ब्रेकिन्ग न्युज

आपँको फड्के, एक बिनासकारी कीरा : कसरी गर्ने समाधान ……..?

साजन शाह
कृषि प्राविधिक

आपँको फड्के कीरा (Mango hopper ) अरु कीरा भन्दा डरलाग्दा छन् । यो आपँका सबभन्दा ठूलो शत्रु कीरा हो र यसले निकैनै नोक्सान पु¥याएको पाहिएको छ । यसले आपँ खेती गर्ने क्षेत्रमा भयङकर आक्रमण गरेको पाहिएको छ । यो कीराले वर्षेनी लाखौ रुपैयाको क्षति पु¥याउछ । तराईमा एक कीरालाई (मधुवा) भन्छन् ।
पहिचान
वयस्क कीरा सानो, शरीरको अगाडिको भाग चौडा र पछाडिको भाग तिखारिएको र करिव ३ मिलि मिटरको हुन्छ । यस्को शरीरको रङ हल्का हरियोमा खैरो मिसिएको हुन्छ र ठाउँठाउँमा मसिना पहेलो र काला चिह्हरु हुन्छन् । यिनका तिन जोडा खुट्टा मध्य पछिल्लो जोडा खुट्टा मोटा हुन्छन् जसका मद्धतले यि उफ्रन वा फड्कन सक्छन् । यिनका बच्चा पंख बिहिन हुन्छन् । धेरै कीरा लागेको रुखको छेउमा गएर हांगालाई हल्लायो भने हजारौको सख्यामा यि कीराहरु भुनभुनाउदै उड्छन् ।
नोक्सान गर्ने बाली : आपँ, सपोटा
क्षतिको लक्षण
आपँका मुजुरा निस्केपछि यी कीराको सख्यामा ठूलो वृद्दि हुन्छ । यिनका वयस्क तथा बच्चाहरुले आपँको कलिलो मुजुरा र फुलबाट रस चुस्दछन्, जस्को फलस्वरुप फुल र कोपिलाहरु ओइलाएर झर्दछन् । फड्के कीराको शरीरबाट ,एक प्रकारको गुलियो पद्धार्थ निस्कन्छ । कीरा धेरै लागेको बोटमा पात, डाठ र भुइ समेतमा एस्तो गुलियो पद्धार्थले ढाक्निछन् जस्मा हजारौको सख्यामा झिगां, मौरी र भुसुनाहरु झुम्मिन्छन् । यस्तो गुलियो पद्धार्थमा एक प्रकारको ढुसी लाग्दछ जसलाई सुटी मोलड (Sooty mould) भनिन्छ । यो ढुसीले गर्दा पात, डाठ र भुइसमेत काला देखिन्छन् । यो कालो ढुसीले बिरुवाको प्रकाश शंस्लेषण प्रकृयामा वाधा पु¥याउदछ । यसरी कीराको आक्रमण बट पीडित बोटहर रोगाउछन् र यिनका फुल कलिला फलहरु झर्दछन् ।

समाधान
–खेतबारी सफासुग्घर राख्ने र पानी जम्न नदिने ।
– पहेलो टासिने पासोको प्रयोग गर्ने।
– बत्तिको पासो प्रयोग गर्ने ।
–कीरालागेका हागांलाई हान्ने÷हल्लाउने जस्ले गर्दा कीराहरु भुईमा झर्छ ।
–बोटको मुल स्तम्भमा ग्रिजमा अण्डीको तेल मिसाएर ५ से.मि चौडा लेप लगाउने जस्ले गर्दा बच्चाकिराहरुलाई रुखको टुप्पा सम्म पुग्नबाट रोक्दछन् ।
– मेटारहिजिएम एनिसोफिलो (हरियो ढुसी) जैविक विषादीको प्रयोग गर्ने ।
–रसायनिक विषादीहरु : जस्तै एसाटामाप्रिड ५०% डब्लु.डि.जी वा साइरोम्याजिन ६०% डब्लु.पी वा मालाथियम ५०% ई.सी वा डाइमिथोएट ३०% ई.सी. वा इमिडाक्लाप्रीड १७.८% ऐस.एल ,वा थायोमेथोक्साजाम २५%डब्लु.जी प्रति लिटर पानीमा १ मि.लि का दरले ३ पटक छर्नु पर्दछ ।
–पहिलोपटक : फूल लाग्न सुरु भन्दा अगाडी
दोस्रो पटक : फूल लागि सकेपछि
तेस्रो पटक : फल केराउको दाना जत्रो भएपछि