ब्रेकिन्ग न्युज

दाङ, सल्यान र प्यूठानमा खसी, बोकाको मुल्य निर्धारण

असोज ३ दाङ : दशैंलाई मध्यनजर गर्दै दाङ, सल्यान र प्यूठानको लागि खसी बोकोको नयाँ मूल्य निर्धारण गरिएको छ ।
दाङको लमहीमा बिहीवार भएको सरोकारवालाहरुको भेलाले तीन जिल्लामा जिउँदो खसी(बोकाको नयाँ मूल्य निर्धारण गरेको हो ।

घोराहीका लागि निर्धारित जिउँदो खसी बोकोको मूल्य

अबदेखि घोराहीमा जिउँदो खसी २० देखि २६ केजी सम्मको खसीको प्रतिकेजी ४ सय २० रुपैयाँ निर्धारण गरिएको छ भने २७ देखि ३५ केजी सम्मको खसीलाई प्रतिकेजी ४ सय ९० र ३५ केजी भन्दा माथिको जिउँदो खसीलाई प्रतिकिलो ५ सय रुपैयाँ मुल्य निर्धारण गरिएको छ ।

यस्तै २५ केजी भन्दा कम तौल भएका बोकाको मूल्य प्रतिकेजी ४ सय ३० रुपैयाँ र सो भन्दा माथिकालाई प्रतिकेजी ४ सय ५० मुल्य निर्धारण गरिएको छ ।

तुलसीपुर र लमहीमा एउटै मूल्य

लमही क्षेत्रको हकमा केही फरक मुल्य निर्धारण गरिएको छ । यहाँ २० देखि २५ केजी सम्मको जिउदो खसीलाई प्रतिकेजी ४ सय ५० रुपैयाँ, २६ देखि ३०केजी।सम्मकोलाई प्रतिकेजी ४ सय ७० रूपैयाँ, ३१ देखि ३९ केजीको लागि प्रतिकेजी मुल्य ४ सय ८० र ४० केजी भन्दा माथिको खसीलाई प्रतिकेजी ५ सय रुपैयाँको दरले बिक्रि गर्ने निर्णय गरिएको छ ।

लमही क्षेत्रमा १५ केजीदेखि २४ केजी सम्मको बोकोको मुल्य प्रतिकेजी ४ सय ३०, २५ देखि ३४ केजी सम्मको बोकाको मुल्य प्रतिकेजी ४५० र ३५ केजी भन्दा माथिको बोकाको मुल्य प्रतिकेजी ४६० रूपैयाँका दरले बिक्री गर्ने निर्णय गरिएको छ ।

प्यूठानका लागि निर्धारित मुल्य

यस्तै प्युठान जिल्लाका लागि २५ केजी भन्दा कम तौलको जिउँदो खसीको मुल्य प्रतिकेजी ३ सय ८० रूपैयाँ,२६ देखि २९ केजी सम्मको प्रतिकेजी मुल्य ४ सय र ३० केजी भन्दा माथिको खसीको प्रतिकेजी मुल्य ४ सय ५० का दरले निर्धारण गरिएको छ । यहाँ खसी र बोकाको मूल्य एउटै निर्धारण गरिएको छ ।

सल्यानमा यस्तो मुल्य

सल्यानमा २० देखि २९ केजीको जिउँदो खसीको मुल्य प्रतिकेजी ४ सय ५० र ३० केजीदेखि माथिकोलाई ४ सय ६० प्रतिकेजीको मुल्य निर्धारण गरिएको छ । बोकाको हकमा पनि सल्यानमा एउटै रेट कायम गर्ने सहमति भएको छ ।
श्रोत सेतोपाटी