ब्रेकिन्ग न्युज

प्लाष्टिक र थोपा सिंचाईमा भ्याट छुट हुनैपर्छ

 

अरुण काफ्ले
वरिष्ठ कृषि अधिकृत
केन्द्रिय तरकारी बिउ उत्पादन केन्द
खुमल्टार
१ केन्द्रिय तरकारी बिउ उत्पादन केन्द्रले कुन कुन तरकारीका विरुवाहरु उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ ?
उत्तर   केन्द्रिय तरकारी बिउ उत्पादन केन्द्रले स्थानिय तरकारीका जातहरुमा मुला मिनुअर्ली, खुमल रातो, रायो, अकबरे खुर्सानी, सिमि चौमासे, झागे र त्रिशुली घिउ सिमि , मनप्रेकम गोलभेँडा, काठमाडौ रातो सलगम, तरकारी खाने भटमासका विउहरु वार्षिक छ सय केजी उत्पादन गर्दै आएको छ । तरकारीको विउ उत्पादनमा २४ लाख उत्पादन गर्ने उदेश्य अनुरुप हाल सम्म काउली, बन्दा, रायो, ब्रोकाउलीहरुको ६ लाख विरुवा उत्पादन गरी विक्री वितरण भइसकेको छ । यस वर्ष केन्द्रले खुमल ज्यापु नामको काउलीलाई पनि प्राथमिक्ता दिएर उत्पादनमा जोड दिएको छ । यो काउली वागवानी अनुसन्धान माहाशाखाले उत्पादन गरेको लोकल जातको काउली हो । यो जातको काउली बेर्ना लगाएको ६०–८० दिनमा खान योग्य हुन्छ भने प्रति बोट सरदर डेढ केजी देखि २ केजी सम्म उत्पादन दिने गरेको छ । लोकल जातको काउली भएर पनि यसमा हाँगा नफाट्ने र उत्पादन पनि बढी दिने भएकाले यो जातको काउलीलाई मुख्य प्राथमिकता दिईएको छ । यो काउली साउन देखि भदौ सम्ममा लगाइ सक्नु पर्ने र लोकल काउली भएकाले वर्षमा एक पटक मात्र उत्पादन हुने गरेको छ ।
२ केन्द्रिय तरकारी बिउ उत्पादन केन्द्रले गर्ने मुख्य कामहरु के के हुन् ?
उत्तर ः यस केन्द्रले गर्ने मुख्य काम भनेको नै तरकारीको विउ र विरुवा उत्पादन हो । किसानलाई सिजन अनुसारका सबै खाले बेर्ना उत्पादन गरी बिक्री वितरण गरिन्छ । केन्द्रले हाल लोकल जातको मात्र विरुवा उत्पादन नगरी किसानको माग अनुसारको हाइब्रिड जातका बिरुवा उत्पादन गर्ने गरेको छ । किसानका लागि तरकारी खेती सम्बन्धि सम्पूर्ण जानकारी र प्राविधिक सल्लाह, स्थलगत तालिम समेत दिने गरेको छ । त्यसैगरी विद्यालयका विधार्थीहरुका लागि हटिकल्चर सम्बन्धि एक दिने तालिम पनि दिदै आएका छांै ।
३. केन्द्रिय तरकारी बिउ उत्पादन केन्द्रले किसानको माग अनुसारको कुन कुन जातको तरकारीलाई मुख्य प्राथमिकता दिएर उत्पादन गर्दै आएको छ ?
उत्तर ः केन्द्रिय तरकारी बिउ उत्पादन केन्द्रले सिर्जना जातको गोलभेडाको बिउलाइ मुख्य प्राथमिकता दिदै यसको विउ उत्पादन गर्न लागेको हो । यो वर्ष ११ ग्राम उत्पादन भइसकेको र २ केजी सम्म बिउ उत्पादन गर्ने मुख्य उदेश्य रहेको छ । त्यसै गरी खुमल ज्यापु नामको काउलीलाई पनि प्राथमिकता दिएर उत्पादनमा जोड दिइएको छ ।
४ केन्द्रिय तरकारी बिउ उत्पादन केन्द्रमा यो वर्ष नयाँ शिर्षकको लागि वजेट के छ ?
उत्तर ः केन्द्रिय तरकारी बिउ उत्पादन केन्द यो वर्ष पुरै वजेट २ करोड २३ लाख छ भने नयाँ शिर्षकको लागि भनेर प्रधानमन्त्रि कृषि आधुनिकिकरण मार्फत सोलारमा आधारित सिंचाई प्रणाली जडान र माटो विनाको खेती संरचना निमार्णको लागि भने ९ लाख ६५ हजार वजेट छुट्टाईएको छ ।
५ कृषिमा आत्मनिर्भर हुनको लागि कस्ता कामहरु गर्नै पर्ने देखिन्छ त ?
उत्तर ः कृषिमा आत्मनिर्भर हुनको लागि सरकारले टनेल निर्माणको लागि आवश्यक प्लास्टिक र थोपा सिचाईमा भ्याट नलगाउने हो भने मात्रै पनि किसानलाई थोरै भएपनि हौसला हुन्थ्यो । नेपाल कृषि प्रधान देश भएपनि यहाँको किसानलाई कृषि सम्बन्धि ज्ञानको कमी र फार्मको संरचनामा लगानी बढी गरी कम उत्पादन हुने तरकारी लगाउनाले पनि कृषिमा आत्मनिर्भर हुन नसकेको हो । विउ, मल , विषादी भनेको समयमा नपाउने र विउको गुणस्तरमा कमी यो सबै कुरालाई मध्य नजर गरि सरकारले गम्भिर भएर चासो देखाउने हो भने कृषिमा आत्मनिर्भर हुन धेरै वर्ष लाग्ने थिएन ।