ब्रेकिन्ग न्युज

फौजी किराको प्रकोप

पुष ६ ः प्रदेश १ को पहाडी क्षेत्रमा देखिएको अमेरिकि फौजी किराले तराईका केही जिल्लामा समेत दुख दिएको छ । जेठ २२ मा तेह्रथुमको म्याङलुङ नगरपालिका र धनकुटाको पाख्रिबास नगरपालिकामा भेटिएको यो किराका कारण झापा, मोरङ र सुन्स्रीका किसान दिक्क छन् ।
तराईका जिल्लामा विस्तार हुदै गएको मकै खेतीमा यो किराको सक्रमण बढी छ । उम्रिदै गरेको मकैका विरुवामा फौजी किराको लार्भाको सक्रमण भएसंगै मोरङका किसान चिन्तित छन् । धानबालीमा देखिएको फौजी किराको संक्रमण खेती उठाएपछि हट्ने अनुमान थियो । तर पछि मकैबालीमा समेत देखियो ।
आफूले लगाएको अढाई विघा जग्गाको मकैमा फौजी किराले दुःख दिएको मोर्ङ जहदा गाउँपालिका १ का किसान मायानन्द यादवले बताए । कुन विषादी प्रयोग गर्ने भन्ने नजान्दा किराले धेरैजसो मकैको बिरुवा नष्ट गरेको उनको गुनासो छ । बाली संरक्षण प्रयोगशालाले दिएको सुझाव कार्यान्वयन गरेपछि विस्तारै किराको प्रकोप नियन्त्रणमा आएको उनले बताए ।
जहदा गाउँपालिकाका अर्का किसान महेन्द्र दास फौजी किराले आफ्नो डेढ विघा जग्गामा लगाएको धरैजसो मकैका विरुवाको गुभो खाएकाले उत्पादन घट्ने चिन्तामा छन् । गत वर्ष उनले एक विघामा मकै लगाएका थिए । त्यसबाट १ सय ८५ मन मकै उत्पादन गरेका थिए । उत्पादन राम्रो भएपछि हौसिएका दासले यस पटक डेढ विघा मकै लगाएका थिए । तर , किराले ३० प्रतिशत मकैका विरुवा नोक्सान गरेको उनले गुनासो गरे ।
वैशाखयता खोटाङ, धनकुटा, ओखलढुंगा, पाँचथर, भोजपुर, तेह्रथुमलगायत पहाडी जिल्ला र उदयपुर र झापामा लगाइएको मकै खेतीमा समेत फौजी किराको प्रकोप देखिएको छ । किराले ओखलढुंगाको ५ सय, उदयपुरको २२, भोजपुरमा २८९, पाँचथरमा १ हजार ३ सय ४५, खोटाङमा २२२, धनकुटामा १८१ र झापामा ३ हेक्टरमा लगाइएको मकैमा नोक्सान पु¥याएको प्रदेश कृषि निर्देशनालय विराटनगरले जानकारी दिएको छ ।
उपयुक्त खानाको खोजीमा फौजी किरा एक रातमा १ सय किमि टाढासम्म उडेर जाने भएकाले बेलैमा यसलाई नियन्त्रणमा ल्याउनुपर्ने बाली संरक्षण प्रयोगशाला विराटनगरका बाली संरक्षण अधिकृत मुकेश यादबले बताए । अन्यथा बाली नै सखाप हुने डर रहेको उनको भनाइ छ । बालीमा निगरानी गर्न र लार्भा भेटिए तत्काल खबर गर्न किसानलाई उनले आग्रह गरे । कृषि निर्देशनालय र ज्ञान केन्द्रहरुसँग मिलेर किसानलाई फौजी किराबारे जानकारी गराएको उनले बताए । मोरङमा ५ सय, सुनसरी र झापामा ३÷३ सय हेक्टर क्षेत्रफल मकैमा यो किराको प्रकोप देखिएको छ । झापा, मोरङ, सुन्सरी ३ वटै जिल्लाका धेरै मकैबालीमा यो किराका लार्भा र वयष्क पुतली भेटीएका छन् । उनले भने, यसले मकैमा पु¥याएको क्षति पनि धेरै छ । यो किरा यसरी नै फैलँदै जाने हो भने भविष्यमा मकै खेती त्यति सहज हुनेछैन । अन्य बालीमा पनि यसको असर बढ्दै जान सक्छ । त्यसैले बेलैमा सचेत हुन जरुरी छ ।
फौजी किराले मकै मन पराउँछ । मकै नपाएको खण्डमा जुनेलो, धान, गहुँ, उखुलगाएत बालीमा आक्रमण गर्छ । गत वर्ष प्रदेश १ मा २ लाख ७३ हजार २ सय १८ हेक्टरमा मकै खेती गरिएको थियो । यसबाट ९ लाख १७ हजार ७ सय ५० टन मकै उत्पादन भएको थियो ।
श्रोत कान्तिपु्र