ब्रेकिन्ग न्युज

तरकारीमा आत्मनिर्भर हुन बाँकी छ

मंसिर १२ काठमाडौँ
तरकारी खेतीमा आत्मनिर्भर बनाउने सरकारको योजना के छ त ?

उत्तर ःतरकारी खेतीमा आर्मनिर्भर हुनकालागि यस निर्देशनाले यस सँग सम्बन्धित नीतिहरु निर्माण गर्ने र विभिन्न कार्यक्रमहरु निर्माण गरी जिल्लाहरुमा पठाउने काम गर्दै आएको छ ।
जसमा नीतिगत कार्यक्रम अन्तर्गत २० बर्षे कृषि विकास रणनिती जसमा तरकारी वाली लाइ उच्च मूल्य जाने वालीकारुपमा पहिचान गरिएको र मूल्य श्रृखलामा आधारीत कार्यक्रमहरु संचालन गर्ने उल्लेख भएको छ । यसैगरी राष्ट्रिय नीति २०६४ स्वीकृत भइ सोही बाट निर्देशित भइ विभिन्न कार्यक्रमहरु सँचालन भइ रहेका छन । १० बर्षे प्रधानमन्त्री कृषि आधुनिकिकरण आयोजना सँचालन जस अन्र्तगत विभिन्न तरकारीका सुपरजोन, जोन, ब्लक र पकेट कार्यक्रमहरु सँचालन भएका छन् । तरकारी विकास निर्देशनालय मार्फत चालु आ.व. देखी ९ जिल्लामा प्रोटेक्टेड हर्टिकल्चर प्रर्वद्धन प्रविधि विस्तार कार्यक्रम सँचालन गरी हाइटेक ग्रिन हाउस प्रविधि मार्फत उच्च मूल्य जाने तरकारीको उत्पादन प्रवद्धनका लागि काम भएको छ ।
कर्णाली राजमार्ग करिडोरमा उच्च मूल्य कृषि वस्तु आयोजना सँचालन भइ मध्य र सुदुर पश्चिमका जिल्लाहरुमा उच्च मूल्य जाने तरकारीको उत्पादन, प्रशोधन तथा बजारीकरण प्रवद्धन कार्यक्रम सँचालन भैरहेको छ । साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजना मार्फत सुदुर पश्चिम र मध्य पश्चिमका १० जिल्लामा मूल्य श्रृखलामा आधारीत कार्यक्रम सँचालन भैरहेको एकिकृत जल तथा वाली व्यबस्थापन आयोजना मार्फत सिँचित क्षेत्रमा तरकारी वालीको उत्पादन र उत्पादकत्व बृद्धि गर्ने कार्यक्रम ४० जिल्लामा सँचालन भैरहेको छ । बजार विकास निर्देशनालय मार्फत तरकारीको सँकलन तथा बजारीकरण सहयोगका लागि बजार पूूर्वाधार निर्माण सहयोग उपलब्ध भैरहेको छ । पछिल्लो संरचना अनुसार सबै स्थानिय तहहरुमा कृषि क्षेत्रका लागि बजेट उपलब्ध गराइएको छ ।

 

मौसमी र बेमौसमी तरकारी खेतीको सम्भावना के छ त ?

उत्तर ःमौसमी र बेमौसमी बालीका लागि भनेर छुट्टै १००० मिटर देखी २००० मि उचाइ भएका मध्य पहाडी क्षेत्रहरुमा तराइमा उत्पादन गर्न नसकिने तरकारी वालीहरु बर्षा याममा उत्पादन गरी बेमौषमी तरकारीका रुपमा उत्पादन गर्न सकिन्छ । विभिन्न वालीका बर्षा, गर्मि तथा चिसो सहन सक्ने जातहरुको विकास भएको छ । ति जातहरु नेपालका विभिन्न स्थानमा लगाउन निर्देशनालयले सञ्चालन गरेको विभिन्न कार्यक्रमले पक्कै पनि सहयोग पु¥याउँछ । प्लाष्टिक घर वा ग्रिनहाउस कार्यक्रमले उच्च मूल्य जाने तरकारी वालीको उत्पादन बर्षै भरी गर्न सकिने भएको छ । नेपालको भौगौलिक बनावट र उपलब्ध हावापानीका कारण एउटै वाली हिमाल, पहाड र तराइ गरेर बाह्रै महिना मौषमी र बेमौषमी तरकारी खेती गर्न सकिन्छ । बढदो शहरीकरण, आयस्तर बृद्धि भइ क्रयशक्ती बढेको छ र आम उपभोक्ताहरुको तरकारी उपभोग बृद्धि हुदा १२ महिना नै तरकारीको माग उच्च रहेको छ ।

नेपालमा वार्षिक तरकारी उत्पादन, खपत र मागको स्थिति के छ ?

उत्तर ःहा नेपालमा तरकारी लगाइएकोे क्षेत्रफलः २लाख ८हजार ७ हेक्टर रहेको छ । यो क्षेत्रफलबाट वार्षिक रुपमा ः ३८ लाख १९ हजार ८ सय २७ मेट्रिक टन तरकारी उत्पादन हुर्दै आएको छ । हालको उत्पादनले प्रतिव्यक्ति प्रति वर्ष १०९ के.जी उपलब्धता रहेको छ । केही तरकारी वालीहरु जस्तै प्याज, आलु, लसुनमा देश अझै आत्मनिर्भर हुन सकेको छैन । यस सन्दर्भमा भने काम गर्न बाँकि नै छ ।

खेमराज जोसी
बरिष्ठ वाली बिकास अधिकृत, खुमलटार