ब्रेकिन्ग न्युज

६ महिनामा फर्सीको मुन्टाबाट २ लाख आम्दानी

प्रियापौडेल
हेटौंडाः
साउन ३
पछिल्लो समयमा निर्वाहमुखी खेतीलाई छोडेर व्यवसायिक तरकारी खेतीतर्फ आकर्षण बढेको पाइन्छ । थोरै लगानीबाट धेरै आम्दानीगर्न सकिने भएपछि निर्वाहमुखी खेतीलाई व्यवसायिक बनाएर किसानहरु जिविकोपार्जन गर्न आतुर छन् ।
यस्तै, हेटौंडा ११ नवलपुर निवासी मधुसुदन अर्यालले पनि व्यवसायिक रुपमा तरकारी खेतीसुरु गरेका छन् । निर्वाहमुखी खेतीगर्दै आएकाअर्याल अहिले व्यवसायिक तरकारी खेतीतर्फ आकर्षित भएका छन् ।

४३ वर्षीय अर्यालले तरकारी खेतीलाई जिविकोपार्जनको मुख्यआधार बनाएका छन् ।उनको बारीमाअहिले लहलहराउँदो फर्सीको मुन्टा छ । हेर्दा मनै लोभिने फर्सीको मुन्टा बचेर ६ महिनाको अवधिमाअर्यालले करिब दुईलाख रुपैयाँ आम्दानी गरेका छन् । अर्यालले ६ कठ्ठा जमिनमाफर्सी रोपेका छन् । फर्सी फलाउने भन्दा पनिफर्सीको मुन्टा नै बेचेर बढी नाफाहुने भएकोले उनले फर्सीको साग विक्रिगर्दै आएका छन् । अहिले उनको बारीमा फर्सीको साग, घिरौंला र करेला लटरम्मफलेको छ ।

उनको बारीमाअझै फर्सीको मुन्टा छ । उनले भने,पुषमहिनामा फर्सी रोपेको थिए । फागुनबाट मुन्टा विक्रिगर्न सुरु गरे । अहिलेसम्मपनिविक्रिगर्दैछु ।’ ।

केही समय पहिलेको लामो खडेरी र त्यसपछिको असिनापानीको कारण उनको खेतीमा धेरै असर पुगेको थियो । ‘असिनापानीले तरकारीमा गरेको असर हेर्दा मन नै चिसो भयो । कतै सबै नष्ट हुने त होईन ? डर पनिथियो ।’ उनले थपे, तरकारी खेतीबाटै परिवारको खर्च धान्दै आएको थिए । सबै नष्ट हुने हो किभन्ने डर थियो ।’ तर, उनलाई फर्सीको सागले साथदियो । साग फेरी मौलाएर आयो, र विक्रि सुरु गरे । अहिले दैनिक उनले ७०÷८० मुठा फर्सीको मुन्टा विक्रि गर्छन् । फर्सीको मुन्टा प्रतिमुठा ५० रुपैयाँ को दरले हेटौंडा बजारमा नै बिक्रिहुने गरेको उनले जानकारी दिए
। मुन्टा लिएर ७ बजे मधुसुदनआफैं हेटौंडा बजार पुग्छन् । ‘ताजा मुन्टा हुने भएर पनि राम्रै विक्रिभईरहेको छ ।’ उनले भने, ‘फर्सीको मुन्टाको माग बढी छ । बिहान टिप्छौं । ताजाहुने भएकोले पनि छिटै विक्रि हुन्छ ।’
१० वर्षसम्म ड्राईभरकोकाम गरेकाअर्याल करिब १ वर्ष जागिरे पेशामा आबद्ध भए । पछि सबै छोडेर कृषिगर्ने सोच बनाए र केरा खेती सुरु गरे । तर, केरा खेती सम्बन्धीजानकारी अभावका कारण फस्टाउन सकेन । जमिनमापानी धेरै समय नरहने भएकोले केरा खेतीलाई सिँचाई पुगेन । उनले केरा खेतीसँगै निर्वाहमुखी तरकारी खेती पनिगर्दै आएकाथिए । खेतीगर्ने बारी भएपनि बिहान बेलुकाको छाक टार्ने गरी मात्र तरकारी खेतीगर्दै आएकाथिए,अर्यालले । निर्वाहमुखी खेतीगर्दै आएका अर्यालले ३ वर्षदेखि जिल्ला कृषिविकास कार्यालय मकवानपुरको प्राविधिक सहयोगमा व्यवसायिक तरकारी खेती सुरु गरेकाहुन् । गतवर्ष उनले बोडी, काउली, बन्दा र टमाटर खेती गरेकाथिए ।गतवर्षको उत्पादनले पनिउनलाई कृषिमा थपहौसलाथप्यो ।
उनको घरमा ६ जनाको परिवार छ । २ छोरो÷छोरी, श्रीमति, आमा÷बुबा । छोरीको विवाहभईसक्यो । छोरा काठमाडौंमा बसेर इन्जीनियरिड्ड पढ्दै छ । छोराको पढाई बुबा÷आमाको औषधिउपचार खर्च, घर खर्च सबै तरकारी खेतीबाटै हुने गरेको छ, अर्यालको । अर्याललाई खेतीमा श्रीमति विमला अर्यालले पनि खेतीमा सघाउँछिन् ।

कृषिमा सबैभन्दा राम्रो आम्दानी र आत्मसन्तुष्टि रहेको उनको भनाई छ । व्यवस्थित र तरिका पु¥याएर खेतीगर्दा लगानी थोरै भएपनिनाफा धेरै लिन सकिने उनले अनुभव सुनाए ।