ब्रेकिन्ग न्युज

बंगुर पालन व्यवसाय संकटमा कृषक चिन्तित


मंसिर २५ काठमाडौं
बजारमा मासुको खपतमा कमी आएपछि व्यावसायिक रूपमा बंगुरपालन गदैै आएका उदयपुरका किसान चिन्तित बनेका छन् । चार महिनायता बजारमा बंगुरको मासु बिक्रीमा कमी आएका कारण व्यवसाय संकटमा परेको किसान चिन्तित बनेका हुन् ।

कतिपय किसानले सरकारको केही लगानी र केहीले बैंकबाट ऋण लिएर व्यवसाय सुरु गरेका किसानले उत्पादित बस्तु बिक्री नभएपछि ऋण तिर्न सकेका छैनन् । स्वदेशमै केही गर्न सकिन्छ भन्दै विदेश जान रोकिएका युवा किसान व्यवसायमा आएको गिरावटका कारण पुनः विदेश जाने सोचमा रहेको जिल्ला युवा समितिका अध्यक्ष खगेन्द्र पोखरेलले बताए ।

उनले भने, ‘विदेशबाट फर्किएका युवालाई स्वदेशमै व्यवसाय गर भनेर प्रोत्साहन गरियो । अहिले उत्पादित बस्तु बिक्री हुन छाडेपछि व्यवसाय संकटमा परेको छ भने उनीहरूको रोजीरोटी कसरी सुनिश्चित गर्ने भन्ने चिन्ता छ ।’

मासु व्यापारीले बंगुर किन्न हिचकिचाउन थालेपछि किसानलाई समस्या भएको हो । रौतामाई गाउँपालिका ७ का किसान प्रेमकुमार राई भन्छन्, ‘बजार पाइएला भनेर व्यावसायिक रूपमा बंगुरपालन गरियो, अहिले बिक्री नै ठप्प भयो ।’ उनले थपे, ‘सदरमुका गाईघाटआसपास र ग्रामीण क्षेत्रमा बंगुर बिक्री भएको छैन । बिक्री गर्न ढिला भइसक्यो, अब नबिक्ने हो भने घाटा हुन्छ ।’

उत्पादन अनुसार बजारमा माग नहुँदा बिक्री ठप्प भएको किसानको भनाइ छ । ‘उत्पादनको १५ प्रतिशतमात्रै स्थानीय बजारमा बिक्री भइरहेको छ’, राईले भने, ‘बा“की बंगुर बिक्री नहुँदा“ आपूmलगायत जिल्लाका अधिकांश किसान समस्यामा परेको छ ।’

विगतमा यहा“ उत्पादन भएका बंगुर भुटान र चीनलगायत मुलुकका विभिन्न बजारमा निर्यात हुने गरेको थियो । तर पछिल्लो समयमा निर्यात हुन छाडेको छ । कतिपय किसानले विगत झै सम्झेर व्यावसायिक रूपमा बंगुरपालन गरे पनि ती मुलुकमा निर्यात ठप्प भएपछि मर्कामा परेका हुन् ।

 

सरकारी सहयोग नपाए पनि बेरोजगार युवा बैकबाट ऋण लिएर कृषि र पशुपालन व्यावसायमा लागेका थिए ।

‘दुई महिनाभन्दा बढी भयो बंगुर खरिद गर्ने व्यापारी आएका छैनन्’, बंगुरपालन गर्दै आएका त्रियुगा नगरपालिका–३ का किसान हर्कराज राईले भने ‘दुई वर्ष अघिदेखि भुटान, भारत र चीनलगायत मुलुकमा मासुको निर्यात गर्ने भन्दै काठमाडौं, पोखरा, हेटौंडा र धरानतर्फ बंगुर निकासी हुने गरेको थियो ।’ दुई महिनायता बंगुर खोज्न व्यापारी नै आउन छाडेका छन् ।

‘तीन वर्ष पहिलेसम्म बंगुर बिक्रीका लागि समस्या थिएन’, बेल्टार बसाहा नगरपालिका–३ का बंगुर फार्म सञ्चालन गर्दै आएका सरोज खड्काले भने, ‘तर अहिले आएर बंगुर बिक्री हुनै छाड्यो ।’ स्थानीय बजारले मात्रै उत्पादन थाम्न नसक्दा मासुका लागि तयार भएका बंगुर चारो खुवाएर पालिराख्नु पर्दा व्यवसायी थप आर्थिक मारमा परेको उनको भनाइ छ ।

सरकारले व्यावसायिक पशुपालन गर्ने किसानलाई सहयोग गर्दै आएको छ । सरकारी सहयोग नपाए पनि बेरोजगार युवा बैकबाट ऋण लिएर कृषि र पशुपालन व्यावसायमा लागेका थिए । युवा पशुपालन र कृषि व्यावसायमा लागेपछि जिल्लामा खसीबोका, कुखुरा, माछा र बंगुरको उत्पादन बढेको कृषि विकास कार्यालय उदयपुरले जनाएको छ । तर उत्पादित बस्तुले बजार नपाउँदा युवा किसान निरास रहेको स्थानीयको भनाइ छ ।