ब्रेकिन्ग न्युज

विभिन्न ठाउँमा डुलाउँदै मौरीपालन

बर्दिया : दाङको शान्तिनगर गाउँपालिका २ बहुलाकोटीका खड्काले एक सयभन्दा बढी घार मौरी पालेका छन् । मौरी चराउन घर छोड्छन् । पुस महिनायता उनी बर्दियामा छन् । उनी अहिले मधुवन नगरपालिकामा पर्ने कर्र्णाली नदीको पूर्वदक्षिण किनारको कोठियाघाटमा छन् । जंगली फूलको मह उत्पादन गर्न । साथमा छन्, एक सय दुई घार मेलफेरा मौरी ।

भन्छन्, ‘वैशाखदेखि कातिक÷मंसिरसम्म मात्र हो घरमा बस्ने । अरु बेला कहिले तोरीको त कहिले चिउरीको मह उत्पादन गर्न जान्छु ।’ कोठियाघाट आउनुअघि उनी तोरीको मह उत्पादन गर्न कर्णाली पारी राजापुर नगरपालिकाको पखइपुरमा थिए । त्यहाँ तीन क्विन्टल तोरीको मह उत्पादन गरेर आए । त्यसअघि उनी चिउरीको पूmलको महका लागि सल्यानको टटली पुगेका थिए । जहाँ उनले चिउरीको ६ क्विन्टल मह उत्पादन गरे । मौैरीपालन गर्न उनी खुला ठाउँमा होस् वा कसैको खेतवारीमा केही समय बस्दा त्यसको भाडा तिर्र्नु पर्दैन । जहाँ गए पनि सित्तैैमा हुन्छ । ‘मौरीले तोरीको सेचन गराउने भएकाले धेरै उत्पादन हुन्छ । मौरी लिएर जाँदा खुसी हुन्छन्’, उनले अनुभव सुनाए, ‘गर्मीमा तराईमा मौरी बचाउन सकिन्न ।’

गएका चार पाँच वर्ष यता उनले वर्षमा कम्तीमा औसत ३० क्विन्टल मह उत्पादन बेचिरहेका छन् । मह प्रतिकिलो पाँच सय रुपैयाँ पर्छ । वर्षभरि उनले १५ लाख रुपैयाँको मह बेचिरहेका छन् । मौरीको घारसमेत जोड्दा उनको आम्दानी अझै बढ्छ । उनी जहाँ जान्छन् । स्थानीयलाई मौरीपालनबारे सिकाउँछन् । घरसहितको मौरी पनि बेच्छन् । ‘सिजनअनुसार प्रतिफ्रेम ६ सय रुपैयाँदेखि एक हजार रुपैयाँ पर्छ’, असोजमा ८ सयदेखि एक हजार र चैत्र–वैशाखमा ६ सय देखि ८ सय रुपैयाँ प्रतिफ्रेम मौैरी बिक्छ । कम्तीमा पाँच फ्रेम बराबर एउटा रानी मौरीसहितको घार हुन्छ ।’ एक घारमा १० फ्रेमसम्म मौरी राख्न सकिन्छ ।

खड्काको मौरीपालनको कथा पनि रोचक छ । ‘म गुलियो निकै मन पराउँछु । मह काढ्न रुख पनि चढिन्थ्यो । एक दिन सिमलको रूखबाट लडेर चोट लाग्यो । त्यसपछि मौरी पाल्ने सोच आयो’, उनले पुराना दिन सम्झे । सुरुमा दुई घार मौरीबाट सुरु गरेको मौरीपालन अर्को वर्ष डेढ दर्जन हुँदै उनको आधुनिक मनोहर मौरीपालन केन्द्रमा अहिले त एक सयभन्दा बढी घार पुगेको छ ।

श्रोत अन्नपूर्ण पोष्ट