ब्रेकिन्ग न्युज

दूधको भाउ वढाउने होइन उत्पादन वढाउने ः डिडिसी

किसानले पाउने तथा उपभोक्ताले प्याकेटमा तिर्ने दूधको मूल्य नबढेको दुई वर्ष भएको भन्दै भाउ बढाउने तयारी सुरु गरिएको छ।

लामो समयदेखि दूधको मूल्य नबढाइएको भन्दै सरकारी पक्ष, किसान तथा व्यवसायीहरुबीच विद्यमान दरलाई बढाउनेगरी अध्ययन गर्न एक टोली गठन गरिएको छ।

राष्ट्रिय दूग्द्य विकास बोर्डका कार्यकारी निर्देशक कैलाश प्रसाद ढुुङ्गेलका अनुसार किसान तथा डेरी उद्योगीहरुले दुई वर्षदेखि मूल्य नबढेको भन्दै पटक­पटक बढाउन लगातार दबाब दिइरहेका छन्।

उनले भने, ‘सामुहिक तथा व्यवस्थित गाईभैँसी पालन नहुँदा दूद्यको उत्पादन लागत बढेकाले हालको मूल्यले किसान मारमा परेका छन्, अर्कोतर्फ निजी डेरी उद्योगीहरुले ब्याजदर, लोडसेडिङ लगायतका समस्यासँग वर्तमान दरभाउमा चल्न गाह्रो भएको गुनासो गरेका छन्।’ ति सबैको सुझावअनुसार मूल्य लागत अध्ययन गर्न एक टोली गठन गरिएको उनले बताए।

उनको भनाईमा पशुपंक्षी मन्त्रालय, पशु सेवा विभाग, दुग्द्य विकास बोर्ड र संस्थान, निजी डेरी संघ तथा किसान प्रतिनिधिहरु सम्मिलित उक्त टोलीले दूद्यको उत्पादन लागतको अध्ययन गर्ने, हालको गाईभैँसी पालन तरिकामा सुधार गरी घाँस, दानामा आधारित पशुपालनलाई व्यवस्थित गरी कसरी कम लागतमा बढी उत्पादन गर्न सकिन्छ भन्नबारे पनि अध्ययन गर्ने छ।

दुध पाउनै गाह्रोः डेरी सञ्चालक
देशको सरकारी स्वामित्वमा रहेको दुग्द्य विकास संस्थान ९डिडिसी० तथा नेपाल डेरी एसोसिएसनले दूद्यको उपलब्धता निरन्तररुपमा घट्दै गएको जनाएका छन्। डिडिसीका उपमहानिर्देशक इश्वरी प्रसाद अधिकारीका अनुसार किसानपशुपालनबाट पलायन हुँदै गएपछि दूद्य पाउन निकै कठिन हुँदै गएको छ।

उनले भने, ‘पहिलेको जस्तो पछिल्लो समय दूध पाउन निकै कठिन हुँदै गएको महसुस गरेका छौँ, तर यो नेपालको मात्र समस्या भने हैन, संसारभरी नै कच्चा दूधको उपलब्धता घट्दै गएको छ।’
त्यस्तै, नेपाल डेरी एसोसियसनका अध्यक्ष सुमित केडियाले पनि कच्चा दूध पाउन निकै कठीन हुँदै गएको जिकिर गरे।

उनले दूधको उपलब्धता घट्दै गएको भन्दै आउँदो समयमा मख्खन, घिउ, प्रसोधित दूद्य लगायतका अन्य डेरी उत्पादन माग अनुरुपको दिन नसकिने दावी गरे।

उनले भने, ‘कच्चा दूध पाउन निकै गाह्रो थियो, त्यसमाथि भुकम्पमा ठूलो संख्यामा गाईभैँसी मरे, त्यसले पनि उत्पादनमा कमी ल्यायो जसका कारण बजारमा माग बढे पनि उत्पादन भने घट्दै गएको छ।’

केडियाले माग अनुसार स्वदेशमै उत्पादन नहुनाले विदेशबाट दूध पाउडर ल्याएर सञ्चालन गरिरहेको अवस्थामा अन्तराष्ट्रिय स्तरमै पाउडरको मूल्यमा भारी वृद्धि भएको बताए। ‘यसले गर्दा पनि डेरी उद्योग मर्कामा परिरहेका छौँ’ उनले भने। केडियाले अप्रत्येक्ष रुपमा दूधको मूल्य बढाउन जोड गरिरहेको संकेत गरे।

भाउ हैन, उत्पादन बढाउः डिडिसी
डिडिसीले मूल्य बढाउँदैमा दूधको समस्या समाधान नहुने भन्दै उत्पादन बढाउनु पर्नेमा जोड दिएको छ।

‘दुई वर्ष अघि नै दूधको मूल्यमा भारी वृद्धि भइसक्यो, फेरी पनि बढाउने हो भने आम उपभोक्ता मारमा पर्ने निश्चित छ तर त्यसले दूधको अभाव त समाधान हुन सक्दैन नि’ डिडिसीका उपमहानिर्देशक इश्वरी प्रसाद अधिकारीले भने ‘डिडिसी मूल्य बढाउने पक्षमा छैन, तर बोर्डले लागत तथा मूल्य अध्ययन गर्न भन्दै प्रतिनिधी पठाउन भनेपछि एक जना पठाएका छौँ, जसमा हामी सक्रिय रुपमा सहभागी छैनौँ।’

समस्या समाधान गर्न दुग्द्य विकास बोर्ड मूल्यमा नभई उत्पादन बढाउनमा केन्द्रित हुनुपर्नेमा जोड दिए। हाल बजारमा डिडिसी, सिताराम, शुभप्रभात लगायत विभिन्न ब्राण्डका प्याकेट दूध पाइन्छ।

प्याकेट दूधको मूल्य आधा लिटरको ३२ रुपैयाँ पर्दछ भने डिडिसी हरियो दूधको मूल्य ४० रुपैयाँ पर्दछ। किसानले भने ४५ र ४६ रुपैयाँ प्रतिलिटरमा बेच्ने गर्दछन्।
सेतो पाटी