ब्रेकिन्ग न्युज

यो वर्ष धानको उत्पादन घट्यो, तथ्यांक सार्वजनिक गरेको खै ?

पुष १४ काठमाडौँ
चालु आर्थिक वर्षमा धान उत्पादन घटेको छ । कृषि विकास मन्त्रालयका अनुसार गएको आर्थिक वर्षमा भन्दा चालु आर्थिक वर्षमा ६० देखि ७० हजार टनसम्म धान उत्पादनमा कमी आएको छ ।

कृषि विकास मन्त्रालयका सहप्रवक्ता शंकर सापकोटाले गएको वर्षको तुलनामा यो वर्ष धानको उत्पादन बढाउने अपेक्षा सरकारले राखेको भए पनि अपेक्षा अनुसारको उत्पादन वृद्वि हुन नसकेको जानकारी दिनुभयो । तर अहिलेसम्म कृषि विकास मन्त्रालयले आर्थिक वर्ष २०७४र७५ मा धान उत्पादन भएको कुनै तथ्यांक सार्वजनीक गरेको छैन ।

धान उत्पादनको तथ्याङ्क आउन ढिलाईबारे मन्त्रालयका सहप्रवक्ता सापकोटाले अहिलेसम्म सबै जिल्लाका रिपोर्टहरु आइसकेको र छिट्टै नै मन्त्रालयले यसबारे जानकारी दिने जानकारी गराउनुभयो । कृषि मन्त्रालयले तराईमा आएको बाढीपछि पनि धान उत्पादनमा कमी नआउने जानकारी दिँदै आएको थियो । आर्थिक वर्ष २०७३ र ७४ मा ५२ लाख ३० हजार धान उत्पादन भएको थियो । यो अहिलेसम्मकै सबैभन्दा बढी धान उत्पादन भएको वर्ष हो ।

सरकारले आर्थिक वर्ष २०७४र७५ मा गएको आर्थिक वर्षको भन्दा २ लाख टन धान वृद्धि गर्ने र ५४ लाख टन धान उत्पादन गर्ने लक्ष्य राखेको थियो । तर पनि सरकारले राखेको लक्ष्य अनुरुप उत्पादनमा वृद्धि ल्याउन सकेन ।

सरकारले धान उत्पादनमा वृद्धि ल्याउनका लागि प्रधानमन्त्री कृषि परियोजना कार्यक्रम अन्तर्गत कृषि विकास मन्त्रालयले साना व्यवसायिक कृषि उत्पादन केन्द्र ९पकेट०, व्यवसायिक कृषि उत्पादन केन्द्र ९व्लक०, व्यवसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र ९जोन० र कृषि औद्योगिक क्षेत्र ९सुपर जोन०का रूपमा जिल्लाहरूलाई वर्गीकरण गरी कृषिसम्बन्धी कार्यक्रम सञ्चालनमा ल्याइरहेको छ । नेपालमा झन्डै १४ देखि १५ लाख हेक्टरमा धान उत्पादन गरिँदै आएको छ ।