ब्रेकिन्ग न्युज

बहुमल्य ओलियोरेजिन बन्ने अदुवा खेती

कमला भट्टराई (न्यौपाने)

नेपालमा हाल २३ हजार ८ सय हेक्टर क्षेत्रफलमा अदुवा खेती भई बार्षिक रुपमा २ लाख ८० हजार ७ सय मेट्रिकटन अदुवा उत्पादन हुदै आएको छ । उत्पादित अदुवा मध्ये ६० प्रतिशत भारत निर्यात हुने, ३० प्रतिशत बिउका लागि प्रयोग हुने र बाँकि १० प्रतिशत नेपाली बजारमा नै खपत हुने राष्ट्रिय मसला बालि विकास कार्यक्रमका प्रमुख नरहरि प्रसार घिमीरेले जानकारी दिए । नेपालको अनुसन्धानले प्रति हेक्टर ३२ मेट्रिकटन अदुवा उत्पादन लिन सकिन्छ भने पनि औषतमा हाल सम्म १० मेट्रिकटन देखी २२ मेट्रिकटन सम्म मात्र उत्पादकत्व रहेको छ । अन्तराष्ट्रिय रुपमा हेर्ने हो भने प्रति हेक्टर ५० मेट्रिकटन सम्म अदुवाको उत्पादन लिन सकिन्छ ।
नेपालको सन्दर्भमा यो एक नगदे बाली भएपनि जुन रुपमा व्यावसायिक उत्पादन र विस्तार हुनुपर्ने हो, सोहि रुपमा हुन सकेको देखिदैन । नेपाली अदुवाको मुख्य बजार भारत भएकाले भारतमा अदुवा उत्पादन धेरै भएको समयमामा नेपाली अदुवा भारतले विभिन्न वहानामा किन्न नमान्ने वा कम मुल्यमा किन्ने गरेकाले किसानहरु यो खेतीमा ढुक्कक भएर लाग्न नसकेको घिमीरेको अनुभव छ । हालै भदौ महिनाको बुर्नी निकाल्लने समयमा भारतले नेपाली अदुवामा विषादीको मात्रा रहेको भन्दा २ हप्ता सम्म नेपाली अदुवा खरिद गर्न नमान्दा धेरै नेपाली किसानहरु निराश बनेको अवस्था छ । अदुवाको मुख्य उत्पादन भन्दा बुर्नीले राम्रो मुल्य पाउने भएकाले यो समयमा बजार अस्थितर हुँदा किसानलाई अदुवा खेती प्रति नै निराशा बढ्ने देखिन्छ । त्यसैले पनि यो खेतीको व्यवस्थित रुपमा व्यावसायिक विकास हुन सकेको छैन ।
नेपाली अदुवाको विविधिकरण नहँुदा पनि अर्को समस्या देखिएको छ । नेपालमा उत्पादन भएको सबै अदुवा काँचो पाना नै भारत निर्यात गरिने भएकाले यसको बजारमा समस्या देखिएको अदुवा अनुसन्धान र विकासको क्षेत्रमा काम गर्दै आएका विज्ञहरु बताउँछन् । हालै मात्र केहि मात्रमा झापा, नेपालगंज, दाङ लगायतका केहि क्षेत्रमा अदुवा प्रशोधन उद्योग खुले पनि ति उद्योगहरुले काँचो अदुवा सुकाएर वा पाउडर बनाएर मात्र विदेशी बजारमा निर्यात गदै आएको छ, तर बहुमुल्य तेल, ओलिवोरेजिन, क्यान्डि लगायतका उत्पादनहरु बनाई ब्रान्डिङ गर्न नसक्दा नेपाली अदुवाको बजार एकतर्फि र अनिश्चित भएको छ ।

उत्पादन प्रविधि
अदुवा एक वर्षिय मसलाबाली हो । यो तरकारी स्वादिलो बनाउन प्रयोग गर्नुको साथै आयुर्वेदिक औषधीहरुमा धेरै प्रयोग गरिन्छ । अदुवाबाट बहुमुल्य ओलियोरेजिन निकालिन्छ जसलाई खाद्यवस्तु स्वादिलो र वास्नादार बनाउन प्रयोग गरिन्छ । अदुवाबाट जिंन्जर पाउडर, जिंजर वाइन, जिंन्जर क्यान्डी जस्ता धेरै परिकार बनाउन सकिन्छ । नेपालको ७० जिल्लाहरुमा अदुवा खेती हुदै आएको छ । व्यवसायीक रुपमा भने १४ जिल्लाहरु विशेष रुपमा अगाडि आउँछ । जसमा इलाम, पाँचथर, भोजपुर, धनकुटा, तेह्रथुम, सल्यान, तनहुँ, पाल्पा लगायतका जिल्लाहरु अगाडि आउँछन् पूर्वाञ्चलका जिल्लाहरुमा ताजा अदुवाको व्यापार बढी छ भने पश्चिमाञ्चल क्षेत्रमा ताजा तथा सुठो दुबै उत्पादन र प्रशोधन गरी बिक्री गर्ने चलन छ ।

हावापानी र माटो
पानीको उचित निकास भएको, एकदमै चिम्ट्याइलो र बलौटे माटोमा बाहेक अन्य किसिमको माटोमा यसको खेती राम्रोसँग गर्न सकिन्छ । माटोको पि.एच. ५–६.५ भएमा अदुवा खेती राम्रो हुन्छ । बर्षै पिच्छे एउटै जमिनमा अदुवा रोप्नु हुदैन । एउटा जमिनमा ३ वर्ष विराएर अदुवा खेती गर्दा रोग लाग्ने समस्या कम हुन्छ ।
समुन्द्री सतहदेखि १६०० मिटर उचाई सम्म २० देखि ३० से.ग्रे तापक्रम भएको क्षेत्रमा अदुवा खेती उपर्युक्त हुन्छ । बाली अवधिभर १५००–२५०० मि.मि वर्षा भए उत्पादन राम्रो लिन सकिन्छ ।

अदुवाको जात
अदुवामा हुने रेसाको मात्रा अनुसार धेरै रेशा भएकोलाई नशे र कम भएकोलाई बोसे अदुवा भनिन्छ । स्थानिय जातहरुमा भोजपुरे, सल्पाने, इलामे, (सबै बोशे जात) हुन्, जसलाई ठाउँअनुसार नामाकरण गरीएको छ ।

कपुरकोट १
यो नेपालमा उन्मोचित अदुवाको एकमात्र जात हो । यो जात तराई देखि उच्च पहाडसम्म लगाउन सकिन्छ ।यसको वाली २२५–२४० दिनमा तयार हुन्छ । यसको उत्पादन ४० मे.टन प्रति हेक्टर रहेको छ ।
कपुरकोट –१ अदुवाको जातीय विशेषता
सिफारिश क्षेत्र समुन्द्र सतहदेखि १६०० मिटर उचाइ सम्मको विभिन्न
हावापानीमा देशको पूर्वदेखि पश्चिम भित्री मधेश, मध्य पहाड

र वेशी
वाली तयार हुने अवधि २२५ देखि २४० दिन (मध्यपहाड)
उत्पादन क्षमता २२.८ देखि ३६.५ मे.टन प्रति हेक्टर (ताजा अदुवा)
पाना उत्पादन प्रति वोट ४०० देखि ५४० ग्रामसम्म
सुठो बन्न सक्ने औषत अनुमान १८ प्रतिशत
भोलाटायल तेलको मात्रा २.१६ प्रतिशत
ओलियोरेजिनको मात्रा ७.१२ प्रतिशत
रेशा ४ प्रतिशत भन्दा कम
अन्य गुणहरु पाना कुहिने रोग सहन सक्ने
पातको थोप्ले रोग कम लाग्ने
उन्मोचन मिति २०५८–३–२६

लगाउने समय
अदुवा लगाउने समय त्यस ठाउँको हावापानीमा भरपर्दछ । समुद्र सतहदेखि १६०० मीटर उचाई भएका मध्यपहाडी क्षेत्रमा चैत्र महिनाको शुरुमा र त्यसपछि प्रत्येक ३०० मिटर तल्लो उचाईमा २ हप्तापछि अदुवा लगाउन ठिक हुन्छ । बैशाख १५ भित्र अदुवा लगाउने उपर्युक्त समय हुन्छ , ढिलो गरी लगाएमा गानाहरु ठुला हुदैनन् फलस्वरुप उत्पादन र गुणस्तर क्रमश ः घट्दै जान्छ । समग्रमा अलि चाडो गरी अदुवा लगाएमा गानोहरु राम्रोसंग बढ्ने र उत्पादन पनि धेरै हुने हुन्छ ।
बीउदर
अदुवाको प्रसारण गानोबाट गरिन्छ । गानोको तौल अनुसार बीउ दरको निर्धारण हुन्छ । बीउ गानो ३० देखि ६० ग्राम सम्मको भएमा रोप्न उपर्युक्त हुन्छ । एक रोपनीमा १२५–१७५ किलोग्राम र एक कठमा ८५–११५ किलोग्राम सम्म बीउ लाग्दछ । प्राकृतिक रुपमा अदुवा फुल्छ तर वीउ लाग्न सक्दैन । त्यसैले अदुवाको प्रसारण पाना बाट मात्र सम्भव छ । वीउको रुपमा प्रयोग गरिने गानोलाई वीउ गानो भनिन्छ । प्रसारणका लागि वीउ गानो प्रयोग हुने भएकोले प्रति इकाई क्षेत्रमा ज्यादा वीउ (पाना) लाग्दछ । वीउको मात्रा अदुवाको जात , हावापानी र लगाउने समयमा भरपर्दछ । ठूलो पाना हुने जस्तो सल्यान, भोजपुर र ईलाममा सेलेक्सन जातको वीउ पाना बढी चाहिन्छ । सामान्यतया ५०–६० ग्रामको वीउ लगाउदा २५० कि.ग्रा प्रति रोपनी वीउ गानो लाग्दछ ।
लगाउने दुरी
हार देखि हार ३०–४० सेन्टीमिटर र बोट देखि बोट २५–३० सेन्टीमिटर लगाउँदा राम्रो उत्पादन लिन सकिन्छ ।

असल बिउ गानोको छनौट विधि
असल बिउ गानोमा निम्न अनुसारका गुणहरु हुुनु पर्दछ ।
जातीय शुद्धता भएको, एउटै जातको गानो हुनुपर्दछ ।
उपर्युक्त साइज तथा आकार ३०–६० ग्राम तौल भएको हुनुपर्दछ ।
पोटिलो , छिप्पेको (पहाडमा भए ९ महिनामा खनेको ) गानो हुनुपर्दछ ।
कम्तीमा एउटा पुष्ट मोटो टुसा निस्कन सक्ने क्षमता भएको गानो हुनुपर्दछ ।
रोग कीराको प्रकोपबाट मुक्त साथै माउँ वोटमा गानो कुहिने रोग नलागेको स्वस्थ हुनुपर्दछ ।
घाउ चोट नलागेको, बीचमा नकाटीएको बोक्रा टाँसिएको (नखुइलिएको ) गानो हुनुपर्दछ ।

अदुवा खेतीबाट ४ विगाह जमिनका मालिक बनेका पुडासैनी

दश वर्ष अघि मकवानपुरको नामटार ३ मा बसाई सरेर आउँदा आफ्नो जमिन नभई अर्काको जमिन भाडामा लिई व्यावसायिक अदुवा खेतीको सुरुवात गरेका राज कुमार पुडासैनीले हाल ४ विगाह जमिन जोडेका छन् ।
सानै देखी अभाव देखेर हुर्केका पुडासैनी जिल्ला स्तरिय मसलाबालीको संयोजक पनि हुन् । अदुवा उत्पादन सम्बन्धि विशष्ट तालिम नलिएको भएपनि आफ्नै ज्ञान र सिपको प्रयोग गरी अदुवा लगाउँदा १ कुन्टल रोपेको ठाउँमा २२ कुन्टल सम्म फलाउन सफल भएको उनको अनुभव छ । अदुवा खेतीमा पाएको सफलताले उनलाई व्यावसायिक रुपमा तरकारी खेतीमा लाग्ने प्रेरणा मिलेको र सोहि अनुरुप काम गर्दै जाँदा तरकारी खेतीबाट पनि राम्रो फाइदा लिन सकेकाले आफुले कृषि बाटै १० वर्षमा ४ विगाह जमिन जोड्न सफल भएको उनको भनाइ छ । पुडासैनीका अनुसार कृषिका विभिन्न उत्पादनहरु अदुवा, आलु, तरकारी लगायतका कृषि उत्पादनबाट बार्षिक रुपमा १५ लाख भन्दा धेरै आम्दानी लिदै आएका छन् । क
अदुवा लगाएको ११ वर्ष भैसक्दा पनि आफ्नो बारीमा कुनै प्रकारको रोगले आक्रमण नगरेको र सोचे भन्दा धेरै राम्रो आम्दानी अदुवा खेतीबाट लिदै आएकोमा पुडासैनी धेरै खुसि छन् ।
उनको अनुभवमा अदुवामा रोग लाग्न नदिन प्रशस्त मात्रामा गाईवस्नुको मल प्रयोग गर्नुपर्ने र पानि जम्न नदिन ड्याङ बनाएर अदुवा खेती गर्नुका साथै छापो अनिवार्य रुपमा राख्न सके यस खेतीबाट राम्रो उत्पादन लिन सकिन्छ । त्यसैगरी सबै भन्दा पहिला बिउ राम्रो हुनुपर्ने र बिउका लागि प्रयोग हुने अदुवाको बुर्नी निकाल्न नहुने पनि पुडासैनीको भनाइ छ ।
उनका अनुसार बुर्नी निकाल्दा जति सुकै सावधाननिका साथ निकाले पनि माउ अदुवालाई चोट लाग्ने र यसबाट गुणस्तरिय बिउ लिन सकिदैन ।
पुडासैनी जिल्ला कै नमुना व्यावसायिक किसान हुन् । उनले हाल ५ रोपनी जमिनमा अदुवा लगाउँदै आएका छन् । जिल्लाले उनको बिउ उत्पादनलाई स्रोत बिउको रुपमा प्रयोग गर्न सिफारिस पनि गरेको छ । उनले बुर्नी र बिउ अदुवाको विक्री गरि बार्षिक रुपमा ३ लाख रुपैँया खुद नाफा लिदै आएका छन् ।

अदुवालाई विस्तार गर्न प्रविधि सँगै व्याजमा अनुदान दिनुपर्छ

इलाम जिल्लाको तिल्केनी गाविस वडा न ६ की मेनुका दाहालले १३ वर्ष देखी १५ रोपनी जमिनमा व्यावसायिक रुपमा अदुवा खेती गर्दै आएकी छन् ।
अदुवा खेतीमा गाईवस्तुको मल, गहुँत र कषि चुन बाहेक अन्य सामाग्रीहरु प्रयोग नगरी विषादी रहित तरिकारले बासे जातको अदुवा खेती गर्दै आएकाले हाल सम्म गानो कुहिने जस्ता रोगहरुको धेरै संक्रमण नभएको दाहालले जानकारी दिइन् ।
उनका अनुसार बार्षिक रुपमा मल, बिउ र जनशिक्तको सहित ६० हजार जति लगानि लाग्ने अदुवा खेतीबाट बजारको मुल्यमा घटबढ नभए खर्च कटाएर २ लाख ५० हजार सम्म आम्दानी लिन सकिन्छ ।
दहालका अनुसार अदुवा खेतीमा दिइने तालिममा भने जस्तै सबैविधिहरु पु¥याउन नसक्दा र अदुवामा छापोको प्रयोग गर्न नसक्दा सोचे अनुरुप उत्पादन लिन सकिएको छैन । अदुवामा बुर्नी निकाल्नु भन्दा अघि २ वटक र बुर्नी निकाली सकेपछि १ पटक गरी जम्मा ३ पटक गोडमेल गर्दै आएको पनि उनले बताइन् ।
अदुवा खेतीबाट राम्रो आम्दानी लिन सकिने भएपनि यसमा बिउका लागि धेरै लगानी गर्नुपर्ने भएकाले र यो एक वर्ष पछि मात्र आम्दानी लिन सकिने बाली भएकाले सरकारले यसमा अनुदान दिनुभन्दा सरल कृषि कर्जा प्रवाह गरी कम्तिमा १ वर्ष सम्म व्याजमा अनुदान दिने व्यवस्था मिलाउनुपर्ने दाहालको सुझाव छ ।

प्रशस्त गाईवस्तुको मल प्रयोग गरे अदुवामा रोग लाग्दैन

सल्यान जिल्लाको माल्नेटामा बाबु बाजे देखी गदै आएको अदुवा खेतीलाई २०५० साल देखी निरन्तरता दिदै आएका कृष्ण गिरीले ७ रोपनी जमिनमा कपुटकोट १ जातको अदुवा लगाउँदै आएका छन् ।
गोठेमल बाहेक अन्य कुनै प्रकारको मल प्रयोग नगरिने भएकाले हाल सम्म उनको अदुवाबारीमा कुनै पनि प्रकारको रोगले आक्रमण नगरेको गिरीको भनाइ छ । उनले अदुवा खेतीमा प्रति रोपनी ६० डोका गोबर मल र छापोको रुपमा सोत्तर प्रयोग गर्दै आएका छन् ।
उनको बारीको माटो पहेँलो बलौटे रंगको छ । कुनै पनि प्रकारको रोग नलागेको भएकाले जिल्ला कृषि कार्यालयले पनि उनले उत्पादन गरेको बिउलाई स्रोत बिउको रुपमा प्रयोग गर्न सिफारिस गरेको छ । गत वर्ष खर्च कटाएर बुर्नी र माउ सहित ३ लाख रुपैँया आम्दानी लिएको गिरीको भनाइ छ ।
यो नगदे बाली भएपनि जुन रुपमा यसबाट धेरै उत्पादन लिनुपर्ने हो, सोहि रुपमा उत्पादन लिन भने नसकिएको गिरीको अनुभव छ । बिउमा नै प्रयोग हुने भएपनि सुरक्षित तरिकारले बुर्नी निकाल्दा कुनै समस्या नहुने र यस विषयमा अन्य किसानलाई भ्रममा नपर्न उनको सुझाव छ, ।
अदुवा खेतीको मुख्य नाफा भनेको नै भदौँको पहिलो दास्रो हप्तामा निकालिने बुर्नी हो र बुर्नी ननिकाले यो त्यसै खेर जाने भएकाले विभिन्न रोगबाट बचाउन प्रशस्त मात्रामा गाईवस्तुको मल र छापोको प्रयोग गरी बुर्नी निकाल्नुनै बुद्धिमानी हुने गिरीको सुझाव छ । गिरीका अनुसार १ किलो रोपेको अदुवा बुर्नी निकाल्ने समयमा २ किलो हुने भएकाले यो नै किसानको लागि फाइदा लिने मुख्य आधार हो ।

बीउ उपचार
अदुवा रोप्नु अघि बीउ उपचार गर्नु पर्दछ । अदुवा खेतीको लागि वीउ उपचार अति महत्वपुर्ण कृषि कर्म हो किनभने गानो कुहिने रोगको संक्रमण कम वा बेसी नेपालको सबै क्षेत्रमा पाइएको छ । यो रोगको रोकथामको लागि वीउ उपचार नै प्रभावकारी एवं व्यावहारिक उपाय सिद्ध भएको छ ।
छनौट गरिएका वीउ गानाहरुलाई १० लिटर पानीमा २५ ग्राम म्यानकोजेव वा १० ग्राम कार्बेन्डाजिमको घोलमा एक घण्टासम्म डुवाई छायाँमा सुकाएर सुख्खा भएपछि मात्र रोप्नु पर्दछ ।
मलखाद मात्रा र प्रयोग विधिः
यदि माटोमा जिङ् तत्वको कमी छ भने जमिनको तयारीमा समयमा ६ केजी जिङ् प्रति हेक्टरका दरले माटोमा मिसाउनु पर्दछ ।
अदुवा माटोमा फल्ने स्वरुपान्तरीत काण्ड तथा खन्चुवा वाली भएकाले माटोमा चिस्यान वचाई राख्न र खाद्यतत्वको आवश्यक सन्तुलन मिलाउन प्राङ्गारिक मलको निकै आवश्यकता पर्छ ।
राम्रो पाकेको कम्पोष्ट वा गोठे मल ५० देखि ६० डोको प्रति रोपनिका दरले अदुवा लगाउने जमीनमा समान रुपले फैलाउने र मललाई घाममा सुक्न नदिई जोतेको माटोमा मिलाउनु पर्छ । यसका अलावा नीमको पिना २ टन प्रति हेक्टरका दरले जमिनको तयारी गर्ने वेलामा माटोमा राम्रो संग मिलाएमा उत्पादन वृद्धि हुनाका साथै रोग किरा पनि कम लाग्छ ।
रासायनिक मलको मात्रा माटो जाचंपछि निर्धारण गर्न सकिन्छ । साधारणतया ७५ किलोग्राम नाइट्रोजन, ५० किलोग्राम फस्फोरस र ५० किलोग्राम पोटास प्रति हेक्टरका दरले प्रयोग गरेमा अधिकतम उत्पादन लिन सकिन्छ । उपर्युक्त दर अनुसार डि.ए.पि. युरिया र म्युरेट अफ पोटासको मात्रा प्रति रोपनि निम्नानुसार प्रयोग गर्नुपर्छ ।
मलको नाम परिमाणर रापनी प्रयोग गर्ने समय
कम्पोष्ट र गोठे मल ५०–६० डोका रोप्नु भन्दा २ हप्ता पहिले।
डि.ए.पी ५.० किलोग्राम जमीनको अन्तिम तयारी
रोप्ने समयमा
यूरिया ६.० किलोग्राम दुई पटक, आधा आधा
पहिलोः उम्रेको १
महिनापछि
दोश्रोः उम्रेको २
महिनापछि
म्युरेट अफ पोटास ४.० किलोग्राम दुई पटक ः आधा आधा
पहिलो ः जमिनको अन्तिम
तयारी
दोसो ः उम्रेको २ महिना पछि

लगाउने तरीका र छापो हाल्ने
जमिनको बनावट हेरी अदुवा लगाउने तरिका पनि फरक हुन्छ । बढी पानी जम्ने भिरालो छ भने अदुवा ड्याङ् वनाई रोप्नु पर्दछ । पानीको निकास भएको, पानी नजम्ने वा कम पानी पर्ने ठाउँमा ड्याङको आवश्यकता पर्दैन, सोझै रोप्न सकिन्छ ।
अदुवा खेतीमा छापोको प्रयोग आवश्यक पर्दछ । यसले माटोमा चिस्यान कायम राख्दछ , झारपात रोकथाम गर्दछ , भूसंरक्षण गर्दछ , माटोमा प्राङ्गारिक पर्दाथ थपी माटोको उर्वराशक्ति बढाउँदछ ।
छापोका लागि स्थानीय तहमा प्राप्त हुन सक्ने हरिया पातहरु, खर, बावियो आदिे प्रयोग गर्न सकिन्छ । चाँडै सड्ने वस्तुहरु अदुवा खेतीको छापोको लागि उपर्युक्त हुन्छ । त्यसैले अदुवा रोपेपछि ४–५ से.मी वाक्लो हुने गरी छापो हाल्नुपर्दछ ।
अदुवा रोप्दा जमीनमा ३०से.मी को फरकमा कुटो वा कोदालोले १० से.मी गहिरो कुलेसो बनाउने । वीउ गानोहरु ३० से.मी को दुरीमा रोपेर गानाहरु माथि ६–७ से.मी माटोको तह पर्ने गरी पुर्ने ।
ठूलो क्षेत्रमा खेती गर्नु छ भने उपरोक्त दुरी कायम हुने गरी हलोको पछाडि पनि रोप्न सकिन्छ । भिरालो जग्गामा पानी जम्ने समस्या नभएकोले ड्याङ् बनाउनु पर्दैन तर बढी पानी पर्ने ठाउँ तथा समथर जमीन जहां जलमग्न हुने समस्या छ त्यस्तो ठाउँमा १५ से.मी अग्लो, १.२ मिटर चौडा र जमीन अनुसार लम्वाईको ड्याङ्मा रोप्ने व्यवस्था मिलाउनु पर्छ । यसरी वनाएको ड्याङ्मा प्रत्येक ४ लाइन पछि पानी निकासको लागि कुलेसो बनाउन सकिन्छ ।

गोडमेल र सिँचाई
पहिलो गोडाई ः बीउ उम्रेको १ महिना पछि गानोलाई असर नपर्ने गरी गोडाई गर्न सकिन्छ । यूरियाको प्रयोग यसै समयमा गर्न सकिन्छ । गोडाई गरिसकेपछि छापो कम भएमा थप्ने व्यवस्था गर्नुपर्दछ । दोश्रो गोडाई ः बीउ उमे्रको २ महिना पछि दोश्रो गोडाई गरिन्छ । यसबखत बचेको मलखाद दिनु पर्दछ ।
पहिलो पटकः उमेको एक महिनापछि पानालाई असर नपर्ने गरी गोडमेल गर्ने । युृरियाको आधा भाग अर्थात ३ के.जी प्रति रोेपनिका दरले वोटको चारैतिर माटोमा मिसाउने । पहिलो छापोबाट मात्र जमीन नढाकिने भए पुनः थप छापो हाल्ने ।
दोश्रो ः उम्रेको दुई महिनापछि पानालाई असर नपर्ने गरी सम्भव भए हातैले झारहरु उखेल्ने र वाँकी वचेको आधा भाग युरिया ३ के.जी र म्युरेट अफ पोटास २ के.जी प्रति रोपनीका दरले वोटको वरिपरि माटोमा मिसाउने । पूर्णरुपले जमीन ढाक्ने छापो नपुग्ने भए पुन ः छापो थप्ने ।
अदुवा वालीमा पाना कुहिने रोगको सम्भावना कम गर्न गोडमेल वा ब्रुनी निकाल्दा सकेसम्म नयां वा पुरानो अदुवाको गानाहरुमा चोटपटक पु¥याउन हुदैन । यसको वचावटको लागि फलामे औजारहरु जस्तै कुटो कोदालो आदि प्रयोग नगरी वांसको कप्टेराहरुवाट गोडमेल कार्य गर्नु सुरक्षित हुन्छ ।
सिचाँई
माटोमा चिस्यान नभएमा रोप्नु अगाबै सिचाँई गर्नु पर्दछ । मौसम सुख्खा रहेमा एक महिना पछि दुई ड्याङ्को बीचमा पानी हाल्नु पर्दछ । मल दिएपछि माटोको चिस्यान हेरी हल्का सिचांइ गर्नु पर्दछ ।
नेपालको पूर्वी पहाडमा वार्षिक १५०० देखि २५०० मि.मि र पश्चिम पहाडमा १०००देखि १५०० मि.मि सम्म वार्षिक औषत वर्षा हुने गरेको पाइन्छ । नेपालमा वर्षे वालीको रुपमा अदुवा खेती गरिने भएकोले सामान्यतया सिचांइको आवश्यकता पर्दैन तर वर्षा कम हुने क्षेत्र तथा गर्मी हावापानी भएको क्षेत्रमा सिंचाइको आवश्यकता पर्न सक्दछ । माटोको चिस्यान छैन भने रोप्नु अघि सिचाँई गरेर मात्र रोप्नुपर्दछ । मौसम सुख्खा रहिरहेमा अर्को एक महिना पछि दुई व्याडको वीचमा पानी कटाई सिचाँई गर्ने व्यवस्था मिलाउनुपर्छ ।

अन्तरबाली लगाउने
अदुवा तयार हुन झण्डै नौ महिना लाग्दछ । अदुवा खेती गर्दा अधिक फाइदा लिन स्थानीय मौसम अनुसार तपसिलका अन्तरबाली प्रणाली अपनाउन सकिन्छ । अदुवा चैत्र –वैशाखमा रोपियो भने मंसिर–पुषमा मात्र खनिन्छ । प्रति इकाई क्षेत्रबाट अधिकतम फाइदा लिन अन्तरवाली प्रणाली अपनाई अदुवालाई आंप, सुन्तला आदिको वगैचामा घुसुवा वालीको रुपमा लगाउन पनि सकिन्छ । विभिन्न अन्तरवाली प्रणाली मध्य अदुवा –मकै अन्तरवाली अधिकांश ठाउँमा सफल भएको पहिएको. छ । स्थानीय हावापानी अनुसार तपसीलका अन्तरवाली प्रणाली अपनाउन सकिन्छ ।
अदुवा+मकै अदुवा+रहर
अदुवा+खुर्सानी अदुवा+ढैचा
अदुवा+सूयमुखी अदुवा+केरा

बाली चक्र अप्नाउने
बर्षेनी एउटै वारीमा अदुवा खेती गर्नु हुर्दैन । वर्षै पिच्छे एउटै जग्गामा अदुवा लगाएमा रोग कीराको प्रकोप बढ्दछ, माटोको उर्वराशक्त्ति ह्रास हुन्छ फलस्वरुप उत्पादन घट्दछ । तसर्थ अदुवा खेती गर्दा बालीचक्र अपनाउनु पर्दछ । तीनवर्षे चक्रमा एक वर्ष कोशेवाली रोप्नु पर्दछ । खाद्यतत्वको कमी हुनगई उत्पादन कम हुन सक्छ त्यसैले तल दिइए अनुसार वालीचक्र अपनाउनु पर्छ । एउटा ३ वर्षे चक्रमा कमसेकम एउटा कोसेवाली समावेश गराउनु पर्छ ।
पहिलो वर्ष दोश्रो वर्ष तेश्रो वर्ष
१ अदुवा मकै–गहु मकै–भटमास–तारी
२ अदुवा रमकै भटमास मकै–तोरी
३ अदुवा मकै–आलु मकैर वाडी

पौष्टिक महत्व
१०० ग्राम सुठोमा औषतरुपमा तल उल्लेखित तत्वहरु पाईन्छन् ः
तत्व मात्रा
चिस्यान ६.९ ग्राम
प्रोटिन ८.६ ग्राम
चिल्ला पदार्थ ६.४ ग्राम
रेशा ५.९ ग्राम (जात अनुसार फरक)
फस्फोरस ०.१५ ग्राम
सोडिएम ०.०३ ग्राम
पोटासियम ०.४० ग्राम
भिटमिन ए १७५ आइ.यू
भिटामिन वि १ ०.८५ मि.ग्रा
भिटामिन वी ०.१३ मि.ग्रा
नियासिन १.५ मि.ग्रा
भिटामिन सि १२.मि.ग्रा
फलाम १.० मि.ग्रा
खाद्यशक्ति ३८० क्यालोरी
ताजा अदुवामा करिव ८० प्रतिशत पानीको मात्रा रहेको हुन्छ ।

अदुवा तयारी हुने अवस्था
अदुवा खन्ने समय हावापानी, जात, उपयोग तथा वजारको मागमा भर पर्दछ । वजारमा ताजा अदुवाको माग बढेको छ भने भदौ पछिनै खनेर बेच्न सकिन्छ । कलिलो अवस्थामा खनिएको अदुवा , हलुका पेय पदार्थ र क्यान्डी वनाउन प्रयोग गरिन्छ । तेल र ओलियोरेजिन प्रशोधनका लागि पठाउनु छ भने ७–८ महिनापछि खन्न उपर्युक्त हुन्छ । तर वीउ प्रयोजनका लागि खेती गरिएको हो भने पूर्ण छिप्पिए पछि मात्र खन्नुपर्छ । सामान्यतया ७५ प्रतिशत सरा सुकेर ढल्न थाल्यो भने वाली तयार भएको मानिन्छ ।
अदुवा खन्दा गानाहरुमा चोटपटक नलाग्ने गरी खन्नु पर्छ । पानामा टांसिएको माटो, जरा र सुकेका पातहरु हटाउनु पर्र्छ । नेपालमा अदृुवाको अधिकतम उत्पादन क्षमता ४० मे.टन प्रति हेक्टर सम्म पाइएता पनि औसत राष्ट्रिय उत्पादकत्व ११.३ मे.टन प्रति हेक्टर रहेको छ । भारतमा १८ तथा मौरिससमा ५५ मे.टन प्रति हेक्टर सम्म उत्पादन भएको पाइएको छ ।
वाली संरक्षण
अदुवा वालीमा लाग्ने प्रमुख रोगहरु
नेपालको सन्दर्भमा अदुवा वालीमा रोगवाट मात्र ४० प्रतिशत सम्म उत्पादनमा ह्रास आएको अध्ययनबाट थाहा भएको छ । अदुवा वालीमा विभिन्न ढुसी, शंकाणु र जुका गरी जम्मा २४ प्रकारका रोगहरु लाग्ने गरेको पाईन्छ तर नेपालको सन्दर्भमा निम्न रोगहरु अदुवा खेतीका लागि आर्थिक दृष्ट्रिकोणले ह्रास आउने रोगहरु हुन् ।

अदुवाको मुख्य रोग गानो कुहिने रोग
अदुवामा लाग्ने विभिन्न प्रकारका रोगहरु मध्ये गानो कुहिने रोगले यो खेतीमा धेरै क्षति पु¥याउँछ । यो रोगले विरुवाको बृद्धि अवस्था देखि भण्डारण एवं उपभोगको अवस्था सम्म कुनै न कुनै रुपले क्षती पु¥याएको हुन्छ । नेपालमा यो रोग अदुवा खेती गरीने प्राय सवै क्ष्ोत्रमा कम वा वढि लागेको पाइन्छ । तर रोगको संक्रमणता, स्थान विशेषता कम वा वेसी (५ दखि ७५ प्रतिशत सम्म ) हुने गरेको रोग सर्भेक्षणबाट थाहा भएको छ । यो रोग (पिथियम र फयुजारियम ) यो रोगबाट मात्रै राष्ट्रिय अदुवा उत्पादनमा प्रति वर्ष सालाखाना ३० प्रतिशत सम्म क्षति हने अध्ययनले देखाएको छ ।
रोगको लक्षण
रोप्नु अघि नै वीउ गानोमा ढुसीको संक्रमण भै रहेको छ भने उम्रने वित्तिकै टुसाहरुमा पानीयुक्त धव्वाहरु देखिन्छन् ।
रोग वढ्दै गएमा टुसाहरु नै मर्दछन् । माटोवाट विरुवामा रोग सरेको भए सराको तल्लो पातको टुप्पो पहेलिन्छ र पातको दुवै किनारा हुदै सम्पुर्ण पातहरु नै पहेलिन्छ र पातको दुवै किनारा हुदै सम्पुर्ण पातहरु नै पहेलिन्छ । अन्तमा सराहरु मलिन हुनुको साथै सुकेर जान्छन् ।
माटो मुनिका गानोहरुवाट रोग लागेको सरा सजिलै उखेल्न सकिन्छ । रोगको उग्र अवस्थामा पहेँलो देखिने सम्पुर्ण सराहरु जमीन माथि लडेका देखिन्छ ।
रोग सत्रंmमित गानो उखेलेर हेर्ने हो भने गानो फयात्त सडेको पाइन्छ र केही गन्हाउछ । यो रोगबाट गानो फ्यात्त परेर सड्ने भएकोले यो रोगलाई कयात चयत पनि भनिन्छ ।

रोगको कारण र ं सर्ने प्रक्रिया
अदुवाको गानो फ्यात्त परी सड्ने रोग ९कयात चयत० पिथियम प्रजातीका विभिन्न ढुसीहरुवाट हुन्छ । अदुवा खेती गरिने धेरै मुलुकहरुमा पिथियमको संक्रमणद्धारा उत्पादनमा क्षती भएको पाइन्छ । पिथियमका विभिन्न प्रजातीहरु मध्ये पिथियम एफानिडर्माटम, ग्रामिनीकोलस, मारियोटाइलम, र ग्रासिली धेरै ठाउँमा संक्रामक भएको पाइन्छ । यो रोग वीउ र माटो दुवै बाट सर्दछ ।
यो रोगको ६० प्रतिशत संक्रमण वीउबाट नै शुरु हुने गर्दछ । खेतीयोग्य माटो, ढुसीबाट एकपटक संक्रमण भयो भने सो माटोमा वाली विरुवालाई रोगवाट वचाउन निकै जटिल एंव गाह्रो पर्दछ । यो ढुसीको जीवाणु माटो वा रोगी गानो वा डाठंमा २ वर्ष सम्म जीवीत रहन सक्दछ । उचित वातावरण पाएमा पुन ः विरुवामा आक्रमण गर्दछ ।
पिथियम प्रजातिका प्राय ः सवै ढुसीहरुले जमीनमा पानी जम्मे जस्तो उचित वातावरणमा पानीमा तैरिने खालका असंख्य जीवाणु जन्माउंछन् । वग्ने पानी र वर्षाकोे पानीको छिटाको माध्यमवाट एक ठाउँवाट अर्को ठाउँमा पुग्छ र नयाँ विरुवामा आक्रमण र्गछन् ।
वायुमण्डलमा प्रशस्त आर्द्रता भएको र तापक्रम २५ देखि ३५ डिग्री सेल्सीयमको न्यानो अवस्थामा रोगको वृद्धि छिटो हुन्छ । श्रावण र भाद्र महिनामा यो रोगको प्रकोप ज्यादा देखिन्छ । यो रोग सर्न र फैलन वीउ, माटो र वातावरणको महत्वपुर्ण भूमिकम रहेको हुन्छ ।

रोगको रोकथाम
गानो कुहिने रोगलाई एउटै मात्र विधी अपनाएर दिगो रुपमा रोकथाम गर्न सकिदैन । वरिपरिको वातावरणलाई कुनै पनि नकारात्मक असर नपर्ने गरी, कृषि कर्ममा सुधार ल्याएर, रोग प्रतिरोध जात प्रयोग गरेर,
विषादिको कम प्रयोग गरेर तथा जैविक विधि अपनाएर वाली विरुवाका रोगहरुलाई रोकथाम गर्नु हाम्रो उद्देश्य हुनुपर्छ ।
रोग अवरोधी वा रोग सहन सक्ने जातको प्रयोग
अन्य मुलुकहरुमा पनि गानो कुहिने रोग नै नलाग्ने जातको विकास हाल सम्म भएको छैन । तर तुलनात्मक हिसावले गानो कुहिने रोग सहन सक्ने जातहरुको विकास भएको छ ।अदुवा अनुसन्धान कार्यक्रम, कपुरकोटले श्क्ष्(ढठद्दज्ञ र श्क्ष्(डछण्द्द नामक २ जातहरु गानो कुहिने रोग सहन गर्न सक्ने एवं बढी उत्पादन दिने जातका रुपमा छनौट गरेको छ ।

पहँेलो रोग
यो रोग फयुजारियम नामक ढुसीबाट हुने गर्दछ । नेपालमा २०५४–२०५५ मा अदुवा वालीमा गरिएको रोग सर्वेक्षण अनुसार यो रोग ज्यादै व्यापक पाइयो । विभिन्न अदुवाका पकेट क्षेत्रबाट संकलित ८५ रोगी नमूना मध्ये ६१ प्रतिशत फयुजारियमवाट संक्रमण पाइयो ।
रोगको लक्षण
संक्रमित विरुवाका पातहरु टुप्पावाट पहेंलिन थाल्न् र क्रमश ः पुरै पात पहेलिन्छ । रोगले उग्र रुप लिदै जांदा पूरै वोट पहेलिन्छ , सुक्छ तर आफै ढल्दैन ।
ढुसीको संक्रमण पछि गानोको वृद्धि रोकिन्छ । गानो क्रमश ः सुकेर चाउँरिदै जान्छ । यो रोगलाई सुख्खा सडन पनि भनिन्छ । यो रोगको संक्रमण पिथियम ढुसीवाट हुने गानो कुहिने रोग भन्दा कम व्यापक हुन्छ । स–साना पकेट क्षेत्रमा सिमित भएको पाइन्छ । यो पनि वीउ र माटो दुबैवाट सर्ने रोग हो ।

ओइलाउने रोग
यो रोग पनि वीउ र माटो वाट सर्ने प्रकृतिको हुन्छ । यो रोग शंकाणु द्धारा हुन्छ । यस प्रकारको रोग भारतको केरला, उडिसा र सिक्किम क्षेत्रमा व्यापक फैलिएको पाइन्छ । नेपालमा भने मोरङ्को लेटाङ्, झापाको वाहुनडांगी र स्याङजाको करेनडांडा पकेट क्षेत्रहरुमा मात्र २०५४–२०५५ को अदुुुवा रोग सर्वेक्षणमा ओइलाउने रोग देखा परेको थियो । यो रोग हालको अवस्थामा त्यति व्यापक भै सकेको छैन ।
रोगको लक्षण
ओइलाउने रोगको लक्षण प्राय ः साउन –भदौमा देखापर्छ । सबैभन्दा पहिले पातहरु ओइलाए जस्ता देखिन्छन् । पातका किनारा तलतिर फर्केर वेरिए जस्ता दखिन्छन् । रोगको विकसित अवस्थामा सराहरु सुक्दछन् र गानोको वृद्धि रोकिन्छ । गानोमा शंकाणुको संक्रमण भएको गानो कुहिन्छ । जसवाट अण्डा कुहे जस्तो नराम्रो गन्ध आउंछ । सडेको भाग निचोर्दा पिप जस्तो लेदो वाहिर आउंछ ।

रोग पहिचानको सामान्य विधि
उपर्युक्त लक्षण देखाउन संक्रमित् विरुवाको सरा वा गानो काटेर सिसाको गिलासमा सफा पानीमा एक देखि ५ मिनेट सम्म डुवाउने शंकाणुवाट ओइलाउने रोग उत्पन्न भएको भए काटेको ठाउँवाट पीपको लेदो पानीमा तलतिर झरेको देखा पर्छ ।

थोप्ले रोग
अदुवामा लाग्ने थोप्ले रोग नेपालमा निकै व्यापक भएको पाइन्छ । खासगरि दक्षिण फर्केको पहाड तथा धेरै समय कडा घाम लाग्ने ठाउँको एकल अदुवा खेतीमा रोगको प्रकोप वढि भएको पाहिएको छ भने उत्तर फर्केको पहाड वा अन्तरवाली प्रणालिमा आंशिक छाया पाउने अदुवामा रोगको प्रकोप कम देखिन्छ । यो रोगवाट सालाखाला ५ प्रतिशत सम्म उत्पादनमा क्षति हुने अनुमान गरिएको छ ।
रोगको लक्षण
रोगको असर कलिलो पातमा ज्यादा हुन्छ । पातमा अण्डाकार वा लम्वाकार स–साना थोप्लाहरु देखा पर्दछ । यो रोग विशेष गरी श्रावण–भाद्रमा महिनामा देखापर्छ । रोगले उग्र रुप लियो भने थोप्लाहरु एक अर्कामा जोडिन्छ । थोप्लाको विचको भाग सेतो नेपाली कागज जस्तो देखिन्छ र वीच–वीचमा च्यापिएको पनि हुन सक्छ । वीचको सेतो भागमा स–साना काला विन्दु जस्ता देखा पर्छन् । ती पिक्निडियाहरुवाटै उचित वातावरणमा पिक्नियोस्पोर उत्पन्न भई नयाँ पातहरुमा दोश्रो पुस्ताको संक्रमण शुरु गर्दछन् र रोग फैलिदै जान्छ । पातमा हरितकरण घट्दैजाने भएकोले उत्पादनमा क्षति हुन जान्छ ।

रोकथाम
रोग सहन सक्ने जातश्क्ष्(ढठद्दज्ञ लगाउने ।
सानो आकारको चाउरेको वीउ गानो प्रयोग नगर्ने ।
तीन वर्षे वाली चक्र अपनाउने ।
आंशिक छाया दिने खालको अन्तर वाली वा मिश्रित वाली प्रणली अपनाउने ।
अदुवा खनेपछि अदुवा वोट जलाई नष्ट गर्ने छापोको रुपमा अदुवाको बोट प्रयोग गरिनु हुदैन अन्यथा रोग वढ्ने सम्भावना हुन्छ ।

अदुवामा लाग्ने कीराहरु र तिनको रोकथाम
नेपालमा अदुवा बालीमा कुनै कीराले पनि आर्थिक दृष्टिले क्षति पु¥याएको हालसम्म पाइएको छैन तर निम्न किराहरुको संलग्नता भएको पाइएको छ । भविष्यमा कीराहरुले अनुकुल वातावरण पाएमा उल्लेखनीय आर्थिक क्षति पु¥याउन सक्ने देखिन्छ ।
गवारो
अन्य जिल्लाको तुलनामा सल्यानमा गवारोले वढी क्षति पु¥याउने गरेको पाइएको छ । यसको लाभ्रेले सराको ५–७ से.मी माथि फेदमा प्वाल पारी गुवो खार्दै टुप्पोतिर वढ्ने । सराको गुवो पहेलो हुन्छ र सुक्छ , यस अवस्थालाई डेडहर्ट भनिन्छ । यो किराको प्रकोप फाटफुट देखापर्छ । साउन र भदौमा कीराको प्रकोप ज्यादा हुन्छ ।

पात वेरुवा
माउ पुतलीले पातमा फुल पार्छ । फुलवाट निस्केको लाभे्रले पातलाई वेर्छ र भित्रतिरबाट पात खान्छ । एउटा वेरिएको पातमा प्राय ः एउटै लाभे्र पाइन्छ । माउ पुतली कालो र सेतो र दुवै रङ्मा पाहिन्छ । हालसम्म आर्थिक दृष्टिले यो कीरा महत्वपूण मानिएको छैन ।
रोकथाम
कम्तिमा १० प्रतिशत सराको पातमा कीराको आक्रमण पाइयो । भने ०.१ प्रतिशत डिमोक्रन वा डेसिस विषादिको घोल छरेमा रोकथाम हुन सक्दछ ।

अदुवामा विषादिहरु प्रयोग गर्नु अघि ध्यान दिनु पर्ने कुराहरु
प्रतिवन्धित विषादिहरु प्रयोग गरिनु हुदैन ।
विषादि प्रयोग गरेपछि एक महिना सम्म अदुवा खानु हुदैन ।
अन्तराष्ट्रिय वजारमा पठाइने सुठोमा ०.०१ पि.पि.एम . भन्दा वढी विषादिको मात्रा नभएको हुनुपर्छ ।
आर्थिक क्षति नहुने किसिमले कीराको उपस्थिति मात्र भएमा विषादि प्रयोग गरिनु हुदैन ।

खाडलमा भण्डारण विधि
वर्षाको पानी नजम्ने अग्लो ढिस्कोमा ३ फिट चौडाई र ३ फिट उचाई भएको खाडल बनाउने ।
खाडल भित्र पराल , पात पतिङ्गर जलाएर वा विषादि छरेर निर्मलीकरण गर्ने ।
खाडलको पिधमा बालुवा वा धानको भुस वा काठको धुलोको एक ईन्च मोटो तह विछाउने ।
उपचार गरिएका अदुवाका गानोहरु वोक्रा नखुइलिने गरी चाङ लगाएर ६ ईन्च बाकी राखी पुरा खाडल भर्ने ।
काटको फल्याकले खाडल ढाक्ने । खाडलको बिच भागमा पर्ने गरी फल्याकमा प्वाल पारी २ ईन्च व्यासको ४ फिट लामो पाइप खडा पार्ने ।
फल्याक माथि माटोले पुरेर पानी नपस्ने गरी गुम्वजाकार बनाउने ।
खाडल बनाएको ठाउँमा खरको छानो भएको अस्थाई सानो छाप्रो बनाईदिने जसबाट खाडलमा पानी नपस्न र तापक्रम घटाउन मद्दत पुग्दछ ।
अदुवा भण्डारणमा विशेष ध्यान दिनुपर्ने कुराहरु
रोगी र बोक्रा खुइलेको गानोहरु भण्डारण गरीनु हुदैन ।
भण्डारण गरिने खाडल सकेसम्म नयाँ हुनुपर्छ ।
खाडल भित्र पानी कदापि पस्नु हुदैन ।
खाडलको गहिराई १ मिटर भन्दा ज्यादा हुनु हुदैन
बीउ प्रयोजनका लागि हो भने विषाधि बाट उपचार गरेर मात्र भण्डारण गरिनुपर्छ ।
खाडलमा अदुवा भण्डारण गर्दा बिषादि प्रयोग गरिनु हुदैन ।

अदुवा भण्डारणका लागि सेलार स्टोर
सानो आकारको खाडलमा भण्डारण गर्दा वर्षे नै नयाँ बनाउनु पर्ने हुन्छ र एउटा खाडलमा २००–३०० कि.ग्रा सम्म भण्डारण गर्न सकिन्छ भने सेलार स्टोरमा २०००–३००० कि.ग्रा सम्म अदुवा भण्डारण गर्न सकिन्छ ।

सेलार स्टोर निर्माण
यस्तो किसिमको स्टोर कोठा जमीन मुनी बनाइन्छ र आफ्नो आवश्यकता हेरी सानो वा ठुलो आकार निर्माण गर्न सकिन्छ । अदुवा भण्डारणका लागि सेलार स्टोर बनाउदा सेलार स्टोर भित्रको सापेक्षित आद्र्रता ७०–७५ प्रतिशत रहने गरी व्यवस्था मिलाउनु पर्छ । सेलार स्टोर समुन्द्र सतह देखि १५०० मिटर माथि उचाइमा , दक्षिण फर्केको भिरालो कान्लामा जमीन मुनी ७×८×७ फिट आकारको वनाईन्छ ।
स्टोरको गाह्रो सुख्खा ढुङ्गाले वनाईन्छ । माटोका भित्ता र ढुङ्गाको गाह्रोको बिच वालुवा राखिएको हुन्छ । वालुवा माथि हरेक १ फिटको अन्तरालमा थोँपा –थोपा गरी पानी हाल्न पोलिथिन पाईपमा प्वाल पारी आवश्यकता अनुसार बालुवा चिसो वनाई सेलार भित्रको आद्रता नियन्त्रणमा राखिन्छ । वालुवा बाट चुहिएको वढी पानी स्टोर वाहिर जाने व्यवस्था मिलाइएको हुन्छ ।
अदुवा भण्डारणका लागि भण्डारण कोठाको तापक्रम १५ डिग्री सेल्सियसको आसपास हुनुको साथै सापेक्षित आद्रता ७०–७५ मिलाउनु पर्छ । सेलार स्टोरमा आवश्यक आद्र्रता कायम राख्न ढोकाको तल्लो भागमा जाली लगाई प्वाल राख्नु पर्दछ । हावा संचालनको लागी स्टोर माथी ५ इन्च व्यासका २ मीटर लामा ३–४ वटा पाइपहरुले छतमा दडा पारी राखी हरेक पाइपमा अग्रेजी अक्षर त् आकारको टोपी लगाइन्छ । यो टोपीको सहायताले स्टोर भित्रको सापेक्षित आद्र्रता व्यवस्थित गर्न सकिन्छ । सेलार माथि छत छानो बनाउँदा काठ प्रयोग गरिन्छ । काठ माथि पोलिथिन सीट विछाइन्छ , त्यसमाथि माटो राखिन्छ र त्यसपछि पुन ः पोलिथिन सिटले पानी भित्र नपस्ने गरी छोपिन्छ । सो माथि माटो राखि छानोको रुपमा भिरालो बनाईन्छ । सेलार भित्र विचमा वाटो राखी अधिकतम अदुवा अटाउने गरी वांसकै कप्टेराहरु बाट ¥याक बनाइन्छ ।

अदुवाबाट बन्ने विविध उत्पादनहरु
अदुवाको तेल
गुणस्तरीय सुठोमा सामान्यतया १.५–२ प्रतिशत सम्म उड्ने प्रकृतिको सुगन्धित तेल पाईन्छ । अदुवाको तेल स्टिम डिस्टिलेसन बिधिवाट निकालिन्छ । विश्वमा सालाखाला प्रति वर्ष २४ मे.टन अदुवाको तेलको व्यापार हुने गर्दछ । यसको उपयोग परफ्युमरी इन्डष्ट्रीहरुमा विशेष रुपमा प्रयोग भएको देखिन्छ । चीन , भारत, ईन्डोनेशिया अदुवाको तेल निर्यात गर्ने प्रमुख देश मानिन्छन् ।
ओलियोरेजिन
अदुवाको धुलोबाट सल्भेण्टहरु (अल्कोहल वा एसिटोन) प्रयोग गरी ओलियोरेजिन निकालिन्छ । अदुवामा ५–९ प्रतिशत सम्म ओलियोरेजिन पाईने गर्दछ । ओलियोरेजिन खाद्य परिकारमा स्वाद र वास्नाको लागि मसलाको रुपमा प्रयोग गरिन्छ । विशेष गरी मासु प्रशोधन उधोगमा बढी मात्रामा ओलियोरेजिनको प्रयोग हुन्छ । विश्वमा प्रति वर्ष करिव ८५ मे.टन ओलियोरेजिनको व्यापार हुने गरेको पाइन्छ ।
अदुवाको पाउडर
कांचो अदुवालाई धोएर बोक्रा फालिन्छ । त्यसपछि चाना काटेर वा सिङ्गै सुकाई पिसेर पाउडर बनाइन्छ । बजारको माग अनुसार मसिनो चाल्नोले चालेर पाउडर पारिन्छ । तेल र ओलियोरेजिनको जस्तो यसको व्यापार व्यापक छैन । तै पनि प्रत्येक वर्ष कूल १००० मे.टन सम्मको व्यापार हुने गरेको अनुमान छ । नेपालको केही मसला उद्योगहरुले अदुवाको पाउडर बनाई बजारमा ल्याउन शुरु गरेका छन् ।

अदुवाको क्यान्डि
कलिलो कांचो अदुवा धोई पखाली बोक्रा फालिन्छ । स–साना टुक्राहरु पारी चिनीको विभिन्न डिग्रीको चास्नीमा पकाईन्छ र अन्तमा ८० डिग्री ब्रिक्समा डुवाएपछि ड्रायरमा सुकाईन्छ र क्याण्डी तयार पारिन्छ । यो क्याण्डी स्वाथ्यवद्र्धक मानिन्छ । खानाको पाचन क्रियामा जिन्जर क्याण्डीले निकै सहयोग पु¥याउछ । कम लागतमा अदुवा प्रशोधन गरी घरेलु उधोगको रुपमा क्याण्डी बनाउन सकिन्छ । प्रशोधनबाट अतिरिक्त आय बढ्न सक्दछ ।
५ जिन्जर क्रिस्टल
प्रशोधन गर्ने विधि जिन्जर क्याण्डी जस्तै नै हो । क्याण्डी तयार भैसके पछि मसिनो चिनी लपेटेर डा«यरमा (६०–७० डिग्री सेल्सीयस) सुकाई जिन्जर क्रिस्टल तयार पारिन्छ ।
६ जिन्जर पेस्ट
अदुवाको भाउ घटेको अवस्थामा अदुवा खन्ने मुल समयमा कांचो अदुवा पिसेर पेस्ट (लेदो) बनाइन्छ । प्रिजर्भेटिभको निर्धारित मात्रा मिसाई वनाईएको जिन्जर–गार्लिक पेस्ट (लसुनमिसाएको अदुवाको लेदो ) पनि काठमाण्डौको मसला बजारमा आईसकेको छ ।
७ जिन्जर स्क्वास
कलिलो काँचो अदुवा थिचेर रस निकालिन्छ र चिनीको चास्नीमा मिसाई सर्वत तयार पारिन्छ । लामो अवधिसम्म सुरक्षित राख्न (पोटासियम मेटावाइसल्फाइड) को निर्धारित मात्रा मिसाईन्छ । जिन्जर एपेटाईजर आदि नामबाट भारतीय बजारमा पाइन्छ । यस्ता पेय पदार्थ स्वास्थ्यवर्धक मानिन्छन् ।

जिन्जर पिकल (अचार)
कलिलो अदुवालाई धोई पखाली बोक्रा फालिन्छ र आफुलाई मनपर्ने आकारमा टुक्रा पारिन्छ । तेल, रायोको धुलो , नुन ,बेसार, खुर्सानी,र अन्य अचारका मसलाहरु मिसाई अदुवाका टुक्राहरु मोलिन्छ र फर्मेन्टेशनको लागि ठूलो चौडा मुख भएको शिशामा २५–३० डिग्री सेल्सियसमा खादेर राखिन्छ र २–३ महिनामा स्वादिलो जिन्जर पिकल तयार हुन्छ । प्रिजर्भेटिभ प्रयोग गरिएमा १ वर्ष भन्दा वढी समयसम्म पनि राख्न सकिन्छ ।
उपरोक्त अदुवाबाट प्रशोधित वस्तुहरु आफ्नै देशभित्र उत्पादन गर्न सकेमा आन्तरिक व्यापार प्रवद्र्धन हुन गै अदुवा खेती र प्रशोधनमा संलग्न सबैलाई अतिरिक्त आय हुन्छ । गुणस्तरीय उत्पादन भएमा अन्तराष्ट्रिय बजारमा समेत प्रशोधित वस्तुहरु निर्यात गरी विदेशी मुद्रा समेत आर्जन गर्न सकिने प्रशस्त सम्भावनाहरु छन् ।

स्रोत, तथा थप जानकारी
राष्ट्रिय मसलबाली विकास कार्यक्रम
खुमलटार, ललितपुर फोन ०१–५५२१६१९