ब्रेकिन्ग न्युज

उन्नत बिउ विजन कार्यक्रम लागु भएका जिल्लामा ३ सय मेट्रिकटन बिउ उत्पादन

साउन १६
किसानका लागि उन्नत बिउबिजन कार्यक्रम लागु भएका ६ जिल्लाबाट २ बर्षको अबधिमा ३ सय मेट्रिकटन भन्दा धेरै बिउ उत्पादन भएको छ छ । सन् २०१२ बाट सुरु भएको किसानका लागि उन्नत बिउ विजन (उन्नत नश्ल पशुमा समेत ) कार्याक्रम २०१३ मार्चबाट बिउ उत्पादनमा पूर्ण रुपमा क्रियाशिल भई काम हुदै आएको आयोजना हो । यो कार्यक्रम पश्चिमाञ्चलका २ जिल्ला गुल्मी र अर्घाखाँची तथा मध्यपश्चिमाञ्चलका ४ जिल्ला रोल्पा,रुकुम,सल्यान,प्युठानमा सञ्चालनमा आएको छ ।

कार्यक्रम शुरु भएयता मकै,गहुँ,धान र तरकारीमा गरी ३ सय ६७ मेट्रिकटन बिउ उत्पादन गरी बजारीकरणका लागि तयारी अवस्थामा राखिएको किसानका लागि उन्नत बिउ विजन कार्याक्रम कार्पोरेट कार्यालय बुटवलले जनाएको छ ।

यो कार्यक्रम बिउ उत्पादनको हिसाबले पकेट क्षेत्र मानिएका जिल्लाहरुमा परम्परागत तरिकाबाट हुदै आएको उत्पादनलाई व्यावसायिक बनाउने र मध्यम तथा साना किसानको जिवनस्तर उकास्नका लागि केन्द्रित कृषि विकास मन्त्रालय अन्तर्गत इन्टरनेशनल फन्ड फर एग्रिकल्चर डेभलभ्मेट (क्ष्ँब्म् को आर्थिक सहायतामा सञ्चाललित कार्यक्रम हो । यो सरकारी निजी साझेदारी अन्तर्गत सञ्चालित कार्यक्रम हो । यसको सबै आर्थिक तथा प्राविधिक सबै पक्ष उद्योग बाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्रले हेदैै आएको छ ।

सन् २०१९ सम्म सञ्चालन हुने यस कार्यक्रममा हाल सम्म २० करोड ५० लाख ६८ हजार बराबरको सम्झौता भई ५ करोड २२ लाख ६९ हजार रुपैयाँ अनुदान प्रदान गरिसकेको कार्यक्रमका प्रमुख व्यवस्थापक लक्ष्मण प्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार हाल यस आयोजना अन्तर्गत १ सय ९४ उप आयोजनाहरु सञ्चालित छन् , भने कार्यक्रमले ६ जिल्लाका ८ हजार ४ सय ८५ घरधुरीहरु लाभवान्वित भएको तथ्यांक छ ।

आयोजनाले आर्थिक वर्ष ०७२÷०७३ मा अष्ट्रिेलियाबाट ५० वटा बोयर जातका बोका ल्याई गुल्मीको ग्वादीमा १६ र अर्घाखाँचीको डिभर्नामा १८ गरी ३४ बाख्रामा कृत्रिम गर्भाधानका लागि बर्णशंकर बाख्रा प्रजनन केन्द्र समेत सञ्चालन गरेको छ ।

दुध उत्पादकत्व सुधारका लागि गाईभैसीमा नश्ल सुधार कार्यक्रम अन्तर्गत ७ हजार डोज शुद्ध नश्लको जर्सी सिमेत खरिद गरी कृत्रिम गर्भाधान सेवा सञ्चालन गरिएको पनि कार्यलयले जानकारी दियो ।
उत्पादित दुधको बजारीकरणका लागि १० वटा दुध संकलन केन्द्र, तथा स्वस्थ मासु उत्पादन र बजारीकरणका २५ वटा मासु पसल प्रोजेक्टको आर्थिक सहयोगमा सञ्चालित छ ।
आयोजनाले यस आर्थिक वर्ष २०७३÷७४का लागि १ अर्ब ३९ करोड बजेट स्विीकृत भएको जानकारी कार्यालयले दिएको छ । स्रोत सेतोपाटी