ब्रेकिन्ग न्युज

कफि महंगो हात्तिको दिशाबाट

एजेन्सी

हामि मध्ये धेरैलाई थाहा छ, कफिको बोट हुन्छ र सो बोटमा पोको कफिलाई राम्रो भट्टिमा सुकाएर त्यसको गुदिबाट कफि तयार हुन्छ, । तर हात्तिको दिशाबाट सबै भन्दा महंगो कफि तयार हुन्छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ ।
ब्ल्याक आइभोरी ब्लेन्ड नामको कफि हात्तिको दिशावाट तयार गरिन्छ भन्दा धेरैलाई अनौठो लाग्न सक्छ, तर यो साँचो हो । उत्तरी थाइल्याण्डमा बन्ने यो कफि एक किलोको करिब १ लाख रुपैँया पर्ने हुन्छ ।

यस प्रकारको कफि बनाउँदा कफिको बीउ हात्तिलाई खुवाइन्छ । काँचो कफि खाएर हात्तिले पचाएपछि लादी दिन्छ । एक किलो कफि लिनका लागि हात्तिलाई ३३ किलो काँचो कफि खुवाउनुपर्छ । हात्तिको लादिमा भएको बीउ निकाल्ने काम प्रशिक्षण प्राप्त व्यक्तिले मात्र गर्छन् । बीउ निकालेपछि त्यसलाई घाममा सुकाइन्छ र पछि पिसेर धुलो बनाइन्छ ।

यसरी बनाएको कफि कडा भने हुदैन, हात्तिले कफि खाएर पचाउँदा एन्जाइमले कफिको प्रोटिन हटाउने भएकाले यसमा कडापन नहुने बताइएको छ ।

तस्विरः गेट्टी इमेजेज