ब्रेकिन्ग न्युज

सफल भयो पोथी माछालाई भाले बनाउने अनुसन्धान

पुष ७ काठमाडौँ
क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहराले टिलापिया जातको पोथी माछालाई भालेमा परिणत गर्ने सफल अनुसन्धान गरेको छ । वर्षमा छदेखि सातपटकसम्म बच्चा उत्पादन गर्दा पोथीको वृद्धि विकास कम हुने समस्याको निदान गर्न केन्द्रले यो जातको पोथी माछालाई भाले बनाउने अनुसन्धान सुरु गरेको थियो ।

क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहराले टिलापिया जातको पोथी माछालाई भालेमा परिणत गर्ने सफल अनुसन्धान गरेको छ । वर्षमा छदेखि सातपटकसम्म बच्चा उत्पादन गर्दा पोथीको वृद्धि विकास कम हुने समस्याको निदान गर्न केन्द्रले यो जातको पोथी माछालाई भाले बनाउने अनुसन्धान सुरुगरेको थियो ।
सन् १९८५ मा थाइल्यान्डबाट बीउ आयात गरिएको टिलापिया जातको माछाको पोथीलाई भाले बनाउने अनुसन्धान सफल भएको मत्स्य अनुसन्धान शाखाकी मत्स्य वैज्ञानिक उमिता साहले बताइन् । यो जातको माछाले वर्षमा छदेखि सातपटकसम्म बच्चा काड्छ । ‘×बच्चा धेरै भएपछि पोथीको वृद्धि विकास हुन सकेन,’ उनले भनिन्, ‘अनुसन्धान ९५ देखि ९९ प्रतिशतसम्म पोथीलाई भाले बनाउन सफल भयो ।’
अनुसन्धान पहिला टिलापिया पोथी माछाको तौल मुस्किलले ५ सय ग्राम थियो । पोथीलाई भालेमा परिणत गरेपछि यसको वजन डेढदेखि दुई केजीसम्म पुगेको साहको दाबी छ । यो जातको माछाको पोथीले मुखमै अण्डा काड्छ । त्यसको मुखबाट अण्डा निकालेर हयाचरीमा राखेको ३–४ दिनमा बच्चा जन्मिन्छ । बच्चा जन्मेको ४ दिनपछि एक केजी दानामा ६० एमजी एनटी हर्मोन सेभेन्टिन अल्फा मिथायल टेस्टोस टीएन ९एमटी–हर्मन० २१ दिनसम्म खुवाउँदा ९५ देखि ९९ प्रतिशतसम्म पोथी माछा भालेमा परिणत भएको साहले बताइन् ।

सुरुमा एक केजी दानामा ९० एमजी एमटी–हर्मन मिसाएर खुवाउँदा उल्लेख्य प्रगति पाइएन । उनले भनिन्, ‘पछिल्लोपटक एक केजी दानामा ६० एमजी एमटी–हर्मन मिसाएर खुवाउदा झन्डै शत प्रतिशत नतिजा आएको उनको दाबी छ । यो जातको माछा २० ग्रामको भएपछि भाले र पोथी छुट्याउन सकिन्छ । ४० ग्रामको भएपछि परिपक्व हुन्छ । सय ग्रामको भएपछि बच्चा काड्छ । साहका अनुसार यो माछामा अरू जातको माछामा झैं काँडा नहुने भएकाले यसको माग अत्यधिक हुन थालेपछि वृद्धि विकासका लागि पोथीलाई भालेमा परिणत गरिएको हो ।

अन्य जातका माछाहरू रहु, नैनी, भ्याकुर, कमन, सिलभर, बिगहेड र ग्रासकावमा वाई आकारको काँडा हुने गरेकाले बालबालिका र बूढापाकालाई खान सहज हुँदैन । टिलापियामा सीधा आकारको थोरै काँडा हुने गरेकाले पूर्वी तराईमा यसको माग बढी रहेको प्राविधिक अधिकृत शिवनारायण मेहताको भनाइ छ । यो जातको माछा एकपटक पोखरीमा हालेपछि अर्कोपटक भुरा हाल्नुपर्दैन, आफैं भुरा उत्पादन हुन्छ । उनले भने फ्रई, ग्रेभीसहित स्न्याक्सका रूपमा बढी प्रयोगमा हुने गरेको यो जातको माछाको माग मुलुकमा बढी छ । उनका अनुसार अनुसन्धान केन्द्रले वार्षिक करिब दुई लाख भुरा र करिब ४ टन माछा बिक्री गर्दै आएको छ ।
टिलापिया जातको पोथी माछालाई भालेमा परिणत गर्ने अनुसन्धान सफल भएपछि केन्द्रले थोरै क्षेत्रफलमा बढी उत्पादन गर्न सकिने पंगास जातको माछा र रहु जातको उत्पादन बढाउन नश्ल सुधार्ने अनुसन्धान सुरु गरेको वैज्ञानिक साहले बताइन् । एक मिटर जलाशयमा ५० वटा पंगास जातको माछा पाल्दा कम्तीमा डेढ केजीसम्मको उत्पादन भएको छ । उनले भनिन्, ‘अन्य जातको माछा एक मिटर जलाशय क्षेत्रमा एउटा मात्र राख्न सकिन्छ । तर, त्यो माछाको वजन बढीमा ६ सय ग्राम मात्र भएको पाइयो । त्यसैगरी केन्द्रले रहु माछाको उत्पादन बढाउन नश्ल सुधार अभियान सुरु गरेको छ । रहुको नश्ल सुधार अनुसन्धानको प्रारम्भमै सात गुणाले तौलमा वृद्धि भएको पाइएको साहको भनाइ छ । परम्परागत रहु माछा बढीमा ५ सय ग्रामको पाइयो । उनले भनिन्, ‘नश्ल सुधार गरिएको रहु एक वर्षमा डेढ केजीदेखि दुईकेजीसम्म भएको पाइएको छ । उनका अनुसार नश्ल सुधार गरिएको रहुको भुरा किसान समक्ष पुर्‍याउने तयारी भइरहेको छ ।