ब्रेकिन्ग न्युज

नेपाली सस्ंकारमा आधारित पुष्प व्यावसाय

कमला भट्टराई(न्यौपाने)

नेपाली समाजमा फूल भन्ने वित्तिकै धर्म सस्ंकृति सँग प्रत्येक्ष रुपमा जोडिएर आउने गरेको छ । फूलको प्रयोग विभिन्न चाडपर्व, धार्मिक कार्यक्रम, विवाह, ब्रतबन्धमा प्रयोग हुदै आएकोमा पछिल्लो समयमा भने फूललाई खुसि आदान प्रदान गर्ने माध्यम र समृद्धिको प्रतिको रुपमा पनि लिन थालिएको छ । नेपाली फूल बजारको अवस्था अन्य देशको तुलनामा धेरै सानो भएपनि यहाँ फूलको प्रयोग विभिन्न सस्ंकृति कार्यक्रम, चाडपर्व, विवाह समारोह आदीमा विशेष रुपमा हुने भएकाले यहाँको बजार सिजनल बजारको रुपमा लिइन्छ । हाल नेपालमा फूलको बजार १ अरबको हारा हारिमा रहेको छ । त्यसमा पनि सिजनल फूल, कट फलावर र आलङकारिक बोट विरुवा सहितको बजार हो । तर प्रत्येक वर्ष फूलको माग र बजार करिब १२ प्रतिशतका दरले बढ्दै गएकाले फूल खेतीको बजार संभावना प्रत्येक वर्ष बढ्दै गएको फ्लोरिकल्चर एशोशिएन नेपालको तथ्यांक छ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको आर्थिक वर्ष ०७१।७२ को तथ्यांक अनुसार नेपालबाट बार्षिक रुपमा ३ करोड १५ लाखको फूल निर्यात हुदै आएको छ, भने बाह्य मुलक बाट ३ करोड ६९ लाखको फूल आयात हुदै आएको छ । यस आधारमा नेपाल फूलमा करिब आत्मनिर्भरता तर्फ उन्मुख हुदै गएको देखिन्छ । नेपालबाट गोदावरी र मखमली फूल अष्ट्रिेलिया र मलेशियामा निर्यात हुदै आएको छ ।
नेपालमा सन् १९५० तिरबाट सामान्यतरमा पुष्प व्यावसाय शुरु भएको हो । सहरीकरणको विकास सँगै पुष्प व्यावसाय काडमाडौ,पोखरा,नरायणघाट,हेटौडा,विराटनगर,विरगंज, धरान,धनकुटा लगायतका विभिन्न शहरहरुमा फैलदै गएको छ ।

पुष्प व्यावसायिलाई सरकारको सहयोग
वि.स २०५५ सालमा फ्लोरिकल्चर एशोसिएसन नेपालको स्थापना पश्चात् नेपालमा पुष्प व्यावसायको क्षेत्रमा निजी क्षेत्रको संलग्नता स्थापित हुदै आएको छ । हाल पुष्प व्यावसायले नेपालको कुल ग्रार्हथ्य उत्पादनमा ०.०५ प्रतिशत योगदान गदै आएको छ । यस सँगै यो व्यावसायको बजार प्रत्येक वर्ष करिब १२ प्रतिशतका दरले बढ्दै गएकाले यसको व्यावसायिक संभावना दिनानुदिन बढ्दै गएको छ । आर्थिक रुपमा समृद्ध बन्दै गरेका दुई ठुला मुलुक भारत र चिनको विचमा रहेको हाम्रो देशमा हावापानिले पनि राम्रो साथ दिएकाले पुष्प व्यावसाय निर्यात योग्य वस्तुको सूचिमा अगाडि आउने देखिन्छ ।
यसैलाई ध्यानमा राखी कृषि विकास मन्त्रालयले पुष्प व्यावसाय प्रवद्र्धन नीति २०६९ जारि गरेको छ । यस सँगै आर्थिक वर्ष २०७१।७२ देखी पुष्प व्यावसाय प्रवद्र्धनका लागि करिब २ करोड बजेट बिनियोजन भएको थियो, त्यसैको निरन्तरता स्वरुप चालु आर्थिक वर्ष २०७३।७४ मा पनि ४ करोड ७१ लाख बिनियोन भएको छ । यस अघि आर्थिक वर्ष २०७२।०७३ मा विनियोजन भएको ५ करोड बजेट समयमा पुष्प व्यावसाय अनुदान कार्यविधि नआउँदा ३ करोड फ्रिज भएको छ ।

सयपत्रि, गोदावरी र गुलाफ फूल खेती प्रविधि

सयपत्रि फूल खेती
सयपत्री फूल अतिथि सत्कार, पुजाआजा र चाडपर्वहरुमा माला वनाई मन्दिरहरुमा थुंगा चढाउनको लागि प्रयोग गरिने फूल हो यो फूल संग हाम्रो संस्कृति पनि जोडिएको छ । यो दक्षिणी अमेरिका क्षेत्रको रैथाने बिरुवा हो । प्राय जुनसुकै हावापानि तथा माटोमा सजीलै खेतीगर्न सकिने, लामो फूलफूल्ने समय हुने र आर्कषक फूल हुनाले सयपत्री फूलप्रति किसानहरुको आर्कषण बढ्दै गईरहेको छ । नेपालमा सयपत्री फूलप्राय तिहार भाइ टिकामा तथा अन्य चाडपर्वहरुमा मालाहरु बनाउनको लागी, घर भित्र कोठाहरु सजाउनको लागी , गमलाको लागी, फुलवारी आकर्षित बनाउनको लागी तथा बिवाहमा कारहरु सजाउन धेरै प्रयोग हुनेगरेको छ ।
सयपत्री पासो बालीको रुपमा पनि प्रयोग गर्न सकिन्छ र माटोमा भएको निमाटोडको नोक्सान बाट बालीहरुलाई बचाउन सकिन्छ । सयपत्रि फुलको पातको झोलबनाई प्रयोग गर्नाले लाही, पतेरा जस्तो चुसेर खाने किराहरुलाई नियन्त्रण गर्न सकिन्छ । सयपत्रीको वीउमा विशेष रसायन हुन्छ यसबाट उच्च मुल्यको रङ रसाउन (डाई) बनाउन सकिन्छ ।
नेपालमा सयपत्री फूलको खेती तराई तथा मध्य पहाडका जिल्लाहरुमा सफलता पुर्वक गर्न सकिन्छ र धनुषा जिल्ला यस फूल खेतीको लागी अग्र स्थानमा आउँछ ।
हावापानी र माटो
सयपत्रि खेती समुद्री सतहबाट १५० मिटर देखी २००० मिटर सम्म सफलता पूर्वक गर्न सकिन्छ । यो खेती गर्न प्रशस्त प्राङ्गारिक पदार्थ भएको बलौटे दोमट माटो राम्रो हुन्छ । माटोको पि.एच. ५.५–६.५ सम्म राम्रो मानिन्छ । साउन देखि मंसीर सम्म बाहिरकै अवस्थामा सयपत्रिको खेती गर्न सकिन्छ भने उच्च पहाडमा र मध्य पहाडमा बढी चिसो र तुषारोका कारण बेमौसममा उत्पादन लिनको लागी विशेषगरी मंसिर देखि वैशाखको बीचमा प्लाष्टिक टनेलभित्र मात्र यसको खेती गर्न सकिन्छ । सयपत्रीको खेतीको लागि १५ देखि २५ डिग्री सेल्सियस तापक्रममा विरुवाको राम्रो वृद्धि हुने र फूल चाँडै फुल्ने गर्दछ ।
कलकत्तिया ओरेन्जको जातीय गुण
बोटको उचाई ः ९२.७ सेन्टिमिटर (१ मिटर भन्दा कम)
बोटको फैलावट ः ९३.७ सेन्टिमिटर (१ मिटर भन्दा कम)
फूलको रगं ः सुन्तला रंगको
हाँगाका संख्याहरु ः ८–१० वटा
५० % फूल फुल्न शुरु दिन ः ४५ दिन (बेर्ना रोपेको दिन देखि)
पहिलो फूल टिपाई ः १०५ दिन ( बेर्ना रोपेको दिन देखि )
अन्तिम फूल टिपाई ः २२५ दिन ( बेर्ना रोपेको दिन देखि)
फूल फुल्ने अवधि ः १२० दिन ( बेर्ना रोपेको दिन देखि)
फूलको एउटा थुंगाको तौल ः ५० ग्राम
फूलको संख्या प्रति बोट ः २६५.५
फूलको उत्पादन÷बोट ः १.५१ किलोग्राम (४ माला)

१ बीउबाट
सयपत्रि फूललाई सजीलै संग विउ बाट प्रसारण गर्न सकिन्छ । सयपत्रीको बिउ १८ देखी ३० डिग्री सेल्सीयसको तापक्रम भएको अवस्थामा राम्रो हुन्छ । यदि बर्खाको समयमा नर्सरी व्याड बनाउने हो भने नर्सरीलाई १५ से.मी. गरेर बनाउनु पर्दछ जसले गर्दा धेरै भएको पानी तर्कीएर जान सकोस । विउ रोप्दा धेरै बाक्लो गरेर लगाउनु हुदैन जस्ले विरुवामा बेर्ना कुहिने रोग लाग्न सक्दछ । विउ रोपेको २५ देखि ३० दिनमा बेर्ना सार्नको लागि उपयुक्त हुन्छ ।
२ कटिङ्ग
सयपत्रीमा कटिङ्ग धेरै प्रकारले गर्न सकिन्छ , जस्तै हागाँको कटिङ्ग, कमलो डाँठको, मध्यम डाँठको कटिङ्ग लिन सकिन्छ ।
पानीको निकास
जमिनको चारै तर्फ ३० सेन्टिमिटर गहिरो, ३० सेन्टिमिटर चौडाईको कुलेसोको व्यवस्था मिलाउनु पर्छ यदि निकासको व्यवस्था नभएमा यस फूलको जरा कुहिएर जाने हुन्छ ।
मलखाद
सयपत्री फूल खेती गर्दा राम्रो पाकेको गोबरमल १००० देखि १२०० डोको र २०० किलो ग्राम नाइट्रोजन , ८० किलो ग्राम फसफोरस र ८० किलोग्राम पोटास प्रति हेक्टरका दरले राख्नु पर्छ । नाइट्रोजनको आधा मात्रा र फसफोरस र पोटासको पुरा मात्रा बेर्ना सार्ने समयमा प्रयोग गर्नु पर्दछ र बाकी आधा भाग नाइट्रोजनको मात्रा दुईपटक, वेर्ना सारेको ३० र ६० दिनमा प्रयोग गर्नु पर्दछ ।

सयपत्री लगाउने समय
फूल फुल्ने समय वीउ लगाउने समय बिरुवा सार्ने समय
जाडो समय कार्तिक मंसीर
गर्मी समय माघ फाल्गुन
बर्खे समय असार साउन

जमिनको तयारी र बेर्ना रोपण
जमीनलाई २–३ पटक खनजोत गरी माटो मसिनो बनाउने र बेर्ना रोप्न लाइनमा कुलेसो वा प्वाल बनाई पाकेको गोबरमल १ किलोग्रामका दरले राख्ने र बेर्ना राप्ने । सयपत्रि फूलमा डढुवा रोगको समस्या आउने गरेकाले बेर्ना रोपेको १० दिन भित्रै ढुसीनासक विषादी २ ग्राम प्रति लिटर पानीमा मिसाई फूलको अवधिभरी २ चोटी स्प्रे गर्नु पर्दछ र यसो गर्नाले उत्पादन बढी लिन सकिन्छ ।
किराहरु
१ गवारो
कीराको गवारो वा लाभ्रेले सयपत्रीको पात, कोपिला र फूलमा क्षति पु¥याउँदछ । यो कीराहरुले कलिलो बेर्नाको डाठँ काटेर समेत नोक्सानी गर्दछ । सानो अवस्थामा लाभ्रेहरुले पातको तल्लो सतहमा हरियो पदार्थ कोत्रेर खान्छन्, अलिक ठुलो भएपछि भने यिनीहरुले पातका साथै कोपीलामा दुलो पारेर खान्छन् । फूलको आक्रमण गरको अवस्थामा फूलमा गवारोको विष्टाहरु देख्न सकिन्छ । पुष्पदलहरु झर्दछन् र नष्ट हुन्छ ।
ब्यवस्थापन
.सयपत्री खेती वरपरका झारपात एवं झाडीहरु (गवारोको आश्रयस्थल) नष्ट गर्ने ।
. खेतीको सरसफाईमा ध्यान पु¥याउने ।
. गवारोलाई हातले टिपेर नष्ट गर्ने ।
. लाभ्रेहरु माटोमा लुक्दछन र त्यही अचल अवस्थामा जान्छन् यो कीरा बढी लागेका बेला खेत बारीमा पानी पठाउनसके यिनीहरु केही हदसम्म नियन्त्रण हुन्छ ।
. जैविक विधि अन्र्तगत विटिको प्रयोग साथै प्राकृतिक नियन्त्रण विधि ः कीरामा भाइरस जन्य रोग , परजीवी र परभक्षीको प्रयोग गर्न सकिन्छ ।
. निममा आधारित कीटनाशक पदार्थहरु प्रयोग गर्ने ।
. साईपरमेथ्रीन ंक्लोरोपाइरिफस वा डेल्ट्रामेथिन वा फिप्रोनिल वा ट्रायजोफस वा कार्टप हाईड्रो क्लोराईड छर्ने ।

परिवार सहित सयपत्रि फूलको व्यावसायि खेतीमा लागेका बाठा मगर

जुम्ला घर भएका टेक बहादुर बाठा मगरले १०वर्ष अघि त्रिपुरेश्वरको फूलको होलसेल गर्ने पसलहरुमा पानिअमलाको पात विक्री गर्ने काम गर्थे । तर आजभोलि उनको पहिचान फेरिएको छ । उनि सयपत्रि फूलका व्यावसायिक अगुवा किसानको रुपमा चिनिन्छन् । पानि अमलाको पात होलसेल पसलमा विक्री गर्न आउने क्रममा त्रिपुरेश्वरको एक होलसेल पसलेको साहुले भारतबाट कोलकत्ते जातको सयपत्रिको ५ हजार विरुवा नमुनाको रुपमा मगरलाई लगाउन दिए, सोहि फूलबाट उनले ५० हजार फाइदा लिएपछि मगरले सयपत्रि फूलखेतीमा आफू मात्र नभई र २ छोरा बुहारीलाई समेत संलग्न गराउँदै आएका छन् ।
बाठा मगरले स्वागत सयपत्रि समूहको नेतृत्व गरी धादिङ र काठमाडौँ जिल्लाको सिमान पिलामोर भन्ने स्थानमा व्यावसायिक सयपत्रि फूल खेती विस्तार गर्दै आएका छन् । उनको समूहका कोहि सदस्यको १० रोपनी , कोहिको ८ रोपनी जग्गामा गरी करिब ५० रोपनी जति क्षेत्रफलमा ३५ हजार सयपत्रि फूलको व्यावसायिक खेती हुदै आएको छ । उनिहरुले वर्ष भरि नै सयपत्रिकोे फूल उत्पादन गर्दै आएका छन् ।
फूल खेतीका लागि प्रति रोपनी ८ देखी १० हजार भाडा तिर्दे, यसमा लाग्ने सबै प्रकारको खर्च कटाएर उनले बार्षिक रुपमा २ लाख नाफा लिदै आएको बाठा मगरले जानकारी दिए । मगरका अनुसार फूल खेती मै लागेपछि उनले १ रोपनी र उनको जेठो छोराले ७ आना जग्गा समेत जोड्न सफल भएका छन् ।
मगरको परिवार जस्तै जुम्लाबाट यस स्थानमा आई अन्य ५ – ६ वटा परिवारले व्यावसायिक सयपत्रि खेती गर्दै आएका छन् । गत वर्ष सम्म खुल्ला जमिनमा नै सयपत्रिको खेती गर्दै आएका उनिहरुले यस वर्ष फ्लोरिकल्चर एशोसियसनको आर्थिक सहयोगमा ७ वटा टनेल पाएकाले टनेल भित्र बाट सयपत्रिको राम्रो उत्पादन भैरहेको मगर बताउँछन् ।
आफू सहित आफ्नो परिवार पुष्प व्यावसायमा लागेर मेहनतका साथ काम गर्दा सफल भएकोमा उनि धेरै सन्तुष्ट छन् । बाठा मगरको अनुसार निरन्तर एउटै काममा मेहनतका साथ लाग्ने हो भने मासिक ३०–४० हजार कमाउन विदेश जानु पर्दैन । त्यसैले आफुले पनि छोराहरुलाई यो पेशामा लगाएको पनि उनले जानकारी दिए ।

गोदावरी फुल खेती प्रबिधी
गोदावरी फूललाई सर्वप्रथम चीनमा खेती गरिएको पाइन्छ र यो बहुउपयोगी फूल हो । नेपालमा वि.स २०१६ सालमा बनस्पती उद्यान स्थापना भएदेखि यता यसको अनुसन्धान र उत्पादन शुरु भएको हो । यो फूलको करिब १६० वटा प्रजातिहरु छन् । यो फूलको बनोट, फ्लोरेटसको संख्या, आकार आदीको आधारमा यसको प्रजाति हरु छन् ।
हावापनी
दिउँसोको तापक्रम २२० से. र रातीको १६० से. गुणस्तरीय फूल उत्पादन गर्न सकिन्छ । फूलमा कोपिला लाग्ने समयमा भने २४ देखि २७० से . भए उपयुक्त हुन्छ ।
प्लाष्टिकघर ग्रीन हाउस भित्र निम्नानूसाको हावापानी भएमा फूलको उत्पादन तथा गुणस्तरमा बृद्धि हुन्छ ।
तापक्रम ः १६–२५० से.
सापेक्षित आद्रता ः ७०–८५५
कार्वनडाइ अक्साइडको मात्रा ः ६००–९०० पिपिएम
(कार्वनडाइअक्साइडको प्रयोगले उत्पादन बृद्धि गर्नुको साथै आकार र रंगमा पनि गुणस्तर बृद्धि गर्दछ )

माटो
प्रशस्त प्राङ्गारिक पदार्थ भएको माटो यसको खेतीको लागी उपर्युक्त हुन्छ । माटोमा पिएचको मात्रा ६.५ भए राम्रो हुन्छ । सामान्यतया माटोको अनुपात माटो ः प्राङ्गारिक पदार्थ ः बालुवा ः१ः१ः१ः भए उपर्युक्त हुन्छ ।
विरुवा रोप्ने दुरी
सामान्यतया प्रति वर्गमिटर ४५–६७ बोट हुने गरी विरुवा लगाउनु पर्दछ । यसरी विरुवा लगाउँदा १५×१५ से.मी. वा १० ×१५ से.मी. को दुरीमा विरुवा लगाउनु पर्दछ । गोदावरी जातका आधारमा विरुवाको लगाउने दुरी कायम गर्नु पर्दछ ।
सिचांई
गोदावरी फूललाई सिचांई गर्दा वातावरण अनुसार आवश्यकता हेरी गर्नु पर्दछ ।
सुख्खा समयमा विरुवाहरु छिटो सुख्खा हुने हुँदा सिचांई पनि छिटोछिटो गर्नु पर्दछ ।
नयाँ विरुवाहरुलाई भने केहि मात्रा मलखादको घोल मिसाई दुई –दुई हप्ताको विचमा सिचांई गरेमा बृद्धिदर राम्रो हुन्छ ।
. विरुवाहरुको फेदमा पानी जम्ने गरी सिचांई गरेमा वा धेरै पटक सिचांई गरेमा जरा कुहिएर विरुवा मर्न सक्दछ ।
. कुनै पनि ग्रीन हाउस र पोली हाउसमा गरिएको गोदावरी फूलको खेतीमा दिउँसोको समयमा ढिलो गरी पानी कहिले पनि हाल्नु हुदैन ।
घोचा राख्ने
विरुवाहरुलाई सहारा दिन घोचाहरु राखेर बाँध्नु पर्दछ ।
घोचा राख्नको लागि बाँस, निगालो र प्लाष्टिकले कोट गरेको तार वा अरु पनि प्रयोग गर्न सकिन्छ ।
बाँस र निगालाका घोचाहरु आर्थिक तथा अन्य दृष्टिले उपयोगी हुन्छन् ।
विरुवाहरु लगभग डेढ फुटका भएपछि घोचा तुरुन्त राख्नु पर्दछ ।
फिल्डमा विरुवाहरुमा तीन देखी चार इन्च सम्मको फरक पारेमा प्लाष्टिक वा अन्य डोरीबाट विरुवा साझो हुने गरि बाध्नु पर्दछ ।
गमलामा घोचो राख्दा गमलाको छेउपट्टी घोचो पर्ने गरी राख्नु पर्दछ ।
. घोचो हाल्दा जरामा असर नपर्ने गरी गाड्ने र डोरीले विरुवा र घोचामा हलुका रुपमा बाँध्नु पर्दछ ।

कलिला हागाहरु चिमोट्ने
. विरुवाहरु करिव सात देखि आठ इन्च उचाइका भैसकेपछि यसबाट शाखा हाँगाहरु निकाल्नको लागि करिव ५ देखि ६ इन्च रहने गरी माथिको टुप्पा चिमोटी दिनुपर्दछ ।
. पहिलो पिन्चङ विरुवा रोपेको ३ हप्तापछि, दोश्रो पिन्चिङ विरुवा रोपेको ५ हप्तापछि गर्नुपर्दछ ।
. यसरी विकास भएको शाखा पुनः चिमोटेर उपशाखा हाँगाहरु पनि बढाउदै लग्न सकिन्छ ।
. यसरी शाखा, उपशाखा हाँगाहरु बढाउन सकेमा फूलहरुको संख्यामा बृद्धि गरी बढी कट फ्लावर उत्पादन गर्न सकिन्छ ।
. गमलामा राखेका विरुवाको हकमा ३ वटा जति मात्र मुख्य शाखा हाँगाहरु राख्ने गरिन्छ ।

कोपिला निकाल्ने
. फूलको कोपीलाहरु लाग्न थालेपछि प्रत्येक हाँगामा १–२ वटा कोपिलाहरु छाडेर वरिपरीका मसिना कोपिलाहरु टिपी दिनुपर्दछ ।
. कोपिला टिप्ने काम भाद्र अन्तिम हप्तादेखि असोजको पहिलो हप्तासम्म गर्नुपर्दछ ।
. खास गरी प्रदर्शनीको लागि तयार गर्ने गोदावरी फूललाई गमलामा हुर्काइन्छ र तिनीहरुमा ३ वटा मात्र हाँगाहरु राखेर प्रत्येक हाँगामा एउटा मात्र कोपिला राख्ने गरिन्छ ।
. व्यवसायिक फूल उत्पादन गर्दा सामान्य तथा स्प्रे जातका बोटहरुका टुप्पोको कोपिला हटाई छेउछाउका कोपिला राखिन्छ भने स्टेन्डर्ड जातका विरुवामा छेउछाउका कोपिला हटाई टुप्पोको कोपिला मात्र राखिन्छ ।

बाह्रै महिना गोदावरी फुलाउने
गोदावरी फूललाई प्रकाश तथा तापको नियन्त्रण गरी बाह्रै महिना फुलाउन पनि सकिन्छ । त्यसका लागि प्रकाश तथा ताप नियन्त्रक कक्षको आवश्यक पर्दछ । प्रकाश नियन्त्रक कक्षमा दिनको १० घण्टा मात्र उज्यालो दिएमा फूल फुलाउन सकिन्छ । १४ घण्टा लगातार अँध्यारो पार्नाले विरुवामा कोपिला लाग्न शुरु गर्दछ । यसका लागि साँझ ५ वजेदेखि विहान ७ बजेसम्म बाक्लो कालो पदार्थ ढाकीदिनु पर्दछ । प्रकाशको साथसाथै तापक्रम पनि नियन्त्रण गर्नु पर्दछ । गोदाबरी फूल कक्षको तापक्रम १० डिग्री सेन्टिगे्रट भन्दा कम हुन गएमा हिटरद्धारा तापक्रम व्यवस्थापन गर्नुपर्दछ । चिसो धेरै तथा तापक्रम कम भएमा फूलको रगंमा समेत फरकपना देखिन सक्छ । यसको लागि कम तापक्रममा फूलमा विकास हुने एन्थोसायनिनको मुख्य भुमिका हुन्छ ।

१० घण्टा लगातार उज्यालो +१४ घण्टा लगातार अँध्यारो ¥ फूल फुल्छ ।
१० घण्टा लगातार उज्याला +१४ घण्टा अँध्यारो अवरोध ¥ फूल फूल्दैन ।
१० घण्टा उज्यालो अवरोध +१४ घण्टा लगातार अँध्यारो ¥ फूल फुल्छ ।

नेपालमा व्यवसायिक गुलाफ फूलको खेती
नेपालमा हालका दिनमा गुलाफ कटफ्लावर उत्पादन काठमाण्डौ, ललितपुर, भक्तपुर, धादिङ र चितवनमा केन्द्रित रहेको छ । त्यहाँका फार्महरुमा थोपा सिँचाई र फोगर प्रणाली जडित अर्ध नियन्त्रित किसिमका ग्रीनहाउस छन् । तर त्यँहा उपयुक्त किसिमको भेन्टिलेसन प्रणालीको कमी हुनुका साथै हिटिङ, कुलिङ एवं इन्सेक्ट नेटको कमी देखिएको छ । फूल कहाँ बिक्री गर्ने भन्ने आधारमा गुलाफ कटफ्लावर उत्पादन पद्दती निर्भर गर्दछ र सोही आधारमा नै ग्रीनहाउसको संरचना एवं त्यहाँको सामग्रीहरुले व्यवस्था मिलाउनु पर्दछ ।

जग्गा छनौट
पहिलो र सबै भन्दा महत्वपूर्ण कार्य भनेको गुलाफ फूल उत्पादन स्थल छनौट गर्नु हो । यसका लागि प्रशस्त घाम लाग्ने र प्रशस्त प्रकाश पर्ने स्थल छनौट गर्नु महत्वपूर्ण हुन्छ । माटोमा नै खेती गर्ने हो भने माटो दोमट किसिमको, प्रशस्तमात्रामा प्राङ्गारिक पदार्थ भएको र पानीको सहजै निकास हुने हुनु पर्दछ । माटोमा बाहेक कोकोपिटमा पनि गुलाफ फूल खेती गर्न सकिन्छ ।
माटोमा गर्दा पिएच मान ५.५–६.५ भएको माटो हुनु पर्दछ । ग्रीनहाउस भित्र झारपातहरु हटाई माटो. राम्ररी ओल्टाई पल्टाई गर्नुपर्दछ ।
गुलाफ फूलको बोटले माटोबाट खाद्यतत्व सहजै लिन सकोस भनी माटो सुधार गर्न पिएचको मात्रा मिलाउने र गाइवस्तुको मल प्रयोग गर्नु पर्दछ ।
विरुवा राप्ने व्याडको चौडाई १ मिटर र ग्रीनहाउस अनुसारको चाहिनेजति लम्वाई राख्नु पर्दछ । व्याडको उचाई करिव ३० से.मी अग्लो बनाई माटोमा प्राङ्गारिक पदार्थ मिसाई फुरफुराउँदा बनाउँनु पर्दछ ।
माटोको उपचार र मल्चिङ
१ प्रतिशत फर्मेलिन राखि २४ घण्टा सम्म प्लाष्टिकले ढाक्नु पर्दछ । छोपेको २४ घण्टा पछि प्लाष्टिक हटाउने र करिव १० घण्टासम्म फर्मेलिनलाई उडेर जान दिनु पर्दछ । हाल फर्मेलिनको सट्टामा बजारमा अरु उत्पादनहरु उपलब्ध छन् जसबाट माटो उपचार सजिलै गर्न सकिन्छ ।
व्याडमा विरुवा रोप्ने ठाउँमा डोरी प्रयोग गरी चिन्ह लगाउने र खाल्डो खनी हरेक खाल्डोमा मल प्रयोग गर्नु पर्दछ । थोपा सिँचाइका पाइपहरुलाई विरुवा रोपेको लाइनको वीचमा विछ्याउनु पर्दछ । त्यसपछि व्याडलाई मल्चिङ प्लाष्टिकले ढाक्नु पर्दछ ।
विरुवा रोपण
स्वस्थ विरुवा ल्याई छुट्टै छाँयाँदार ठाउँमा भण्डार गरी राख्नु पर्दछ । विरुवा रोप्ने स्थल र सुख्खा राख्नुको साथै विरुवालाई दैनिक ढुसीनाशक विषादीले स्पे गरी रोगकिरा लाग्न बाट बचाउँनु पर्ने हुन्छ ।
ग्रीनहाउसमा उत्पादन गर्ने प्रणालीमा ३–४ वटा कोपिला भएको १ वर्षे पुरानो गुलाफको विरुवा लगाउनु उपयुक्त हुन्छ । यी विरुवाहरु स्वस्थ र रोगकिराबाट मुक्त हुनु पर्दछ ।
ग्रीनहाउसमा गुलाफको विरुवालाई २ हार प्रणाली अनुसार रोप्नु पर्दछ । एक बोटदेखि अर्को बोटबीच ३० से.मी र हार –हार बीच ४० से.मी को विरुवा रोप्नु पर्दछ । जसबाट प्रति वर्गमिटर ६ वटा विरुवा अट्दछ ।
हरेक गुलाफ फूल रोप्ने ठाउँका लागी मल्चिङ गरिने प्लाष्टिकमा प्वाल बनाउनु पर्ने हुन्छ । ती हरेक प्वालमा विरुवा रोप्ने र थोपा सिँचाईको लाइनबाट सिँचाई गर्नुपर्दछ । नेपालमा ग्रीनहाउसमा गुलाफ रोप्ने सबै भन्दा उपयुक्त महिना भनेको–असोज हो ।
विरुवा रोप्ने अर्को तरिका भनेको मूलवृत्तलाई रोप्ने हो र त्यसपछि ४–५ हप्तामा गुलाफको मुख्य डाँठलाई नुहाई माटोमा गाडिन्छ जसबाट नयाँ पालुवाहरु बृद्धि गर्न मद्दत गर्दछ । जसमा चाहिएको जातको सायन प्रयोग गरी ब्रिडिङ गरिन्छ । त्यसबाट दुईहप्तापछि कोपिला पलाउन शुरु गर्दछ ।
सिँचाईका लागि थोपा सिँचाई प्रणाली
ग्रीन हाउसमा लगाउने गुलाफमा थोपा सिँचाई प्रणालीबाट सिँचाई गर्नुपर्दछ । विरुवा रोप्ने वित्तिकै सिँचाई दिनुपर्दछ । पानीको पिएच मान र इलेक्ट्रिकल कन्डक्टिभिटी समय –समयमा जाचँ गर्नुपर्छ । पानीको उपयुक्त पिएच मान तटस्थ (७) र इलेक्ट्रिकल कन्टक्भििटी ०.२ वा ०.७ डेसीसिमेन्स प्रति मिटर हुनु पर्दछ ।
यो प्रणाली दुबै फर्टिगेसन र सिँचाई प्रणालीको लागि उपयोगी हुन्छ । मल्चिङ गर्नाले सिँचाईका लागि प्रयोग गरिने पानीको मात्रा र समय दुबैलाई बचत गर्दछ ।
गर्मीको समयमा विरुवालाई लगातार पानी दिइरहनु पर्दछ भने वर्षात् वा हिउँदमा पानीको अवश्यकता कम पर्दछ । हरेक दिन थोपा सिचाईद्धारा खाद्यतत्व दिनु पर्दछ भने आद्रता बृद्धिका लागि हप्ताको दुईपटक पानी सिधै जराको क्षेत्रमा स्पे्र गर्नुपर्दछ ।

धेरै फूल उत्पादन गर्न सके नेपाल मात्र नभई विदेश निर्यात गर्न सकिन्छ

लोकनाथ गैरे
निर्देशक
युनाईटेड फ्लोरा प्रा.लि
२०५६ देखी ६५ सम्म कट फ्लावरको उत्पादका संलग्न रहि किसानको अनुभव संगालेका लोकनाथ गैरे नेपालकोको पुष्प व्यावसायका अग्रणी व्यवसायिक हुन् । फूलको बजारमा समस्या देखेपछि २०६५ सालमा अन्य केहि साथिहरु समेत मेलेर गैरेले युनाइटेड फ्लोरा प्रा.लिको स्थापना गरेका हुन् । पुष्प व्यवसायको बजारीकरणमा सजिलो होस भन्नका लागि किसानले उत्पादन गरेको फूलमा १० प्रतिशत मात्र मार्जिन राखेर खुद्र विक्रेतालाई विक्री गर्ने नीति उनकै अगुवाईमा भएको हो । त्यति वेला फुलमा मिडल म्यान धेरै थिए त्यसैले उत्पादकले भने जस्तो मुल्य पाउने अवस्था थिएन ।
उनी नेपाली कट् फ्लावर व्यावसायमा आधुनिक प्रविधि भित्र¥याउने व्यक्तिका रुपमा पनि चिनिन्छन् । गैरेका अनुसार नेपाली फूलको बजार दिनानु दिन बढ्दै गएको छ, तर अन्तराष्ट्रिय रुपमा प्रयोग भएका विभिन्न अत्याधुनिक प्रविधिहरु नेपालमा पनि प्रयोग गर्न सके नेपाली फूल विदेशमा पनि निर्यात गर्न सकिन्छ ।
हाल उनले आफ्नो कम्पनि मार्फत केहि मात्रमा फूल बाहिर पनि निर्यात गर्दै आएका छन् । नेपालमा कट फ्लावरको बजार सिजनल भएकाले निर्यात योग्य गुणस्तरको कट फ्लावर उत्पादन गर्न तर्फ सरकार तथा व्यावसायिहरु लाग्नुपर्ने गैरेको धारणा छ । हाल नेपालमा कट फ्लावरको होलसेल गर्ने ५ वटा संस्थाहरु छन् । जसमा युनाइटेड फ्लारो र ग्लोबर फ्लारा सँग १ लाख स्टिक राख्न मिल्ने कोल्ड स्टोर पनि रहेको छ । जुन स्टोरमा नेपालमा उत्पादन भएको कट फ्लावर करिब १ महिना सम्म राख्न सकिन्छ । तर यो स्टोरले मात्र सिजनको बजार धान्न नसक्ने गैरको भनाइ छ । उनका अनुसार हाल कट फ्लावरका धेरै व्यावसायिहरु काठमाडौँ आसपास हुनुको प्रमुख कारण यस क्षेत्रको हावापानि र बजार संभावना हो । यस क्षेत्रमा पुष्प व्यावसायलाई उपर्युक्त हावापनि र उत्पादित फूलको ९५ प्रतिशत बजार काठमाडौँ नै भएकाले धेरै व्यावसायिहरु उपत्यका आसपास रहेको उनको भनाइ छ ।

खाद्यतत्व व्यवस्थापन
ग्रीनहाउसमा गुलाफ खेती गर्दा आवश्यक पर्ने मुख्य खाद्य तत्वहरुमा नाइट्रोजन, फोसफोरस, पोटास, क्यालसियम र म्यागनेशियम हो भने म्यागनिज, फेरस, कपर र जिङ्क जस्ता सहायक तत्वहरु पनि आवश्यक पर्दछ । यी सबै तत्वहरु विरुवालाई अति नै आवश्यक पर्ने भएकोले आवश्यक मात्रामा प्रयोग गनु पर्दछ । थोपा सिँचाई जडित ग्रीनहाउसमा २००–२५० पिपिएम नाइट्रोजन र १५०–१६० पिपिएम पोटासिएम मल झोलरुपमा प्रयोग गर्नुपर्दछ ।
सहायक खाद्यतत्वहरु आवश्यकता अनुसार प्रयोग गनुैपर्ने भएतापनि यदि गुलाफ खुल्ला जमिनमा खेती गरिएको छ भने प्रति बोट ६० ग्राम नाइट्रोजन –फोसफोरस –पोटासको मिश्रण १२०–६०–४० को अनुपातमा प्रयोग गर्नु पर्दछ । यस्तो मिश्रण १० ग्राम प्रति बोट हरेक ६ हप्तापछि प्रयोग गर्नु पर्दछ । रोगको प्रकोप न्युनिकरण गर्न नाइट्रोजन, पोटास र क्यालसियमको अनुपात मिलाउनु आवश्यक हुन्छ ।

पुष्प व्यावसायलाई नै जीवन बनाउँछु ः श्रेष्ठ

कृषि उत्पादनको विभिन्न क्षेत्रमा काम गर्दै आएका काठमाडौ इचंङकुका पाण्डव श्रेष्ठ ७ वर्ष देखी पुष्प व्यावसायमा संलग्न रहँदै आएका थिए, सोहि कामको निरन्तरता स्वरुप काठमाडौको रामपकोटमा विगत ४ वर्ष देखी गुलाफ फूलको व्यावसायिक उत्पादन गदै आएका छन् । ए.एस कटफ्लावर प्रा.लिको नाममा २२ रोपनी क्षेत्रफलमा ७० लाख लगानि गरि गुलाफ फूलको उत्पादन शुरु गरेका श्रेष्ठ काठमाडौँ आसपासमा व्यावसायिक रुपमा धेरै गुलाफ फूल उत्पादन गर्ने किसानको रुपमा चिनिन्छन् ।
विदेश जानु भन्दा नेपालमा नै वसि कृषिमा काम गर्ने उद्देश्यका साथ यस क्षेत्रमा लागेका श्रेष्ठको फार्ममा १२ जनाले नियमित रोजगारि पाएका छन् । उनले फार्ममा काम गर्ने कामदारलाई बस्ने सुविधा सहित जोडीको २४ हजार प्रदान गर्दै आएको जानकारी दिए ।
उनि सँगै सालि अन्जना श्रेष्ठ पनि उनको व्यावसायिक साझेदारको रुपमा फार्ममा क्रियाशिल रहदै आएकी छन् । फार्म व्यावस्थापन सम्बन्धि अधिकाशं काम अन्जनाले नै हेदै आएको श्रेष्ठले बताए ।
श्रेष्ठका अनुसार फार्ममा प्रति वर्ष २५ लाख रुपैँया फार्म व्यावस्थापन खर्च लाग्ने गरेको छ । उनि भन्छन्,बाँसको टनेल भएकाले गत वर्ष भुइँचालोमा धेरै क्षति भयो यस वर्ष पनि हावाहुरिले धेरै सबै प्लष्टिक च्यातियो त्यसैले पनि साधारण टनेलमा व्यावस्थापन खर्च धेरै भएको हो ।
त्यसैले उनले यस वर्ष देखी ३० रोपनी क्षेत्रफलमा हाइटेक ग्रिन हाउस बनाइ गुलाफ फूलको व्यवसायिक उत्पादनलाई अझ व्यवस्थित र निरन्तर बनाउन ३ करोड लगानिमा रोमकोट मा नै अर्को फार्म शुरु गर्न थालेका छन् । श्रेष्ठ यस वर्ष हाइटेक ग्रिन हाउस बनाउने पुरा काम सक्ने तयारीमा छन् । उनका अनुसार शुरुमा गुलाफ फूलको उत्पादन गर्दा दिनमा मुस्कीलले १–२ स्टिक फूल विक्री हुन गाह्रो थियो तर आजभोलि जति उत्पादन भएपनि बजारको कुनै समस्या छैन । पुष्प व्यावसायलाई नै जीवन बनाउने उद्देश्यले हाइटेक ग्रिन हाउस बनाउने तयारी गरेको श्रेष्ठले जानकारी दिए ।
अहिले श्रेष्ठले प्रयोग गर्दै आएको प्रविधिबाट असोज– कार्तिक सम्म केहि उत्पादन हुने भएपनि फूलको धेरै माग हुने मङसिर देखी फाल्गुन सम्म उत्पादन नै नहुने समस्याले कट फ्लावरका लागि हाइटेक ग्रिन हाउस नै आवश्यक भएको हो । नेपाली बजारमा विबाहको विशेष लगन मङसिर देखी फाल्गुन सम्म हुने भएकाले सो समयमा फूलको धेरै माग हुने गरेको छ ।

प्रमुख रोगकिराहरु
ग्रीनहाउसमा खेती गरिएको गुलाफमा लाग्ने मूख्य किराहरु सुलसुले , लाही र थ्रिप्स हुन् भने मूख्य रोगहरुमा डाउली मिल्ड्यु, पाउडरी मिल्ड्युरधुले ढुसी, बोट्राइटिस र कालो थोप्ले हुन् ।
पाउडरी मिल्डयु (धुले ढुसी)
नेपालमा गुलाफको लागि यो रोग सबै भन्दा बढी समस्या मुलक छ । यसको लक्षण नयाँ पात, कोपिला र डाँठको सतहमा खरानी जस्तो सेतो धुलो देखिन्छ । यो रोग कउजबभचयतजभअब उबललयकब ढुसीबाट लाग्दछ । यो रोग लागेका पात विकृत हुने , पात झर्ने र फूलको कोपिला फक्रन नसक्ने हुन्छ । तापक्रम माध्यम एवं सापेक्षित आद्रता रातीमा बढी र दिउसोमा कम हुने वर्षको जुन सुकै समयमा यो रोग लाग्न सक्दछ ।
व्यवस्थापन
यो रोगग्रस्त क्षेत्रमा रोग प्रतिरोधक जात लगाउनु पर्दछ । दिनको समयमा आद्रता बढी राख्ने र रातीको समयमा कम राख्नु पर्दछ । रोग लागेका पात एवं डाठँहरु नष्ट गर्न सरसफाई एवं सुरक्षाका विधिहरु अवलम्वन गर्नुपर्दछ । सुरक्षाका लागि रसायनिक उपचारलाई अन्तिम अस्त्रको रुपमा लिइनु पर्दछ र पात थोप्लो एवं धुले ढुसी दुवै नियन्त्रण गर्न उपयुक्त हुने ढुसीनाशक विषादी प्रयोग गर्नु पर्दछ ।

डाउनी मिल्डयु
नेपालमा गुलाफमा लाग्ने रोगहरुमध्यै यो रोग प्रमुख हो । यो रोग उचभयलयकउयचब कउबचकब ढुसीबाट लाग्दछ । यस रोगले जमिनको भन्दा माथिल्लो सबै भागका पात एवं डाठँलाई डढाएको देखिन्छ । पातमा लाग्ने दाग बैजनी वा खैरो किसीमको हुन्छ । यो दाग वगाँकार किसिमको भई पातलाई पहेलो पारी झार्दछ र विरुवामा पात कम भएको बनाइदिन्छ । यसको शुरुको लक्षण खाद्यतत्व कमीको जस्तो वा विषादी छर्दाको असर जस्तो देखिन्छ ।
व्यवस्थापन
यस रोगको लक्षण प्रति उत्पादक सधै होशियार हुनु पर्दछ । सरसफाईका कार्यहरु पूर्णरुपमा अपनाउनु पर्दछ र ग्रीनहाउसमा राम्रो भेन्टिलेशन प्रणाली हुनुपर्दछ । रातको समयमा सापेक्षित आद्रता कम राख्ने र आवश्यक परेमा ढुसीनाशक विषादी प्रयोग गनुपर्दछ । विषादीप्रति प्रतिरोधक र सहन गर्ने क्षमतालाई न्युनीकरण गर्न प्रभावकारी विषादीहरु फेरी फेरी प्रयोग गर्नु पर्दछ

विरुवा संरक्षण
रोगकिराको समस्या सफलताका साथ निराकरण गर्न विरुवा संरक्षणका लागि रोकथाम, उपचारात्मक र नियन्त्रणात्मक विधिहरु अवलम्वन गर्नुपर्दछ । आउन सक्ने रोगकिराको सर्भेक्षण हप्ता हप्ता दिनमा गर्नुपर्दछ। नेपालमा ग्रीनहाउसमा इन्सेक्ट नेट र भेन्टिलेशनको कमीले गर्दा विरुवा संरक्षण गर्नु एउटा चुनौती हुने गरेको देखिन्छ । रातमा झन उच्च आद्रता भएमा मिल्ड्यु र बोट्राइटिसको असर निकै हुन्छ ।
सुलसुले किराको व्यवस्थापन
माथिबाट प्रशस्त सिँचाई गरी धुलोको अवस्था घटाउने वा पातलाई छुँदा सुलसुलेको संख्या घटाउन सकिन्छ । यदि आवश्यक परेमा विरुवालाई किटनाशक तेल वा निमको तेलले उपचार गर्न सकिन्छ । किटनाशक विषदी प्रयोग गर्दा सुलसुलेको प्राकृतिक शत्रुहरु घटेर कहिलेकाँही सुलसुलको संख्या अत्याधिक बढ्न सक्ने भएकाले होशियारी पु¥याउनुपर्दछ ।

लाही किराको व्यवस्थापन
लाहीलाई कुनैपनि जैविक किटनाशक विषादीले् नियन्त्रण गर्न सकिन्छ । जैविक नियन्त्रण विधि जसमा लेडी बर्ड विटल जस्ता लाहीका प्राकृतिक शत्रुहरु प्रयोग गरेर पनि लाहीलाई नियन्त्रण गर्न सकिन्छ । शुरुको अवस्थामा विरुवाको लाहीलाई पखालेर पनि नियन्त्रण गर्न सकिन्छ । यस बाहेक टासिने वस्तु वा चारा दिएर कमिलाको चलखेल नियन्त्रण गरेर पनि लाहीको विस्तारलाई धेरैहदसम्म नियन्त्रण गर्न सकिन्छ ।
थ्रिप्सको व्यवस्थापन
किरा लागेका गुलाफका फूल निकाली नष्ट गर्नुपर्दछ । यस किराको बैकल्पिक व्यवस्थापन गर्न झारपातहरु हटाउनु पर्दछ । यदि किटनाशक विषादी हाल्नु परेमा नखुलेको र नफक्रेको फूलको कोपिला भित्र थ्रिप्स प्रवेश नगर्दै किटनाशक विषादी प्रयोग गर्नु पर्दछ ।

गुलाफ खेतीका लागि सिफारिस एवं सुझाव
नेपालमा गुलाफ युभी प्लाष्टिक संरक्षित एवं इन्सेन्ट नेट जडित थोपा एवं फगर प्रणाली भएको अर्ध उन्नत ग्रीनहाउस प्रणाली अनुसार खेती गरिन्छ । तर नेपालमा गुलाफ उत्पादनको प्रमुख समस्या भनेको रोगकिराको नै हो । पाउडरी मिल्ड्यु , डाउनी मिल्ड्यु र बोट्राइटिस जस्ता रोगहरु र वषैभरी लाग्न सक्ने सुलसुले र लाही जस्ता किराहरु व्यापक रुवमा लाग्दछ । यदि ग्रीनहाउस प्रणालीमा परिमार्जन एवं उपयु्क्त नियन्त्रण प्रविधि अपनाउन ‘सकिएमा यिनलाई घटाउन एवं नियन्त्रण गर्न सकिन्छ । यसका लागि ः
१ गुलाफ कट्फ्लावर खेतीको लागि राम्रो भेन्टिलेसन प्रणालीयुक्त ग्रीनहाउस स्थापना गर्न प्रोत्साहन गर्नु पर्दछ ।
२ किराको सख्या घटाउन इन्सेक्ट नेट जडान गर्नु पर्दछ ।
३ हप्ता हप्तामा नियमित अवलोकन गरी रोगको समस्या शुरुमा नै पत्ता लगाई नियन्त्रणका उपाय अवलम्वन गर्नु पर्दछ ।
४ किराको प्रकोप हुने समयहरुका बारेमा जानकारि राखी त्यस्ता समयमा नियन्त्रणका उपाय अवलम्वन गर्नुपर्दछ ।
५ गुलाफको डाठँको लम्वाई अनुसार गे्रडिङ्ग गर्न शुरुवात गरिनु पर्दछ ।
६ गुणस्तर बृद्धिकालागि फूलोत्पादन पश्चात पोष्टहार्भेष्टका उपचार विधि अनिवार्य रुपमा अपनाउनु पर्दछ ।
७ बजारको माग र रोगकिरा प्रतिरोध गर्न सक्ने जातहरु बहिरबाट भित्र्याउनु पर्दछ ।

पुष्प व्यावसायलाई अझ व्यावसायिक बनाउने काममा लाग्छु
कुमार कसजु श्रेष्ठ
अध्यक्ष
फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान)

नेपाली पुष्प व्यावसायको अवस्था कस्तो छ ?
नेपालमा पुष्व व्यावसाय एउटा फस्टाउँदो व्यावसायको रुपमा अगाडि आएको छ । यो व्यावसायको हालको बजार १ अर्ब ३४ करोडको भएपनि प्रत्येक वर्ष १२–१५ प्रतिशतका दरले यसको बजार बृद्धि हुदै आएको छ । पुष्प व्यावसायमा पनि कट फ्लावर, सिजनल फूल र आलंकारिक बोट विरुवाको आ–आफ्नै बजार छ । नेपालमा कारोबारको हिसाबले आलंकारिक बोट विरुवाको कारोबार सबै भन्दा अग्र पङतिमा छ ।

तपाई भरर्खर केहि समय अघि मात्र फ्लोरिकल्चर एशोसियसनको अध्यक्षको रुपमा निर्वाचित हुनुभएको छ, तपाईकोको कार्यकालमा पुष्प व्यावसायमा अब के–के काम गर्नुहुन्छ ?
विभिन्न प्राविधिक कारणले ६ महिना देखी अध्यक्षको पद रिक्त भएको थियो, भाद्र महिनामा भएको निर्वाचनले म यस सस्थाको अध्यक्षको रुपमा निर्वाचित भएको छु । यस सँगै मैले धेरै ठुलो जिम्मेवारी पुरा गर्ने दायित्व थपिएको छ । त्यसैले सबै भन्दा पहिला म जुन कामहरु अधुरा थिए ति कामहरु पुरा गर्न तर्फ लाग्छु । जस्तो कि वनस्पति विभाग सँग मिलेर स्थानिय आंलङकारिक विरुवा संकलन र प्रसारण गर्ने काम, पुष्प विकास केन्द्र सँग मिलेर आलंकारिक स्थानिय बोट विरुवाको अनसन्धान गर्ने काम, बागवानि विकास महाशाखासँग मिलेर बेमौसममा फूल उत्पादन गर्ने काम लगायतका विविधि कामहरु मैले मेरो कार्यकालमा गर्ने योजना बनाएको छु । त्यैसैगरी हाल हाम्रो एशोसियसनको ३ वटा जिल्लामा मात्र जिल्ला समिती रहेको छ, त्यसलाई विस्तार गरि नेपाल भरका पुष्प व्यावसायिहरुलाई सके सम्म एउटै छाता भित्र ल्याउने काममा लाग्ने पनि यस समितीको उद्देश्य हुनेछ ।

फ्लोरिकल्चर एशोसियसनलाई सरकारले २ वर्ष देखी बजेट छुट्याउँदै आएको छ, गत वर्ष ५ करोड रकम छुट्याएको थियो तर ३ करोड रकम फ्रिज भो किन होला ?
हो फ्लोरिकल्चर एशोसियसनलाई कृषि विकास मन्त्रालयले राम्रो पुष्प व्यावसायको विकासका लागि भनि विगत २ वर्ष देखी बजेट छुट्याउँदै आएको छ । सोहि अनुसार गत वर्ष पनि ५ करोड बजेट थियो । तर सरकारले समयमा पुष्प व्यावसायमा आएको बजेट अनुसार हाइटेक ग्नि हाउसमा दिने अनुदानको कार्यविधि समयमा नल्याउँदा सो कामका लागि टेन्डर आह्रवान गरेर पनि काम हुन सकेन । गत वर्ष नाकाबन्दीको समस्याले धेरै समय सम्म भारतबाट समान आयत गर्न सक्ने अवस्था थिएन,त्यसैले प्रथम पटकको टेन्डर आह्रवान गर्दा कसैको पनि निवेदन आउन सकेन पछिल्लो पटक टेन्डर आह्रवान हुँदा निवेदन आएपनि कार्यविधि समयमा नआउँदा काम भएन । यसमा हामिलाई दुः ख लागेको छ । तर अब भने कार्यविधि आइसकेकाले यस वर्षको बजेट अनुसार समयमा नै काम हुन्छ भन्ने विश्वास दिलाउन चाहान्छु ।
पुष्प व्यावसायिहरुलाई एशोसियसनले कस्तो सेवा प्रदान गदै आएको छ ?
हामिले यस एशोसियसन मार्फत पुष्प व्यावसायिहरुलाई बार्षिक रुपमा ३ वटा तालिम १ हप्ते तालिम सञ्चालन गर्दै आएका छाँै । जसमा नेपालका मात्र नभई अन्य मुलुकबाट पनि पुष्प विशेषज्ञहरु ल्याई तालिम प्रदान गछौँ । २०७१ साल देखी एशोसियसनले पुष्प व्यावसाय परामर्श केन्द्रको स्थापना गरेको छ । सो केन्द्रले नयाँ व्यावसाय शुरु गर्न चाहाने उद्यमिलाई निशुल्क व्यावसायिक पारामर्श सेवा प्रदान गर्दै आएको छ । त्यसैगरी हाल एशोसियसनमा रहेका अधिकाश साथिहरु संलग्न रहनु भएको फ्लोरिकल्चर सहकारी संस्था मार्फत केहि ऋण सुविधा पनि प्रदान गर्दै आएका छाँै ।