ब्रेकिन्ग न्युज

माछामा आत्मनिर्भर बन्न, पंगासियस माछापालन

 

सुरेश कुमार वाग्ले/ कमला भट्टराई न्यौपाने
बरिष्ठ बैज्ञानिक
मत्स्य अनुसन्धान केन्द्र, गोदाबरी

पंगासियस माछापालन नगद प्रणालीको सबैभन्दा ठुलो मत्स्य व्यवसाय हो । पंगासियस माछाको मुख्य उद्गम स्थान भियतनाम हो । यो माछा भियतनामको मेकोँगा डेल्टा भन्ने स्थानमा पराम्परागत रुपमा पालिदै आएको माछा हो । यसको प्रजनन योग्य भुरा हुर्कनको लागि हजारौँ पटक उधौली र उभौली गर्दछ र विश्वको माछा बजारमा यो माछाको माग धेरै छ भने यो माछाको उत्पादकत्व पनि धेरै हुन्छ । यो सर्वभक्षि माछा हो । यो सानो माछा, लेउ, ठुला वनस्पति, प्राणी जन्य शुक्ष्म जीवाणु,जलीय किराहरु खाएर हुर्कन्छ ।
सन् १९९४ मा कम्बोडियाले मेकोंग नदि प्रणालीमा पंगासियस माछा समात्न प्रतिबन्ध लगाएपछि भुरा आपूर्तिको लागि नियन्त्रित अवस्थामा कृत्रिम प्रजनन् प्रविधिको विकास शुरु भयो । सन् १९९६ बाट कृत्रिम प्रजनन प्रविधिको विकास भए सँगै कृत्रिम पोखगरीहरुमा पंगासियस माछाको व्यवसायिक उत्पादन शुरु भयो
पंगासियस माछा शारिरिक बनावटको हिसाबले लाम्चो र चौडा शरिर भएको कत्ला नभएको र तुलनात्मक रुपमा टाउको सानो, तीखा दाँत,साना आँखा भएको हुन्छ । यो माछाको दुई जोर जुँगा,माथि पट्टि छोटो ,तल पट्टी लामो भएको र पखेटा गाढा खैरो वा कालो रंगको हुन्छ । हुर्केका माछाको लेटरल लाईनको माथि र तल पट्टी फित्ता जस्तो कालो धर्साहरु हुन्छन् । वयस्क माछाको माथिल्लो भाग समान रुपले हल्का खैरो र चौडाई तर्फको दुवै भाग सेतो हुन्छ ।

पंगासियस माछाको जीवनचक्र र प्रजनन्
यो माछा पूर्ण परिपक्व हुदाँ १३० से.मि लामो र ४४ के.जी सम्मको हन्छ । पंगासियस माछाको प्रजनन् योग्य उमेर भालेको २ वर्ष पछि र पोथिको ३ वर्ष पछि हो । जतिबेला यिनीहरुको तौल ३ के.जी सम्मको हुन्छ ।
पालिएका पंगासियस माछालाई भने कृत्रिम रुपमा मार्च देखी प्रजनन गराउन सकिन्छ । भियतनाम र थाइल्यण्डको उदाहरण लिने हो भने वर्षमा १ देखी ३ पटक सम्म प्रजनन गराउन सकिन्छ ।
एउटा परिपक्व १० के.जी.को पोथीले १० लाख भन्दा बढी अण्डा दिनसक्ने अनुसन्धानले देखाएको छ ।
यो माछाको अण्डाबाट निस्केको २४–३० घण्टा पछाडि सानो भुराहरु खन्चुवा हुन थाल्छन् यस्तो अवस्थामा विशेष ध्यान पु¥याउनुपर्दछ ।
भुराको लागि पोखरीमा नै जिवीत भोजनको उत्पादन गर्न भुरा राख्नुभन्दा अगाडि प्रशस्त मात्रामा भेली, ढुटो युरिया जस्ता मोहिना उत्पादन हुने सामाग्री राख्नुपर्दछ । ह्याचलिङ भएको २४ घण्टा पछाडि पंगासियस माछा धेरै खन्चुवा हुने भएकाले यसको पहिलो आहारा मोईना (प्राकृतिक जलिय किरा ) हो ।
पंगासियस माछाको नर्सरी पोखरीको व्यवस्थापन
नर्सरी पोखरी सुकाउने र २ हप्ता सम्म सुख्खा पार्ने
५ सय केजी चुना प्रति हेक्टर छर्ने र पानी भरि कुखुराको मल प्रयोग गर्ने
बासको लठ्ठी पोखरीमा गाड्ने र कुखुराको मल बोरामा राखी झुण्डयाउने
यदि नर्सरी पोखरीको आकार ४८०० वर्ग मिटर छ भने १० लाख सम्म ह्याचलिङ सार्न सकिन्छ ।
नर्सरीको भुरालाई दाना विहान र बेलुका गरी २ पटक दिने
यस सँगै प्रत्येक दिन १० के.जी मोहिना , ५ केजी राईस बा्रन र १ केजी फिस मिल ८ दिन सम्म दिने
यस पछि ५ केजी राईस ब्रान, १ केजी फिस मिल र व्यावसायिक पेलेट दाना १० दिन सम्म दिने
१० केजी जीवित किरा (मेहिना) पोखरीमा भुरा सार्नु भन्दा पहिले राख्ने
३० वटा अण्डा, ५ केजी राईस ब्रान र १ केजी फिस मिल २ दिन सम्म दिने
कमर्सियल पेलेट दाना १० दिन सम्म दिने र १.५ ईन्च लामो साइज भएपछि भुरा विक्रिको लागि तयार गर्ने
२० दिन पछि नर्सरी पोखरीको १० प्रतिशत पानि एक्सेन्ज गर्ने
नेपालमा पंगास माछाको प्रजनन तथा भुरा उत्पादनको अवस्था
नेपालमा पंगासियस माछाको प्रजनन सर्वप्रथम मत्स्य अनुसन्धान केन्द्र, पोखरामा प्रयास गरिएको थियो, तर ह्याचलिङ नर्सिङमा सफल भएन । पछि क्षेत्रिय कृषि अनुसन्धान केन्द्र तरहराले बि.स २०७१ सालमा पहिलो पटक पंगासियस माछाको प्रजनन तथा तथा भुरा उत्पादनमा सफलता हासिँल ग¥यो । गत वर्ष मत्स्य विकास केन्द्र भण्डाराले २ लाख पंगासियस जातको माछाभुरा उत्पादन गरि किसानलाई विक्री वितरण गरेको थियो । हाल सालै केहि निजी ह्याचरीहरुले पनि पंगासियस माछाको प्रजनन तथा भुरा उत्पादन शुरु गरेका छन् ।
किसानको माग अनुसार पंगासियस माछाको भुरा नेपालमा पाउन सकिएको छैन । यो माछा कम अक्सीजनमा पनि पानीमा बाच्न सक्ने र छोटो समयमा नै धेरै उत्पादन दिन सक्ने माछा भएकाले यसलाई माछाको ब्रोइलर पनि भनिन्छ । नेपालमा पनि विगत २ बर्ष यता किसानहरु माझ पंगासियस माछापालन लोकप्रिय हुदै आएको छ । नेपाली किसानले एक जातिय तथा बहुजातिय दुवैमा यो माछाको पालन गर्दैै आएका छन् ।
हाल नेपाली किसान माझ पंगासियस माछापालन लोकप्रिय बन्न थालेपनि माग अनुसार भुराको व्यवस्था नहुँदा करिब ९५ प्रतिशत पंगासियस माछाको भुरा भारतबाट आयात हुदै आएको छ । यो माछा पूर्ण रुपमा दानामा आधारित भई पालन गरिने माछा भए पनि यसको उत्पादकत्व हाल नेपालमा हुदै आएको कार्प प्रजातिको माछाको तुलनामा अत्याधिक भएकाले नेपाललाई माछामा आत्मनिर्भर बनाउन यस प्रकारको माछापालन आवश्यक भएको देखिन्छ । भारतबाट भुरा आयात गर्नुृपर्दा किसानहरु मंहगो भुराको मारमा पनि परेका छन् ।
गुणस्तरिय दानाको अभाव भएपनि हाल नेपाली किसानले कृत्रिम पोखरीबाट ४० देखि ६० मे.ट प्रति हेक्टर पंगासियस माछाको उत्पादन लिएको तथ्यांक छ । जब कि कार्प प्रजातिको माछाको उत्पदकत्व सरकारी रुपमा हेर्ने हो भने ५ मेट्रिकटन प्रति हेक्टर भनिन्छ तर किसानको अनुभवमा भने धेरै मेहनत गर्दा पनि मुस्किलले ३.५० मेट्रिकटन प्रतिहेक्टर भन्दा धेरै उत्पादन लिन नसकिने अवस्था छ । व्यवसायिक रुपमा ६ वर्ष देखी कार्प प्रजातीको माछापालन गर्दै आएका किसान बुद्धिराज चौधरीका अनुसार नेपालको सन्दर्भमा कार्प प्रजातिको माछामा साढे ३ मे.टन प्रति हेक्टर उत्पादन लिन सक्नु धेरै राम्रो हो । उनि भन्छन् , सरकारले कुन आधारमा तथ्यांक बनाउँछ अचम्म लाग्छ ।
पछिल्लो समय २०७३ असोज २४ गते थाइल्याण्डबाट १००० गोटा दुईवाटा लाईनको जर्मपाल्म नेपालमा ल्याइएको छ , भने यसको २ महिनामा ४० ग्रामको एभरेज वृद्धि भएको तथ्यांक हामि सँग छ । । मत्स्य अनुुसन्धान केन्द्र तरहराले अनुसन्धानको क्रममा १ मे.ट पंगासियस माछाको उत्पादन गरेको छ ।
बजार र प्रविधिमा सरकारले ध्यान नपु¥याउदा पंगासियस माछापालनमा समस्या
नेपालको सन्दर्भमा पंगासियस माछापालन माछाका लागि आत्मनिर्भर बन्ने बलियो आधार भएपनि यसको व्यावसायिक विस्तारका लागि धेरै समस्याहरु छन् । यो माछा पूर्ण रुपमा दानामा आधारित भईपालन गरिने माछा भएकाले यसका लागि हाईप्रोटिन युक्त दानाको आवश्यता छ , तर नेपाली मत्स्यपालन क्षेत्रमा गुणस्तरिय माछाको पेलेट दाना पाउन धेरै समस्या रहेको १२ वर्ष देखी माछापालन गदै आएको रुपन्देहीका पुण्य प्रसाद चौधरी बताउँछन् । उनका अनुसार हाल नेपाली बजामर मा २० देखी २२ प्रतिशत प्रोटिन भएको माछाको दाना मात्र पाइन्छ तर पंगासियस माछाका लागि २५ देखी ३५ प्रतिशत प्रोटिन भएको पेलेट दानको आवश्यकता पर्दछ ।
पंगासियस माछाको उत्पादकत्व अन्य माछाको तुलनामा धेरै हुने र सबै माछा एकैपटक तयार हुने भएकाले थोरै –थोरै गरी माछा खपत हुने नेपाली माछाबजारमा यो माछाको व्यवसायिक उत्पादन गर्दा केहि समस्या छ । पंगासियस माछाको अनुसन्धानात्मक उत्पादन गर्दा १ कठ्ठामा नै १७ कुन्टल उत्पादन लिएका रुपन्देहीका उद्यमी किसान पुण्य प्रसाद चौधरीका अनुसार हालको जस्तो नेपाली माछा बजारको अवस्थामा पंगासियस माछापालन गर्दा किसानलाई खतरा छ । कारण यो माछाको प्रकृति ब्रोइलर कुखुराको जस्तै एकैपटक बजारमा खपत गर्नुपर्ने किसीमको छ । तर होटल रेष्टुरेन्टहरुमा यो माछाको माग अत्याधिक भएकाले तथा अन्तराष्ट्रिय रुपमा पनि फिस फुडको रुपमा यो माछा प्रख्यात रहेकाले पंगासियस माछाको व्यवसायिक भविष्य भने राम्रो रहेको चौधरीको भनाइ छ । उनले रुपन्देहीको छपियामा ४ विगाह क्षेत्रफलमा व्यवसायिक रुपमा माछापालन गर्दै आएका छन् ।

पंगासियस माछापालनमा ह्याचलिङ भएको ३ देखी ७ दिन सम्ममा ९५ प्रतिशत ह्याचलिङको मृत्यु हुन्छ ,जसको समाधान गर्ने विधि नेपालमा विकास भएको छैन । यसले गर्दा नेपालमा पंगासियस जातको माछाभुरा उत्पादनमा समस्या छ । त्यसैगरी नेपालमा प्रजनन योग्य माउ माछाको तौल ४ के.जी भन्दा तल भएकाले अण्डा उत्पादनमा पनि समस्या थपिएको छ ।
अर्को सबै भन्दा ठुलो समस्या भनेको यो माछाको स्वभाव हो । यो माछा तयार भएपछि एकै पटक हार्भेष्ट गर्नुपर्ने हुन्छ, कारण एक पटक पोखरीमा जाल हानेर माछा निकालेपछि यो माछाले दाना खान धेरै कम गर्छ , जसले गर्दा माछाको तौल घट्न गई उत्पादनमा हस आउने संभावना हुन्छ ।

पंगासियस माछाको माउ व्यवस्थापन विधि

 


यो माछालाई ठुलो परिपक्व हुन २ देखी ४ वर्ष लाग्दछ । समान्यतया ५–८ किलो वजन भएको माछा प्रजननको लागी राम्रो मानिन्छ ।
यो माछाको भाले र पोथी दुवै एउटै पोखरीमा राखेर हुर्काउन सकिन्छ ।
यो माछाको राम्रो वृद्धि विकास हुन २८–३० प्रतिशत प्रोटिन भएको दाना ३–५ प्रतिशत शारिरिक तौलको आधारमा खुवाउनु पर्दछ ।
यदि २४ घण्टा पछि ह्याचलिङ गर्ने हो भने नर्सरी पोखरीमा माउ सार्नु भन्दा अगाडि पोखरीमा जिवीत किरा (मोहिना) उत्पादन गर्न,भेली,ब्रान,युरिया जस्ता समाग्रीहरु प्रशस्त मात्रामा राख्ने ।
यदि टैँकीमा ह्याचलिङ गर्ने हो भने र टैंकीको साईज ४० वर्ग मिटर छ भन,े सर्वप्रथम १० से.मी पानीको गहिराई व्यवस्थापन गर्ने
त्यसपछि टैंकीमा मोनोसोडियम ग्लुटामेट ८ लिटर,क्याल्सियम कार्बोनेट २ किलो, युरिया २ किलो हाल्ने
४८ घण्टा पछि ह्याचलिङ उत्पादन हुन्छ । त्यसपछि पानिको गहिराई २० से.मी बढाउने
२–३ किलो मोइना (मलिलो पानिमा उत्पादन हुने किरा) टैँकीमा राख्ने र फेरी ४० से.मी पानीको गहिराई बढाउने
२ दिन पछि १५–२० किलो मोईना उत्पादन हुन्छ ।
टैँकीमा लगातार एरियसन गर्ने जसले गर्दा ह्याचलिङ सतहमा बस्छ र मोइनाले खान सक्दैन ।
पंगासियस माछाको प्रजनन गर्दा जेठ देखी असोज महिना सम्ममा गर्नुपर्दछ । यो अत्याधिक अण्डा दिने माछा हो,यो माछाको एउटा पोथिलो १० लाख सम्म अण्डा दिन्छ ।
पंगासियस माछाको प्रजननको लागि माउ छनौट गर्दा ५–८ किलो वजन भएको माउ छनौट गर्नु राम्रो हुन्छ ।
उच्च प्रविधिको एरिएटर र दाना खुवाउने मेशिन
श्रेष्ठ एग्री इन्पुटस्
सतुङगल काठमाण्डौँ
नेपालमा नै पहिलो पटक कृषि यन्त्र उपकरणहरु बनाउने उद्योगको रुपमा रहेको श्रेष्ठ एग्री इन्पुटसले राम्रो प्रविधिको एरिएटर सँगै पोखरीमा समान रुपमा दाना फिजाउने मेशिन आफ्नै उद्योग चन्द्रागिरी मेशिनरी उद्योगमा तयार गरेको छ ।
व्यगसायिक रुपमा माछापालन व्यवसायमा लागेका किसानका लागि अति उपयोगि पानिमा एक्सीजनको सञ्चार गर्ने एरिएटर सँगै विद्युतबाट चल्लने दाना खुवाउने मेशिन कम्पनिले बजारमा ल्याएको हो । एरिएर चलाउँदा सँगै यस मेशिनमा थोरै –थोरै मात्रामा दाना राखी विद्युत सञ्चार गर्दा माछाको दाना समान रुपमा पोखरीको पानीमा तैरिने गरि जाने कम्पनिका बजार व्यवस्थापन प्रमुख गौरब श्रेष्ठले जानकारी दिए ।

कृत्रिम प्रजनन विधि
कृत्रिम प्रजनन गराउँदा ७ बजे बेलुका हर्मोन सुई लगाउने
०.५ मि.ली प्रति के.जी पोथि र ०.२५ प्रति के.जी भालेका दरले दुवै माउलाई सिङगल डोज हार्मोन दिन सकिन्छ ।
अण्डा निस्कन १२ घण्टा लाग्छ,, अण्डा निकाल्दा निचोरेर निकाल्ने
त्यसको २४ घण्टा पछाडि ह्याचलिङ निस्कन्छ ।
४.५ के.जी पोथीमाउ माछाबाट ५ सय ग्राम अण्डाको तौल निस्कन्छ ।
इन्कोभेस टैंक अलि धमिलो बनाउने जसले गर्दा ह्याचलिङले एकअर्कालाई नदेखुन र टोक्न बाटा बचुन
२४ घण्टा पछि ह्याचलिङ नर्सरी पोखरीमा सार्ने

पंगास माछाको लागि आहारा दिदा
नर्सरी पोखरी उत्पादन पोखरी
राइस ब्रान ५४ प्रतिशत राइस ब्रान ६४ प्रतिशत
फिस मिल ४५ प्रतिशत फिस मिल ३४ प्रतिशत
अन्य १ प्रतिशत अन्य १ प्रतिशत
दिनको २ देखी ६ पटन दिने दिनको २ पटक दिने

पंगासियस माछापालनको विशेषता
यो माछा चाँडै बढ्ने, आहारमा विविधता भएको र विषम परिस्थिति पनि सहन सक्ने माछा हो । यो माछा पोखरीमा पालन गर्दा ८–१० महिनामा १ देखी डेढ के.जी सम्मको हुन्छ ।
पूरक दानामा हुर्कने हुँदा पालन गर्न सजलो हुन्छ । पोखरीमा प्राकृतिक प्रजनन गर्न नसक्ने हुँदा मत्स्यपालनको लागी कम जोखिमपूर्ण हुन्छ ।
कार्प र टिलापिया सँग बहुजातिय मत्स्यपालन गर्दा यो माछा पनि पालन गर्न सकिनुका साथै अत्याधिक घनत्वमा पालन गर्न सकिने माछा हो ।
यो माछाले आहाराको लागि अन्य माछासँग प्रतिस्पर्धा कम गर्ने हुँदा वातावरण मैत्री हुन्छ ।
मासुको रंगमा विविधता हुन्छ । यो माछा क्रिम रंग देखी सुन्तला संग सम्मको हुन्छ ।
यो माछाबाट ४१ वटा प्रशोधित उत्पादन लिन सकिने हुनाले मुल्य अभिबृद्धि गर्न धेरै सजिलो छ ।

पंगासियस माछापालनका लागि पानिको गुणस्तर
पानीको न्यून गुणस्तर सहन सक्ने भएतापनि राम्रो उत्पादन लिनको लागि आवश्यक गुणस्तर निम्न छन्
पानिको गुणस्तर परिमाण
तापक्रम
२२.३० डि.से
पि एच ६.५–९.५
घुलित अक्सिजन
२.५–७.५ मि.ग्रा लि
धमिलो पन १०–१५ से.मि
कुल घुलित ठोस पदार्थ ५०.० मि.ग्रा लि
कुल क्षारियापन १५–२५.७ मि.ग्रा
कुल अमोनिया नाइट्रोजन ०.७–१.० मि.ग्रा लि
कुल कडापन १५.३–३५.५ मि.ग्रा
क्लोराइड ५५० मि.ग्रा
स्रो ः ग्लोबल अक्वाल्चर एलायन्स,२०००
पंगासियस माछाको दाना व्यवस्थापन
एक अध्ययन अनुसार हाल पंगासियस माछापालन गर्ने ६३ प्रतिशत किसानले व्यवसायिक रुपमा पेलेट दानाको प्रयोग गदै आएका छन् । ३७ प्रतिशत कृषकले घरेलु दाना प्रयोग गर्ने र यस मध्ये ३९ प्रतिशत किसानले उत्पादन स्थलमा नै दाना बनाउँछन् ।
राम्रो उत्पादन लिनका लागि सस्तो लागत प्रभावीत हुन्छ
तर पेलेट दानाको तुलनामा मास दानामा खेती चक्र ६–७ हप्ता ढिलो हुन्छ
दाना दिने दर २.५ – ५ प्रतिशत दिनुपर्दछ
दिनमा ३ पटक नामियुक्त दाना र पूर्ण पेलेट दाना खुवाउनु पर्दछ
खाने माछा उत्पादनको लागि दानामा कच्चा पदार्थ, माछाको धुलो, भटमास हडडीको धुलो ढुटो पंगासियस माछाका लागि दानामा प्रोटिनको मात्रा भुराका लागि ३० प्रतिशत र उत्पादनको लागि २५–२७ प्रतिशत चाहिन्छ ।
दाना खुवाउने दर
उमेर (दिन) तौल (ग्रा) दाना दिने दर दानाको प्रकार
१–१५ ३–१० ५ क्रम्बल
१६–३१ १०–३० ५
३२–६१ ३०–९० ४.५ १ मि.मि पेलेट
६२–९१ ९०–२५० ४ २ मि.मि
९२–१२० २५०–४५० ३.५ ३ मि.मि
१२१–१५० ४५०–७२५ ३.० ५ मि.मि
१५१–१८० ७२५–११०० २.५ ५ मि.मि

रोग व्याधीको समस्या हुने अवस्था
स्टक गरेको पहिलो हप्तामा ७ प्रतिशत मृत्युदर हुन्छ
मत्स्यपालनको शुरु देखी मध्य सम्म ३० प्रतिशत मृत्युदर हुन्छ
बेसिलारी,नेक्रोसिस,परजीवी र गील सेतो हुने रोग मुख्य समस्याको रुपमा रहेको छ ।
जुन र जुलाईमा (वर्षामा) रोगको मुख्य समस्यामा हुन्छ ।
एक टन पंगासियस उत्पादनमा ४०२३ घन मि. पानी उपयोग हुन्छ
एक टन पंगासियस उत्पादन गर्दा ४७.३ के.जी नाईट्रोजन निस्काशन हुन्छ (
अन्य बालीनालीको तुलनामा यो निस्काशन धेरै कम हो (एक टन धानमा ७०–७८ के.जी नाईट्रोजन निस्काशन हुने

पंगासियस माछापालनको असल अभ्यासहरुका लागि प्राथमिकता क्रम अनुसार
स्थल छनौट र उत्पादन पद्दतिको डिजाईन
भुराको गुणस्तर ,जैविक गुणस्तर र जैविक सुरक्षा
दाना व्यवस्थापनमा (पेलेटको प्रयोग) गर्नु राम्रो
स्वस्थ्य माछा उत्पादन प्रविधि अप्नाउने
निकास गरिने पानीको उपचार गर्ने
उत्पादनको स्रोतको पहिचान गर्ने
मुल्य श्रृङखलाको विकास र विस्तार गर्ने
माछापालनका लागि चाहिने सबै प्रकारका औषधिका लागि कान्तिपुर भेट

 

 

नेपालमा माछापालन क्षेत्र व्यवसायिकता तर्फ उन्मुख हुदै गएको अवस्थामा कान्तिपुर भेट डिष्ट्रिव्युटर्सले
आर आर अक्वा हेल्थकियर प्रा.ली हैदरावादले उत्पादन गरेको विभिन्न उत्पादनहरु बजारमा ल्याएको छ ।
जस मध्ये (अक्वाहुम) फलफूलको वाइ प्रोडक्ट बाट तयार गरिएको यस्तो उत्पादन हो, जसले पोखरीमा भएका जीव तथा वनस्पतिको बृद्धिमा मद्यत गर्दछ । यसको प्रयोग गरे पश्चात पोखरीमा गोबर, युरिया वा अन्य कुनै नाइट्रोजन युक्त मलको प्रयोग गर्नु नपर्ने कान्तिपुर भेट डिष्ट्रिव्युटर्सका पोष्ट्रि बजार व्यवस्थापक अमित कुमार झाले जानकारी दिए ।
अक्वाहुमको फाईदा
माटोको गुणस्तर राम्रो हुन्छ । यसले पानीमा रहेको फाइटो तथा फाइटो पाल्नकेटोन लाई बढाउन मद्यत गर्दछ
यसको प्रयोगले पानिमा रहेको विषादी तथा अन्य विकारहरुलाई हटाउने काम गर्छ ।
यसको प्रयोग गर्दा प्रति १२ कठ्ठा ३ सय ग्राम अक्वाहम २ सय लिटर पानीका दरले मिसाएर हरेक महिना पोखरीमा छर्न सकिन्छ ।
यसै कम्पनिले विशेष गरी कार्प जातिका माछाहरुको बृद्धि विकासका लागि लक्षित गरी फाइटो पाल्नकेटोन भएको अक्वाव्लुम पनि बजारमा ल्याएको छ । जसले माटोको गुणस्तर बढाउने,
पानीको पि.एच ठिक गर्ने र पोखरीको इको सिष्टमलाई सन्तुलनमा राख्ने काम गर्दछ । पानीमा फाइटोपाल्केटोनको बृद्धि गरी माछालाई प्रयाप्त मात्रामा प्राकृतिक खानेकुरा उपलब्ध गराउँछ । यसको प्रयोगले दानाको खपतमा कमी ल्याउँछ ।
५ सय एम.एल अक्वाब्लुम २ सय लिटर पानीमा हालि प्लाष्टिकको ड्रममा घोल्ने तथा सानो प्लाष्टिकको मगले १२ कठ्ठाको पोखरीमा चारैतिर छर्केने । यो औषधि माछाको संख्याको आधारमा महिना वा ३ महिनामा छर्कन सकिन्छ ।
माछाको लागि गुणस्तरिय पाकेको तैरिने दाना उत्पादनमा माछापुच्छे एग्रो प्रोडक्स्

 

पंगासियस माछा पूर्ण रुपमा दानामा आधारित भई पालिने माछा हो । यो माछापालनका लागि गुणस्तरिय दाना अति आवश्यक पर्दछ । नेपालको सन्दर्भमा माछापालन व्यवसाय केहि वर्षयता धेरै किसानको रोजाईमा परेको व्यावसाय भएपनि यो व्यवसायलाई चाहिने दानाको उत्पादनको अवस्था त्यति राम्रो नहुँदा समस्या भएको छ ।
यहि तथ्यलाई मध्य नजर गदै माछापुच्छे« एग्रो प्रोडक्ट प्रा.लीले विभिन्न किसीमका माछापालन ( कार्प, रहु, नैनी,भाकुर, माहुर,टिलापिया, पंगासियस र रेन्बो ट्राउट ) कालागि चाहिने दानाहरु उत्पादन गर्दै आएको छ । बाणगंगा ८ कपिलवस्तुमा रहेको यस कम्पनिले हाल विश्व बजारमा सबै भन्दा लोकप्रिय रहेको टुइन स्क्रु एक्स्टुडर प्रविधिको प्रयोग गरी पाकेको पानिमा तैरिने माछा विगत ६ महिना देखी बजारमा ल्याएको यस कम्पनिका प्रवन्ध निर्देशक सुशिल शर्माले जानकारी दिए ।
उनका अनुसार यो दानामा ३२ प्रतिशत भन्दा धेरै प्रोटिन रहेको प्रमाणित भएको छ । यसका लागि बायोटेक र भेटेनरी अध्ययन गरेका विज्ञहरुको प्रत्येक्ष निगरानीमा यस प्रकारको दाना तयार गरिएकाले गुणस्तरमा ढुक्क भई प्रयोग गर्न किसानलाई उनको सुझाव छ । हाल यस कम्पनिले नेपालको पूर्व देखी पश्चिम सम्म आफैले दानको वितरण गदै आएको छ । यो दाना माछाको तैरिने दाना भएकाले खेर नजाने र पोखरी प्रदुषित हुने संभावना पनि ज्यादै कम भएको पनि उनले जानकारी दिए ।
माछापालनका लागि चाहिने यन्त्र उपकरण देखी औषधि सम्म
दहाल ट्रेडिङ कन्र्सन
सम्पर्क ः
व्यावसायिक कृषिका लागि यन्त्र उपकरण सबै भन्दा आवश्यक चिज हो । माछापालन क्षेत्रको व्यावसायिक विस्तारका लागि पनि कृषि यन्त्रको निकै आवश्यक पर्दछ । यसै सन्दर्भमा काठमाडौको त्रिपुरेश्वरमा रहेको दहाल ट्रेडिङ कन्र्सनले माछापालनका लागि चाहिने विभिन्न किसीमका यन्त्र उपकरण (एरिएटर, माछा मार्ने जाल, ) लगायत माछापालनको व्यावसायिक उत्पादनका लागि चाहिने विभिन्न किसीमका भिटामिन तथा औषधिहरु आयात गरी विक्री वितरण गर्दै आएको छ । माछामा लाग्ने जुम्रा मार्ने औषधि पनि बजारमा ल्याएको कम्पनिका प्रवन्ध निर्देशक दुर्गा प्रसाद दहालले जानकारी दिए ।
उनका अनुसार कृषि क्षेत्रको जुनसुकै विषयमा व्यावसायिक उत्पादन लिनका लागि यन्त्र उपकरणको भुमिका धेरै महत्वपूर्ण हुने भएकाले यसको प्रयोग गर्न तर्फ किसान तथा व्यावसायिहरु चनाखो हुनुपर्दछ ।