ब्रेकिन्ग न्युज

निर्वाचनका कारण दैनिक ५ करोड फूलकोे कारोबार


मंसिर १९ काठमाडौ

निर्वाचनका कारण अहिले दैनिक रु पाँच करोडसम्म फूलको कारोबर हुने गरेको छ।
अन्य समयमा दैनिक रु दुई करोड फूलको कारोवार हुने गरे पनि निर्वाचन र बिवाह मौसम भएको हुँदा फूलको कारोबारमा वृद्धि भएको फ्लोरीकल्चर एशोसिएशनका अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार कारोबार हुने फूलमध्ये सबैभन्दा बढी काठमाडौँ उपत्यकामा ६० प्रतिशत हुन्छ।
अन्य समयमा दैनिक प्रत्येक वर्ष १० देखि १५ प्रतिशत फूल उत्पादनमा वृद्धि हुने गरे पनि हरेक वर्ष फूलको माग बढेकाले स्वदेशी उत्पादनले मात्र धान्ने अवस्था भने छैन। अझै पनि १८ प्रतिशत फूल भारतबाट ल्याउनुपर्ने बाध्यता छ। घरदैलो, चुनावीसभामा नेताकार्यकर्तालाई लगाउनका लागि निर्वाचनका समयमा फूलको बढी प्रयोग भएको छ।
अघिल्ला वर्षमा रु एक अर्ब ७१ करोडको वार्षिक कारोबार हुने गरेकामा चालु आवमा भने फूलको माग बढेकाले दुई अर्ब नाग्ने भएको छ । वार्षिक रुपमा सबैभन्दा बढी सयपत्री फूलको रु १० करोडको वार्षिक कारोबार हुने गरेको छ।
यस वर्षको तिहारमा मात्रै देशभर गरी ११ लाख वटा मालाको कारोबार भएको छ । गत वर्ष तिहारमा आठ लाख मालाको कारोबार भएकामा यस वर्ष रु तीन लाख वृद्धि भएको छ जसमा नौ लाख माला नेपालमै उत्पादन भएको फूलबाट बनेका थिए। काठमाडौँ उपत्यकामा सबैभन्दा बढी ४० प्रतिशत माला खपत हुने बताइएको छ।