ब्रेकिन्ग न्युज

खाद्यअधिकार अगुवाहरुको जिल्लास्तरीय समिक्षा बैठक सम्पन्न

मसुरीया १७ पौष

कैलाली जिल्लाको खाद्य अधिकार,खाद्यसुरक्षाका लागि स्थानिय तहबाट खाद्य अधिकारमैत्री रणनिती तथा कार्यक्रम, योजना तर्जुमा र प्रभावकारी कार्यान्वयन गर्न गराउनुपर्नेमा खाद्यअधिकार अगुवाहरु र सरोकारवाला निकायहरुले जोड दिएका छन् ।
पौष १७ गते मसुरियामा सम्पन्न खाद्यअधिकार अगुवाहरुको जिल्ला स्तरीय समिक्षा बैठकले कैलाली जिल्लाको खाध अधिकार ,खाध सुरक्षा नीति सामाजिक सूरक्षा अवस्था, तत्संवन्धि कार्यक्रम तथा यसमा रहेका अन्तर पत्ता लगाई कैलाली जिल्लाका सिमान्तकृत समुदायको खाद्यअधिकार सुरक्षाको सवाल सम्बोधन गर्न सम्वन्धित निकायहरुसंग जोडदार माग गरेको छ । बैठकले खााद्यन्न उत्पादन गर्ने मुुख्य खेतीयोग्य जमिन मासिदै गएकोले भविष्यमा हुनसक्ने खाद्यसंकट प्रति चिन्ता व्यक्त गरेको छ । बैठकले कैलाली जिल्लामा गरिब तथा बिपन्न समुदायका व्यक्तिहरुले सबै भन्दा बढी खाद्यसंकट व्यहोर्नु परेकाले उनीहरुको खाद्यअधिकार र सुरक्षाको सवाल मुख्य रहेकोले खाद्यअधिकार सुनिश्चितताका लागि विशेष निती तथा कार्यक्रम ल्याई प्रभावकारी कार्यान्वयन गर्नुपनैमा जोड दिनुका साथै आगामी दिनमा खाद्यअधिकारका लागि पैरवी अभियान संचालन गर्ने निर्णय गरेको छ ।
कार्यक्रममा फाया नेपालका कार्यक्रम संयोजक राजेन्द्र रैकाले खाद्य अधिकार सुनिश्चितताका आधारभुत तत्वहरु उपलब्धता, प्रर्याप्तता, पह‘ुचतता र दिगोपनाका बारेमा सरकारको ठोस कार्यनिति हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रम खाद्यअधिकार अगुवा नामसरा नेपालीको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको संचालन फाया नेपालका सामाजिक परिचालन सहजकर्ता शेखर पोखरेलले संचालन गर्नुभएको थियो ।