ब्रेकिन्ग न्युज

व्यवसायिक मत्स्यपालन : सघन प्रविधि

 

आयआर्जनको प्रमुख ध्येय सहित गरिएको माछा उत्पादनको कार्यलाई व्यावसायिक मत्स्यपालन भनिन्छ,। कुनै पनि व्यवसायको प्रमुख लक्ष्य लगानीको अधिकतम प्रतिफल प्राप्त गर्नु हुन्छ । अधिकतम प्रतिफल प्राप्त गर्नको लागि त्यस व्यवसायसँग सम्बद्ध सबै पक्षको उचित समन्वय तथा कूशल व्यवस्थापनको आवश्यकता पर्दछ । व्यवसायिक मत्स्य पालन गर्दा सघन मत्स्यपालनको प्रविधि अपनाउनुपर्ने हुन्छ । उत्पादन सामग्रीहरुको अधिकतम प्रयोग र सबल व्यवस्थापन द्धारा प्रति ईकाई जलाशय क्षेत्रफलबाट अधिकतम माछा उत्पादन लिने प्रविधिलाई सघन मत्स्यपालन प्रविधि भनिन्छ । हाम्रो देशमा सघन मत्स्यपालनको कार्यलाई यान्त्रीकरण गरी थप व्यवस्थापकिय सुधारद्धारा पोखरीको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने कार्यलाई विशेष सघन कत्स्यपालन भनिन्छ ।

दानाको प्रयोग
प्राकृतिक आहारा उत्पादनको एक निश्चित सिमा भएको हुदा स्टकिङ्ग घनत्व अनुसार माछाहरुलाई प्राकृतिक आहाराले मात्र पूग्दैन । उत्पादनमा बृद्धि ल्याउन दाना पनि उचित मात्रामा दिने गर्नु पर्दछ । माछाको लागि खुवाउने दाना सामान्यतया स्थानिय स्तरमा उपलब्ध हुने धानको ढुटो (राइसब्रान) ५० प्रंतिशत र तोरीको पिना ५) प्रतिशत मिलाएर बनाउन सकिन्छ । सुरुको अवस्थामा माछाकाृ शारिरीक तौmको ५ देखी १० ्िरतिशतको दरले दाना दिनु पर्दछ भने माछा वृद्धि हुँदै जाँदा, शारिरीक तौलको १ देखी ३ प्रतिशतको दरले दाना दिनु पर्दछ । दाना दिँदा राम्रो सँग म’छेर डल्ला पारी प्रत्येक दिन एउटै समय र स्थानमा दिने गर्नु पर्दछ । दानालाई पेलेट बनाई दिन सकेको खण्डमा दाना कम नोक्सान हुने तथा उत्पादन बढी लिन सकिने हुन्छ ।
ग्रास कार्पको लागि आवश्यकता अनुसार दैनिक घाँस पनि दिने गर्नु पर्दछ । ग्रास कार्प ५० ग्राम भन्दा माथि पुग्दा शरीरको तौलको २० देखी ३० प्रतिशत सम्म घाँस खाने गर्दछ । दाना सामान्यतया विहानीपख तथा घाँस साँझमा दिँदा राम्रो हुन्छ ।

पानीको गूणस्तर व्यवस्थापन

हरियो पानीले उत्पादन भइरहेको जनाँउदछ तथा पानी उचित मात्रामा हरियो भएमा पानीको गुणस्तर उपयुक्त रहेको दृखाउछ । उचित मात्रामा पानी हरियो रहेको वा नरहेको भन्ने जानकारी सेची डिस्कबाट वा हात डुबाएर ज्ञात हुन्छ । गर्मीयाममा तथा बादल लागेको दिनहरुमा सुर्योदय भन्दा पहिले पानीको गूणस्तरमा ह्रास लाई माछा मार्न सक्ने भएको हुँदा घाम लाग्नु भन्दा १ घण्टा पहिले पोखरीको भ्रमण गरी माछाको भ्रमण गरी माछाको व्यवहारको अध्ययन गर्नु गर्दछ ।
माछाहरु समूहमा सतहमा आई सास फेर्न खोजेमा तथा थपडी बजाउँदा वा पानीमा ढुँगा फाल्दा विस्तारै प्रतिक्रिया देखाएमा पानीमा अक्सिजनको कमी भई गुणस्तरमा हा्रस आएको सम्झन’ पर्दछ तथा तत्काल पानी थप्ने व्यवस्था मिलाउनु पर्दछ र्। रेटरको प्रयोगले अक्सीजनको कमी ह’न नदिई पोखरीको ‘उत्पादन क्षमता बढाउँछ । एरेटरको निउमित रुपमा दिँउसो तथा राती २ ः ०० बजे करिब १ देखि २ घण्टाको लागि चलाउनु उपयुक्त हुन्छ ।
पानीको गहिराई कम भएमा (१ मि.भन्दा कम ) पानी तातेर माछा मर्ने तथा बढी भएमा ( ३ मि. भन्दा बढी) पिंध अनुत्पादक तथा अक्सिजन विहिन हुने हुँदा पानीको उचित गहिराई कायम राख्न पर्दछ । पानीको तापक्रम १८ देखी ३२ डि. से भएमा कार्प काछाहरु बढ.्दछन् तर पालनका लागि बढी उपयुक्त तापक्रम भने २६ देखी ३२ डि.से. हो । तसर्थ पानीको तापक्रम उपयुक्त स्तरमा रहे सम्म मात्र माछा पाल्नु पर्दछ ।

 

बजार व्यवस्थापन तथा आर्थिक विश्लेषण
यस पद्धतीबाट पालिएको माछा ५०० ग्रामको साइज देखि झिक्दै जानु पर्दछ तथा झिकेको माछाको भूरा राख्दै जनु पर्दछ र १० महिनाको अवधि पुरा भए पछि सबै माछा बिक्रि वितरण गर्नुपर्दछ । यसरी नियमित आम्दानी भई राख्दछ भने जोखिम समेत घट्दै जान्छ । माछा छिट्टै कुहिने जात भएकोले आवश्यक मात्रामा मात्र माछा झिकी सुरक्षित तरिकाले बजारसम्म पु¥याउनु पर्दछ ।
यस कार्यमा समावेश भएका सम्पूर्ण क्रियाकलापहरुको विवरण ठीक तवरले राख्नु पर्दछ । जस्तै पोखरी सुकाएदेखि बिक्री वितरण सम्म्को रेकर्ड नाफा नोक्सानको यथार्थता झल्कने गरी राख्न’ पर्दछ । यस प्रविधिको अनुसरणबाट वार्षिक २०० देखी ३०० किलो माछा प्रति कठ्ठा उत्पादन गर्न सकिन्छ भने लगानीमा ७० देखी ८० प्रतिशत वार्षिक नाफा प्राप्त गर्न सकिन्छ ।

माछापालनको लागी

भू बनोट ः
राम्रो पानिको स्रोत , आफ्नो र दिगो
माटोको वनोट ः तापक्रम सहित जाटर क्वालिटी
यातायात, सिड, फिडका लागि
विद्युत पूर्वाधारको व्वस्था
सुरक्षित पुर्वाधारको व्यवस्था
सुरक्षित, सर्प, गंगटा, नलाग्ने
वजारको व्यवस्थापन हुनुप¥यो
संभाव्यता अध्ययन गर्नु प¥यो
आर्थिक रुपमा तयार हुनुप¥यो
रेखाङकन गर्नुप¥यो, निर्माण गर्नु प¥यो
fish farm चुन र गोबरको प्रयोग प्रति रोपनि २० – २५ के.जी घर पोल्ने चुन र डेढ क्विन्टल कम्पोष्ट