघा जग्गामा माछापालन सुरु गरेको छ ।

त्यसमध्ये साढे १० बिघा क्षेत्रफलमा जलाशययुक्त १३ वटा पोखरी रहेका छन् । उनीहरुले सञ्चालन गरेको माछा फार्ममा हाल स्थानीय चारजनाले रोजगारी पाएका छन् । बजारमा माछाको माग उच्च भएर धान्न गाह्रो भएको दाहालको भनाइ छ ।

मोरङको पथरी शनिश्चरे नगरपालिका, उर्लाबारी नगरपालीका र दुर्गापुरी र बाहिरबाट आउने व्यापारीलाई माछा दिन नसकेको उहाँको भनाइ छ । हाल पोखरीमा रहु, नैनी, ग्रासकार्प, कमनकार्प, विगहेड, सिल्भर, भाकर र हिलापिया गरी आठ जातका माछा रहेका छन् ।

फार्मका निर्देशक मनोजकुमार गौतमले भने, “कृषिमा यान्त्रीकरण सरकारको नारा मात्र बनेको छ । भारतमा माछालाई शत्रुबाट जोगाउन ‘फाँसीजाल’ को प्रयोग हुन्छ, नेपालमा त्यो सामान्य कृषियन्त्र हाम्रो पहुँचमा छैन ।”

यहाँ रहु र नैनी जातका माछाको माग उच्च रहेको छ । माछाबाट राम्रो आम्दानी लिएको र बजारमा उच्च माग भएको देखेपछि अहिले हसन्दह–२ मौलीबारीका किसान दुई बाली धान हुने खेत मास्दै पोखरी खन्न थालेका छन् । नेत्र बस्नेत, धनबहादुर भट्टराई, सुवास निरौला, जगत भट्टराई र दीपक खड्काले पोखरी खनिसकेका छन् ।

अनलाईन खवर