ब्रेकिन्ग न्युज

बजारमुखि कुरिलो खेती

१ परिचय
कुरिलो कलिलो टुसाको लागी खेती गरीने एक बहुवर्षे तरकारी वाली हो । नेपालमा समुद्री सतह देखी करीव १८०० मी. सम्म कुरिलोको व्यवसायिक उत्पादन हुने गरेको पाइन्छ । कुरिलो ज्यादै पौष्टिक तथा पच्न सजिलो तरकारी भएकोले बिरामी तथा कमजोर व्यक्तिहरुलाई खान दिने प्रचलन धेरै पुरानो भए पनि हाल सहरि क्षेत्रमा विभिन्न परिकारमा मिसाई पकाउने चलन पनि बढ्दै गएको छ । नेपालमा यो बालीको खेती व्यावसायिक रुपमा भर्खरै शुरु भएको पाईन्छ । काठमाण्डौ ,भक्तपुर , ललितपुर ,काभ्रे ,सिन्धुपाल्चोक ,धादिङ्, मोरङ ,सुन्सरी आदि जिल्लाहरुमा व्यवसायीक रुपमा ताजा कुरिलो उत्पादन गर्न थालिएको छ । विशेष गरी शहरी क्षेत्रमा यसको माग बढ्दै गएको देखिन्छ ।

कुरीलोको महत्व
आर्थीक महत्व
अत्यन्त पौष्टिक तत्वले भरिपूर्ण तरकारीको रुपमा रहेको कुरीलोको माग दिनानुदिन वृद्धि भईरहेको छ । काठमाण्डौको बजारमा मात्र दैनिक १५०० देखि २००० के.जी माग भईरहेको छ । मेहनती कृषकले प्रति रोपनि ७० देखी ८० हजार सम्म आम्दानी गर्न सक्ने देखिन्छ ।
पौष्टिक महत्व
कुरिलोबाट प्रशस्त मात्रामा पौष्टिक तत्व प्राप्त हुन्छ । कुरीलोलाई चिल्लो पदार्थ बिहिन ,कोलेस्ट्रोल र सोडियम तत्वरहीन ,शक्तिदायक ,भिटामिन ए तथा सी प्रशस्त मात्रामा भएको उपयोगी खाद्य पदार्थको रुपमा लिने गरिन्छ । त्यसैले पौष्टिकताले भरिपुर्ण यस तरकारीलाई अन्तराष्ट्रिय क्षेत्रमा तरकारीको राजा मानिएको पाईन्छ । क्यान्सर ,कलेजो तथा रगतका रोगीहरुलाई कुरिलोले औषधिको रुपमा पनि काम गर्दछ । फोलिक एसिडको मुख्य स्रोत भएको यो तरकारी सेवन गर्दा कलेजोको रक्षा गर्ने विश्वास गरिन्छ ।

हावापानि
कुरिलो न्यानो र समशीतोष्ण हावापानि भएको स्थानमा राम्रो हुन्छ । काठमाण्डौ जस्तो समशितोष्ण हावापानी भएको नेपालको मध्य पहाडी भागमा यसको खेती राम्ररी गर्न सकिन्छ । यसको खेती १५–१८ डि.से औसत तापक्रम भएको क्षेत्रमा राम्ररी गर्न सकिन्छ । बिरुवाको वृद्धिविकासका लागी ३–५ महिना सम्म सुषुप्त अवस्थामा रहनु अति आवश्यक हुन्छ । सुसुप्त अवस्थामा रहन माटोको तापक्रम १० डि.से.भन्दा कम हुनुपर्दछ । जाडो महिना पछि पनि तुषारो अथवा जाडो रहिरहने ठाउँ छनौेट गर्नु हुदैन । पारिलो वातावरण र लामो बढ्ने सिजन उचित उत्पादनको लागि आवश्यक पर्दछ ।

माटो तथा जग्गा छनौट
कुरिलो एउटा बहुवर्षे वालि भएकोले प्रशस्त मात्रामा प्राङ्गारीक पदार्थ भएको मलीलो गहिरो , खुकुलो माटो राम्रो हुन्छ । माटोको पि.एच.६ देखि ७.५ सम्म राम्रो मानिन्छ । पानिको निकास नभएको तथा दिनभरी जसो प्रकाश नपर्ने ठाउँ कुरीलोको लागी राम्रो मानिदैन ।कुरिलो खेतीका लागी बाह्रै महिना सिंचाईको सुविधा भएको बलौटे दोमट माटो ,पारिलो घाम लाग्ने जमीन हुनु आवश्यक छ । वहुवर्षिय झारको प्रकोप बढी भएको ठाउँलाइ पनि छनौट गर्नु हुदैन । नेपालमा समुद्र सतहदेखी १८००सय मीटर सम्मको उचाइमा यसको व्यवसायीक खेती गर्न सकिन्छ ।

खेतीको प्रविधि
नर्सरी व्यवस्थापन
ड्ड कुरिलोको वेर्ना तयार गरेर बिरुवा लगाइन्छ, यसका लागि माघ महिना लागेपछि नर्सरी राख्ने तयारी गर्नुपर्दछ ।
ड्ड तुषारो नपर्ने ठाउँ र तराईजस्तो ठाउँमा माघको अन्त्यमा नर्सरी व्याड वा प्लाष्टिक व्यागमा वीउ रोप्न सकिन्छ ।
ड्ड चैत्रको अन्तिम वा वैशाख शुरुमा बेर्ना सार्न योग्य हुन्छन् । चैत्र पछाडी नर्सरी राखेमा वीउ रोपेको करीव २ महिनामा वेर्ना सार्न योग्य हुन्छन् । वैशाख जेष्ठ वेर्ना रोप्नको लागी राम्रो मानिन्छ तर असोज सम्म पनि रोप्न सकिन्छ ।
ड्ड नर्सरीमा १ भाग माटो ,१ भाग बालुवा र १ भाग पाकेको गोबरमल राम्रसंग मिसाउने र बुरबुराउँदो बनाउने ।
ड्ड १ मिटर चोडाई , आवश्यकता अनुसारको लम्वाई र १५ से.मी जती उचाई भएको नर्सरी व्याड बनाउने ।
ड्ड २०–२५ से.मी को फरकमा लाइन कोर्ने र सोही लाइनमा ५–६ से.मी को फरकमा र २ से.मी गहिराइमा पर्ने गरी बीउ खसाल्ने ।
ड्ड बीउ राखेको कुलेसोलाई सम्म हुने गरी पुर्ने र खर परालले छापो दिने ।
ड्ड वीउलाई लगाउनु भन्दा २ दिन अघिदेखि मनतातो पानीमा २४–४८ घण्टा जति भिजाउने ।
ड्ड बीउ लागाएपछि माटोमा आवश्यक चिस्यान सधै कायम राख्ने ।
ड्ड स्थान अनुसार तराईमा बीउ छरेको २–३ हप्तापछि र पहाडमा ४–५ हप्तामा विरुवा माटोबाट सियोजस्तो देखिने गरी बाहिर निस्कन थाल्दछ । अव छापो हटाउनु पर्दछ ।
ड्ड हावापानी र भौगोलिक क्षेत्र अनुसार राम्रो स्याहार पुगेमा २–३ महिनामा वेर्ना सार्न लायक हुन्छन् ।
ड्ड एक रोपनीमा १००० देखि १२०० जति विरुवाको आवश्यकता पर्दछ ।

कुरीलो रोप्ने
खनजोत गरी वुर्वुराउँदो बनाएको माटोमा सामान्यतया लाईन देखी लाईन ९०–१०० से.मी र विरुवा देखी विरुवा ५०–६० से.मीमा कुरिलो लगाइन्छ । उक्त दुरी कायम हुने गरी १ वर्गफिटको खाडल वनाई कुरीलो रोप्नुपर्दछ । वेर्नाको उपलव्धता हेरी चैत्र देखी श्रावण महिनासम्म कुरिलोको वेर्ना रोप्न राम्रो मानिन्छ ।

जातहरु
नेपालमा कुरिलो खेतीको व्यवसायिकरण पूर्ण रुपमा नभैसकेको कारणले गर्दा धेरै जातहरु प्रयोगमा आएको देखिदैन । कुरीलोको भाले र पोथि बोट अलग अलग हुने हुनाले जातीय विकास कार्य त्यति सजिलो छैन । नेपालमा शुरुमा मेरी वासिङ्टन जात निकै प्रचलित थियो । यसको स्वाद मिठो भएपनि टुसा सानो हुने तथा टुसा पलाउने समयको अन्तराल अली बढि हुने भएकोले यो जातको प्रचलन घट्दै गएको पाइन्छ ।
अमेरीकन जर्सी सिरीजका जातको कुरीलो हाल नेपालमा प्रचलनमा आउन थालेको पाइएको छ । यी जातको स्वाद प्रभावकारी हुनुको साथै १०० ग्राम सम्मको ठुलो टुसा उत्पादन हुन्छ । टुसा दिने समयको अन्तराल पनि छिटो छिटो हुन्छ ।हाल नेपालमा नयाँ हाईब्रिट जातहरु ,जापानि एस्सल,क्यालिफोर्निया ६६, क्यालिफोर्निया ७११, र क्यालिफोर्निया ५०० जातको कुरिलो पाइन्छन् । नेपालका आयात भएका अमेरिकन वर्णशंकर भाले जातका कुरिलो मध्ये निम्न जातहरु प्रमुख छन् ।
जर्सि किङ् जर्सि नाइट
जर्सि सुप्रिम जर्सि जाइन्ट
जर्सि जेम वेल कम

वाली हेरचाह एवं व्यवस्थापन
कुरिलो वहुवर्षिय बाली भएकोले गोडमेल तथा झारपात नियन्त्रण , सिंचाई र मलखाद व्यवस्थापनले महत्वपुर्ण भूमिका राख्दछ । त्यसैले राम्रो आम्दानी गर्न उचित हेरचाह एवं व्यवस्थापन गर्नुपर्दछ ।

गोडमेल तथा झारपात नियन्त्रण
कुरिलो बहुवर्षीय बाली भएकाले झारपात पनि बहुवर्षे प्रकारका बढि आउँछन् । त्यसैले कुरिलो खेतीको लागि सबै भन्दा ठुलो समस्या भनेको झारपात नियन्त्रण गर्नु हो । त्यसैंले समय –समयमा खनजोत र गोडमेल गरी झारपात नियन्त्रण गर्नु पर्दछ । ३र४ इन्च भन्दा बढी गहीरो खन्नाले जरालाई नोक्सानी पु¥याउन सक्छ । ३र४ सेमी गहीरो मल्च राख्नाले पनि झारपात नियन्त्रण गर्न राम्रो सहयोग पुग्दछ । कार्तिक मंसिरमा पातहरु पहेलिएपछि सतहबाट ५ से.मि माथी काटिदिनुपर्दछ ।

मलखाद व्यवस्थापन
कुरिलो प्रशस्त मात्रामा मलखाद चाहिने तरकारी हो । त्यसैले जमिन तयारी गर्ने वेलामा कम्पोष्ट मल कम्तिमा १५०० के.जी प्रति रोपनि राखेर जमिन तयारी गनुपर्दछ । कुरिलो वेर्ना लगाउने वेलामा पनि १ देखी १.५ स्वायर फिटको परिधि र गहिराइमा करिव ३ के.जी कम्पोष्ट मल हालेर कुरीलोको विरुवा लगाएत सकिन्छ ।
शुरुमा राखिएको मलले मात्र कुरिलोलाई पुग्दैन । प्रत्येक हिँउदको अन्तिममा वा लाग्दो फागुनतिर कम्पोष्ट मल, कुखुराको मल , गाई भैँसिको धुलो मल करीब २–३ के.जि प्रतिबोट राख्नुपर्दछ ।
सिजनमा राम्रो उत्पादन दिन नसक्ने विरुवालाई मल थपिरहनु पर्दछ । कुरिलोलाइृ सोडियम तत्वको आवश्यकता पर्ने हुनाले प्रत्येक वर्ष प्रति बोट ५ ग्रामका दरले हाल्नु पर्दछ । कुरिलोको उत्पति समुद्र तटिय क्षेत्रमा भएकोले यसलाई नुनीलो पनि चाहिन्छ ।

सिंचाई
सिंचाई , मुख्य गरेर माटोको बनोट,किसीम,मौसम र वालीको अवस्थामा भरपर्दछ चिम्ट्याईलो माटोमा कम पानि चाहिन्छ भने हलुका माटोमा पटक – पटक गरी सिंचाइ दिनु पर्दछ । सिंचाइ आवश्यकता अनुसार दिनु पर्दछ । प्रथम सिंचाइ बाली रोपेपछि लगतै दिनुपर्दछ ।बाली लिने बिरुवामा पनि आवश्यकता अनुसार सिंचाइ दिईरहनु पर्दछ । खास गरी फाल्गुण ,चेत्र , बैशाख देखी वर्षा नभएसम्म सिंचाई गर्नु जरुरी पर्दछ ।
अन्तरबाली
कुरिलो लगाएको पहिलो वर्षमा टुसा उत्पादन नलिइने तथा हिउँदमा ५र६ महिना सम्म टुसा नआउने हँुदा आम्दानि बढाउनको लागि उक्त जग्गामा अन्तरबालीको रुपमा छोटो समयमा हुने साथै अग्लो नहुने तरकारी वालीहरु लगाउन सकिन्छ । अन्तरबालीमा मेथी साग, चम्सुर साग, आदि जस्ता बालीहरु लगाउन सकिन्छ ।

बाली लिने अवस्था
साधरणतया कुरिलोको गुणस्तरयुक्त मुनाको व्यवसायिक उत्पादन दोश्रो वर्ष देखि हुन थाल्दछ । कुरिलो एक पटक लगाएपछि राम्रो रेखदेख भएमा यसबाट १५ देखि २० वर्ष सम्म उत्पादन लिन सकिन्छ । बेर्ना सार्नासाथ टुसाहरु पलाउँछन् । तर सुरुमा पलाएका केहि टुसाहरु टिप्नु हुदैँन । त्यसरी छाडिएका टुसाहरुबाट वोटको राम्रो झाङ् फैलनुका साथै क्राउनको समेत पुर्ण विकास भएर अर्को वर्षदेखि वढी टुसा आउने हुन्छ । त्यसैले वेर्ना सारेको दाश्रो वर्षदेखि मात्र वास्तविक रुपमा टुसाहरु टिप्न शुरु गर्नुपर्छ । सामान्यतया टुसा ७–१० ईन्चका भएपछि भाँचेर वा धारिलो चक्कुले माटो मुनिको सेतो भाग १–१.५ ईन्च पर्ने गरी निकाल्नु पर्दछ ।
कमलो सेतो र मोटा टुसा बजारयोग्य हुन्छन् ।जब टुसाहरु फक्रन थाल्दछन् , टुसाको फेदहरु छिप्पिन थाल्दछन् । त्यसैले प्राय ः वाली चाँडो लिन उचित हुन्छ । टुसा काटेपछि चाँडै नै यसको गुणस्तरमा ह्रास आउने भएकोले कुरिलोका टुसाहरु संभव भएसम्म चाँडो उपभोग गनुृपर्दछ ।

रोग व्यवस्थापन
कुरिलोको मुख्य रोगहरुमा सिन्दुरे र ओइलाउने रोग हुन् ।
१ कुरिलोको सिन्दुरे रोग
यो रोग उगअअलष्ब बकउबचबनष् भन्ने ढुसिद्धारा हुन्छ । यसको मुख्य लक्षणमा विरुवाहरु पुरै रातो, खैरो वा सुन्तला रङको थोप्लाहरु देखिनु हो । पछि बढेर कालो धब्वाहरु देखिन्छन् ।साना पातहरु पहेंलो रङमा परिवर्तन हुन्छन् ।

नियन्त्रण
१ साना पातहरु खस्नु अगाडी डाँठहरुलाई काट्ने । काट्ने काम माथिदेखी तलसम्मनै गर्नृृु पर्छ , जसले गर्दा रोगी भागहरु रहन नपाउन् । काटिएका रोगी बोटहरु तुरुन्तै जलाइदिनुपर्छ ।
२ मल बनाउँदा तितेपाती , असुरो ,निम , बकाइनो , आदिको प्रयोग गर्न सके यो रोगको नियन्त्रण गर्न सकिन्छ । गाईको गउँत प्रयोग गर्दा पनि यो रोगको सजिलै नियन्त्रण गर्न सकिन्छ ।
३ रोग नलागेको नर्सरीबाट बेर्ना ल्याउने ।
४ यदि उपलब्ध हुन्छ भने रोग सहन सन्ने जात लगाउने ।
२ कुरिलो ओइलाउने रोग
यो रोग फ्युजारीयम भन्ने ढुसीद्धारा हुन्छ । यो रोग माटोबाट सर्छ । यो रोग लागेको विरुवा खैरो , रङ उडेको जस्तो देखिन्छ जुन पछि गएर ओइलाउने र बिरुवा बढ्न नसक्ने हुन्छ ।

नियन्त्रण
१ यो रोग लागेको ठाउँमा कुरीलो खेती गर्नु हुँदैन ।
२ बेर्ना सारेको १ महिना पछि र खाने कुरीलो उत्पादन नहुँदै पोलिराम भन्ने बिर्षादी १ लि पानिमा
३ ग्राम राखी छर्नाले रोग लाग्नबाट बचावट हुन्छ । कुरीलो टुसा आएपछि विषादी छर्नु हँुदैन ।
किराव्यवस्थापन
एफिड
कुरीलोमा ठुलो समस्या नभएपछि कहिले काँही ठुलो संख्यामा देखा पर्दछन् । सावुन पानि छ्यापेर पनि नियन्त्रण गर्न सकिन्छ ।
खपटे किरा
खपटे किराले अङ्कुरणको टुप्पामा फुल पार्छ र पछि अङ्कुरणको पुरा भागमा आक्रमण गरी नोक्सान पु¥याईदिन्छ । यसको नियन्त्रणको लागि झारपात , फोहर , सुकेका बोटहरु हटाएमा सहयोग पुग्दछ ।

झुसिल्कीरा
झुसिल्कीराले विरुवाहरुको हाँगा विँगालाई नोक्सान पु¥याउँछ । यो किरा समयमै रोगोरइन विषादी १ ली पानिमा २मिलि राखी छर्नाले नियन्त्रण हुन्छ । तर कुरीलोको टुसा (मुना ) नआएको बेलामा मात्र छर्नु पर्छ । विषादी छरेपछि १० दिन सम्म कुरीलोको टुसा झिकी खान , बजारमा लगी बिक्री गर्न नहुने , त्यसपछि मात्र टुसा बजारमा लगी बिक्रिबितरण गर्न उपयुक्त हुन्छ ।

स्रोत ः कुरिलो खेती प्रविधि २०७२ (केन्द्रिय तरकारी बिउ उत्पादन केन्द्र,खुमलटार ललितपुर )