ब्रेकिन्ग न्युज

हाइटेक ग्रिन हाउसमा खेती गर्ने किसानलाई ५० लाखको अनुदान दिने तयारी

काठमाडौँ
मङसिर ३

कृषि विकास मन्त्रालयले हाइटेक ग्रिन हाउसमा तरकारी खेती गर्न चाहने किसानलाई ५० लाख रुपैँया अनुदान दिने तयारी गरेको छ । जसका लागि मन्त्रालयले केहि समय भित्रमा नै प्रस्तावना आह्वान गर्ने तयारी थालेको मन्त्रालयका प्रवक्त योगेन्द्र कुमार कार्कीले जानकारी दिए ।
गत वर्ष तयार भएको हाइटेक ग्रिन हाउस प्रविधि कार्याविधि २०७२ अनुसार यस वर्ष काठमाडौ उपत्यका आसपास ग्रिन हाउस भित्र व्यवसायिक तरकारी खेती गर्ने किसानलाई ५० लाख रुपैँयाको हाइटेक ग्रिन हाउसका लागि अनुदान दिने मन्त्रालयले तयारी गरेको हो । कार्कीका अनुसार यो अनुदान रकम लिनका लागि किसानले पनि ५०प्रतिशत लगानी गर्नुपर्दछ । गत वर्षबाट यो कार्यविधि अनुसार काम गर्ने तयारी गरिएको भएतापनि समय अभावका कारण सो काम हुन नसकेको तर यस वर्ष समयमा नै प्रस्तावना आह्वान गरिने कार्कीको भनाइ छ ।

प्रथम चरणमा काठमाडौँ उपत्यकाका यो कार्यक्रम सञ्चालन गरिने र पछि कार्यक्रमको सफलताको आधारमा अन्य जिल्लाहरुमा पनि विस्तार गरिने मन्त्रालयले जनाएको छ ।
ग्रिन हाउसका लागि कम्तीमा १ हजार ८ वर्गामिटर वा करिब डेढ रोपनी जग्गा हुनुपर्ने मापदण्ड छ ।

निर्देशनालय मार्फत हुन्छ प्रस्तावना आह्वान

हाइटेक ग्रिन हाउसका लागि अनुदान कार्यक्रमको प्रस्तावना तरकारी विकास निर्देशनालय खुमलटारबाट आह्वान हुने मन्त्रालयले जानकारी दिएको छ । अनुदानमा काम गर्न चाहाने इच्छुक किसानले निर्देैशनालय वा सम्बन्धित जिल्ला कृषि विकास कार्यालय मार्फत प्रस्ताव पेश गर्न सक्नेछन् ।
‘प्रस्तावना पेश गर्दा नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि,जग्गाधनी लालपुर्जा वा करारमा भए कम्तीमा ५ वर्षसम्मका लागि करारमा लिएको आधिकारीक करार पत्र, घटिमा ५वर्ष सम्मका लागि प्रस्ताव गरिए अनुसार व्यावसाय सञ्चालन गर्ने प्रतिवद्धता पत्र, सूचनामा तोकिए अनुसार रितपूर्वक तयार भएको प्रस्तावना, संस्था भए संस्था दर्ता वा नविकरणको प्रमाणित प्रतिलिपि पेश गर्नुपर्दछ । छनौटमा परेको प्रस्तावकले ग्रिन हाउस निर्माण, थोपा सिँचाई, कलिङ सिस्टम,प्लास्टिक मल्चिङ,कन्ट्रोल प्यानल लगायतका लागि कुल लागतको बढीमा ८५ प्रतिशत वा ५० लाख रुपैँया अनुदान पाउँछन् । ५० लाख रुपैयामा २.५ प्रतिशत भइपरि आउने र कल्सल्टेन्सी वापतको रकम कट्टा हुने व्यवस्था छ ।