ब्रेकिन्ग न्युज

राजधानीमा खपत हुने ४० प्रतिशत तरकारी काभ्र बाट आपूर्ति

पुष ५ बनेपा
तरकारी उत्पादनका लागि अग्रनी जिल्लाका रुपमा चिनिदै आएको काभ्रले राजधानी काठमाण्डौमा खपत हुने एक तिहाई तरकारी बजार हिसा आगट्दै आएको छ। राजधानीलाई दैनिक रुपमा आवश्यक पर्ने तरकारीको ४० प्रतिशत हिसा काभ्रेबाट निर्यात हुने गरेको जिल्ला कृषि विकास कार्यलयल काभेले जनाएको छ।

जिल्लामा उत्पादन भएकोे तरकारी राजधानी लगाएत देशका विभिन्न स्थानमा जाने गरेको जिल्ला कृषि विकास कार्यलय काभ्रेका प्रमुख दुर्गा पण्डितले जनाकारी दिए। उनका अनुसार जिल्लामा उत्पादीत भएको तरकारीले राजधानीको ४० प्रतिशत माग पुर्ती गर्दै आएको बताए। ‘ यहि आर्थिक वर्षमा उत्पादन भएको १ लाख ७० हजार मेट्रिक टन तरकारीको १० देखि २० प्रतिशत जिल्लामै खपत हुन्छ भने वाँकी ८० देखि ९० प्रतिशत उत्पादित तरकारी राजधानी र अन्य जिल्लाहरुमा खपत हुने गरेको छ। उत्पादीत तरकारी बाट वार्षिक एक अर्व रुपैया भन्दा बढी जिल्ला भित्रनै र्गएको छ।

जिल्ला कृषि कायलयको तथ्याङ्क अनुसार काभ्रेमा बार्षिक एक लाख ७० हजार मेट्रिक टन तरकारी उत्पादन बाट एक अर्व रुपैया, आलु एक लाख ८२ हजार मेट्रिक टन आलुबाट एक अर्व रुपैया जिल्ला भित्रने गरेको छ। गोलभेडा, २० करोड रुपैयाको तरकारीको विउ विजन बाट पाचँ करोड भन्दा बढी भित्रने गरेको कृषि विकास कार्यलयका प्रमुख पण्डितले जानकारी दिए।

उत्पादीत तरकारी काठमाडौ, पोखरा, नारायणघाट, बाह्रविसे लगायतका प्रमुख शहरहरुमा समेत काभ्रेको तरकारी पुग्ने गरेको छ। दुरीको हिसावले सहज र यातायातको समेत सुविधाका कारण यहाँ उत्पादित तरकारी सिधै राजधानी र प्रमुख शहरमा पुग्ने गरेका हो। उनले थपे किसानले उचित मुल्य पाइने र ठगिने सम्भावना समेत कम हुने कारणले यहाँका किसानले आफै पनि तरकारी राजधानीका बजारमा लगेर विक्रि गर्ने गरेको कार्यालयले जनाएको छ।

जिल्लामा पछिल्लो समय युवापुस्ता किसानले व्यवसायीक र आधुनिक तरकारीखेती गरेसंगै उत्पादकत्वमा समेत वृद्धि हुदै गएको कृषि विकास कार्यलय काभ्रेले जनाएको छ। उत्पादीत तरकारीका लागि बजारको समस्या नहुनुका साथै हावापानी पनि उपयुक्त भएका कारण किसान व्यवसायीक तरकारी खेतिप्रति झनै आकर्षित हुदै गएको पण्डितले जानकारी दिए।

दश पन्ध्र वर्ष अघिको तुलनामा अहिले जिल्लामा व्यवसायीक तरकारी खेती गर्ने किसान ६० प्रतिशतले वृद्धि हुदै गएको कृषि कार्यालयले जनाएको छ। विपि राजमार्ग सुचारु भएसंगै राजमार्गले छोएका नगर र गाउपालिकामा मोटरवाटो पुगेसंगै व्यवसायिकता शुरु हुदै गएको कृषि कार्यालयले काभ्रेले जनाएको छ।

जिल्ला कृषि विकास कार्यालयका तथ्याङ्क अनुसार जिल्लाभर ९ हजार ५ सय ४५ हेक्टरमा तरकारी खेती हुदै आएको छ। तरकारीका उत्पादनका लागि पाँचखाल, पनौती, नाला, महादेवस्थान, जैसीथोक, ज्याम्दी, कुशादेवी, ढुंर्खक पकेट क्षेत्र हुन। आलु, गोलभेडा, काउली बन्दा, रायो, मूला, फर्सी , खुर्सानी, सिमी, भन्टा र लहरे तरकारी उत्पादन अत्याधिक मात्रमा हुने गरेको छ।

माग अनुसारको कृषि समाग्री, औजार, किसानलाई उपलव्ध गराउन नसक्नु र अन्य जिल्लाको सरह कृषि बजेट नभएका कारण किसान माझ थप कार्यक्रम गर्न समस्या हुने गरेको कृषि विकास कार्यालयका कर्मचारीको गुनासो छ। पछिल्लो समय जिल्लाको उर्वर भुमी र खेती योग्य जमिनमा घरघडेरी र प्लेटीङ्ग गर्न थालेसंगै उत्पादन कम हुने भन्दै सरकारले यसलाई तत्काल रोक्नुपर्ने माग किसानहरुले राख्दै आएका छन्।

अर्गानीक खेतितर्फ आकर्षित हुदै किसान

केही वर्ष अघि तरकारीमा विषादीको अत्याधीक प्रयोग गरेको आरोप खेपेका काभ्रेका किसानहरु अहिले अर्गानीक तरकारी खेतितर्फ आकर्षित हुन थालेका छन्। विषादीले उपभोक्ता मात्र नभई आफुहरुलाई समेत असर गर्ने थाहा पाएसंगै विषादीको मात्र कम गर्दै अर्गानीक खेतितर्फ आकर्षित भएका हुन।

पछिल्लो समय किसानहरु अर्गानीक तरकारीको माग बढेसंगै र जनचेतना, र सरकारवाला निकायको प्रयासले विषादी प्रयोग न्युन हुदै भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख दुर्गा पण्डितले जानकारी दिनुभयो। उहाका अनुसार केही वर्ष अघि काभ्रेमा खपत भएको विषादी काभ्रे मात्र नभई छिमेकी जिल्ला सिन्धुपाल्चोक, रामेछाप, सिन्धुलि, दोलखा लगाएतका जिल्लामा खपत भएको विषादीको गणना समेत काभ्रेलाई देखाईएकाले प्रयोग उच्च देखिई अनावश्यक हल्ला भएको बताए।

‘किसानले बुझिसके विषादीको धेरै प्रयोग गर्न हुदैन भनेर हामीले किसानका खेतबारीमै गएर हेरेका छौ।, अहिले पहीलेका तुलनामा ६० प्रतिशत विषादी कम प्रयोग गर्छन।,पण्डितले भने आईपीएम कक्षा, जनचेतना र विषादीको असर बारे किसानहरु आफै सचेत भएका छन्।’ पछिल्लो समय किसानले विषादीका रुपमा गाईबस्तुको प्राङ्गारीक र कम्पोष्ट मलको प्रयोग गर्ने गरको छन्। अधिकासं किसान अर्गानीक खेती तर्फ आकर्षन हुन थालेका जिशिले बताए।

जिल्लामा आर्थिक वर्ष २०६९-७० मा ८७ मेट्रिक टन विषादी खपत भएको थियो भने ०७०-७१ मा ८३ मेट्रिकटन र ०७२-०७३ मा सो परिणामा घटेर ७० मेट्रिकटन विषादी खपत भएको थियो भने आव २०७३-०७४ मा ६८ मेट्रिकटन विषादी खपत भएको पण्डितले जनाए। उनका अनुसार काभ्रेमा खपत हुने विषादी मध्य ५० प्रतिशत छिमेकी जिल्ला सिन्धुपाल्चोक, रामेछाप, दोलखा, सिन्धुली लगाएतका जिल्लाहरुमा निर्यात हुने भएकाले विषधी निर्यातमा काभ्रेमो धेर्रै रेकड देखीएपनि प्रयोगमा नर्भएको दावी गरे।

जिल्लामा प्रयोग हुने विषादी मध्य एक प्रतिशत अर्गानी, दुई प्रतिशत झारनासक, ७१ प्रतिशत ढुसीनासक,२४ प्रतिशत किटनाशक र दुई प्रतिशत अन्य विषादीको प्रयोग हुने गरको छ। जिल्ला कृषि विकास कार्यलय काभ्रेको तथ्याङ्कमा रहेको छ। जिल्लामा ६८ वटा एग्रोभेटले विभिन्न विषादीहरु विक्रि वितरण गर्दै आएका छन्।