ब्रेकिन्ग न्युज

अदुवाको मुल्य बढ्ने आसमा अदुवा बारीमै


पुष २ काठमाडौ

जिल्लाको सिरिजंघा गाउँपालिका १ सिनामका भीम अधिकारीले तीन वर्षभन्दा अघि प्रतिकिलो ६० देखि ९५ रुपैयाँभन्दा बढी मूल्यमा अदुवा बिक्री गर्दै आएका थिए । अदुवाले राम्रो मूल्य पाएपछि खेती बढाए । धान र मकै फल्ने खेत मासेर अदुवा लगाए । उत्पादन पनि बढ्दै गयो । तर अहिले मूल्य घटेर १८ रुपैयाँ प्रतिकिलो भएपछि उनी चिन्तित बनेका छन् ।

जिल्लाको पूर्वी भेगका उनीजस्ता व्यावसायिक रूपमा अदुवा खेती गर्न थालेका यतिबेला अदुवाको सिजन सुरु भएको र उत्पादित अदुवाले भनेजस्तो बजार मूल्य नपाएपछि निरास बनेका हुन् । ‘अघिल्ला वर्षमा अदुवाले राम्रो भाउ पाएपछि उत्साहित हुँदै खेती बढायौं,ु अधिकारी भन्छन्, ‘तर मूल्य ह्वात्तै घटेर आयो, भनेको समयमा बिक्री पनि हुँदैन ।ु पहिले जस्तो व्यापारीहरू अदुवा खरिद गर्न आउन छाडेको उनले बताए । यस वर्ष आफ्नो बारीमा १५ क्विन्टलभन्दा बढी उत्पादन हुने अधिकारीको अनुमान छ ।

पहिले लैजाने ठेकेदारलाई सम्पर्क गर्दा चुनावका कारण नाका बन्द भएको र मतगणनापछि खुल्ने बताएको सिदिङ्बा गाउँपालिका ४ साब्लाखुका कृषक नेत्र खड्का बताउँछन् । ‘चुनावपछि आउने भनेका छन्,ु खड्काले भने, ‘अब त चुनाव पनि सकियो तर आएका छैनन् ।ु स्थानीय व्यापारीले गाउँमा अदुवा संकलन गरेर झापाको धुलाबारी पुर्‍याएर भारतका व्यापारीलाई बिक्री गर्ने गरेको उनको भनाइ छ ।

किन्ने मान्छे नआएपछि सो क्षेत्रका कृषकले अदुवा खनेका छैनन् । साब्लाखुकै कृषक दुर्गा चाम्लिङका अनुसार अधिकांश किसानले उत्पादन गरेको अदुवा बारीमै छ । बिक्री नै अनिश्चित भएपछि नखनेको उनको भनाइ छ । ‘खनेपछि चाँडै बिक्री नगरे कुहिने हुनाले बारीमै छोडेका हौुं, चाम्लिङले भने । गत वर्ष झैं यो वर्ष पनि मूल्य नआएकाले अदुवा खेतीप्रति आकर्षण घट्दै गएको किसानहरू बताउँछन् । गत वर्ष पनि अदुवाको मूल्य प्रतिकेजी १५ देखि १८ रुपियाँसम्म मात्र आएको थियो ।

साब्लाखु ४ का किसान सञ्जय लिम्बूले केही वर्षअघि अदुवा खेतीबाट मात्रै वार्षिक तीन लाख रुपियाँसम्म आम्दानी गर्थे । तर अघिल्लो वर्षदेखि मूल्यमा आएको गिरावटले निरास भएको लिम्बूको भनाइ छ ।

लिम्बूले खेतीको सुरुसुरुमा अदुवा प्रतिकेजी ८० देखि १२० रुपियाँसम्म बिक्री गरे । खेतीबाट खासै आम्दानी हुन छाडेपछि विगतमा व्यावसायिक रूपमै खेती गर्नेले पनि छाड्दै गएको अर्का कृषक हस्त पौडेलले बताए । उनका अनुसार साब्लाखुमा मात्रै झन्डै आधाले अदुवा रोप्न छाडेका छन् । बिक्री नभएपछि गाउँमा कोहीले अदुवा घर आँगन र बारीमै थुपारेका छन्, भने अधिकांशले अदुवाबारीबाट झिकेकै छैनन् ।

पाखोबारीमा समेत खेती गर्न सकिने र खाद्यान्न बालीको तुलनामा तेब्बरभन्दा बढी फाइदा हुने भएपछि पछिल्लो समय जिल्लाका धेरै ठाउँमा अदुवा खेती बिस्तार भएको थियो । खाद्यान्नबाली मकै, कोदो, फापरलगायत अन्य बालीबाट भन्दा अदुवाले बढी आम्दानी दिन्थ्यो । अदुवाखेती प्रमुख नगदेबालीको रूपमा नै स्थापित भइसकेको र अदुवाबाट हुने आम्दानीले आफ्नो जीवनस्तरमा समेत परिवर्तन ल्याएको किसानको भनाइ छ । अदुवाको बूढी ९माउ० ले पनि राम्रै मूल्य पाउने हुँदा यसको खेतीबाट घाटा नहुनेमा भने किसान विश्वस्त छन् ।

जिल्ला कृषि विकास कार्यालय ताप्लेजुङका अनुसार फुङ्लिङ नगरपालिका, याङ्वरक गाउँपालिकाको नाङ्खोल्याङ, थेचम्बु, चाक्सिबोटे, थुम्बेदिन, सिरिजंघाको सिनाम, आम्बेगुदिन, सिदिंबाको साब्लाखु, लिम्बुदिन, आङ्खोपलगायत गाउँमा अदुवाखेती गरिँदै आएको छ । रेसा भएको ९नसे० र रेसा नभएको ९बोसे० जातको अदुवा खेती गर्ने गरेको किसानले बताए पनि यहाँ बोसे कपुरकोट(एक जातको अदुवा खेती गर्ने गरिएको कार्यालयलका कृषि प्रचार अधिकृत मित्रलाल पौडेलले बताए । पौडेलका अनुसार जिल्लामा करिव दुई सय २५ हेक्टर क्षेत्रफलमा मात्र अदुवा खेती गरिँदै आएको छ । तीन हजार पाँच सय टनसम्म अदुवा उत्पादन हुने गरेको पौडेलले बताए ।